sangrila bank

चाँया परेर हैरान हुनुहुन्छ ? यसरी छुट्कारा पाउनुहोस्

एजेन्सी २८ जेठ । कपालमा प्रशस्त मात्रामा स्याम्पुको प्रयोग नभएमा वा तनाब, मौसम परिवर्तन लगायतका कारण कपालमा चाया पने गर्दछ । चाँयाले हरेक उमेर समुहका मानिसलाई दुःख दिइरहेको छ । गर्मी समय होस् या जाडो मौसम चाँयाको समस्याले सताइरहेको हुन्छ । यसले कपाललाई मात्रै होईन डन्डिफोर लगायतका समस्याले अनुहारमा समेत असर गर्छ ।

चायाँ हटाउने १० घरेलु उपाय यस्तो छ ।
१. कागती र नरिवल तेलको मसाज गर्ने
कागती रसले कपालमा नियमित मसाज गर्नाले चाया कम हुँदै जान्छ । यसको लागि २ चम्चा नरिवलको तेलमा बराबर मात्रामा कागतीको रस मिसाउने र कपालमा दल्नु पर्छ । कपालमा मसाज गरिसकेपछि २० मिनेट सम्म स्थिर रहनुहोस् । त्यसपछि स्याम्फूले कपाल टाउको पखाल्नुहोस् । हप्तामा वा केहि हप्तासम्म २ देखि ३ पटक सम्म यो यो अभ्यास जारी गर्नुभयो भने तपाईंको चाँया हराउनेछ ।

Coconut-oil-lemon

२. बेकिङ सोडा
चाँयासँग लड्नको लागि बेकिङ सोडाले ठूलो मदत गर्दछ । यसका लागी एक चम्चा बेकिङ सोडा लिनुहोस् र भिजेको कपालमा विस्तारै मसाज गर्नुहोस् । र, केही मिनेटपछि नुहाउनुहोस् । यसरी एक हप्तामा चार पटक गर्नुभयो भने चाँया हट्नलाई ठूलो मद्दत गर्नेछ ।

baking soda
३. दही
थोरै दहीले कपालमा मसाज गर्नुहोस् । मसाजपछि ३ देखि ४ घण्टा सम्म खुला छोड्नुस् । र, स्याम्पुले पखाल्नुस् । दहीले चायाँ हटाउने मात्र नभई हेयर कन्डिस्नरको समेत काम गर्दछ ।

curd-for-hair-and-skin
४. मेथी
मेथी हाम्रो भान्सामा जतिखेर पनि उपलव्ध हुन्छ । एकमुट्ठी मेथी रातभर पानीमा भिजाएर राख्नुहोस् । भिजेको मेथीको पेस्ट अथवा लेदो बनाएर कपालमा लगाउनुहोस् र एक दुई घण्टा जति छोडिदिनुस् । त्यसपछि स्याम्पुले पखाल्नुस् । यो विधी हप्तामा ३÷४ पटकसम्म गर्नुहोस्, जसले चाँया हटाउने मात्र नभई कपाललाई बलीयो राख्न समेत मदत गर्दछ ।

fenugreek-or-methi-
५. हिना मेहेंन्दीँ
हिना वा मेहेन्दीँ कपालको समस्या समाधानको लागि पहिल्यै देखि प्रयोग गरिँदै आएको छ । हिना, चियाको लेदो र कागतीको रस तातो पानीमा मिसाएर ८÷१० घण्टा यत्तिकै छोडिदिनुस् । र यसलाई कपालमा लगाएको १÷२ घण्टाभित्र हल्का स्याम्पुले पखाल्नुहोस । यो प्रक्रिया हप्तामा दोहोर्याएर गर्नाले चाँया पुर्ण रुपमा हटेर जान्छ ।

heena-plant
६. नीमको जुस्
प्राचिन समयदेखि नै निमलाई औषधिको रुपमा प्रयोग गरिँदै आएको पाइन्छ । नीमको हरियो पातलाई पिसेर लेदो बनाउनुस, अथवा यसको जुस् कपालमा लगाएको १० मिनेटपछि पानीमा पखाल्नुस् । नीमको पात पानीमा उमालेर कपाल धुँदा प्रयोग गर्नाले समेत चाँया हटेर जान्छ ।

Neem-Juice
७. सुन्तलाको बोक्रा
सुन्तलामा पाईने अमिलो तथा भिटामिन सीेले छालाको समस्यालाई मद्दत पुर्याउँदछ । तर सुन्तलाको बोक्रा समेत कपालको लागि राम्रो फाईदा गर्दछ । यसको बोक्राको पेस्ट बनाएर हप्तामा २÷३ पटकसम्म लगाउनाले चाँयाले बाईबाई गरेको थाहा पाउन सकिन्छ ।

orange peel
त्यसैले आफ्नो भान्सामा उपलब्ध भएका यी सामानहरुको प्रयोग गर्नुहोस् र जतिसक्दो चाँडो चाँयाबाट छुटकारा पाउनुहोस् ।
                                                                                                                                                 स्रोत : हेयर केयर

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

‘भर्जिन गन्तव्य’ लोमान्थाङमा आन्तरिक पर्यटकको भीड

Thursday, 20 October 2016

मुस्ताङ, ४ कात्तिक । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । ...

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

Saturday, 17 September 2016

  बैतडी, १ असोज । बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो ...

पहिले र अहिले : छोटो समयमा विकास भएका यी १० वटा शहरहरु

Wednesday, 24 August 2016

एजेन्सी । २१ वर्ष अगाडि दुवई एउटा सुख्खा मरुभुमी थियो । र, अहिले जस्तो विकसित देश होला भनेर कसैले विश्वास ...

इतिहास- १५ वटा तस्विरमा हेर्नुहोस् उहिलेको काठमाडौं

Wednesday, 17 August 2016

काठमाडौ ५, भदौ । पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ ...

तस्विरमा हेर्नुहोस् विश्वका सबैभन्दा सुन्दर १२ गाउँहरु

Thursday, 11 August 2016

एजेन्सी । कस्ले भन्छ ठुल्ठुला शहरहरु मात्र सुन्दर र आकर्षक हुन्छन् भनेर ? संसारमा यस्ता गाउँहरु प्नि छन्, जसले सबैका ...

विश्वको सबैभन्दा मोटो बालक

Thursday, 30 June 2016

एजेन्सी । विश्वको सबैभन्दा मोटो युवक जसको तौल १९२ किलोग्राम रहेको छ । अस्वस्थ १० बर्षीय ती बालक विश्वकै सबैभन्दा ...

कफी सेवनबाट हुने फाइदाहरु

Thursday, 23 June 2016

कफी हाम्रो जिन्दगीको भाग बनिसकेको हुन्छ । बिहान निन्द्रालाई टाढा भगाउनु छ वा दिन भरिको थकानपछि आरामको जरुरी हास् कफिको ...

जीवनमा खुशी हुनलाई यी उपायहरु अपनाऔँ

Wednesday, 15 June 2016

  मानिसको जीवनको सबै भन्दा ठूलो उपलब्धिनेै खुशी हो ।सबै मानिसहरु आफनो जिन्दगी खुशीयाली रुपले जिउन चाहन्छन् । जहाँ तिनीहरु ...

सपनामा तपाईंले यी ६४ दृष्य देख्नुभयो भने यस्तो फल मिल्छ

Thursday, 2 June 2016

काठमाडौं । निन्द्रामा देखिने सपनालाई ज्योतिषीहरु आगामी जीवनको संकेतको रुपमा अथ्र्याउँछन् । हुन त मान्छेले सपना देख्नुपर्छ । निन्द्रामा देखिने ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top