करिश्मामाथि खुलेआम हिंसा गर्नेलाई के हुन्छ ?

अभिषेक घिमिरे


नयाँ शक्तिको औपचारिक उद्घाटनका दिन करिष्मा मानन्धरका विषयमा भएका टिका टिप्पणीका विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

केही शुभचिन्तकले करिष्माले सोचे अनुरूप प्रस्तुति दिन नसकेर निराश भई आक्रोश पोख्नु फरक कुरा हो, तर उनको अस्मितामाथि प्रहार हुनेगरी सामाजिक संजालमा गाली गलौज गर्नुलाई मैले नेपाली महिलामाथि खुलेआम भएको गम्भीर हिंसाको रुपमा लिएको छु।

करिष्मा उद्घोषक होइनन्। उनी अभिनेत्री हुन्। हामी सबैलाई थाहा छ। छायाङ्कन स्थलमा केही camera persons र Technicians अगाडि अरू कसैले लेखिदिएको स्कृप्ट दोहोर्याएर “ok” गर्नु र स्टेजमा हजारौं मानिसको भीडमा “single take” मा परिस्थिति अनुकुल रहेर स्वविवेक सहित live प्रस्तुति दिनु फरक विषय हुन्।

Abishek ghimire

अभिषेक घिमिरे


म शिक्षक हुँ । Teachers Trainer पनि हुँ । लगातार घन्टौंसम्म विविध विषयमा बोल्न सक्छु। रेडियो/ टेलिभिजनमा live कार्यक्रम गरेको अनुभव छ। केही नेपाली फिल्ममा अभिनय तथा केही नायकको (अभिनेता) Playback voice dubbing गरेको छु। मैले 1500 बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका स्टेज कार्यक्रम संचालन गरेको छु। VIP/ VVIP/ माननीय/ सम्माननीय/ महामहिम सबै सम्मिलित कार्यक्रम सन्चालन गरेको छु। कार्यक्रम प्रस्तोताको रूपमा लाखौं मान्छे अगाडि निर्धक्क बोल्न सक्छु। तर, दुई मिनेटको स्वागत मन्तव्य दिनु पर्यो भने मेरा खुट्टा काम्छन्। बोल्न नसक्नेले किन तम्सिनु भन्नेलाई म के भनुँ  ।

टेलिभिजनका केही नाम चलेका Celebrity VJ तथा समाचार वाचक सङ्गै co-host गर्दा साथीहरूले stage मै समाचार पढिदिन्थे। professional रूपमै MC गर्नेले पनि सबै खालका कार्यक्रम संचालन गर्न सक्दैनन्। मनोरञ्जनात्मक कार्यक्रम र औपचारिक दुवै खालका कार्यक्रम संचालन गर्न धेरै कमले मात्र सक्छन्। गलत अर्थ नलागोस्, मैले थुप्रै नाम चलेका professional उद्घोषकले पनि बिगारेको देखेको छु। एक पटक मैले रसियन राजदुतावासले आयोजना गरेको कार्यक्रममा Vladimir Novikov लाई “भ्लादिमिर पुटिन” भनेर बोलाएको छु।

करिष्मा जान्ने भएर गएकी होइनन्। उनलाई अवसर दिइएको हो, करिष्माको हिम्मतलाई प्रोतसाहन गरौं।
करिष्मा कसैकी छोरी, कसैकी आमा, कसैकी पत्नी हुन्। समग्रमा उनी नेपाली नारी हुन्। नारीलाई हरेक क्षेत्रमा अघि बढ्न हौसला र सहयोग गरौं। अनावस्यक गालीगलौज गर्नेले सक्नुहुन्छ भने कार्यक्रम कसरी सन्चालन गर्ने सिकाएर देखाइदिए राम्रो हुन्थ्यो कि।

म मान्छु उनी राजनीतिमा परिपक्व छैनन्, तर राजनीतिमा खारिएकाले खै के पो गरे र !

करिष्माजीलाई सुझाव: अबदेखि तयारी गरेर मात्र जानुहोला। तपाईं glamour बाट बौद्धिक बहस हुने क्षेत्रमा जानुभएको छ। अध्ययन गर्ने बानीको विकास गर्नुहोला।

( म नयाँ शक्तिको कार्यकर्ता नभएको जानकारी गराउन चाहान्छु)

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

शिक्षा नियमावली बारेको भ्रम चिरौँ

Tuesday, 13 June 2017

शंकर अधिकारी शिक्षा नियमावलीको विषयमा थुप्रै भ्रमहरु विभिन्न मिडियाहरुमा आइरहेको पाइन्छ। यसको आधिकारिक जवाफ सम्बन्धित निकायले स्पष्ट पारेको छैन । ...

रुघा खोकी लाग्दैमा क्लिनिक जानु हुन्छ की हुँदैन ?

Saturday, 18 March 2017

        -कृष्ण चापागाईं   आधुनिक समय विज्ञान-प्रविधि, भौतिक उन्नति र प्रगतिको हो | यही भौतिकतामा रम्न मानिसले आफ्नो भौतिक र ...

के मैले ‘माओवादी’ भएर गल्ति गरेँ ?

Sunday, 4 September 2016

२०६३ सालकाे भाद्र महिना । भर्खरै १५ वर्ष पुरा भएर १६ मा टेकेको थिएँ । कक्षा ९ को प्रथम त्रैमासिक ...

धुर्त खड्क प्रसादको सत्ता टिकाउने खेल, ‘संविधानको चोर प्वालको खोजी’

Friday, 22 July 2016

केपी ओली नेतृत्वको सरकारबाट नेकपा (माओवादी) केन्द्र बाहिरिएपछि नेपाली राजनीतिमा हलचल पैदा भएको छ । सरकारबाट बाहिरिएसँगै माओवादी केन्द्र र ...

मेसीलाई एक नेपाली ‘फ्यान’को मार्मिक पत्र

Monday, 27 June 2016

प्रिय मेसी, संसारका तिम्रा करोडौं शुभचिन्तकहरु मध्ये म पनि एक हुँ । तिम्रा हरेक गोलहरुमा, तिम्रा हरेक सफलताहरुमा र तिमीले ...

नयाँ शक्ति किन ?

Thursday, 9 June 2016

ओमप्रकाश विश्वकर्मा मागेर अधिकार पाईँदैन । अधिकारका निम्ती संघर्ष अनिवार्य छ । अझै दलित, जनजाती, महिला, मधेशी र सिमान्तकृत वर्गले ...

मेरा काकालाई मेनपावरले यसरी लुट्यो

Saturday, 30 April 2016

  नारायण सिलवाल वैदेशिक रोजगारीमा जानेहरू ठगिएकोबारे थुप्रै समाचार लेखेँ । केही समयअघि १ लाख १० हजार तिरेर साउदी जान ...

veanet
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top