ढाका आक्रमणपछि आईएसआईबाट खतरामा नेपाल, के भन्छन् विज्ञ ?

काठमाडौं, १९ असार । बंगलादेशको ढाकामा भएको आतंकवादी हमलाले दक्षिण एशिया नै आतंकित बनेको छ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएसआइका बन्दुधकारीले २० विदेशी नागरिकको हत्या गरेपछि नेपालको सुरक्षा चिन्ता समेत बढेर आएको छ । खासगरी खुला सिमानाका कारण नेपाललाई अन्र्तराष्ट्रिय उग्रवादी समुहले प्रयोगशाला बनाउन सक्ने खतरा बढेर गएको सुरक्षा विज्ञहरुको भनाई रहेको छ । खुला सिमाना र दुई छिमेकी राष्ट्रहरुको भूराजनीतिक स्वार्थका कारण पनि नेपाल असहज परिस्थितीमा गुज्रिरहेको छ । यसैबीच बंगलादेशको ढाकामा भएको आतंकवादी हमलाबाट नेपाललाई संभावित खतरा के हुनसक्छ ? भनेर कूटनीति र सुरक्षा क्षेत्रका व्यक्तिहरुलाई सोधेका छौं ।

Ramesh-Nath-Pandey

रमेश नाथ पाण्डे, पूर्व परराष्ट्रमन्त्री

बंग्लादेशको ढाकामा भएको आतंकवादी हमलाले अन्र्तराष्ट्रिय आतंकवाद दक्षिण एशियामा पनि मौलाई सकेको जनाउ दिन्छ । यो घटनाबाट भारत, पाकिस्तान, अफगानिस्तान, बंङ्गलादेश र नेपाल पनि सतर्क हुनुपर्छ । नेपालको राजनीतिक अस्थिरता, राज्यका निकायमा भएको राजनीतिकरण, तथा राजनीतिको बढ्दो अपराधीकरणले नेपालको लागि खतरा बढाएको छ । यसमा तत्कालिन सुधार भएमा मात्रै दुवै छिमेकीहरुको बढ्दो सुरक्षा चिन्ता र चासोलाई नेपालले सम्बोधन गर्नसक्छ ।


bibek shaha

विवेक शाहा, पूर्व शैनिक सचिव

आर्इएसअाइ अन्तर्राष्ट्रिय आतंकवादी संगठन हो । उनीहरुको तार्गेट ग्रुप छ । तर, नेपाल उनीहरुको टार्गेट हुन सक्छ जस्तो लाग्दैन । नेपालले शान्ति मिसनमा बाहेक आफ्नो सेना प्रयोग गरेको छैन । तरपनि खुला सिमाना छ । आतंकवादी संगठनले हाम्रो देशलाई बाटो बनाउनसक्ने खतरा छ । पहिले पनि हाईज्याकिङ भएकै हो । हाम्रो देशमा देशी विदेशी राजदूतावासहरु पनि छन् । दूतावासमाथि उनीहरुले आक्रमण गर्न सक्ने खतरा छ । हाम्रो राजनीति अस्थिरतालाई आतंकवादीहरुले प्रयोग गर्न सक्छन् ।
हाम्रो देशका अन्य धार्मिक संघ संस्थाहरु त्यस्तो कट्टरवादी छैनन् । अन्तर्राष्ट्रिय आतंकवादीसँग लड्नको लागि हामीसँग स्रोत उपलब्ध छ । राजनीतिक अस्थिरता भएन भने हामी आफै सक्षम छौं । बंगलादेशमा हालसम्म चालीस जनाको हत्या भइसको छ । यसबाट नेपालले सुरक्षा सतर्कता भने तत्काल गर्नुपर्ने देखिन्छ ।


kewang hang raiकिवाङहाङ राई
पूर्व एसएसपी, राष्ट्रिय अनुसन्धान विभाग

भारतमा पनि धेरै उग्रपन्थीहरु छन् । नेपाल भारत खुला सिमाना भएका छिमेकी राष्ट्रहरु हुन् । सुरक्षा जोखिम धेरै हुन्छन् । नेपालमा खाडी मुलुकबाट मुश्लिम समुदायका मान्छेहरु आउन प्रतिबन्ध छैन । यसको मतलब सबै मुश्लिम उग्रवादी होईनन् । तर, त्यो आवरणमा आइएसआई प्रवेश गर्न सक्छन् । यस्तो अवस्थामा सुरक्षा व्यवस्था कडा भएन भने घटना घट्न सक्छ । हाम्रो सुरक्षा निकायमा कमिकमजोरी पनि छन् । राष्ट्रिय अनुसन्धानको तालिम कोटामा एनजीओको मान्छे विदेश जाने गरेका छन् । गुप्तचर विभाग राजनीतिक कार्यकर्ताको अखडा बनेको छ । यद्धपी भएका साधन स्रोतलाई उचित ढंगले उपयोग गर्न सके हामीले सहजै यस्तो घटनाहरुलाई निर्मुल पार्न सक्छौं । हाम्रोमा खुला सिमाना छ । खुला सिमानालाई आतंकवादीहरुले प्रयोग गर्न सक्छन् ।


Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

हिसिला यमिको जिब्रो नियन्त्रण गर्न मनोज गजुरेलको आधा दर्जन टिप्स, के के छन् ?

Friday, 7 April 2017

मनाेज गजुरेल जिब्रो चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ, हिसिला’दीकोजस्तै ...

‘नवराज सिलवालकै हतियार सप्लाई’मा प्रचण्डसहित नेतृत्वको यसरी हुँदै थियो सामुहिक हत्या !

Thursday, 23 March 2017

काठमाडौं, १० चैत्र। नेपाल प्रहरीका डिआइजी तथा सिआइबी प्रमुख नवराज सिलवाल प्रहरी प्रमुख बन्ने दौडमा छन् । सरकारले डिआइजी जय ...

दुई ‘महान्’ राजनीतिक ठग !

Wednesday, 15 March 2017

– देवप्रकाश त्रिपाठी कमल थापालाई खास अवस्थामा राष्ट्रपति या प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुने भएछ भने अर्को रहस्य पनि राम्रैसँग ...

विशेष सम्पादकीय : भारतीय ‘दादागिरी’ अन्त्य गर, सिमामा तुरुन्त ‘पर्खाल’ लगाउ

Friday, 10 March 2017

विहीबार काठमाडौं सहित देश भर एउटा खबरले सनसनी मच्चायो । ‘भारतीय सिमा सुरक्षा बल एसएसबीको गोली प्रहारबाट एक नेपालीको मृत्यु’ ...

स्वतन्त्र नारी

Wednesday, 8 March 2017

योगेश ढकाल चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुर  हरेक व्यक्ति आफैंभित्रै स्त्री र पुरुषको समायोजन हो । हाम्रो शरीर ...

नारी दिवस किन मनाउँने ?   

Wednesday, 8 March 2017

सुमन खनाल चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुर स्कुलमा रिजल्ट आउने तयारी हुदै थियो ।  कक्षा ५ मा जेहेन्दार ...

अन्तिम दिन बीबीसीबाट रवीन्द्र मिश्रको घोषणा :‘निलो पानीको डुङ्गाबाट फोहोर पानीमा हाम फालेँ’

Tuesday, 28 February 2017

काठमाडौं, १७ फागुन । पत्रकार रवीन्द्र मिश्रले बीबीसी नेपाल सेवाबाट राजिनामा दिँदै नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् । ...

आइजिपी प्रकरण : तेस्रो बरियताका कुलमान घिसिङले उज्यालो दिन हुने, प्रहरीमा किन नहुने ?

Tuesday, 21 February 2017

सुमन बराल सरकारले पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई पन्छाएर तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा ...

मिंयो बिनाको प्रहरी : जब वामदेवलाई सलामी टक्र्याउन आइजिपी साप होटलमा पुगे…

Monday, 20 February 2017

राजु भट्टराई २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि देशले शान्ति सुरक्षा र अमनचयन पाउला भनेर सोचेको सोझा नेपाली जनताको चाहानामाथि राजनीतिक ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top