महिला होस् या पुरुष, साँझको समयमा भुलेर पनि नगर्नुस् यी ७ काम !

धर्मशास्त्रले साँझमा गर्न हुँदैन भनेर निषेध गरेका केही कामहरु छन्, ति कामहरु साँझको समयमा गरेका देवी-देवताले उसको घरमा बास नगर्ने विश्वास गरिन्छ ।

* हुन त आजभोलि घरअगाडि तुलसीको मोठ बिरलै देख्न पाइन्छ । केही वर्षअघिसम्म अधिकांश घरअघि अनिवार्य तुलसीको मोठ हुन्थ्यो । यदि तपाईंको घरमा तुलसीको मोठ छ भने, साँझको समयमा कहिल्यै जल अर्पण नगर्नुस् । साथै तुलसी पत्ता पनि साँझको समयमा नटिप्नुस् । तर, साँझको समयमा तुलसीको मोठमा दीप प्रज्वल्लन गर्नुस्, जसले घरमा सुख-संवृद्धिको बास हुन्छ ।

* साँझको समयमा कुचो नलगाउनुस् । यस्तो गर्दा घरको सकारात्मक उर्जा बाहिर जाने र नकारात्मक तत्व घरभित्र प्रवेश गर्ने धार्मिक विश्वास छ । यसो गर्दा घरमा दरिद्रताले बास गर्छ, भन्छन् शास्त्रहरु ।

* त्यसो त कसैको निन्दा र गलत काम कुनै समयमा पनि गर्नु हुँदैन, अझ साँझको समयमा भुलेर पनि त्यस्तो काम नगर्नुस् ।

* साँझको समय शारीरिक सम्बन्ध राख्नलाई पनि धर्मशास्त्रहरुले निषेध गरेका छन् । यो समय कामुकता होइन, घरको वातावरण धार्मिक र पवित्र बनाइराख्नुस् ।

* क्रोध मानवको सबैभन्दा ठूलो दुश्मन हो । रिसले आफूलाई त दु:खी बनाउँछ नै, आसपासको वातावरण पनि बिगारिदिन्छ । साँझको समयमा धनकी देवी लक्ष्मीले पृथ्वी भ्रमण गर्छिन्, यदि तपाईं क्रोधित र अशान्त रहनुभयो भने उनको कृपा तपाईंमाथि रहने छैन ।

* साँझको समयमा पढाई पनि उपर्युक्त हुँदैन भनिन्छ । समय मिल्छ बिहानको समयमा पढ्नुस्, बिहान पढ्दा तपाईंले जति सम्झिन सक्नुहुन्छ, त्यति साँझमा सम्भव हुँदैन । धर्मशास्त्रहरुले पनि साँझ पढ्नका लागि उपर्युक्त समय होइन, भन्छन् ।

* ठ्याक्कै साँझमा खाना पनि नखानुस् । बेलुकाको खाना खानका लागि करिब ८ बजेको समय उपर्युक्त हुन्छ ।

यदि तपाईं धर्मशास्त्रमा विश्वास राख्नु हुन्न भने पनि यी कुराहरुले तपाईंलाई फाइदा नै पुर्याउँछ । जुनसुकै कामको लागि पनि सही समय हुन्छ । गलत समयमा गरिएको सही काम पनि गलत हुनसक्छ । त्यसैले समयलाई कहिल्यै नजरअन्दाज नगर्नुस् ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

‘भर्जिन गन्तव्य’ लोमान्थाङमा आन्तरिक पर्यटकको भीड

Thursday, 20 October 2016

मुस्ताङ, ४ कात्तिक । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । ...

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

Saturday, 17 September 2016

  बैतडी, १ असोज । बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो ...

पहिले र अहिले : छोटो समयमा विकास भएका यी १० वटा शहरहरु

Wednesday, 24 August 2016

एजेन्सी । २१ वर्ष अगाडि दुवई एउटा सुख्खा मरुभुमी थियो । र, अहिले जस्तो विकसित देश होला भनेर कसैले विश्वास ...

इतिहास- १५ वटा तस्विरमा हेर्नुहोस् उहिलेको काठमाडौं

Wednesday, 17 August 2016

काठमाडौ ५, भदौ । पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ ...

तस्विरमा हेर्नुहोस् विश्वका सबैभन्दा सुन्दर १२ गाउँहरु

Thursday, 11 August 2016

एजेन्सी । कस्ले भन्छ ठुल्ठुला शहरहरु मात्र सुन्दर र आकर्षक हुन्छन् भनेर ? संसारमा यस्ता गाउँहरु प्नि छन्, जसले सबैका ...

विश्वको सबैभन्दा मोटो बालक

Thursday, 30 June 2016

एजेन्सी । विश्वको सबैभन्दा मोटो युवक जसको तौल १९२ किलोग्राम रहेको छ । अस्वस्थ १० बर्षीय ती बालक विश्वकै सबैभन्दा ...

कफी सेवनबाट हुने फाइदाहरु

Thursday, 23 June 2016

कफी हाम्रो जिन्दगीको भाग बनिसकेको हुन्छ । बिहान निन्द्रालाई टाढा भगाउनु छ वा दिन भरिको थकानपछि आरामको जरुरी हास् कफिको ...

जीवनमा खुशी हुनलाई यी उपायहरु अपनाऔँ

Wednesday, 15 June 2016

  मानिसको जीवनको सबै भन्दा ठूलो उपलब्धिनेै खुशी हो ।सबै मानिसहरु आफनो जिन्दगी खुशीयाली रुपले जिउन चाहन्छन् । जहाँ तिनीहरु ...

चाँया परेर हैरान हुनुहुन्छ ? यसरी छुट्कारा पाउनुहोस्

Friday, 10 June 2016

एजेन्सी २८ जेठ । कपालमा प्रशस्त मात्रामा स्याम्पुको प्रयोग नभएमा वा तनाब, मौसम परिवर्तन लगायतका कारण कपालमा चाया पने गर्दछ ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top