sangrila bank

प्रचण्डले ‘जनताको माओवादी जनताकै घरमा’ भनेपछि मात्रिकाको ठट्टा, ‘बस्न दिए पो ?

हामी भन्छौं, ‘प्रचण्डले मुक्ती टावर बनायो रे । काठमाडौंका जति पनि ठूला घर छन् प्रचण्डकै भन्न बेर छैन । हामी बसेको घर पनि उसैको हो । यस्तो अवस्था आयो कसले बनायो त्यो पनि हराउने भयो । यो माओवादी हो की खाओवादी हो ? भन्ने आम जनतामा परेको छ ।


मात्रिका यादव
पार्टी, मजदुर र युवा संगठनको तागतको एकता भयो परिवर्तन सम्भव छ । हाम्रो आन्दोलनमा कसैले भनोस् नभनोस् म एक नम्बरको क्रान्तिकारी भन्ने चलन छ । तर दिमागमा मजदुरको समस्या हल गर्ने योजना छैन । हामी भन्छौं, ‘प्रचण्डले मुक्ती टावर बनायो रे । काठमाडौंका जति पनि ठूला घर छन् प्रचण्डकै भन्न बेर छैन । हामी बसेको घर पनि उसैको हो । यस्तो अवस्था आयो कसले बनायो त्यो पनि हराउने भयो । यो माओवादी हो की खाओवादी हो ? भन्ने आम जनतामा परेको छ ।
यस्तो अवस्थामा जनताले हामीलाई विश्वास गर्दैन । मजदुरले हामीलाई विश्वास गर्दैन ।
क्रान्तिको कुरा त धेरै परको कुरा हो । हामीले शहिद बेपत्ताको लागि के गर्‍यौं । म तीन चोटी मन्त्री भएँ । अरु कुरा छोड्दिउँ जनयुद्धको सहिद कति भयो भनेर पत्ता लगाउन सकेका छैनौ । हाम्रै गृहमन्त्री कतिवटा भइसक्यो । कति बेपत्ता छन् त्यो पनि थाहा भएको छैन । म गृहमन्त्रीलाई दोष दिन चाहान्न । गृहमन्त्रीले के पो गर्नु ? एउटा पनि हवल्दार हाम्रो भए पो टेर्नु । सारमा भन्ने हो भने निकै गम्भिर खतरा छ ।
हामी एकतामा आयौं । हामी पनि कम क्रान्तिकारी थिएनौं । प्रचण्डले खतम गयो सकिएन । विगार्‍यो । तर, हामी गरौंला भनेर गएको सकिएन । म बाहिर आएर यो गढबढै हो भन्दाखेरि प्रचण्ड कमरेडले भन्नुहुन्थ्यो,‘तपाईं बुझ्नुहुन्न, तपाईं जेलबाट आएको मान्छे ।’ होला जेलबाट आएको मान्छे सबै कुरा थाहा पाईंदैन । तर म भन्थेँ, जेलबाट आएपनि यसरी क्रान्ति हुँदैन । तर, गढबढ भयो । गढबढमा तपाईंहरु पनि सहभागी हो की होईन ?
१० हजारको रगतको हेडमास्टर प्रचण्ड
अलग अलग स्कुल बनाउन भनेको सकिएन । हेड मास्टर चाहिँदो रहेछ । त्यो त १० हजार जनताको रगत पसिना बेपत्ताको आँशुबाट बनेको हेडमास्टर न हो हाम्रो प्रचण्ड । हामी जसरी पनि खत्तम बनाउनुपर्छ र अर्को हेडमास्टर बनाउनुपर्छ भनेर लागेकै हो । तर, सकिएन । हामी एकतामा आयौं ।
मालिक बन्ने प्रवृति र ताली संस्कृति
मालिक बन्ने प्रवृतिको म घोर विरोधी छु । अहिले मालिक बन्ने लाईनै छ । तालि दिएर विगार्नु भएको छ । प्रचण्ड कमरेडले बायाँ जाँदा, ‘म बायाँ गएँ है’ भन्दा ताली, दायाँ गएँ है भन्दा पनि ताली ? माक्र्सवादले दायाँ बायाँ ठीक होईन भन्छ नी ? म किरण कमरेडलाई भन्थेँ । उहाँ दायाँ भन्नुहुन्छ हामी बोल्दैनौं । उहाँ बायाँ भन्दा पनि हामी बोल्दैनौं । के हो किरण कमरे किन तपाईं बोल्नु हुन्न मैले भन्थेँ । प्रचण्ड कमरेडले राम्रो गर्दा त ठीकै हो, तर खाल्टोमा जाँकिदा पनि ताली बजाउने ? खाल्टोमा पसिसक्यो ताली ताली ताली । गम्भिरता पूर्वक सोच्नु प¥यो चिन्तनमनन गर्नु पर्‍यो । नेताले गल्ति गर्‍यो भने हामीले रोक्नुपर्छ ।
फौजी राजनीतिक र वैचारिक रुपले हमला गर्नुपर्छ । तर, क्रान्तिकारी हुनु प¥यो । रेड हुनुप¥यो । अहिले बाबुरामलाई गएर सोध्यो भने, एक्सपर्ट भन्छ । प्रचण्डलाई सोध्न जानुभयो भने रेड भन्छ । तर, प्रचण्डले यो पनि भन्छ, एक्सपर्ट पनि चाहिन्छ । रेड बिनाको एक्सपर्टको क्रान्तिमा कुनै अर्थ छैन । सल्लाहा लिने हो त्यसलाई ठेलेर पठाईदिने हो । उसलाई रेड बनाउनुपर्छ ।
मालिकसँग मिलेर हुन्छ । शासकको मलजल हुने काम गर्नु हुन्न । मजदुरको सेवा गर्नुपर्छ । हामी सबै रुपान्तरण हौं । रुपान्तरणमा नै समस्या हो । हाम्रोमा पण्डितहरुको भाषण सुन्नुभएकै होला, ‘सदाचारी बनौं, मदिरा सेवन नै करो भन्छ, तर, सारमा गएर हेर्‍यो भने त्यही बन्छ ।
रुपान्तरण हुन सकिएन भने एक नम्बर पार्टी बन्न सकिँदैन । एक नम्बर पार्टी त थियो नी, सबैभन्दा ठूलो पार्टी थियो हामी रुपान्तरण हुन सकेनौं तेस्रो पार्टी बन्यो । त्यसमा उहाँहरु मात्रै होईन हामी सबै दोषी हौं । त्यसैले एक नम्बर पार्टी होईन । एक नम्बर रुपान्तरणभएको पार्टी चाहियो ।
चुनाव जित्ने तर् मार्ने ? रक्षामन्त्रीलाई सेना पतिले टेर्दैन ? गृहमन्त्रीलाई सिपाहीले टेर्दैन । किन टेर्दैन त्यता विचार भएन । त्यहाँ कतै न कतै हाम्रो दोष हो । त्यो प्रतिक्रियावादी सत्तामा जो गएपनि त्यसको पो सेवा गर्न जाने हो त ? हामी उपयोग गर्न जाने हो । दिमागमा उपयोग गर्न जाने हो भन्ने हुनु पर्‍यो । त्यसको लागि सन्कि हुनुप¥यो । अलिअलि सन्किनु पर्छ । बढा राम्रो जे लेख्यो त्यही भाषण गर्ने हो र ? त्यो हुँदैन नी । म पनि मन्त्री भएर चलाएकै हो । नटेर्नेलाई घोक्रेठ्याक लगाएकै हो । त्यसो भएपछि मन्त्री नभएनी चल्छ नी । मन्त्री नै हुनुपर्छ र ? उपयोग गर्न जाने भनेपछि जुन चीज काम नलाग्ने हो त्यसलाई फूटाएर पो हिड्ने हो त । दिमाग उनीहरुको खराब गरिदिने हो ।
तपाईंहरु बद्नाम भयो भने हामी पनि बदनाम हुन्छ । वाईसिएल पनि बदनाम छ । अहिले लाईन ल्याउनु भएको छ नी ,‘जनताको माओवादी जनताको घरमा । तर बस्न दिए पो ? अब मेहनत गर्नु प¥यो पार्टीको आदेश छ । हाम्रो अध्यक्ष कमरेडको आदेश छ । यो पार्टीले पास गरेको लाईन हो । जनताको सेवा गर्नु प¥यो । उसको मन जित्नुप¥यो । जनताको मजदुर मजदुरकै घरमा भन्ने नारा आउनु पर्‍यो । अब बदल्नुपर्‍यो । जनताको घरमा गएर भन्नै पर्छ, ‘हाम्रो गल्ति भयो, मान्छेबाट गल्ति हुन्छ । त्यो गल्ति गर्दैनौं ।’
अखिल नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय सम्मेलनमा यादवले दिएको मन्तव्यको सम्पादित अंश ः

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि संबोधन गरेका थिए ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आइजिपी प्रकरण : तेस्रो बरियताका कुलमान घिसिङले उज्यालो दिन हुने, प्रहरीमा किन नहुने ?

Tuesday, 21 February 2017

सुमन बराल सरकारले पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई पन्छाएर तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा ...

मिंयो बिनाको प्रहरी : जब वामदेवलाई सलामी टक्र्याउन आइजिपी साप होटलमा पुगे…

Monday, 20 February 2017

राजु भट्टराई २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि देशले शान्ति सुरक्षा र अमनचयन पाउला भनेर सोचेको सोझा नेपाली जनताको चाहानामाथि राजनीतिक ...

डिआइजी नवराज सिलवाल यसरी बन्दैछन् अर्को ज्ञानेन्द्र शाह !

Wednesday, 8 February 2017

युवराज कार्की/टिप्पणी काठमाडौं, २५ माघ । एउटा समय थियो राजा ज्ञानेन्द्रको गलत कदम विरुद्ध कुनै ‘मिडिया’ जब बोल्थे तब ‘सेन्सरसिप’ ...

तीन मिनेट भित्रै भारतले पाकिस्तानलाई यसरी टुक्र्याएर बंगलादेश बनाएको थियो

Saturday, 17 December 2016

रेहान फजल १४ डिसेम्बर सन् १९७१ । समय : लगभग १० : ३० बजे । स्थान : गुवाहाटीको एक एअरबस ...

राष्ट्रपतिलाई महाअभियोग लगाएपछि यस्तो छ दक्षिण कोरिया

Saturday, 10 December 2016

रमेश लम्साल काठमाडाैँ, २५ मङ्सिर । करिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ निलम्बनमा ...

किसानको छोरोले चप्पल लगाएर यो व्यवस्थामा प्रश्न गर्‍यो भने भनिन्छ, ‘राजनीति नगर्नुहोस्’

Sunday, 4 December 2016

भारतीय राजनीतिमा यतिबेला एक युवा उदाएका छन् । मञ्चमा भारतीय संस्थापन पक्ष र त्यहाँको व्यवस्था विरुद्ध चर्को स्वरमा चिच्याइरहने युवा ...

विशेष लेख : संगठनको समस्या र पद्धतिशास्त्रको दिशा

Friday, 2 December 2016

विश्वका प्रमुख मार्क्सवादी विचारकहरु मध्ये जर्ज लुकास एक मानिन्छन् । सन् १८७५ मा हंगेरीमा जन्मिएका लुकासको विचारधारात्मक क्षेत्रमा महत्वपूर्ण योगदान ...

दशैँ मान्न सबै सर्वसाधारण गाउँ हिँडेपछि काठमाडौंका सडक सुनसान

Monday, 10 October 2016

काठमाडौँ, २४ असोज । बडादसैँको नवमीका दिन आज काठमाडौँका मुख्य बजार र सडक प्राय  : सुनसान देखिएको छ । दसैँ ...

मैले यो पुस्तक किन अनुवाद गरेँ ?

Sunday, 2 October 2016

प्रचलित शिक्षा प्रणालीमा स्कूलको भूमिका ज्यादै महत्वपूर्ण छ । तर स्कूल जसका निम्ति बनाइएका हुन्, तिनका निम्ति आकर्षण होइन विकर्षणका ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top