अपहरण गरेर एकता गर्न सकिँदैन : रामदीप आचार्य

 

क्रान्तिको कुरामात्र गर्ने तर क्रान्ति नगर्ने हो भने त्यो त क्रान्तिको बन्ध्याकरण हो । यसरी क्रन्तिको रक्षा हुदैन ।

जनयुद्ध त्यतिकै लडिएको होइन । स्वाधीन राज्यव्यवस्था स्थापना गर्न र वैदेशिक हस्तक्षेपका विरुद्ध त्यो युद्ध थियो । लाखौं जनताका सपना साकार पार्न माओवादीले जनयुद्ध लडेको हो ।
यतिबेला माओवादीहरु विभिन्न धारमा विभाजीत भएका छन् । यसको अर्थ जनताको आन्दोलन विभाजीत हुनु हो । जनयुद्ध एक थान संविधानका लागि मात्रै थिएन । जनवादी राज्य स्थापना जनवादी राज्य स्थापना गर्ने ठूलो सपना जनयुद्धले बोकेको थियो  । यद्धपी संविधान बनेपछि राज्यसत्ता बदल्न सकिँदैन भन्ने होइन । तर हामीले त्यो समयमा संविधान घोषणा र जनसेना समायोजन एकैसाथ गरौं भनेका थियौं ।
संविधानसँगै केही कुराहरु जोडिएर आउँछन् । संविधान लागुगर्ने मेसनरी, राज्यको चरित्रले ठूलो भूमिका खेल्छ । राज्य वदलियो कि बदलिएन भन्ने प्रमुख हो । तर संविधान जनताको जिवनमा लागु हुनु पर्छ । संविधान समाजवादी लेखेपनि राज्य प्रणाली पूँजीवादी छ भने त्यहाँ समाजवाद लागु हँुदैन । संविधान कागजको खोस्टो मात्रै हुन्छ । त्यसकारण अहिलेपनि संविधान जस्तो भएपनि राज्यसत्ता कस्तो छ  भन्ने कूरा प्रमुख हुन आउँछ  ।

हिजो संविधान निर्माणको क्रममा माओवादी विभाजन भएकै हो । यो दुःखद थियो ।  हिजो एकता चाहेका जनताले आज पनि चाहान्छन् । यो कार्यकर्ताको पनि चाहाना हो । यसलाई आत्मसाथ गर्नुपर्छ । अब हाम्रो कर्तव्य भनेको माओवादी आन्दोलन अगाडी बढाउने हो, यसलाई टुक्रा–टुक्रा पार्ने होइन ।
एमाओवादीले ‘पूँजीवादी क्रान्ति पुरा भयो’ भनेको छ । हामीले पनि अहिले ‘२००६ सालमा पुष्पलालले भनेको र ५२ सालमा जनयुद्ध सुरु गर्नुभन्दा अगाडीको अवस्थामा छैनौ’ भनेका छौं ।
अहिलेपनि सबै माओवादी बहस गर्न सक्छौं । बहस गर्नु भनेको विगतमा भएका राम्रा नराम्रा कामको समिक्षा गर्नु हो । समिक्षाको अर्थ झगडा होइन । आरोप प्रत्यारोप पनि होइन । समिक्षाले अगाडी बढ्ने बाटो तय गर्छ । गल्तीहरु प्रति निर्मम बनाउँछ ।
‘जनवादी क्रान्ति पुरा भयो’ भन्नेपनि होइन । यतिबेला पूँजीवादको सुरुवात भएको छ, या दलाल पूँजीवाद मौलाएको छ । यसबारे सही विश्लेषण गर्यौं भने कार्यनीति पनि राम्रो हुनेछ । नेपाली समाजको विश्लेषणपछि क्रान्तिको चरित्रको विश्लेषण गर्न सकिन्छ । क्रान्तिको कुरामात्र गर्ने तर क्रान्ति नगर्ने हो भने त्यो त क्रान्तिको बन्ध्याकरण हो । यसरी क्रन्तिको रक्षा हुदैन ।
अहिलेको मूल उद्देश्य भनेको साम्यवादको यात्रा हो । यात्राका लागि नेपाली मौलिकताको क्रान्तिको बाटो भएर जानुपर्छ । यसबाट समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य लिनुपर्छ ।
त्यसो त नेपालका कुनैपनि माओवादीहरु समाजवाद र साम्यावाद विरोधी छैनन् । उनीहरुबीच एकता हुने आधारहरु छन् । ठूलो आधार जनता हुन । जनताले हिजोपनि एकता चाहान्थे आजपनि चाहान्छन् । माओवादी खूद नेपालको नेतृत्व गर्न चाहान्छ । देश अहिले विदेशी हस्तक्षेपको मारमा छ ।  यसबाट मुक्ती माओवादीले मात्रै दिनसक्छ, नेतृत्व पनि माओवादीले मात्रै गर्नसक्छ । यो जसले बुझ्छ, उ एकता चाहान्छ ।
समाज विभिन्न धारामा विभाजित छ । यसको छाप सबै पार्टीमा हुन्छ । हाम्रो पार्टी पनि अछूतो छैन । अहिले हामीले गरेको बहस ‘माओवादी आन्दोलनलाई बचाउने र बढाउने विषयमा केन्द्रीत छ । विभाजन वा नेताहरुलाई छोड्ने या एक्ल्याउने भन्ने हुँदै होइन ।
माओवादी एकता अवश्य हुन्छ । यो अहिलेको आवश्यकता हो । हिजोको समिक्षा हुनु पर्छ । तर एकताको लागि चाहिनेजति सबै गर्नुपर्छ । एकताको आवश्यकतालाई कसैले रोक्न सक्दैन । संविधान एउटा वस्तु हो । यसलाई हेर्ने दृष्ट्रिकोण फरक छ । तर यही कुराले एकता रोक्दैन । विचार भए यो गौण हो ।  संसार बदल्नेहरुले संविधान बदल्न सक्दैनन् ?
संसारभरी संविधान गतिशिल छ । यो जड होइन । यो अन्तिम सत्य पनि होइन । चाहेको बेला जनताले परिवर्तन गर्नसक्छन् । हो दुर्घटना हुनु भन्दा पहिला सोचेका भए संसारमा दुर्घटना नै हुने थिएन । विभाजन हुनु भन्दा पहिला गहिरो गरी समिक्षा गरेको भए विभाजन नहुन सक्थ्यो ।
माओवादी विभाजन आन्तरिक र वाह्य दुबै कारणले भएको हो । तर उसले आफ्नो पंक्तिमा आफ्नो विचार दह्रो गरी राख्न सकेन । इतिहासमा यस्तो विभाजनामा जनताको ठूलो हिस्सा निर्णायक हुन्छन् । तर कहिलेकाँहि व्यक्तिपनि निर्णयक हुन्छ । तर माओवादी विचारका कारण विभाजित भएको हो ।
माओवादी विभाजन त्यो समयको उपज हो । एकथरीलाई संविधान लेख्छौं,सेना समायोजन गर्छाैं,  हामी सबैको नेतृत्व गर्न सक्षम छौ । हामी आन्दोलनबाट आएका हौ शक्तिशाली छौं । संविधान पनि हामी आफ्नो तरिकाले लेख्छौ । त्यो पनि दुइ तिहाइ बहुमत ल्याएर ।  अर्को समुहले सोचेको थियो, संविधान जारी हुँदा विद्रोह हुने छ । हामी त्यो विद्रोहको नेतृत्व गर्ने छौ । जनता विद्रोहको झण्डा मुनि गालबन्द हुनेछन् । हाम्रो एजेण्डामा देश अगाडि बढ्छ । हामी सफल हुनेछौं । विद्रोह सफल हुनेछ । तर दुबैको सपना विफल भयो । आज माओवादीहरु पराजयमा छन् । कसैले विजय भयौं भन्नु भनेका आफैले आफैलाई ढाँट्नु हो । अहिलेको समिक्षा भनेको पराजयको समिक्षा हो, विजयको होइन ।

के हुँदैछ एकता ?
एकताकोलागि दुबै तिरबाट पहल भइरहेको छ । यो आजको आवश्यकता हो । यसलाई सुदुर भविष्यतर्फ धकेल्नु हुँदैन । तर मिति र तिथीहरु तोकिन सक्ने अवस्था छैन । यो राजनीीतक परिघटना हो । यो आजको आवश्यकता हो । हिजोको होइन ।
माक्र्सवाद छाडेका बाबुराम
बाबरामले माक्र्सवादको झण्डा छोडिसक्नु भो । उहाँले क्रान्तिलाई निरन्तर अगाडि बढाउन सकेको भए सफल मानिनुहुन्थ्यो । इतिहासलाई बढी कोट्याउनु सहि नहोला ।
उहाँले हिजो माक्र्सवाद परिवर्तनको एकमात्र बाटो हो भन्नु भयो आज माक्र्सवादले मात्र पुग्दैन भन्दै हिड्नु भएको छ । अंशमा उहाँ ठिक भएपनि सारमा अब दक्षिणको बाटोमा लाग्नु भएको हो । हिजोको क्रान्तिको सम्मान गर्न नसक्नेले हिजो हिडेको बाटो पछ्याउन सक्दैनभने त्यो मान्छेलाई के भन्ने ? परिवर्तनकारीले हिजोको परिवर्तन संस्थागत गर्नु पर्छ । तर उहाँले त हिजो बोकेको झण्डा छोडि सक्नु भयो यहि अवस्थामा उहाँलाई दुरद्रस्टा भन्न सकिँदैन ।
संविधानकी बन्दूक ?
जनवादी संविधान चाहिएको हो । त्यो भएन भने जनपक्षिय संविधान । ०५२ सालमा संविधान नभएर जनयुद्ध भएको होइन । अगाडी बन्दूक राख्यो भने संविधानभन्दा पहिले कार्यान्वयन हुन्छ । अहिलेपनि संविधान सबै कुरा होइन । यहाँ दूनिया बदल्ने कुरा छ । लक्ष्य राख्यो भने सबै कुरा हुन्छ ।
संविधान बदल्ने भन्दा पनि राज्यबदल्ने कुरा प्रमुख हो । दूनिया बदल्न हिडेकाले आफ्ना दस्तावेज मिलाउन सकिएन भने कसरी देशलाई लिएर समाजवाद र साम्यवादको यात्रामा कसरी जान सक्छ ?  यसकारण क्रान्तिको पक्षमा सबै कुरा बदल्नुपर्छ ।

हाम्रो पार्टीका दुई लाईन के हुन् ?
अहिले हाम्रो पार्टीमा बहस भइरहेको छ । यसमा दुइ लाइन छन् । एउटा सिद्धान्तनिष्ठ एकता र अर्को नयाँ आधारमा नयाँ एकता । सिद्धान्त निष्ठ एकता भनेको बाजेका पालाको हो कि अहिलेको अवस्थाको आवश्यकता हो ? अहिलेको आवश्यकता भनेको सृजनशिल विचारमा एकता हुनु पर्छ । सिद्धान्तलाई समृद्ध र विकास गरेर नयाँ आधारमा नयाँ एकता हुन्छ ।
कम्युनिष्ट आन्दोलनमा स्वयमसेवकको रुपमा लागेका हौं । यो स्वच्छिक अभियान हो । यसमा कसैसँग करबल हँुदैन । एकता कसैले चाहान्छ भने उसको इच्छा हो । कसैलाई करबल गरेर घिसारेर लिन सकिँदैन । कसैलाई अपहरण गरेर एकतामा लिन सकिँदैन । कसैलाई एकता गरेर पार्टी विचार नयाँ तरिकाले अगाडि बढ्छ भन्ने लाग्यो भने एकतामा जान्छन् । कसैलाई घिच्याएर फुटमा धकेल्न सकिँदैन । अहिले एकताकोलागि अपिल गर्ने हो । अहिलेको आवश्यकतालाई मिलेर सामना गर्नु पर्छ भन्ने सबैको चाहना इच्छा हो ।

कुराकानीमा अाधारित

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कर्मचारीबारे लालबाबु पण्डितको खुलाशा : सरकारी कार्यलय भित्रैबाट चल्छन् ‘कन्सल्टेन्सी’ !

Sunday, 30 July 2017

पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रशासनीक सुधारका लागि ऐतिहासिक कामहरु गरे । पण्डितले सामान्य प्रशासन मन्त्रालय सम्हालेपछि डिभि र ...

‘आम युवाको चरित्र उपभोक्तावादी बन्दै गएको छ , यो निकै नै डरलाग्दो कुरा हो’

Saturday, 15 July 2017

साहित्यकार विश्वभक्त दुलाल ‘आहुती’ नेपाली समाजमा स्थापित भनिएका सोच र मान्यताहरु भन्दा भिन्न धारणा राख्छन् । मानिसका जीवन, समाज र ...

‘डल्लाकोटी सरकारको आदेश’ : त्रिशुली किनारमा महल बनाउँनेलाई १ लाख जरिवाना (अन्तर्वार्ता)

Thursday, 29 June 2017

धादिङको रोराङ गाउँपालिकामा यतिबेला एउटा शब्द चर्चामा छ,‘डल्लाकोटी सरकार’ । गाउँपालिका अध्यक्ष ‘हरि डल्लाकोटी’ नेतृत्वको स्थानिय सरकार सामाजिक सञ्जाल प्रयोगकर्ताका ...

श्याम राउत पक्राउ प्रकरणको भित्री कथा : डिएसपी कुमुद ढुङ्गेलले यसरी पक्राउ गरे ‘अपराधी’

Wednesday, 28 June 2017

‘मैले प्रशासन सबैको अनुहार हेरेको छु । सबै डिएसपी त्यस्तो नहुँदो रहेछ । मेरो बच्चाको आँशुले उहाँलाई जनमजनम राम्रो होस्’ ...

प्रचण्ड सरकारले डेढ करोड अनुदान दिने भएपछि महावीर पुन भन्छन्,‘सद्भावको लागि धन्यवाद, म सरकारको ढोकामा जाँदैन’

Thursday, 1 June 2017

काठमाडौं । सरकारले म्यागासेसे पुरस्कार बिजेता बैज्ञानिक महाविर पुनलाई डेढ करोड रुपैयाँ अनुदान दिने विषयमा छलफल अघि बढेपनि महावीर भने ...

सर्वोच्च अदालतले ‘नवराज सिलवाललाई आइजिपी बनाऊ’ भनेर कहाँ भनेको छ ?

Friday, 24 March 2017

सरकारले गरेको प्रहरी प्रमुखको नियुक्तीलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रहरीमा थप अन्यौलता छाएको छ । सर्वोच्चको फैसलालाई लिएर विभिन्न टिक्का टिप्पणी ...

दोहोरो गोली हानाहानमा एक प्यालेस्टाइनीको मृत्यु

Monday, 6 March 2017

जेरुसेलम, २३ फागुन । रमाल्लाहको वेस्ट बैंक सिटीका आइतबार राति इजरायली सैनिकसँग भएको दोहोरो गोली हानाहानमा परी एक प्यालेटाइनीको मृत्यु ...

‘लोडसेडिङ देखाएर करोडौं कमाउने कर्मचारी को–को थिए ? Exlusive खुलासा… 

Thursday, 12 January 2017

काठमाडौं, २८ पुस । वर्षौंदेखि नेपाली जनता लोडसेडिङ झेल्दै आएका थिए । तर, यसवर्ष सरकार परिवर्तन भएसँगै काठमाडौं पोखरा सहितका ...

मिरा राई भन्छिन्,–‘मलाई जिताउँन अभियान चलाउँनेहरु देखेर खुसीको आँशु झर्छ’

Sunday, 20 November 2016

विश्व चर्चित टेलिभिजन नेशनल जियोग्राफीले वर्षैपिच्छे प्रदान गर्दै आएको विश्वभरिका साहासिक उत्कृष्ट १० व्यक्तिको २०१६ सूचीमा परेकी मीरा राई नेपालीहरूकाे ...

veanet
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top