आखिर धनले के गर्छ र ! सुनको सर्ट लगाएको शरिर क्षणभरमै रक्ताम्यै बनेपछि….

एजेन्सी । दुई करोडको ‘गोल्डन सर्ट’ लगाउने पुणेका दत्तात्रेय फुगे शुक्रबार सबेरै तीन बजे चक्कु र ढुङ्गा प्रहारबाट हत्या भएको छ । उनी एक बर्थडे पार्टीबाट घर फर्कदै थिए । फुगे गोल्ड म्यानको नामबाट चर्चित थिए । सँधै २० बडिगार्डसँग रहने फुगे घटना भएको समयमा भने एक्लै थिए । संभवत घटनाका आरोपीहरुलाई थाहा थियो की उक्त समयमा उनीसँग बडिगार्ड कोही पनि थिएनन् ।
प्रहरीले हत्याको अनुसन्धानको लागि चार जनालाई हिरासतमा लिएको छ ।

शव यस्तो हालतमा थियो

हत्याको अनुसन्धान गरिरहेको प्रहरीका अनुसार फुगे ‘मनी वक्रतुंग’ नामको चिटफन्ड कम्पनि चलाउँदै थिए ।
यो कम्पनिमा कयौं मानिसहरुलाई करोडौं लगानी गराएका थिए । उनीमाथि मानिसहरुको पैसा उठाएको आरोप पनि लागेको छ । उनका विरुद्ध कयौं मानिसले रिपोर्ट पनि दर्ज गरेका छन् । शुक्रबार विहान तीन बजे आससार उनी शहरको दिघे बर्थ डे पार्टीबाट घर फर्कदैँ थिए । बाटोमा उनीमाथि ७÷८ जनाले ढुङ्गा, रड र चक्कु प्रहार गरेका थिए । अचानक भएको उक्त हमलाबाट उनी बाँच्न सकेनन् । पुरै शरिर रगतले भरियो । विहानै प्रहरीले उनको शव छतक्षत हालतमा देख्यो ।

चार आरोपी हिरासतमा

हत्याको खबरपछि पुगेको प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि पठाएको छ । उनको हत्याको आरोपमा प्रहरीले चार जनालाई हिरासतमा लिएको छ । हालसम्म प्रहरीले उनीहरु सबैसँग अनुसन्धान गरिरहेको छ । प्रहरी अनुसन्धानमा उनको सुन लुट्नको लागि उनीहरुले आक्रमण गरेको पत्ता लागेको छ ।

फगेको ज्वैलरीको बिजनेश थियो । प्रहरीले केही महिना अगाडी नै उनलाई सचेत गराएको थियो । यद्धपी उनीमाथि भेसरी प्रहरी चौकीमा आर्थिक अपचलनको आरोपमा कयौं मुद्दाहरु दर्ता भएका थिए । उनलाई प्रहरीले नै उक्त अभियोगमा पक्राउ गर्ने जनाउ दिएको थियो । केही समयपछि पक्राउ परेका उनले प्रहरीलाई नै जबरजस्ति पिटेको अभियोग लगाएका थिए ।

राङ्का ज्वैलर्सका मालिक फूगे दुई करोडको सुनको सर्ट लगाएर चर्चामा आएका थिए ।

यो सर्टलाई कयौं महिनाको कडा मेहनतपछि पुणेकै नाम चलेका ज्वैलरी डिजाईनर तेजपाल रांकाले तयार पारेका थिए । यो सर्टलाई रांकाले चार हतियारबद्ध सुरक्षाकर्मिकोबीचमा १५ दिनको कडा मेहनतमा तयार पारेका थिए । सर्ट बनाउनको लागि ५० वर्ष पुराना डाईको प्रयोग गरिएको थियो । शर्टलाई हरेक हिस्सामा जोड्नका लागि १६ कालिगढले १५ दिनसम्म लगातार काम गरेका थिए ।

२० बडीगार्डले घेरिन्थे
फुगे जब यो सुनको सर्ट लगाएर बाहिर निस्कन्थे त्यतिबेला उनीसँग २० जना सुरक्षा गार्ड रहन्थे । सधैँ सेक्युरिटीमा रहने फुगे त्यो दिन किन एक्लै रहे भन्ने विषयमा प्रहरीले छानबीन गरिरहेको छ ।

भारतकै महाराष्ट्रका व्यापारी तथा राजनेता पंकज परख पनि गोल्ड सर्ट लगाउँछन् । उनको सर्टको वजन ४.१ केजी रहेको छ । सबैभन्दा महंगो सर्ट लगाएको भन्दै उनको नाम गिनिज बुक अफ वल्र्डमा प्रकाशित भएको थियो । उनीभन्दा पहिले यो रेकर्ड दत्तात्रेय फूगेको नाममा थियो ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कुकुरप्रेमि थाइल्याण्डका यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले

Friday, 14 October 2016

काठमाडौं । थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उनी सहभागी हुने कार्यक्रमहरुमा कुकुरपनि सँगै हुन्थे । ...

हेर्नुहोस् हिरा र सुन यस्तो खाल्डोमा पाईन्छ

Sunday, 18 September 2016

एजेन्सी । पृथ्वीको बनोट विभिन्न आकारको छ । र जहाँ विभिन्न किसिमका खाल्डोहरु छन् । चाहे तिनी मानव निर्मित हुन्, ...

काँधमा हुक राखेर १ हजार ५० किलोको कार तान्ने यी पातला युवक ! [भिडियो सहित ]

Sunday, 11 September 2016

भारत । 'सुकेको ज्युमा लुकेको बल' भनेझै कहिलेकाहि साच्चिकै कमजोर व्यक्तिले पनि बलीयो काम गरदिन्छन् । प्राय धेरैमा यस्तै भ्रम ...

संसारका यी १६ वटा दुर्लभ तस्विरहरु

Wednesday, 7 September 2016

एजेन्सी । भनिन्छ नि तस्विर आफै बोल्छ । एउटा तस्विरले हजारौ शव्द बाहिर ल्याउछ । प्रतिभाशाली कथावस्तु जे छ त्यहि ...

दुबईमा सुरु भयो ड्राइभर बिनाको बस सेवा, ड्राइभर बिना कसरी गुड्छ सडकमा ?

Saturday, 3 September 2016

दुबई, १७ भदौ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य थाहा पाउनुहाेस् ? (फाेटाेफिचर)

Monday, 29 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य के हाे ? (फाेटाेफिचर)

Sunday, 28 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

यी हुन् नेपाली साहसीक ५ महिला

Thursday, 25 August 2016

काठमाडौ ९ भाद्र । २१ अाैं शताब्दि भनिएपनि नेपाली समाज अझै खुला र स्वतन्त्र बन्न सकेकाे छैन । महिलाकाे सन्दर्भमा ...

लौं हेर्नुस, जहाँ मान्छेको मासु बनाएर बेचिन्छ…

Thursday, 28 July 2016

एजेन्सी । सामाजिक सञ्जालमा भाईरल यी तस्विर सायद तपाइंहरुले देख्नुभएकै होला । तस्विरसंगै यस्तो पनि लेखिएको छ कि चीन र ...

veanet
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top