sangrila bank

शैक्षिक एजेन्डालाई बेचेर रकम खल्तिमा हाल्नेहरु विरुद्ध जुटौं

दीपेश साही


“वर्षौं देखि आर.आर. को ६ रोपनी (विश्वविद्धयालयकाे) जग्गा भित्र सडिरहेका वयवृद्ध लासहरु कसरी बाँचिरहेका रहेछन?” भन्ने प्रश्नको गतिलो उत्तर केही दिन यता भेटाइ रहेको छु। यो आर.आर. क्याम्पसमा मात्रै नभएर विश्वविद्यालयका सबै राजनीती हुने क्याम्पसको विगत देखि वर्तमानसम्मको परिस्थिती हो। जो वर्षौँ देखि विद्यार्थी राजनीतिका नाममा चलिरहेको एउटा शैक्षिक रोग हाे र लुट पनि हो। जसको उपचारबिना शिक्षा क्षेत्रमा सुधारका सम्भावनाहरु छैनन । यसमा सबै विद्यार्थी संठन देखि सराेकारवाला पक्षहरूले गम्भिर भएर साेच्न जरूरी छ ।

कारण, जसले विद्यार्थीको हक र हितको ठेक्का लिँदै वैध अवैध ढंगले स्ववियुमा आसिन भएर विद्यार्थीको छात्रवृत्ति र पुर्वाधार निर्माणको रकम खल्तीमा हालेर विद्यार्थी राजनीतिलाई बदनाम गर्दै शैक्षिक एजेण्डालार्इ बेचेर जिवन गुजारा चलाइरहेका छन् हामी उनीहरूमा भर परिरहेका छाैँ । जसकाे पार्टी वर्षाै देखि सत्तामा लिप्त छ र त्यसैकाे अाडमा क्याम्पस चिफ देखि कर्मचारीसम्म स्ववियु देखि विद्यार्थीकाे छात्रवृतिसम्म कसले पाउने कसले नपाउने भन्नेसम्मकाे निर्धारण गरिन्छ। जसकाे परिणाम देखिरहनु भएकाे छ “एकताका एशियाकै टप विश्वविद्यालय”मा गनिने त्रिभुवन विश्वविद्यालयकाे हालत । जहाँकाे अहिले कुल उतिर्ण प्रतिशत दश प्रतिशतबाट अाेरालाे लागिसक्याे ।

केहि समय यता पार्टी राजनीति व्यक्तिगत जीवन र विभिन्न कारणले गर्दा आर.आर. क्याम्पसमा नै भर्ना र संगठनको जिम्मेवारी भएर पनि नियमितजसो क्याम्पस जान सकिरहेको थिएन। कहिलेकाही वाहेक। केही दिन अगाडि एकजना भाइको फोन आयो। “दार्इ हामि पास हुनेलार्इ छात्रवृती छैन, फेल हुने र चार पाँच विषय लागेका लार्इ हन्ड्रेड प्रशेन्ट याे कसरी भयाे ?” त्यही क्याम्पसमा राजनीति गरिखाने टाेपलिएकाे ले मैले कुनै न कुनै उत्तर दिनुपर्ने बाध्यता नै थियाे । “ए हाे र भार्इ? म बुझ्छु है” छाेटाेमाेटाे उत्तर दिएर फाेन राखे ।

याे कुराले केही समय छटपटी भयाे । क्याम्पसबाट नजिकै रहेकाेले तुरून्तै क्याम्पस पुगेँ । प्रशासनका कर्मचारी देखि चिफसम्मलार्इ फाेन हाँने । “सबै मिलाएर गरिएकाे हाे” भन्ने रेडिमेड उत्तर पाइयाे ।

जेहेन्दारले नपाउने, मेहेनेतीले नपाउने, नियमित विद्यार्थीले नपाउने, अरूले पाउने ! याे कस्ताे मिलाएर ल्याएछन् ?

बुझिल्याउँ भन्ने भएपछि क्याम्पस चिफ निर्मला सुवालकाे कार्यकक्षमा गइयाे । त्यसपुर्व सहायक क्याम्पस चिफ र प्रशासनका कर्मचारीसम्मलार्इ भेटियाे । तर कतै गतिलाे जवाफ पाइएन । सबैले एउटै तर्क दिएका थिए “काठमाडाैमा घर भएकालार्इ भन्दा अरूलार्इ प्राथमिक्ता दिइएकाे हाे ।” उनले पनि त्यहि दिइन् । विद्यार्थी भाइहरूलार्इ कुरा राखेपछि उनिहरूले थाहा दिए काठमाडाैमै घर भएका र कार भृकुटिमण्डपमा पार्किङ गरेर क्याम्पसमा हल्लिन अाउनेले फुल स्कलरशिप पाएकाे भेटियाे । रिजल्ट हेर्दा तिन विषय लागेर फेल भएकाे नतिजा मार्कसिटमा उल्लेख गरेकाे पनि भेटियाे । जबकि मलार्इ फाेन गर्ने भार्इहरू मध्यकाे एउटा भार्इकाे वास्तविकता मलार्इ अलिकति थाहा छ ।

बिहान ५ बजे कृतिपुरकाे माथिल्लाे भागबाट गाडि चढेर कलेज अार्इ पढिवरि जागिर भ्याएर सांझ ८ बजे घर पुग्छ । उस्काे मार्कसिटमा पास भएकाे नतिजा उल्लेख गरिदिएकाे छ त्रिभुवन विश्वविद्यालयले । तर उसैले हाफ मात्रै पाएछ ।

यति भएपछि कि त त्रिभुवन विश्वविद्यालयले याे जेहेन्दार, गरिव, मेहेनत र नियमितकाे परिभाषा बदलिसकेछ कि त यहाँ विद्याएथीकाे अधिकार माथि खेलबहाड भएकाे हुनुपर्छ । यहि लागेर तिनवटा एेजेण्डा सहित साथिहरू मिलेर बुधबार एउटा विज्ञप्ति जारि गरियाे । यस्ता थिए हामीले राखेका मागहरू:

१.स्नातक तृत्तिय बर्षको छात्रबृत्ति बितरणमा भएको अनियमितता तत्काल सच्याइयोस्,

२.अब उप्रान्त यस क्याम्पस हाताभित्र हुने गतिविधिहरुमा सम्पूर्ण बिद्यार्थी संगठन र सराेकारवाला पक्षहरूको उपस्थिती सुनिश्चित गरियोस्,

३.क्याम्पसको दैनिक पठनपाठन, जिर्ण भौतिक पुर्वाधारहरु, खानेपानी, पुस्तकालय, शौचालय, ल्याब लगायतका समस्याहरु तत्काल समाधान गरियोस्,

सँगै हामिले जाेडेकाे विषय के थियाे भने- “मागहरुलाई बेवास्ता गरिएमा यसको छिनोफानो बिद्यार्थी आन्दोलनले गर्नेछ । र यसको जिम्मेवार स्वयम क्याम्पस प्रशासन हुने छ ।”

यति भएपछि उनीहरूलार्इ “के खाेज्छस काना? अाँखाे” भने झै भइगए छ । स्नातक दाेस्राे वर्षकाे छात्रवृतीका लागि उनीहरूले नै निर्धारणा गरेकाे समय तालिकालार्इ स्थगित गरेर विविध कारणहरू भन्दै बिहिबार हुने भनि जानकारी गराइएकाे अन्तर्वाता नै स्थगित गराएका छन्।

पाखुरा र वर्षाै क्याम्पसकाे हाताभित्र बेराेजगार भएर जीवन बिताइ रहेका झुण्डहरूले क्याम्पसलार्इ एक्लाैटी रूपमा निर्णय गर्न बाध्य बनाउने र अाफ्ना नातागातालार्इ मात्रै छात्रवृतीलार्इ पार्ने कुरा ठीक भएन है, सबैले पाउनु पर्छ, छलफल गरियाेस् भनि माग गर्दा स्थगित नै गर्नुपर्ने कारण त केहि पनि थिएन। शिक्षाकाे गुणस्तर खस्काउन विद्यार्थी राजनीतिका नाममा भइरहेका यस्ता तमाम अाचरणहिन तथा अरूपनि बाहिर नदेखिने यि र यस्तै अनैतिक र भ्रष्ट गतिविधि यसका कारणहरू हुन् ।

जस्ताे कि सेमेस्टर प्रणाली लागु गर्ने विषयमा पनि हामीले “सुलभ र समान बनार्इनु पर्छ” भनि अावाज उठाउँदा सेमेस्टर प्रणाली विराेधी भनेर प्रचार गरियाे। तर हामिले भनेकाे न्युन्तम शुल्कमा पढाइनु पर्छ, इच्छा र क्षमता भएका सबैले पढन पाउनु पर्छ, भाैतिक पुर्वाधारहरूकाे तयारी पुरा हुनुपर्छ, अावश्यक तयारी गरिनु पर्छ र सफल हुने गरि लागु गरिनु पर्छ भन्ने थियाे । त्रिविका भिसि र रेक्टर देखि कर्मचारीसम्म कुनै निश्चित दलका कार्यकर्ताहरूले राज गरेपछि अरूले उठाएकाे जस्ताे सुकै एजेण्डा पनि गलत बनाइने परिपाटीकाे सिकार हामिलार्इ बनाइयाे। जस्काे परिणाम अहिले अखबारका पृष्ठहरूमा शिर्षक देख्न पाइन्छ “सेमेस्टरका केहि प्राेगामहरू बन्द हुने अवस्थामा ।” यि त मात्रै केहि उदाहरण हुन्। सबैकाे हिसाब गरियाे भने एक ठेलि भरिन्छ। अावश्यक परे त्याे पनि गरिएला।

तर, अब यसरी चल्न दिइन्न। कडा कदम चालिन्छ भन्ने हामिले साेचि सकेका छाैँ। त्याे कस्ताे हुनेछ र कहाँसम्म पुगिन्छ भन्ने त समयले देखाउने छ। तर अगाडी बढिन्छ नै । हामिले उपत्यकाकाे अार.अार. क्याम्पसलार्इ प्रतिनिधि मानेर याे कदम सुरू गरेका छाैँ। तपार्इ विद्यार्थीहरू, विद्यार्थी संगठनहरू र सराेकारवालाहरूकाे साथ र सहयाेग बिना हामि मात्रैले जस्ताे सुकै कदम चालेपनि याे एजेण्डामा सफल भइँदैन। अनुशासित, व्यवहारिक, समान र गुणस्तरिय शिक्षा । गुणस्तरिय शिक्षाकालागि पारदर्शि विश्वविद्यालय। याे एजेण्डालार्इ सफल बनाउनका लागि व्यथिति र विकृतिहरूका विरूद्ध अावाज। कस्ताे शिक्षा र विश्वविद्यालय बनाउने याे तपार्इ हाम्राे हातमा छ। बेलैमा साेचाैँ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

तीन मिनेट भित्रै भारतले पाकिस्तानलाई यसरी टुक्र्याएर बंगलादेश बनाएको थियो

Saturday, 17 December 2016

रेहान फजल १४ डिसेम्बर सन् १९७१ । समय : लगभग १० : ३० बजे । स्थान : गुवाहाटीको एक एअरबस ...

राष्ट्रपतिलाई महाअभियोग लगाएपछि यस्तो छ दक्षिण कोरिया

Saturday, 10 December 2016

रमेश लम्साल काठमाडाैँ, २५ मङ्सिर । करिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ निलम्बनमा ...

किसानको छोरोले चप्पल लगाएर यो व्यवस्थामा प्रश्न गर्‍यो भने भनिन्छ, ‘राजनीति नगर्नुहोस्’

Sunday, 4 December 2016

भारतीय राजनीतिमा यतिबेला एक युवा उदाएका छन् । मञ्चमा भारतीय संस्थापन पक्ष र त्यहाँको व्यवस्था विरुद्ध चर्को स्वरमा चिच्याइरहने युवा ...

विशेष लेख : संगठनको समस्या र पद्धतिशास्त्रको दिशा

Friday, 2 December 2016

विश्वका प्रमुख मार्क्सवादी विचारकहरु मध्ये जर्ज लुकास एक मानिन्छन् । सन् १८७५ मा हंगेरीमा जन्मिएका लुकासको विचारधारात्मक क्षेत्रमा महत्वपूर्ण योगदान ...

दशैँ मान्न सबै सर्वसाधारण गाउँ हिँडेपछि काठमाडौंका सडक सुनसान

Monday, 10 October 2016

काठमाडौँ, २४ असोज । बडादसैँको नवमीका दिन आज काठमाडौँका मुख्य बजार र सडक प्राय  : सुनसान देखिएको छ । दसैँ ...

मैले यो पुस्तक किन अनुवाद गरेँ ?

Sunday, 2 October 2016

प्रचलित शिक्षा प्रणालीमा स्कूलको भूमिका ज्यादै महत्वपूर्ण छ । तर स्कूल जसका निम्ति बनाइएका हुन्, तिनका निम्ति आकर्षण होइन विकर्षणका ...

अलमलमा परेका कामरेडहरूसित

Thursday, 22 September 2016

डा. ऋषिराज बराल विश्वका उत्पीडित जनता, भाइचारा पार्टीका नेता तथा कार्यकर्ताहरू यतिखेर बडो गम्भीरताका साथ नेपालको माओवादी आन्दोलनलाई हेरिहेका छन् ...

सिपी गजुरेल क. गौरवको रकमी र काइते लेखको विश्वास नगरौँ’

Wednesday, 21 September 2016

डा. ऋषिराज बराल विषयप्रवेश नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मुखपत्र 'माओवादी' को पूर्णाङ्क १०, २०७३ मा सो पार्टीका वरिष्ठ ...

यस्ताे थियाे १० वर्षे सशस्त्र युद्धमा कर्णालीमा युद्ध पत्रकारीता

Sunday, 18 September 2016

नविन रिजाल नेकपा (माओवादी) ले वि.स. २०५२ फागुन १ गते जनयुद्धको घोषणा ग¥यो । जनयुद्धमा जनसेनाको जस्तै प्रचार कार्य महत्वपूर्ण ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top