कविताः ‘सपनाको जित’

मान्यता हुमागाई
चकमन्न रात,
झिलिमिली सहरभित्रको एउटा कुनामा
अँध्यारो कोठा
अनि त्यहाँ भित्र छरपस्ट रहेका अनगिन्ती सपनाहरु
आज फेरि उस्तैगरी
मस्तिष्कमा लुट्पुटिन आए।
जिन्दगिका निपुर्ण खुशीहरुलाई समेटेर
रंगिन दुनिया सजाउने,
थोरै आशा, थोरै अभिलाषा अनि
थोरै रहर बोकेर ।
बन्धकी राखेका रातहरु सँग
मेरा सपनाहरुको
घमासान युद्द हुन्छ ,
र फेरि सपनाहरुकै जितहुने आशमा
प्रत्येक रातहरुसंग मेरोपनि
सपनाहरुसँग युद्द चर्किन्छ।
युद्द मैदानमा सपना, रात र म लढिरहेकै बेला
फेरि उस्कै जित हुन्छ ,
सपनाकै जित हुन्छ,
अनि फेरि मेरै मस्तिष्कको बाटो गर्दै
मेरा अधुरा सपनाहरु
मेरै आँखा अगाडि
लुट्पुटिन आउँछ ।
कहिलेकाँहि सपनाजस्ता लाग्ने
जिन्दगिका अपत्यारिला खुशीहरु,
अनि,
कहिले जिन्दगीका काहालिलाग्दा
आरोह र अवरोह जस्ता
पूरा नहुने सपनाहरु ,
एक आपसमा मैदानमा उत्रीरहन्छन
आफ्नै पक्षमा जित हाँसिल गर्न
म चुपचाप हेरिरहन्छु,
म चुपचाप स्विकारिरहन्छु
जिन्दगी अनि सपनाहरुले,
यो मस्तिष्कमा लगाएका चोटहरु ।
तैपनी ,
गुनासोहरु न सपनासँग छ
न कहालिलाग्दो जिन्दगीसँग छ,
अक्सर सपना र जिन्दगिको
दोहोरो युद्द चलिरहँदा,
म अल्लि परबाट नियालिरहन्छु ।
उस्तै गरि,
ठ्याक्कै उस्तै गरि
पुरानै रफ्तारमा
एकातिर सपनाहरु
अनि,
अर्कातिर जिन्दगिका धुमिल पानाहरु
मैले प्रत्यक्ष देखेँ
आजपनी जित सपनाकै भयो
अधुरा सपनाको ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान प्रदान

Sunday, 2 April 2017

बिर्तामोड, २० चैत । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने ...

जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा चुनाव हुन्छ : नेता

Thursday, 9 March 2017

पर्वत, २६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै ...

शहीदका बसन्तीहरू

Thursday, 19 January 2017

अब उठ ! कालजयी योद्धाहरू बिउँझेर दगुर हिमालयका धापहरूमा हँसिया हथौडा फरफराउँदै कःपवृक्ष मानव उमार नयाँ फूलझैँ प्रताप मल्लका करुणाले ...

यहाँ, ऐया ! भन्न नपाइ मरिरहेछ मानिस

Thursday, 15 December 2016

प्रकाश पाठक विवशता भनुँ या लाचारता ? मान्छे मान्छेकै भिडमा एक्लो छ । गुलाबको त्यो अन्तिम जीवन बाँचेको जस्तो छ, ...

कविता : सलाम छ ! तरकारीवाली

Sunday, 6 November 2016

विमन किराती   सलाम छ ! तरकारीवाली।। ब्लोअप विकिनीमा झुन्डिएर बाँचिरहेको सौन्दर्य चेत लाई एकाएक गाऊँ पुर्‍यायौ ।।। सुम्पिएर जीन्दगीको ...

गङ्गामायाले अनशन तोड्नुभयो

Wednesday, 14 September 2016

  काठमाडौँ, २९ भदौ । विगत केही दिनदेखि आमरण अनशनमा रहनुभएकी गङ्गामाया अधिकारीले अनशन तोड्नुभएको छ । एक महिनादेखि औषधि ...

“गजल”–जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो

Saturday, 27 August 2016

जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो ! उजाडिएको एउटा बस्ति बसाइ सरेर के भो !! थाहा छ औँशीले ...

गोरखाका हरि गुरुङले ल्याए लोकदोहारी गीत ‘पिरतीको काँडामा’ (भिडियोसहित)

Thursday, 11 August 2016

काठमाडौं,२७ साउन । गोरखामा जन्मिएर नेपाली संगीतिक क्षेत्रमा संघर्ष गरिरहेका हरि गुरुङले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । उनकै ...

छत्रमानको आत्मकथामा लाजमर्दो स्वीकृति ‘दाइजोबापत कार लिएँ’

Saturday, 23 July 2016

काठमाडौं, ८ साउन । ‘मिनबहादुरजीले आफ्ना सम्धीलाई यो कार प्रिजेन्ट गर्न लाग्नु भएको छ, सम्धीले मलाई कारको साँचोको बट्टा प्रदान ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top