sangrila bank

कविता : मेरी आमा

ध्रुव सत्य परियार

सानो छँदा

तिमीले अनेक प्रश्न गथ्र्यौ—
‘आमा, म कहाँबाट आएको हुँ ?’
तिमी सूर्यबाट आएका हौ ।

मेरो जवाफ पाएपछि
तिम्रो मुहार घामजस्तै चम्केको थियो ।

एक बिहान
रातो घामलाई हेरेर सोध्यौ—
‘आमा, म फेरि घाममा फर्कन सक्छु ?’

तिम्रो प्रश्नले
घामजस्तै चम्केको थियो मेरो मुहार ।

तिमी फेरि घाममा फर्कन त सक्दैनौ
तर, स्वयं घाम भएर चम्कन भने सक्छौ ।

अर्को अप्ठेरो कुरा सोध्यौ—
‘आमा, तिमी कहाँबाट आएकी हौ नि ?’
म त धर्ती फोडेर निस्केकी
तिमीले धर्तीमा भर्खर–भर्खर पाइला चाल्दा
ममा डर र खुसी एकैपटक जागेको थियो
तिमीले पाइला चालेकामा खुसी
फेरि लड्छौ कि भन्ने डर
यही त एउटी आमाको जुनीभरिको दुःख ।

आमाको काख सम्झँदा
लाग्छ,
सन्तान भीर भएर खस्दा पनि
सन्तान वीर बनेर शिखर चुम्दा पनि
पहाड बनिदिने आमा
मेरी आमा पहाड हुन् कि,
पहाड नै आमा हो ?

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

शहीदका बसन्तीहरू

Thursday, 19 January 2017

अब उठ ! कालजयी योद्धाहरू बिउँझेर दगुर हिमालयका धापहरूमा हँसिया हथौडा फरफराउँदै कःपवृक्ष मानव उमार नयाँ फूलझैँ प्रताप मल्लका करुणाले ...

यहाँ, ऐया ! भन्न नपाइ मरिरहेछ मानिस

Thursday, 15 December 2016

प्रकाश पाठक विवशता भनुँ या लाचारता ? मान्छे मान्छेकै भिडमा एक्लो छ । गुलाबको त्यो अन्तिम जीवन बाँचेको जस्तो छ, ...

कविता : सलाम छ ! तरकारीवाली

Sunday, 6 November 2016

विमन किराती   सलाम छ ! तरकारीवाली।। ब्लोअप विकिनीमा झुन्डिएर बाँचिरहेको सौन्दर्य चेत लाई एकाएक गाऊँ पुर्‍यायौ ।।। सुम्पिएर जीन्दगीको ...

गङ्गामायाले अनशन तोड्नुभयो

Wednesday, 14 September 2016

  काठमाडौँ, २९ भदौ । विगत केही दिनदेखि आमरण अनशनमा रहनुभएकी गङ्गामाया अधिकारीले अनशन तोड्नुभएको छ । एक महिनादेखि औषधि ...

“गजल”–जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो

Saturday, 27 August 2016

जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो ! उजाडिएको एउटा बस्ति बसाइ सरेर के भो !! थाहा छ औँशीले ...

गोरखाका हरि गुरुङले ल्याए लोकदोहारी गीत ‘पिरतीको काँडामा’ (भिडियोसहित)

Thursday, 11 August 2016

काठमाडौं,२७ साउन । गोरखामा जन्मिएर नेपाली संगीतिक क्षेत्रमा संघर्ष गरिरहेका हरि गुरुङले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । उनकै ...

छत्रमानको आत्मकथामा लाजमर्दो स्वीकृति ‘दाइजोबापत कार लिएँ’

Saturday, 23 July 2016

काठमाडौं, ८ साउन । ‘मिनबहादुरजीले आफ्ना सम्धीलाई यो कार प्रिजेन्ट गर्न लाग्नु भएको छ, सम्धीले मलाई कारको साँचोको बट्टा प्रदान ...

कविता : आइतेको देश कहाँ छ ?

Saturday, 9 April 2016

आइतेकै रगत पसिनाले देश बन्छ, आइतेको देश कहाँ छ ? आइतेको देश सिँहदरबार भित्र छ, भनु भने, आइतेकी जोइ, मर्दा ...

कविताः ‘सपनाको जित’

Saturday, 9 April 2016

मान्यता हुमागाई चकमन्न रात, झिलिमिली सहरभित्रको एउटा कुनामा अँध्यारो कोठा अनि त्यहाँ भित्र छरपस्ट रहेका अनगिन्ती सपनाहरु आज फेरि उस्तैगरी ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top