इलाममा सहजै चुनाव जित्ने यस्तो छ एमालेको हिसाब, जित्ने दाबी गर्ने कांग्रेसलाई तेस्रो स्थान !

दियोपोस्ट संवाददाता  

सुवास नेम्वाङको निधनपछि इलाम २ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेले २५ सयसम्मको मतान्तरले जित्ने हिसाबकिताब निकालेको छ । एमालेका नेता कार्यकर्ता प्रत्यक्ष नदेखिकन पार्टी निकटका संस्था लगाएर गरेको सर्भेक्षणमा एमालेले १ हजारदेखि २५ सयसम्मको अन्तरले जित्ने हिसाब निकालेका हुन् ।

केही दिन अगाडि इलामका ४२ वटै वडामा पुगेर ७ सय हाराहारी सर्भेक्षण गर्दा एमालेले यस्तो हिसाबकिताब निकाल्दै पहिलो हुने दाबी गरेको हो । इलाममा एमालेबाट सुवास नेम्वाङकै छोरा चुनावमा उठेका छन् । बाबुले ११४ को मतान्तरले बालबाल चुनाव जिते पनि छोराले भने सहजै चुनाव जित्ने हिसाब एमालेले निकालेको एमाले स्रोतले जानकारी दियो ।

पछिल्लो आकलन अनुसार कांग्रेस दोस्रो हुने केही मिडिया रिपोर्टहरुले दाबी गरेका छन् । तर एमालेले आफूले जित्ने दाबी गर्दा कांग्रेसलाई निकटतम प्रतिद्वन्द्वी मानेको छैन । बरु अघिल्लो चुनावबाट परम्परागत शक्तिविरुद्ध धावा बोलेको रास्वपा दोस्रो स्थानमा आउने दाबी एमालेको सर्भेक्षणका ती सदस्यले जानकारी दिए । बरु दोस्रो स्थानमा पर्न रास्वपासँग कांग्रेसको प्रतिस्पर्धा हुने दाबी गरिएको छ । यसरी एमाले पहिलो, रास्वपा दोस्रो, कांग्रेस तेस्रो र पहिचान पक्षधरका डेकेन्द्र थेगिम चौथो हुने दाबी एमालेको छ ।

कांग्रेसबाट अघिल्लोपटककै उम्मेदवार डम्बरबहादुर खड्का उम्मेदवार बनेका छन् । रास्वपाबाट मिलन लिम्बू उम्मेदवार बनाइएका छन् ।
अघिल्लोपटक माओवादी कांग्रेससँग मिलेर चुनाव लडेकोले यसपटक माओवादी आफूहरुसँगै रहेकोले पनि ११४ भन्दा बढी मतान्तरले जित्ने दाबी एमालेको छ ।

यस अघि कांग्रेसको गढ भनेर मानिएका इलाम नगरपालिका सहितमा आफ्नो प्रभाव बढाएको दाबी एमालेको छ । रास्वपा र पहिचानवादी उम्मेदवार थेगिमले आफ्नोभन्दा बढी मत कांग्रेसको काट्ने दाबी गरेको छ । किनकी कांग्रेसमा भन्दा युवा र बलियो विरासत बोकेका नेताको सन्तान हुनुको लाभ सुहाङले उठाउने एमालेको भनाइ छ ।

यस अघि जहाँजहाँ कांग्रेसले बढी मत झारेको थियो ती क्षेत्रमा एमालेले अग्रता लिने गरी मत ल्याउन मेहनत गरेको दाबी गरिएको छ । दमकसँग जोडिएका केही बजारमा रास्वपा र केही गाउँपालिकामा पहिचान पक्षधरले बढी मत ल्याए पनि अन्य स्थानमा पहिलो स्थानको मत ल्याउने दाबी एमालेको रहेको छ ।

यता कांग्रेसको भने पहिचान र जनजाति नेताको बीच मत बाडिँदा क्षेत्री र बाहुन समुदायको मात्रै होइन पहिचान विरोधी जनजाति समुदायको मत पनि आफूले पाउने दाबी गर्दै आएको छ । रास्वपाले पनि कांग्रेस र एमाले वर्षौसम्म टेस्ट भइसकेका दल भएकोले यसपटक पालो नयाँको आएको दाबी गर्न छोडेको छैन । इलाममा चुनावको सबैभन्दा धेरे प्रचारप्रसारमा रास्वपा उत्रिएको छ ।

जित्ने यसै पूर्वानुमानका बीच अन्तिम प्रचारका लागि एमाले अध्यक्ष केपी ओली इलाम पुगेका छन् । उनले अब सुहाङसँग संसद भवनमा भेटौला भन्दै जित्ने दाबी गरेका छन् । ‘चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि मैले सभामा भनें पनि ( सुहाङ पण्डित जस्तै विद्वान हुनुहुन्छ । यो प्रसंगमा केही हाँसो ठट्टा पनि चल्यो। आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरु हुन्छ। सुहाङ, अब संसद भवनमै भेटौँला ११ ’ ओलीले सामाजिक संजालमा लेखेका छन् । ओली आफैं पटकपटक इलाम पुगेर सुहाङलाई भोट माग्दै आएका छन् ।

कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्माका चुनावी कमाण्डर बनेर खटिँदा रास्वपाबाट गृहमन्त्रीसमेत रहेका रवि लामिछाने पनि उत्तिकै प्रचारमा लागेका छन् । ४१ विभिन्न घटक, सेलिब्रेटी मेयर हर्क साम्पाङदेखि केही उग्र अभियन्ताको समेत साथ पाएका पहिचानवादी उम्मेदवार डेकेन्द्र पनि यसपटक बलियो देखिएका छन् । उनका प्रचार र अहिलेसम्मको रुझानले पनि उनी कमजोर उम्मेदवार नरहेको चर्चा छ । पहिचानको पहिचान राखिराख्न पनि आफूले जित्नुपर्ने भन्दै भावनात्मक नारा र अभियानसहित चुनावी मैदानमा उत्रिँदा लिम्बू पनि यसपटक सशक्त उम्मेदवारमा दरिएको स्थानीयहरू बताउँछन् ।

वैशाख १५ हुने उपनिर्वाचनमा इलामको देउमाइ नगरपालिका पर्दछ । गाउँपालिकातर्फ माङसेबुङ, चुलाचुली र फाकफोकथुमका सम्पूर्ण वडा यही क्षेत्रमा परेका छन् ।

धेरै मतदाता भएको इलाम नगरपालिकाकका ११ वटा वडा इलाम २ पर्छ । जसमा १ देखि ९ सबै ९ वटा वडा परेका छन् । त्यस्तै, ११ र १२ नम्बर वडा पनि यसै क्षेत्रमा पर्छन् । माइ नगरपाकिलाका ६ देखि ८ नम्बरसम्मका वडा यसमा परेका छन् ।

एक लाख १५ हजार आठ सय ८९ पुगेका छन् । चार पक्षबीच प्रतिस्पर्धा भए १५ हजार मत ल्याउने उम्मेदवार विजयी हुने देखिन्छ । बुधबार राति १२ बजेदेखि चुनावी आचारसंहिता लाग्दैछ । यो समयमा चुनावी प्रचारप्रसार गर्न निषेध गरिएको छ ।