sangrila bank

मेसीलाई एक नेपाली ‘फ्यान’को मार्मिक पत्र

बिक्रम बि.क.

प्रिय मेसी,

संसारका तिम्रा करोडौं शुभचिन्तकहरु मध्ये म पनि एक हुँ । तिम्रा हरेक गोलहरुमा, तिम्रा हरेक सफलताहरुमा र तिमीले जित्ने हरेक उपाधिहरुमा तिमी जति खुसी हुन्छौ, त्यति नै म पनि खुसी हुन्छु । अनि, तिम्रा असफलताहरुमा तिमी जति दुःखी हुन्छौ, त्यति नै म पनि दुःखी हुन्छु । तर, अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने तिम्रो घोषणाबाट जति तिमी दुखित छौ, सायद त्यो भन्दा बढी दुःखीत म छु ।

प्रिय मेसी, फुटबल जस्तो सुन्दर खेलको सुन्दरता, गरिमा, संरक्षण र विकास तब मात्र हुन्छ जब तिमी जस्ता राम्रा खेलाडीहरुले फुटबल खेलिरहन्छन् । आजको फुटबल तिमी जस्ता राम्रा खेलाडीहरुको योगदानबाट नै यहाँसम्म आइपुगेको हो, यसमा दुईमत छैन । संघर्षको मैदानबाट नै विजय र पराजयको फैसला हुने गर्दछ । फैसलाहरु सँधै आफ्नो पक्षमा मात्रै हुँदैनन् । आज त्यस्तै भयो, अर्थात् फैसला तिम्रो पक्षमा रहेन । भनाई छ, ‘हरेक अन्त्यले सुरुवात बोकेर आएको हुन्छ’ अनि हरेक असफलताको गर्भमा सफलता लुकेको हुन्छ । मलाई विश्वास छ आजको यो असफलता भोलिको निम्ति तिम्रो ठूलो सफलताको आधार बन्नेछ । वास्तवमै आजको यो कोपा अमेरिका कपको असफलताले तिमीलाई सन् २०१८ मा रसियामा हुने २१ औं विश्वकप फूटबलको उपाधि जिताउने सुनौलो आधार र प्रेरणा प्रदान गरेको छ ।

messi 1


प्रिय मेसी, औंलामा गन्न सकिने खेलाडीहरुमा पर्ने तिमी त्यस्तो खेलाडी हौं, जसले पुरै खेल परिवर्तन गर्ने सामथ्र्य राख्छौ । तिमी हारिसकेको खेल जिताउँन सक्छौ । खेलबाट आशा मारी निराश बनेका दर्शकहरुमा समेत खुसीको किरण बनेर उदाउँन सक्छौ । तिमी त्यस्तो खेलाडी पनि हौ, जसले आफ्नो जादुमयी खेलबाट विपक्षी टिम समर्थकहरुको पनि मन जित्न सक्छौ । आजको यो तिम्रो निर्णयले लाखौं आँखाहरु रसाएका छन् । लाखौं मनहरु टुक्रिएका छन् । साथै तिम्रो समर्थनमा लगाइएका लाखौं टिसर्टहरुमा निराशाको भाव झल्किन थालेको छ । अनि विश्व फुटबल नै पुरै मर्माहत बनेको छ ।

प्रिय मेसी, तिमी बिना आजको फुटबल अधुरो मात्रै होईन अपुरो पनि छ । त्यसैले तिमी यो निर्णय सच्याउ । तिमी फेरी अन्तर्राष्ट्रिय खेल जीवनमा आउ । सन् २०१८ मा हुने २१ औं विश्वकप फुटबल जिताउ, अनि आजको यो फुटबललाई अझ नयाँ उचाइमा पु¥याउ । र, म जस्ता तिम्रा करोडौं शुभचिन्तकहरुमा खुसीको बहार फर्काउ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

के मैले ‘माओवादी’ भएर गल्ति गरेँ ?

Sunday, 4 September 2016

२०६३ सालकाे भाद्र महिना । भर्खरै १५ वर्ष पुरा भएर १६ मा टेकेको थिएँ । कक्षा ९ को प्रथम त्रैमासिक ...

धुर्त खड्क प्रसादको सत्ता टिकाउने खेल, ‘संविधानको चोर प्वालको खोजी’

Friday, 22 July 2016

केपी ओली नेतृत्वको सरकारबाट नेकपा (माओवादी) केन्द्र बाहिरिएपछि नेपाली राजनीतिमा हलचल पैदा भएको छ । सरकारबाट बाहिरिएसँगै माओवादी केन्द्र र ...

करिश्मामाथि खुलेआम हिंसा गर्नेलाई के हुन्छ ?

Thursday, 16 June 2016

अभिषेक घिमिरे नयाँ शक्तिको औपचारिक उद्घाटनका दिन करिष्मा मानन्धरका विषयमा भएका टिका टिप्पणीका विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। केही ...

नयाँ शक्ति किन ?

Thursday, 9 June 2016

ओमप्रकाश विश्वकर्मा मागेर अधिकार पाईँदैन । अधिकारका निम्ती संघर्ष अनिवार्य छ । अझै दलित, जनजाती, महिला, मधेशी र सिमान्तकृत वर्गले ...

मेरा काकालाई मेनपावरले यसरी लुट्यो

Saturday, 30 April 2016

  नारायण सिलवाल वैदेशिक रोजगारीमा जानेहरू ठगिएकोबारे थुप्रै समाचार लेखेँ । केही समयअघि १ लाख १० हजार तिरेर साउदी जान ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top