‘हिलिहाङ’ राजा चिनाउने वृत्तचित्र

काठमाडौँ, २६ चैत । हिलिहाङ लिम्बुवान्का अन्तिम हाङ (राजा) भएको पुष्टि गर्दै निर्माण गरिएको वृत्तचित्र ‘हाङ हिलिहाङ को थिए ?’ विहिबार यहाँ प्रदर्शन गरियो ।

हिलिहाङ फाउन्डेसनको निर्माण तथा लोकेन साँवाको निर्देशनमा बनेको वृत्तचित्रमा राजा हिलिहाङले शासन गरेको हिलिहाङ दरबार (खलङ्गा दरबार)लाई केन्द्रविन्दुमा राखिएको छ । हाल पाँचथर जिल्लाका तीन गाविस – नागी, अमरपुर र पञ्चमीको केन्द्रविन्दुको हस्तपुर डाँडोमा हिलिहाङले राज्य सञ्चालन गरेको प्रमाण वृत्तचित्रमा दिइएको छ ।

विसं १८३१ मा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले १७ पटक हिलिहाङको राज्यलाई आक्रमण गरेका थिए । तर जितहार नभएपछि सम्झौता गरेर युद्ध टुङ्ग्याएको वृत्तचित्रमा देखाइएको छ । ऐतिहासिक प्रमाणलाई सङ्कलन गर्दै निर्माण भएको वृत्तचित्रमा योङहाङ (लिम्बूको एक थर) वंशका हिलिहाङलाई एक प्रतापी र कुशल योद्धाका रुपमा प्रस्तुत गरिएको छ । विसं १७८३ मा जन्मिएका हिलिहाङको विसं १८४२ मा छिमेकी राज्य सिक्किममा हत्या गरिएको थियो ।

वृत्तचित्र हेर्न पुग्नुभएका आपूर्ति मन्त्री गणेशमान पुनले वृत्तचित्रले हराएका सभ्यता, संस्कृति र पहिचानको इतिहास खोतलेको बताउनुभयो । उहाँले भन्नुभयो, “इतिहासमा एकपटक हामी हराएका थियौँ, अब फेरि जुटेर नयाँ आधारको पहिचान निर्माण गर्नुपर्छ, त्यसका लागि समावेशी, समानुपातिक र सङ्घीय गणतान्त्रिक संविधान आएको छ ।”

फाउन्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङले लुकेको इतिहासलाई उजागर गर्न वृत्तचित्र सफल रहेको बताउनुभयो । निर्देशक साँवाले पहिलो वृत्तचित्र भएकाले कतिपय कमीकमजोरी रहेको बताउँदै आगामी दिनमा सच्चिएर अघि बढ्ने बताउनुभयो ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ ः प्रम

Saturday, 24 June 2017

भीमदत्तनगर, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल ...

धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान प्रदान

Sunday, 2 April 2017

बिर्तामोड, २० चैत । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने ...

जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा चुनाव हुन्छ : नेता

Thursday, 9 March 2017

पर्वत, २६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै ...

शहीदका बसन्तीहरू

Thursday, 19 January 2017

अब उठ ! कालजयी योद्धाहरू बिउँझेर दगुर हिमालयका धापहरूमा हँसिया हथौडा फरफराउँदै कःपवृक्ष मानव उमार नयाँ फूलझैँ प्रताप मल्लका करुणाले ...

यहाँ, ऐया ! भन्न नपाइ मरिरहेछ मानिस

Thursday, 15 December 2016

प्रकाश पाठक विवशता भनुँ या लाचारता ? मान्छे मान्छेकै भिडमा एक्लो छ । गुलाबको त्यो अन्तिम जीवन बाँचेको जस्तो छ, ...

कविता : सलाम छ ! तरकारीवाली

Sunday, 6 November 2016

विमन किराती   सलाम छ ! तरकारीवाली।। ब्लोअप विकिनीमा झुन्डिएर बाँचिरहेको सौन्दर्य चेत लाई एकाएक गाऊँ पुर्‍यायौ ।।। सुम्पिएर जीन्दगीको ...

गङ्गामायाले अनशन तोड्नुभयो

Wednesday, 14 September 2016

  काठमाडौँ, २९ भदौ । विगत केही दिनदेखि आमरण अनशनमा रहनुभएकी गङ्गामाया अधिकारीले अनशन तोड्नुभएको छ । एक महिनादेखि औषधि ...

“गजल”–जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो

Saturday, 27 August 2016

जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो ! उजाडिएको एउटा बस्ति बसाइ सरेर के भो !! थाहा छ औँशीले ...

गोरखाका हरि गुरुङले ल्याए लोकदोहारी गीत ‘पिरतीको काँडामा’ (भिडियोसहित)

Thursday, 11 August 2016

काठमाडौं,२७ साउन । गोरखामा जन्मिएर नेपाली संगीतिक क्षेत्रमा संघर्ष गरिरहेका हरि गुरुङले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । उनकै ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top