नयाँ शक्तिको नजरमा, कांग्रेस, कम्युनिस्ट, मधेसवादी दल र राप्रपा


काठमाडौं, ३२ जेठ । नयाँ शक्ति नेपालले मुलुकका चार राजनीतिक प्रवृतिमाथि आफ्नो राजनीतिक प्रतिवेदनमा टिप्पणी गरेको छ । संयोजक डा. बाबुराम भट्टराईद्वारा छलफल सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा विद्यमान राजनीतिक दलहरु नै नयाँ शक्ति निर्माणको आधार भएको बताइएको छ ।

राजनीतिक प्रतिबेदनमा, नेपाली कांग्रेस, कम्युनिस्ट पार्टी, मधेसवादी दल र राप्रपा माथि यस्तो टिप्पणी गरेको छ ।

राप्रपा नेपाल र पुराना पञ्च : यी दलहहरुलाई ‘कन्जर्भेटिज्म’ प्रवृति भनिएको छ । ‘यो धार भनेको राप्रपावादी धार नै हो, पछिल्लो समय उनीहरुले ‘हिन्दुत्व’को नारा दिएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘लोकतान्त्रीक आन्दोलनका लागि लडेका मूलधारका दलहरुसँगको निराशाका कारण ‘बरु हिजो कै ठीक’ भन्ने अतितवादी दृष्टिकोणबाट प्रभावित भएर यो धारमा मानिसहरु लागेका छन् ।’
उनीहरुलाई ‘भविष्यमूखी’ बनाउने लक्ष नयाँ शक्तिले लिएको छ । त्यस्तै नयाँ पुस्ताले राप्रपावादी धारलाई समर्थन गर्ने कुनै आधार नभएको समेत उल्लेख गरिएको छ । त्यस्तै यो धारको राजनीतिक भविष्य लामो समयसम्म नजाने समेत निष्कर्श निकालिएको छ ।

नेपाली कांग्रेस : नेपाली कांग्रेसलाई उदार लोकतान्त्रीक पवृतिको संज्ञा दिइएको छ । तर नेपाली कांग्रेस उदार लोकतान्त्रिक (लिवरल डेमोक्र्याट) होकी प्रजातान्त्रीक समाजवादी (सोसल डेमोक्र्याट) सैद्धान्तिक बहसको विषय भएको उसले बताएको छ । लोकतन्त्रको नाममा कांग्रेसभित्र अनेकन विसंगति र विकृति भित्रिएको समेत नयाँ शक्तिको दाबी छ ।

त्यस्तै कांग्रेसका समर्थकहरु राजावादी, कम्युनिस्ट वा क्षेत्रीयतावादी दलमा आबद्ध नहुने र बाध्य भएर कांग्रेसमा लागिरहेको बताइएको छ । यस्तो अवस्थामा नयाँ शक्ति नेपाल विकल्प हुन सक्ने उनीहरुको निष्कर्श छ ।

कम्युनिस्ट : कम्युनिस्टका सबै घटकहरुलाई एकै ठाउँमा राखएको छ । १९ औं शताब्दीको युरोपेली यथार्थमा जन्मिएको विचार र सिद्धान्तलाई मार्गदर्शक मान्ने यो धार कुनै समय नयाँ भए अहिले भने ‘टेष्टेड’ भइसकेको बताइएको छ । ‘यो धार संगठनात्मक हिसाबले बलियो भएपनि विचार, कार्यदिशा र आचरणका हिसाबले अनेक समस्याहरु छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘विस्तारै यो धारलाई जनताले विश्वास गर्न छाडेका छन् । यो धार वैचारिक आदर्श भन्दा पाखण्ड जस्तो प्रतित हुन थालेको छ । कुरामा क्रान्तिकारी तर व्यबहारमा ‘अवसरवादी’ अर्थात जडसूत्रीय–अवसरवाद यो धारको मुख्य विशेषता हो ।’

कम्युनिस्ट पार्टीमा लाग्ने कार्यकर्ता मानसिक पीडामा हिँडिरहेको र यसमा पद्धतिपनि नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘यो धारमा धेरै मान्छेहरु एक प्रकारको मनोवैज्ञानिक अन्यौल, मानसिक पीडा र शिथिलताको बीच हिँडिरहेका छन्,’ प्रतिबेदनमा भनिएको छ,‘यो धारले दाबी गर्ने सैद्धान्तिक प्रस्तावना र उनीहरुले प्रस्तुत गर्ने व्यवहारका बीचमा ठूलो ग्याप छ । यो धारमा निकट भविष्यमा नै ठूलो निरासा छाउने प्रवल सम्भावना छ ।

मधेसवादी जनजातिवादी घार : मधेसवादी÷जनजातिवादी धारलाई चौथो भनिएको छ । जसलाई संघीयतावादी र क्षेत्रीयतावादी धार समेत भनिएको छ ।
यो धार जन्मिनुमा पुराना राजनीतिक दलले समानुपातिक,समावेशीलाई समयमै सार्थक ढंगले समाउन नसक्नुलाई कारक मानिएको छ । त्यस्तै यो धारमा असाध्यै ठूलो टुठफूट रहेको बताइएको छ । यो धारमा रहेकाहरुको नयाँ शक्ति प्रति विशेष आकर्षण रहेको प्रतिबेदनमा उल्लेख छ ।

नयाँ शक्ति : नयाँ शक्तिलाई वैकल्पिक र फरक धारको परिचय दिएको छ । यो धारले वाम लोकतान्त्रीक (लेफ्ट डेमोक्र्याटिक) विचारलाई अंगिकार गरेको बताइएको छ । शास्त्रीय बहस र पुरातन विरासतमा जोडिनु भन्दा सिधै विकास, सुशासन, समन्वय, समृद्धि, स्वाधीनता, समावेशिता, सहभागितामूलक लोकतन्त्र, सदाचार र मानवीय खुसी जस्ता एजेण्डालाई केन्द्रीत गरेर आफूहरुले नयाँ विकल्प दिने प्रयास गरेको दाबी गरिएको छ । नयाँ शक्तिलाई चारवटै धारभन्दा राम्रो धारको रुपमा प्रतिबेदनमा उल्लेख गरिएको छ ।

यी सबै धारलाई उनीहरुले पार्टी निर्माणको आधार समेत मानेका छन् ।

तस्बिर काठमान्डुपोष्टको प्रयोग गरिएको हो ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

हिसिला यमिको जिब्रो नियन्त्रण गर्न मनोज गजुरेलको आधा दर्जन टिप्स, के के छन् ?

Friday, 7 April 2017

मनाेज गजुरेल जिब्रो चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ, हिसिला’दीकोजस्तै ...

‘नवराज सिलवालकै हतियार सप्लाई’मा प्रचण्डसहित नेतृत्वको यसरी हुँदै थियो सामुहिक हत्या !

Thursday, 23 March 2017

काठमाडौं, १० चैत्र। नेपाल प्रहरीका डिआइजी तथा सिआइबी प्रमुख नवराज सिलवाल प्रहरी प्रमुख बन्ने दौडमा छन् । सरकारले डिआइजी जय ...

दुई ‘महान्’ राजनीतिक ठग !

Wednesday, 15 March 2017

– देवप्रकाश त्रिपाठी कमल थापालाई खास अवस्थामा राष्ट्रपति या प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुने भएछ भने अर्को रहस्य पनि राम्रैसँग ...

विशेष सम्पादकीय : भारतीय ‘दादागिरी’ अन्त्य गर, सिमामा तुरुन्त ‘पर्खाल’ लगाउ

Friday, 10 March 2017

विहीबार काठमाडौं सहित देश भर एउटा खबरले सनसनी मच्चायो । ‘भारतीय सिमा सुरक्षा बल एसएसबीको गोली प्रहारबाट एक नेपालीको मृत्यु’ ...

स्वतन्त्र नारी

Wednesday, 8 March 2017

योगेश ढकाल चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुर  हरेक व्यक्ति आफैंभित्रै स्त्री र पुरुषको समायोजन हो । हाम्रो शरीर ...

नारी दिवस किन मनाउँने ?   

Wednesday, 8 March 2017

सुमन खनाल चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुर स्कुलमा रिजल्ट आउने तयारी हुदै थियो ।  कक्षा ५ मा जेहेन्दार ...

अन्तिम दिन बीबीसीबाट रवीन्द्र मिश्रको घोषणा :‘निलो पानीको डुङ्गाबाट फोहोर पानीमा हाम फालेँ’

Tuesday, 28 February 2017

काठमाडौं, १७ फागुन । पत्रकार रवीन्द्र मिश्रले बीबीसी नेपाल सेवाबाट राजिनामा दिँदै नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् । ...

आइजिपी प्रकरण : तेस्रो बरियताका कुलमान घिसिङले उज्यालो दिन हुने, प्रहरीमा किन नहुने ?

Tuesday, 21 February 2017

सुमन बराल सरकारले पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई पन्छाएर तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा ...

मिंयो बिनाको प्रहरी : जब वामदेवलाई सलामी टक्र्याउन आइजिपी साप होटलमा पुगे…

Monday, 20 February 2017

राजु भट्टराई २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि देशले शान्ति सुरक्षा र अमनचयन पाउला भनेर सोचेको सोझा नेपाली जनताको चाहानामाथि राजनीतिक ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top