sangrila bank

स्रष्टा चैत्र ३० सम्मान मानन्धर र क्षेत्रीलाई

काठमाडौँ, २५ चैत । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रले खेलेको भूमिकाको स्मरण गर्न गठित ‘स्रष्टा चैत्र ३०’ नामक संस्थाले यसवर्ष साहित्यकारहरु सुलोचना मानन्धर र डा दुवसु क्षेत्रीलाई सम्मान प्रदान गर्नेभएको छ ।

लेखन र कर्मबाट लोकतान्त्रिक आन्दोलन तथा संस्कृति निर्माणमा उल्लेखनीय योगदान गरेवापत उनीहरुलाई सम्मान दिइने भएको हो । मानन्धर प्राज्ञ हुन भने क्षेत्री कूटनीतिक क्षेत्रका अधिकारीसमेत हुन ।

जनआन्दोलन २०६२÷०६३ मा स्रष्टाहरुले खेलेको उल्लेखनीय भूमिकालाई स्मरण गर्न स्थापित सो संस्थाका अध्यक्ष मनोज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

जनताको नागरिक अधिकार र गणतन्त्रप्रतिको सपना र चाहनालाई सफल बनाउन लेखनी र कर्मका माध्यमबाट स्रटाहरुले खेल्नुभएको भूमिकालाई कदर गर्न विसं २०६३ देखि सम्मान दिन थालिएको हो । सो सम्मान यही चैत ३० गते शिल्पी थिएटरमा प्रदान गरिनेछ ।

लोकतान्त्रिक आन्दोलनका क्रममा विसं २०६२ साल चैत ३० गते पुरानो बानेश्वरको गुरुकुलबाट स्रष्टाहरुले निकालेको जुलुसमा तत्कालीन सरकारले गरेको निर्मम दमनको दिनलाई स्रष्टाहरुले कालो दिन मान्दै स्मरण गर्दै आएका छन् ।

यसअघि सो सम्मानबाट आनन्ददेव भट्ट, बैरागी काइँला, डा तुल्सी भट्टराई, निनु चापागाईं, किरण मानन्धर, डा वेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, डा अमर गिरी, हरिगोविन्द लुइँटेल, उत्तमकृष्ण मजगैँया, किसन प्रेमी, अशेष मल्ल, विमल निभा, राम विनय, विजय बजिमयलगायत सम्मानित भएका थिए ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

शहीदका बसन्तीहरू

Thursday, 19 January 2017

अब उठ ! कालजयी योद्धाहरू बिउँझेर दगुर हिमालयका धापहरूमा हँसिया हथौडा फरफराउँदै कःपवृक्ष मानव उमार नयाँ फूलझैँ प्रताप मल्लका करुणाले ...

यहाँ, ऐया ! भन्न नपाइ मरिरहेछ मानिस

Thursday, 15 December 2016

प्रकाश पाठक विवशता भनुँ या लाचारता ? मान्छे मान्छेकै भिडमा एक्लो छ । गुलाबको त्यो अन्तिम जीवन बाँचेको जस्तो छ, ...

कविता : सलाम छ ! तरकारीवाली

Sunday, 6 November 2016

विमन किराती   सलाम छ ! तरकारीवाली।। ब्लोअप विकिनीमा झुन्डिएर बाँचिरहेको सौन्दर्य चेत लाई एकाएक गाऊँ पुर्‍यायौ ।।। सुम्पिएर जीन्दगीको ...

गङ्गामायाले अनशन तोड्नुभयो

Wednesday, 14 September 2016

  काठमाडौँ, २९ भदौ । विगत केही दिनदेखि आमरण अनशनमा रहनुभएकी गङ्गामाया अधिकारीले अनशन तोड्नुभएको छ । एक महिनादेखि औषधि ...

“गजल”–जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो

Saturday, 27 August 2016

जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो ! उजाडिएको एउटा बस्ति बसाइ सरेर के भो !! थाहा छ औँशीले ...

गोरखाका हरि गुरुङले ल्याए लोकदोहारी गीत ‘पिरतीको काँडामा’ (भिडियोसहित)

Thursday, 11 August 2016

काठमाडौं,२७ साउन । गोरखामा जन्मिएर नेपाली संगीतिक क्षेत्रमा संघर्ष गरिरहेका हरि गुरुङले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । उनकै ...

छत्रमानको आत्मकथामा लाजमर्दो स्वीकृति ‘दाइजोबापत कार लिएँ’

Saturday, 23 July 2016

काठमाडौं, ८ साउन । ‘मिनबहादुरजीले आफ्ना सम्धीलाई यो कार प्रिजेन्ट गर्न लाग्नु भएको छ, सम्धीले मलाई कारको साँचोको बट्टा प्रदान ...

कविता : मेरी आमा

Friday, 6 May 2016

सानो छँदा तिमीले अनेक प्रश्न गथ्र्यौ— ‘आमा, म कहाँबाट आएको हुँ ?’ तिमी सूर्यबाट आएका हौ । मेरो जवाफ पाएपछि ...

कविता : आइतेको देश कहाँ छ ?

Saturday, 9 April 2016

आइतेकै रगत पसिनाले देश बन्छ, आइतेको देश कहाँ छ ? आइतेको देश सिँहदरबार भित्र छ, भनु भने, आइतेकी जोइ, मर्दा ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top