छत्रमानको आत्मकथामा लाजमर्दो स्वीकृति ‘दाइजोबापत कार लिएँ’

काठमाडौं, ८ साउन । ‘मिनबहादुरजीले आफ्ना सम्धीलाई यो कार प्रिजेन्ट गर्न लाग्नु भएको छ, सम्धीले मलाई कारको साँचोको बट्टा प्रदान गर्नुभयो । मैले धन्यवाद दिएँ ।’

आफूले ‘दाइजो’ बापत कार लिएकोमा धन्यवाद दिने यी व्यक्ति कुनै सामान्य नागरिक होईनन् । नेपाली सेनाका पूर्व प्रधानसेनापति छत्रमान गुरुङले लखेको आत्मकथा ‘जनताको छोरो’मा उल्लेखित यो अंश निकै विवादास्पद छ ।

‘घुस लिनु वा दिनु दुबै अपराध हो’ भने जस्तै दाइजो लिनु वा दिनु दुवै अपराध हो । नेपालको संविधानले पनि दाइजोलाई एउटा कु–प्रथाको रुपमा व्याख्या गरेको छ । दाइजो जस्ता कु–प्रथाको अन्त्य गर्न राज्यले करोडौं रुपैयाँ खर्च गरिरहेकै छ । तर, राज्यको जिम्मेवार निकायमा रहिसकेको व्यक्तिले खुलेआम आफूले दाइजो लिएको सार्वजनिक गरेका छन् ।

त्यसो त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत भड्कीलो विवाह गर्न प्रतिबन्ध गरेको छ । तर, कानुन र नियम भनेको सर्वसाधारणलाई मात्रै हो । ठूला मान्छेहरुका लागि कहाँ कानुन र नियम लाग्छ र ?

पूर्व प्रधानसेनापति छत्रमान गुरुङका कान्छा छोराको विहेमा आफूले दाइजो बापत मर्सिडिज बेन्ज कार लिएको आफैले लाजमर्दो रुपमा आफ्नै आत्मकथामा खुलाएका छन् ।

news matter


‘२५ गते अपरान्ह चार पन्ध्रमा दुलही अन्माउने कार्यक्रम अनुसार जन्ति तथा अन्य सबै जम्मा भए । एक ठाउँमा पछिल्लो मोडलको मर्सिडिज बेन्च कार पनि सजाएर राखिएको थियो,’ कान्छा छोराको विहे प्रसंगलाई सम्झाउँदै उनले आफ्नो आत्मकथामा लेखेका छन्,‘मेरो साइँला जेठान बज्र गुरुङले कार निरै सबैलाई जम्मा गर्नुभयो र उद्घोष गर्नुभयो,‘मिनबहादुर जीले आफ्ना सम्धीलाई यो कार प्रिजेन्ट गर्न लाग्नु भएको छ, सम्धीले मलाई कारको साँचोको बट्टा प्रदान गर्नुभयो ।’

भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङले छत्रमानलाई दाइजोमा कार दिएका थिए । त्यतिबेला छोराको विहेमा आएको उक्त कारमा अहिलेपनि छत्रमान सयर गर्नेगर्छन् ।

छत्रमान भन्छन्, ‘चोरेको होईन,ठगेको होईन’

मेरो छोराको विहेमा मलाई यो कार प्रेजेन्ट आएको हो । म अहिलेपनि यो कार चढ्ने गरेको छु । मेरो सम्धीले सारा संसारले देख्ने गरी दिएको हो । पछि मेरो गाडी हुँदैन भनेर उहाँले गाडी दिनुभएको हो । उहाँ धनी मान्छे उहाँको कमाईबाट दिएको हो । मैले कमाएको होईन । तपाईं भन्दिनुस्, विनोद चौधरीले सम्धीलाई केही दिन मिल्दैन ? उहाँले आधिकारीक कमाएको सम्पत्ति मध्येबाट दिनुभएको हो । त्यही त्यही गाडी चढेर प्रधानमन्त्री चढेर प्रधानमन्त्रीलाई भेटेको छु । लोकमानलाई भेटेको छु । मैले चोरेको होईन, ठगेको होईन । म लुकाउने मान्छे होईन ।


नेपाली सेनाका पूर्व प्रधानसेनापति गुरुङद्वारा लिखित आत्मकथा केही महिना अघि बजारम आएको थियो ।

उनको आत्मकथा आए लगत्तै रक्षा मन्त्रालयले अवकास प्राप्त सेनाका प्रमुखहरुलाई आत्मकथामा जथाभावी नलेख्न निर्देशन दिएकाे थियाे ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ ः प्रम

Saturday, 24 June 2017

भीमदत्तनगर, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल ...

धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान प्रदान

Sunday, 2 April 2017

बिर्तामोड, २० चैत । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने ...

जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा चुनाव हुन्छ : नेता

Thursday, 9 March 2017

पर्वत, २६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै ...

शहीदका बसन्तीहरू

Thursday, 19 January 2017

अब उठ ! कालजयी योद्धाहरू बिउँझेर दगुर हिमालयका धापहरूमा हँसिया हथौडा फरफराउँदै कःपवृक्ष मानव उमार नयाँ फूलझैँ प्रताप मल्लका करुणाले ...

यहाँ, ऐया ! भन्न नपाइ मरिरहेछ मानिस

Thursday, 15 December 2016

प्रकाश पाठक विवशता भनुँ या लाचारता ? मान्छे मान्छेकै भिडमा एक्लो छ । गुलाबको त्यो अन्तिम जीवन बाँचेको जस्तो छ, ...

कविता : सलाम छ ! तरकारीवाली

Sunday, 6 November 2016

विमन किराती   सलाम छ ! तरकारीवाली।। ब्लोअप विकिनीमा झुन्डिएर बाँचिरहेको सौन्दर्य चेत लाई एकाएक गाऊँ पुर्‍यायौ ।।। सुम्पिएर जीन्दगीको ...

गङ्गामायाले अनशन तोड्नुभयो

Wednesday, 14 September 2016

  काठमाडौँ, २९ भदौ । विगत केही दिनदेखि आमरण अनशनमा रहनुभएकी गङ्गामाया अधिकारीले अनशन तोड्नुभएको छ । एक महिनादेखि औषधि ...

“गजल”–जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो

Saturday, 27 August 2016

जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो ! उजाडिएको एउटा बस्ति बसाइ सरेर के भो !! थाहा छ औँशीले ...

गोरखाका हरि गुरुङले ल्याए लोकदोहारी गीत ‘पिरतीको काँडामा’ (भिडियोसहित)

Thursday, 11 August 2016

काठमाडौं,२७ साउन । गोरखामा जन्मिएर नेपाली संगीतिक क्षेत्रमा संघर्ष गरिरहेका हरि गुरुङले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । उनकै ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top