sangrila bank

देउवाले दिल्लीसँग के–के मागेका थिए ? पढ्नुहोस् भारतीय टिभीलाई देउवाले दिएको अन्तर्वार्ता (भिडियोसहित)

काठमाडौं, २९ वैशाख । तराईसँग काठमाडौंलाई जोड्ने फास्टट्र्याक निर्माण कार्यको विरोधमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्ताबारे सायदै थाहा होला । भारतको राज्यसभा टेलिभिजनलाई देउवाले १२ जुन २०१३ मा दिएको अन्तर्वार्तामा आफू भारतसँग माग्न आएको बताएका थिए । यतिबेला सान्दर्भिक हुने देखेर हामीले देउवाको अन्तर्वार्ताको केही अंश यहाँ प्रस्तुत गरेका छौं :
तपाईं दिल्ली भ्रमणमा हुनुहुन्छ । सोनिया गान्धीसँग भेट गरिसक्नुभयो । विदेशमन्त्री सलमान खुर्सिदसँग पनि भेटघाट गरिसक्नुभयो । प्रधानमन्त्री मनमोहन सिंहसँग पनि भेट गरिसक्नुभयो । के थियो एजेन्डा ?
हाम्रो एजेन्डा निकै सस्तो छ । नेपालमा माओवादी इन्सरजेन्सी थियो । राजाले पनि सारा अधिकार लिएका थिए । नेपालमा लोकतन्त्रका बहालीका लागि दलहरु र माओवादीबीच बाह्रबुँदे समझदारी गराउन भारतले जसरी मद्दत गर्यो, त्यसका लागि मैले धन्यवाद दिएँ । अहिले शान्तिको वातावरण बनेको छ । नेपालमा गणतन्त्र आएको छ । संविधान अहिले पनि बन्न सकेको छैन । नेपालमा संघीयतासहितको संविधान ल्याउनका लागि हामीलाई भारतको सहयोग चाहिएको छ । लजिस्टिक चाहिएको छ । मैले सोनियाजीसँग रिक्वेस्ट गरेको छु । र, सलमानजीसँग पनि मागेको छु । प्रधानमन्त्रीसँग पनि मागेको छु । प्रधानमन्त्रीसँग अरु कुरा पनि भयो । हाम्रो नेपालको विकासको विषयमा पनि कुरा भयो । काठमाडौंदेखि निजगढसम्मको द्रूूत गतिको सडक हो, त्यो ४५ मिनेटको दूरीमा पर्दछ । डेड घन्टामा भारत पुग्न सकिन्छ । यसकारण भारतसँग जोडिन सजिलो हुनेछ । यसले नेपाललाई धेरै फाइदा हुन्छ । यसका लागि सहयोगको मैले आग्रह गरेको छु । त्यस्तै, म सुदूरपश्चिमबाट आउँछु । त्यहाँ महाकाली नदी छ । त्यहाँ पुल छैन । १९९३ मा बनाइएको पुल निकै पुरानो भएको छ । त्यसैले मैले फोरल्यान्ड पुल बनाउनका लागि माग गरेँ । प्रधानमन्त्रीले ठूलो आश्वासन दिनुभएको छ । अरु पनि धेरै कुरा भएका छन् । आईटीलाई सुदूरपश्चिममा सेटअफ गर्नको लागि माग गरेको छु । हुलाकी राजमार्गको कुरा पनि गरेको छु । धेरै कुरा मैले प्रधामन्त्रीसमक्ष राखेको छु । उहाँले नेपालमा बहुदलीय प्रजातान्त्रिक प्रणाली रहेसम्म भारत सबै तरिकाले सहयोग गर्न तयार रहेको बताउनुभएको छ । संविधान बनाउनका लागि भारतले पूरा सहयोग गर्छ भन्नुभएको छ ।
प्रधानमन्त्रीले बहुदलीय प्रजातन्त्र लागि र चुनाव गराउनका लागि जो लजिस्टिक सहयोगको कुरा गर्नुभयो । नेपालमा धेरैभन्दा धेरै लगानी लैजाने, रोजगारी सिर्जना गर्ने, विकासको संरचना बनाउने कुनै विशेष प्रतिबद्धता भारत सरकारले गरेको छ ?
आज हाम्रो कुराकानी भयो । प्रधानमन्त्रीले पनि भन्नुभयो, नेपालमा १ हजार मेगावाटभन्दा बढी बिजुली निकाल्न सकिन्छ । भारतमा बिजुली आवश्यक छ, नेपालमा पनि छ । नेपालमा हिमालय स्रोतहरु जुन छन्, त्यहाँ भारतको लगानी रह्यो भने त्यसलाई पूरा गर्न सकिन्छ । यसमा मैले भारतलाई अघि बढ्न अनुरोध गरेँ । पर्यटन क्षेत्र पनि छ । हामीले सबै नेतालाई भनेका छौं, उनीहरु सकारात्मक पनि छन् । उनीहरुले नेपालमा स्थायित्व र संविधान बनेपछि जरुर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

sher bahadur deuba


भारत र नेपालको सम्बन्ध ऐतिहासिक छ । नेपालमा शान्ति प्रक्रिया सुरु भयो । माओवादी जंगल छोडेर शान्ति प्रक्रियामा आयो । लोकतान्त्रिक प्रक्रिया सुरु भयो । तपाईंहरु सबै मिलेर राजतन्त्रलाई खतम गरेर त्यहाँ लोकतन्त्रको स्थापना भयो । यसमा भारत र भारत सरकारले तपाईंहरुलाई ठूलो सहयोग गर्यो । जसलाई नेपाल र दुनियाँले स्वागत गरेको छ । तर, केही मानिसहरु यो विषयप्रति आपत्ति प्रकट गरिरहेका छन् । नेपालको घरेलु मामलामा भारतको भूमिकाको विषयमा माओवादीले पनि आपत्ति जनाइरहेको छ । के यो मानसिक संरचनामा परिवर्तन आएको छ ?
कहिलेकाहीं केही पार्टीले यसरी सोचेका छन् । तर नेपालमा त्यस्तो छैन । केही पनि छैन । त्यो पनि क्षणिक हो ।
त्यो कुनै गम्भीर मसला होइन ?

होइन ।

नेपाल एक सानो देश हो । नेपालका दुई छिमेकी निकै शक्तिशाली छन् । जनसंख्या र अर्थ व्यवस्थाका हिसाबले पनि उनीहरु शक्तिशाली छन् । नेपालको विषयमा आमरुपमा चीन र भारतको द्विविधा हुने गरेको छ कि कसको धेरै भूमिका हुनुपर्छ ? या दुवैबीच सन्तुलन बनाउनुपर्छ ? के लाग्छ तपाईंलाई ?
भारत र चीन हाम्रो छिमेकी मित्र हुन् । उत्तरी चीनसँगको सम्बन्ध पनि खुसीकै कुरा छ । हामी नेपालको हितका लागि दुवै देशसँग राम्रो सम्बन्ध चाहन्छौं । म यसमा कुनै अन्तर्विरोध देख्दिनँ ।
चीन नेपालसँग यो चाहन्छ कि पश्चिमा देशले नेपाली भूमिलाई प्रयोग नगरुन्, खासगरी तिब्बती मामलामा, के यो साँचो हो ?
चीन सरकारको केही सेक्युुरिटी कन्सर्न छ । तर हामीले एक चीन नीति अपनाएका छौं । हाम्रो देशबाट कुनै पनि चीनविरोधी गतिविधि हुनेछैन ।
भारत अहिले पनि माओवादीलाई मनाउने कुरा ठूलो चुनौती मानिरहेको छ ।
नेपालमा संविधान बनाउने कुरा अहिले पनि पूूरा भएको छैन । राजनीतिक दलको साख पनि गुम्दै छ, तपाईं यसमा सहमत हुनुहुन्छ ?
हाम्रोमा पहिलोपटक २००८ मा चुनाव भएको थियो, जो संविधानसभाको थियो । हामीले संविधान बनाउन पाएनौं । तर नेपालको अनुभवअनुसार हामी एकात्मक राज्य प्रणालीमा थियौं । नेपालका लागि नयाँ कुरा हो, संविधानसभा । त्यसमा हामी विभिन्न अतिवादी समूहबाट आएका छौं । माओवादीजस्तै वाम र क्षेत्रीय पार्टीहरु पनि आएका छन् । यसमा सबैले लचकता अपनाउनुुपथ्र्यो । तर, अपनाएनौं । एकात्मक राज्य प्रणालीबाट विकेन्द्रित राज्य प्रणालीमा जानु निकै कठिन कुरा हो । फेरि हामी चुनावमा जाँदै छौं । हामी सबै पार्टीले रिअलाइज गरेका छौं कि लचकता आवश्यक छ । सबैको भावना समेटेर संघीय संविधान बनाउनेछौं । मलाई विश्वास छ । यसबाट नेपालमा स्थायित्व आउनेछ । प्रजातन्त्र स्थापित हुनेछ ।
जो तपाईंले भन्दै हुनुहुन्छ, सोही कुरा एक साक्षात्कारमा प्रचण्डले मलाई पनि भनेका थिए । उनले यो कुरा मानेका थिए कि, माओवादी जनयुद्धमा गयो, त्यसपछि लोकतन्त्रमा आयो । उनीहरुको अवस्थामा केही बदलाब आयो नि होइन ? यो भनिन्छ कि नेपाली कांग्रेस र एमाले एकातर्फ छ र माओवादी एकातर्फ । संविधानसभाको चुनाव र संविधान बनाउन राजनीतिक दलबीच इमानदारितापूर्वक एकता हुनुपर्छ, होला ?
यो साँचो हो कि प्रचण्डले जो स्विकारेका छन् । माओवादी पूर्णरुपमा आतंक लागू गर्न चाहन्थ्यो । माओवादी पूरै रुपान्तरण हुन बहुदलीय प्रजातन्त्रमा पूरै कन्भर्ट हुनुपर्छ । यसमा हामी सबै मिलेर ल्याउनुपर्छ । भारतले पनि उत्साहित पार्नुपर्छ । कम्युनिस्ट पार्टीलाई परिवर्तन हुन समय लाग्छ ।
राष्ट्रपतिसँग तनाव भएको छ । प्रचण्डले प्रधानमन्त्रीबाट पनि राजीनामा दिए । बाबुराम भट्टराई पनि प्रधानमन्त्री बने । जो ठाउँ तपाईं माओवादीलाई दिन खोज्दै हुनुहुन्छ, उनीहरुको अनुभव तपाईंहरुको भन्दा कम छ । नेपालमा दलहरुबीच इमानदारितापूर्वक एकताको जरुरी छ, तपाईंहरु कसरी मिल्नुहुन्छ ?
हामी प्रजातन्त्रमा कर्मचारी, सेनामा कुनै राजनीतिक प्रभाव नहोस् भन्ने चाहन्छौं । उनीहरुले आर्मीमा जसरी हस्तक्षेप गरे, त्यो उनीहरुले छोड्नैपर्यो । राजीनामा दिनुप¥यो । सेना व्यावसायिक हुन जरुरी छ । त्यस्तै, प्रहरी र कर्मचारी पनि । त्यसमा कसैको हस्तक्षेप हुनु हुँदैन । यो प्रजातन्त्रको मूल मान्यता हो । उनीहरुको मानसिकता पुरानो थियो ।

सेना समायोजन माओवादीको ठूलो मुद्दा हो नि ?
उनीहरु सेनामा समायोजन हुन्छन्, तर निकै कम । उनीहरु आफैं निकै थोरै मात्रै सेनामा आएका हुन् । त्यसैले यो कुनै समस्या होइन ।

लोकतन्त्रमा तपाईंले सेनाको कुरा गर्नुभयो, त्यो संस्था पनि हो । निकै विवादास्पद पनि छ । मिडियामा आलोचना पनि भइरहेको छ । प्रधानन्यायाधीश प्रधानमन्त्री बनेर काम गरिरहेका छन् । तपाईंलाई लाग्दैन सर्वोच्च अदालत प्रभावित हुँदैन ?
यसमा कुनै प्रभाव हुँदैन । त्यसलाई सम्झौतामा समेत उल्लेख गरिएको छ । केवल निष्पक्ष रुपमा चुनाव गर्न यो सबै गरिएको हो । किनकि प्रधान्यायाधीश नै निष्पक्ष हुन सक्छन् । त्यसैले उहाँलाई बनाइएको हो । निर्वाचनपछि सबै कुरा तहमा आउँछ । सम्झौतामा भनिएको छ, चुनावपछि उहाँ आफ्नो घर जानुहुनेछ ।

भिडियो हेर्नुहोस्

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

‘लोडसेडिङ देखाएर करोडौं कमाउने कर्मचारी को–को थिए ? Exlusive खुलासा… 

Thursday, 12 January 2017

काठमाडौं, २८ पुस । वर्षौंदेखि नेपाली जनता लोडसेडिङ झेल्दै आएका थिए । तर, यसवर्ष सरकार परिवर्तन भएसँगै काठमाडौं पोखरा सहितका ...

मिरा राई भन्छिन्,–‘मलाई जिताउँन अभियान चलाउँनेहरु देखेर खुसीको आँशु झर्छ’

Sunday, 20 November 2016

विश्व चर्चित टेलिभिजन नेशनल जियोग्राफीले वर्षैपिच्छे प्रदान गर्दै आएको विश्वभरिका साहासिक उत्कृष्ट १० व्यक्तिको २०१६ सूचीमा परेकी मीरा राई नेपालीहरूकाे ...

‘एमाले नामको ‘स्लो पोईजन’ दिएर कुठाराघात गरियो’

Saturday, 23 July 2016

योगेन्द्र घिसिङ माओवादी केन्द्रका सांसद हुन् । तत्कालीन डा. बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा रहँदा ...

केपी ओली र अर्थमन्त्रीले हामीसँग झूट बोल्नुभयो : वर्षमान पुन अनन्त

Monday, 11 July 2016

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार परिवर्तनको बहसले नेपाली राजनीति फेरी तरंगित छ । प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले ...

राजतन्त्र पुनरागमनको विषयमा सर्वसाधरणलाई सोध्नुपर्छ : ज्ञानेन्द्र शाहा

Saturday, 9 July 2016

पूर्वराजा ज्ञानेन्द्र शाहा त्यति साह्रै सञ्चार माध्यममा आउँदैनन् । तर, उनको ७० औं जन्मदिनको उपलक्षमा एक चर्चित आरजे सविना कार्कीले ...

‘दुई/तीन मिनेटमा राजा विरेन्द्रको परिवार सिद्धिसकेको थियो’

Wednesday, 1 June 2016

सत्य छानबिन भए ज्ञानेन्द्र चोखिने मौका पाउँथे । दीपेन्द्रको कोठामा ५ /७ वटा राईफलहरु हुन्थ्यो । उहाँको मोटरमा पनि हतियार ...

‘हामीसँग मात्रै होइन वर्षमान, जर्नादन र बलदेव जीहरुसँग समेत हतियार छ ’

Monday, 30 May 2016

विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य मोहन कार्की ‘जिवन्त’ सशस्त्र द्वन्दकालमा चर्चित नाम हो । वि.स. २०१६ सालमा धादिङको निलकण्ठ ...

‘प्रचण्डले समर्थन फिर्ता लिएपनि सरकार ढल्ने थिएन’

Saturday, 14 May 2016

एमाले नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कुनै समय निकै चर्चा थिए । सामान्य प्रशासन मन्त्री रहँदा डिभि ...

नाका खुलेको तीन महिना भयो, ग्यास पाइएन भनेर मलाई गाली गर्ने कि सरकारलाई ?

Thursday, 21 April 2016

राजेन्द्र महतो अध्यक्ष, सद्भावना पार्टी मधेसी मोर्चासहितको संघीय गठबन्धन पुनः आन्दोलन गर्ने निष्कर्षमा पुगेको छ । नयाँ संविधानले विगतका आन्दोलनबाट ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top