sangrila bank

वैद्य र विप्लवको कार्यदिशामा के फरक छ ?

डा. ऋषिराज बराल

“प्रस्ट छ, क्रान्तिकारी आधारइलाकाहरूमा दीर्घकालीन क्रान्तिकारी सङ्घर्ष प्रमुख रूपमा चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको किसान छापामार युद्धसँग अनुकूल हुन्छ । त्यसैले दुर्गम  जिल्लाहरूलाई क्रान्तिकारी आधारइलाकाहरूका रूपमा प्रयोग गर्ने आवश्यकतालाई अस्वीकार गर्नु, किसानहरूमाझ कडा मिहिनेत गर्न अस्वीकार गर्नु, छापामार युद्धलाई अस्वीकार गर्नु, गलत हुन्छ ।  साथै, सशस्त्र सङ्घर्षलाई जोड दिनुको अर्थ, सङ्घर्षका अन्य रूपहरूलाई,  आधारइलाकाहरूका कामलाई जोड दिनुको अर्थ सहर तथा दुस्मनको शासनमा रहेका विशाल ग्रामीण क्षेत्रका हाम्रा कामहरूलाई त्याग्नु होइन, बरु सहर र अन्य ग्रामीण क्षेत्रका यी कामहरूबिना हाम्रा आफ्नै ग्रामीण आधारइलाकाहरू एक्लिनेछन् र क्रान्तिले हार बेहोर्नुपर्नेछ । योबाहेक क्रान्तिको अन्तिम उद्देश्य भनेको सहरहरू, दुस्मनका मुख्य आधारहरू कब्जा गर्नु हो र यी उद्देश्यहरू सहरका पर्याप्त कामबिना हासिल गर्न सकिँदैन ।” माओ त्सेतुङ

यतिखेर नेपालको माओवादी आन्दोलन आन्तरिक र बाह्य दुवै किसिमका सङ्घर्षका बीचबाट अघि बढेको छ । इतिहासमा हामीले गरेका कमीकमजोरीबाट पाठ सिकेर मात्र हामी अगाडिको बाटो तय गर्न सक्छौँ ।  माओले निर्देशित गरेका मूल्यलाई निषेध गरेर होइन, अझ उच्चताका साथ आत्मसात गरेर र दरिलोगरी व्यवहारमा लागू गरेर मात्र हाम्रो क्रान्तिकारी यात्रा सम्भव छ ।  यसलाई खारेज गर्नु भनेको ढिलोचाँडो विसर्जनको बाटो समात्नु हो ।

माओले देखाएको बाटोमा अघि बढ्नु भनेको नेपाली समाजको विशिष्टतामा माओवादी राजनीतिक तथा फौजी नीतिलाई लागू गर्ने हो । जुन किसिमको स्थिति हामीले भोग्यौँ, नेतृत्वपङ्क्तिबाट जुन किसिमको गद्दारी भयो, यो निकै पीडादायी  छ । आमजनतामा विश्वासको वातावरण बनाउने कुरा यतिबेर साँच्चिकै जटिल छ तापनि नेपाली माओवादी आन्दोलनले छिट्टै क्रान्तिकारी बाटो समात्ने छ भन्ने कुरामा हामी विश्वस्त हुनैपर्छ ।  जनदिशामा विश्वास गर्दै क्रान्तिकारी आशावादका साथ अघि बढ्नुबाहेक अर्को विकल्प हाम्रा सामु छैन ।

नेपालमा माओवादी आन्दोलन समाप्त भयो भनेर ‘उत्सव’ मनाउनेहरू तथा यो समाप्त भइजाओस् भनेर धारे हात लगाउनेहरूले सोचेजस्तो नेपालको माओवादी आन्दोलनको अवस्था छैन, यो समाप्त भएको छैन र समाप्त हुनेवाला पनि छैन  । अवश्य पनि एक कालखण्डमा यस आन्दोलनको अगुवाइ गर्नेहरूले बाह्य तथा घरेलु प्रतिक्रियावादका सामु आत्मसमर्पण गरेर नेपाली क्रान्तिप्रति गद्दारी गरेका छन्, तिनको जति निन्दा गरे पनि कम हुन्छ । तर नेपाली जनताको ठूलो हिस्सा राष्ट्रियता र जनतन्त्रको पक्षमा छ र महान् जनयुद्धका बीचबाट निर्मित नेता तथा कार्यकर्ताको एउटा पङ्क्ति नेपाली जनताको मुक्तिका लागि बलिदानका हरेक चुनौतीको सामना गर्न तयार छ । यो नेपाली माओवादी आन्दोलनको उज्यालो पक्ष हो ।

 माओवादीहरूबीच  एकताको नाममा सिङ्गो माओवादी आन्दोलनलाई ध्वस्त पार्न गरिएको षड्यन्त्र असफल भएको छ/पारिएको छ र कथित माओवादी केन्द्र दक्षिणपन्थी अवसरवादी, सारमा नव– प्रतिक्रियावादीहरूको झुन्डमा फेरिएको छ । साथै यसले क्रान्तिकारीहरूलाई नयाँ किसिमले एकताबद्ध हुने अवसर र चुनौती पनि सिर्जना गरेको छ । परन्तु क्रान्तिकारीहरू एकताबद्ध हुने कुरा सुन्नमा जति प्रिय छ, व्यहारमा त्यति सहज छैन । यो अहिलेको यथार्थ हो ।

यो सही हो, हामीले सहरको कामलाई हिजोको भन्दा बढी जोड दिनैपर्ने हुन्छ । परन्तु  नेपाली नयाँ जनवादी क्रान्तिका लागि  अहिले पनि गाउँ नै प्रधान हुन्छ भन्ने यथार्थलाई अलिकति पनि बेवास्ता गर्नुहुँदैन र मिल्दैन । बेवास्ता गर्नु आत्मघाती काम हुन्छ । यो भनेको अर्को किसिमले  विसिर्जनको बाटो समात्नु हो । २०५२ सालमा जनयुद्ध आरम्भ गर्दा पनि हामीले चिनियाँ क्रान्तिको फौजी कार्यदिशाको ठाडो नक्कल गरेका थिएनौँ र अहिले पनि नेपाली समाजको विशिष्टतामा माओको राजनीतिक र फौजी नीतिलाई व्यवहारमा लागू गर्ने हो ।

अहिले क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरण सन्दर्भहरू चलिरहेका छन् । यस सन्दर्भमा मूलतः कमरेड मोहन बैद्यको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), कमरेड विप्लवको नेतृत्वमा रहेको नेकपा, माओवादी र कम्युनिस्ट न्युक्लिअस, नेपालको चर्चा हुनु स्वाभाविक छ । अहिलेको सन्दर्भमा क्रान्तिकारीहरू पुनर्सङ्गठित हुने अथवा नयाँ केन्द्रमा गोलबद्ध हुने कुरामा चारओटा आधारहरूमा प्रस्ट हुनुपर्ने हुन्छ : पहिलो,  मार्क्सवाद–लेनिनवाद–माओवाद नेपाली क्रान्तिको मार्गनिर्देशक सिद्धान्त हो, दोस्रो, नयाँ जनवादी क्रान्ति नेपाली सर्वहारा वर्गीय क्रान्तिको  न्यूनतम कार्यक्रम हो, तेस्रो, क्रान्तिका ‘तीन जादुगरी हतियार’ नेपाली क्रान्तिका आधारभूत पक्ष हुन्  र चौथो, नेपाली विशिष्टताको जनयुद्ध  नेपाली क्रान्तिको कार्यदिशा हो ।

प्रस्टताका साथ भन्नुपर्ने हुन्छ, कमरेड विप्लवको माओवादी पार्टीले अघि सारेको ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा, कार्यदिशा नै होइन र यसका माध्यमबाट बढीमा प्रतिक्रियावादी सरकारमा ‘सत्ता साझेदारी’ सम्म पुग्न सकिएला । प्रतिक्रयावादी सत्तामा साझेदारी गर्ने हो भने आफूलाई माओवादी, क्रान्तिकारी भन्नुको अर्थ छैन । फेरि कार्यदिशाका बारेमा बहसछलफल नै नचलाउने र आफूहरूले अघि सारेको ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा मानेर खुरुखुरु सुरुङभित्र पसेपछि मात्र एकता अथवा ध्रुवीकरण हुने हठका कारण विप्लव समूहले एकता नै नचाहेको अथवा यसका नाममा अरूलाई पु्च्छरवादी बनाउन खोजेको देखिन्छ । सङ्गठनात्मक दृष्टिले गतिशील देखिए पनि यसका कार्यक्रमहरू ‘सडकदेखि सडकसम्म’ मै सीमित छन् । क्रान्ति विचारले हुन्छ, उमेर र आक्रोसले होइन । वैचारिक परिपक्वताले नखारिई र केटौलेपनबाट माथि नउठी सिङ्गो मुलुकको केन्द्रीय नेतृत्व समाल्ने र क्रान्ति हाँक्ने कुरा सम्भव छैन । यस्तो अवस्थामा, अहिलेकै स्थितिमा, सो समूहसित पार्टी एकता होइन, मुद्दा हेरेर कार्यगत एकताको सम्भावना नै बढी देखिन्छ ।

हिजो जनयुद्ध आरम्भ गर्दा नेपालको कम्युनिस्ट आन्दोलनमा लामो अवधिसम्म सक्रिय  र खारिएको टिम थियो र त्यसैको प्रशिक्षणमा अगाडि बढेको युवाहरूको जमात थियो । खास गरेर नेकपा (मशाल) (मोटो मशाल नामले स्थापित) पार्टीमा कमरेड भक्तबहादुर श्रेष्ठ, कमरेड मोहन बैद्य ‘किरण’, कमरेड सिपी गजुरेल, कमरेड ईश्वरी दाहाल असारेहरूको टिम थियो । यही टिमको छहारीमा नयाँ टिम प्रशिक्षित र विकसित भएको थियो । यसमा पनि वैचारिक ऊर्जाका लागि कमरेड भक्तबहादुर र कमरेड किरणको दरिलो अगुवाइ थियो । यो अहिलेको जस्तो दुई नम्बरी सिमेन्ट र दुई नम्बरी इँटाले बनेको जग थिएन र होइन ।

जनयुद्धले केही युवाहरूलाई अगाडि त ल्यायो, तर यसले त्यो जगबाट आफूलाई विच्छेद गरेर जसरी अगाडि बढ्न खोज्यो, दुर्घटनाको आरम्भ यहीँबाट भयो । पानी मिसिएको पेट्रोलबाट लामो अवधिसम्म गाडी चल्न सक्ने अवस्था हुँदैन र दुई नम्बरी सिमेन्ट र दुई नम्बरी ईँटाको जगले सानो भुइँचालो पनि धान्दैन । जगबिनाको ‘क्रान्तिकारी उत्साह’ भनेको हावामा लट्किनु हो र यसको परिणति भनेको अन्ततः विसर्ज नै हो । पेरिस कम्युनदेखि माओसम्मको इतिहास सबै पुरानो भयो,  त्यसले क्रान्ति गर्दैन, क्रान्ति मेरो ‘न्यु सिन्थेसिस’ ले मात्र गर्छ । सबैले मलाई नेता र मेरो ‘न्यु सिन्थेसिस’ लाई मार्गनिर्देशक सिद्धान्त बनाउनु पर्छ, यही नै अहिलेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आवश्यकता हो भनेर आफ्नै शोकगीत गाउने विसर्जनवादी बब अभाकियनको चेलो बन्ने होडबाजी दार्शनिक तहमा शून्यवादी प्रवृत्ति हो र सारतः यो मालेमावादी आन्दोलन विरोधी विसर्जनवादी ‘उत्तरवादी’ आभियान हो ।

spotlight-Mohan-Baidya


विगतमा अभाकियनले गरेका राम्रा कामको प्रशंसा गर्नैपर्छ । तर अहिले उनी आफ्ना एजेन्टहरू तयार पार्ने र माओवादी आन्दोलनमा विभाजन ल्याउने महाअभियानमा लागेका छन् । बङ्गलादेशपछि कोलम्बिया, इरान, टर्कीमा हात हालेका छन् र भारतमा पनि रेमण्ड लोट्टालाई अघि सारेर यो काम गर्ने प्रयास गरिरहेका छन् । नेकपा, माओवादीका नेताहरूक लेखमा  अभाकियनको प्रशंसा अर्थपूर्ण छ l वास्तवमा अभाकियन जनयुद्ध र नयाँ जनवादी क्रान्ति विरोधी हुन् । ऐतिहासिक भनिएको उनको लामो लेख ‘न्यु सिन्थेसिस’ मा कतै पनि जनयुद्ध र नयाँ जनवादी क्रान्तिको कुरा छैन । लेख लेखनु बाहेक व्यवहारको क्षेत्रमा माखो नमारेका र विचार विकासका लागि वर्गसङ्घर्षको आवश्यकता र व्यवहार आवश्यक पर्दैन भन्ने अभाकियनलाई गुरु मान्नु भनेको वैचारिक दरिद्रता र विचलनको पराकाष्ठा हो ।

biplab


पार्टी एकताका सन्दर्भमा अहिले जारिरहेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को राष्ट्रिय भेलाले विशेष महत्व राख्दछ । कार्यदिशाका सम्बन्धमा जेजस्ता समाचारहरू प्रकाशमा आएका छन्, यसले सकारात्मक वातावरण बनाउने कुरामा विश्वास गर्न सकिन्छ । आफूले २ वर्षअघि नै फरक मतका रूपमा दर्ता गरेको ‘नेपाली विशेषताको जनयुद्ध’ को कार्य दिशालाई कमरेड किरणले राष्ट्रिय भेलामा उठाउनु भएको छ,  यो सह्राहनीय पक्ष हो । प्रचण्ड समूहसित सम्बन्ध विच्छेद गरेर आएपछि  वैचारिक–राजनीतिक मूलतः राजनीतिक र सङ्गठनात्मक क्षेत्र तथा कार्यदिशाका सम्बन्धमा  गम्भीर कमजोरी भएकै हुन् । अवश्य पनि सो पार्टीको जारी भेला अथवा आगामी राष्ट्रिय सम्मेलनले विगतमा भएका कमीकमजोरी र समस्याहरूलाई केलाउला, विश्लेषणा र संश्लेषण गर्ला र गर्नु आवश्यक पनि छ । एकताका नाममा प्रवेश गरेका, विगतमा संसदीय राजनीतिमा तर मारेका, आइएनजिओमा रमाएकाहरू र व्यापार–व्यवसायमा लागेकाहरूको बगाललाई लिएर नेकपा ( क्रान्तिकारी माओवादी) को नेतृत्वपङ्क्ति कसरी अघि बढ्ला, त्यो हेर्न बाँकी नै छ । यसो हुँदाहुँदै पनि माओवादी आन्दोलन र विचारको रक्षाका लागि यतिबेर कमरेड किरणकै नेतृत्वमा क्रान्तिकारीहरू गोलबद्ध हुनु आवश्यक छ । यो जगमा उभिएर नै नयाँ अभियानले सार्थकता पाउन सक्छ ।

सशस्त्र सङ्घर्षबिना नयाँ जनवादी क्रान्ति सम्भव छैन भन्ने कुरामा विवाद छैन तापनि नेपालको अहिलेको विशिष्ट स्थितिमा सशस्त्र सङ्घर्षको स्वरूप कस्तो हुने भन्ने कुरा नै अहिलेको बहस र विवादको विषय हो । कार्यदिशाको प्रस्टताले नै नयाँ केन्द्र निर्माणको आधार बन्छ भन्ने कुरामा हामी सबै प्रस्ट हुनु आवश्यक छ । बहसछलफलप्रति उदासीन हुनु तथा वैचारिक सङ्घर्षलाई निषेध गर्नु भनेको अगाडिको बाटो बन्द गर्नु हो । यो भनेको विसर्जनवाद नै हो ।  निरन्तर वैचारिक  तथा व्यावहारिक सङ्घर्षमार्फत हासिल हुने प्रस्टताले नै एकताको सम्भावनालाई नजिक ल्याउँछ ।

नेपाली नयाँ जनवादी क्रान्ति चिनियाँ–रूसी शिक्षा र हाम्रो आफ्नै अनुभवका साथ ‘क्रान्तिका तीन जादुगरी हतियार’ को जगमा उभिएर वर्गसङ्घर्षको टेढोमेढो बाटो भएर अघि बढ्नेछ र अन्ततः यसले नेपाली विशिष्टताको जनयुद्धको चरित्र ग्रहण गर्नेछ । नेपाली समाजको आर्थिक, राजनीतिक र भौगोलिक विशिष्टताका कारण पनि नेपाली नयाँ जनवादी क्रान्तिले नेपाली विशिष्टताको जनयुद्धको बाटो भएर नगुज्री धरै छैन । अरू कुरा गोलमटोल  र  अलमल्याउने मेलो मात्र हुन् । पदावली जे प्रयोग गरौँ, अन्ततः नेपाली क्रान्तिले लिने बाटो यही नै हो । अहिलेको समस्या भनेको व्यावहारिक पहलकदमीको हो ।

०००

 

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आइजिपी प्रकरण : तेस्रो बरियताका कुलमान घिसिङले उज्यालो दिन हुने, प्रहरीमा किन नहुने ?

Tuesday, 21 February 2017

सुमन बराल सरकारले पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई पन्छाएर तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा ...

मिंयो बिनाको प्रहरी : जब वामदेवलाई सलामी टक्र्याउन आइजिपी साप होटलमा पुगे…

Monday, 20 February 2017

राजु भट्टराई २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि देशले शान्ति सुरक्षा र अमनचयन पाउला भनेर सोचेको सोझा नेपाली जनताको चाहानामाथि राजनीतिक ...

डिआइजी नवराज सिलवाल यसरी बन्दैछन् अर्को ज्ञानेन्द्र शाह !

Wednesday, 8 February 2017

युवराज कार्की/टिप्पणी काठमाडौं, २५ माघ । एउटा समय थियो राजा ज्ञानेन्द्रको गलत कदम विरुद्ध कुनै ‘मिडिया’ जब बोल्थे तब ‘सेन्सरसिप’ ...

तीन मिनेट भित्रै भारतले पाकिस्तानलाई यसरी टुक्र्याएर बंगलादेश बनाएको थियो

Saturday, 17 December 2016

रेहान फजल १४ डिसेम्बर सन् १९७१ । समय : लगभग १० : ३० बजे । स्थान : गुवाहाटीको एक एअरबस ...

राष्ट्रपतिलाई महाअभियोग लगाएपछि यस्तो छ दक्षिण कोरिया

Saturday, 10 December 2016

रमेश लम्साल काठमाडाैँ, २५ मङ्सिर । करिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ निलम्बनमा ...

किसानको छोरोले चप्पल लगाएर यो व्यवस्थामा प्रश्न गर्‍यो भने भनिन्छ, ‘राजनीति नगर्नुहोस्’

Sunday, 4 December 2016

भारतीय राजनीतिमा यतिबेला एक युवा उदाएका छन् । मञ्चमा भारतीय संस्थापन पक्ष र त्यहाँको व्यवस्था विरुद्ध चर्को स्वरमा चिच्याइरहने युवा ...

विशेष लेख : संगठनको समस्या र पद्धतिशास्त्रको दिशा

Friday, 2 December 2016

विश्वका प्रमुख मार्क्सवादी विचारकहरु मध्ये जर्ज लुकास एक मानिन्छन् । सन् १८७५ मा हंगेरीमा जन्मिएका लुकासको विचारधारात्मक क्षेत्रमा महत्वपूर्ण योगदान ...

दशैँ मान्न सबै सर्वसाधारण गाउँ हिँडेपछि काठमाडौंका सडक सुनसान

Monday, 10 October 2016

काठमाडौँ, २४ असोज । बडादसैँको नवमीका दिन आज काठमाडौँका मुख्य बजार र सडक प्राय  : सुनसान देखिएको छ । दसैँ ...

मैले यो पुस्तक किन अनुवाद गरेँ ?

Sunday, 2 October 2016

प्रचलित शिक्षा प्रणालीमा स्कूलको भूमिका ज्यादै महत्वपूर्ण छ । तर स्कूल जसका निम्ति बनाइएका हुन्, तिनका निम्ति आकर्षण होइन विकर्षणका ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top