भेपमार्फत सुन तस्करी प्रकरणः पत्रकार डिल्ली पाण्डे पक्राउ, १ करोड डिल गरेको खुलाशा !

दियो पोस्ट  

तस्बिरः उनको फेसबुकबाट

काठमाडौं । भेपमार्फत सुन तस्करी प्रकरणमा पत्रकार तथा एक अनलाईनका सञ्चालक डिल्ली पाण्डे पक्राउ परेका छन् । उनलाई प्रहरी अनुसन्धान केन्द्रिय ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो ।

सिआइबीका अनुसार भेपमा लुकाएर तस्करी गरी ल्याएको उक्त सुन चोरी गरेको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाण्डेलाई पक्राउ गरिएको हो । पाण्डेले भेपमार्फत सुन तस्करीमा पक्राउ परेका अभियुक्तलाई छुटाउन १ करोडको डिल गरेको स्रोतले दियोपोस्टलाई बतायो । त्यस मध्ये पाण्डेले ५० लाख रुपैयाँ नगदै हात पारेको समेत स्रोतको दाबी छ ।

यस विषयमा हामीले सिआइबीका प्रवक्ता एवं एसपी नवराज अधिकारीका अनुसार उनलाई ठगी मुद्दामा पक्राउ गरिएको हो । अधिकारीले भने, “उहाँ ठगी मुद्दामा पक्राउ गरि अनुसन्धान भइरहेको छ । उहाँ पत्रकार नै हो भन्ने हामीलाई थाहा छैन । हामी अनुसन्धान गर्दैछौं ।”
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु आगमन शाखाले २०७९ पुस २९ गते २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेटभित्र ९ किलो सुन फेला पारेको थियो ।

बुधबार मात्रै सिआइबीले उक्त प्रकरणमा पक्राउ परेका अभियुक्तलाई छुटाइदिन्छु भन्दै ९९ लाख रुपैयाँ लिएको अभियोगमा २ जनालाई सार्वजनिक गरेको थियो । सोही प्रकरणसँग जोडिएका सह–अभियुक्त पत्रकार पाण्डेलाई भने पक्राउ गरेपनि हालसम्म सार्वजनिक गरिएको छैन । पत्रकार पाण्डे ३३ किलो सुन तस्करीका मुख्य नाइके रोशन भनिने गुप्तलाल भुसाल अति निकट पात्र हुन् । भुषालको सुन तस्करी धन्दामा पत्रकार पाण्डेको समेत संलग्नता रहने गरेको दियोपोस्टलाई नाम नबताउने सर्तमा एक अनुसन्धान अधिकारीले बताए ।

सिफारिस