sangrila bank

प्रचण्ड पतनको अध्याय 

डा. ऋषिराज बराल

Rishi-Raj-Baral

नेपालको राजनीतिक वृत्तमा भर्खरै एउटा भद्दा नाटकको रिहर्सल भएको छ ।  पर्दा आधी मात्रै खुलेको छ र जे जति खुलेको छ, त्यसले एउटा गजबको परिदृश्य हाम्रो सामु उपस्थित गराएको छ । यो सानो मुलुक, नेपालको माटोलाई असाध्यै माया गर्ने यहाँका जनताका विरुद्ध, आफूलाई विश्वको उदाउँदो शक्ति राष्ट्र भन्न मन गर्ने भारत कस्ताकस्ता जालझेल, प्रपञ्च र षड्यन्त्र गर्न पछि पर्दो रहेनछ भन्ने कुरा सबैका सामु खुलस्त भएको छ । यो कलाहीन नाटकको सूत्रधार बनेर सबैका सामु अभिनय गर्ने पात्रका रूपमा एक काल खण्डमा जनयुद्धका नायक, जनताका नेता भनेर सम्बोधित हुने ‘प्रचण्डपथ’ का उन्नायक भनिने  पुष्पकमल दाहाल उर्फ प्रचण्ड देखापरेका छन् । २००७ सालदेखि आफ्नो व्यक्तिगत स्वार्थका लागि भारतीय गोटी बन्दै मुलुकको सार्वभौम सत्तासमेत धरौटी राख्न पछि नपर्ने भनेर नाम लिइने अमुकअमुकहरूमा अब आएर पुष्पकमल दाहालको नाम सुनौला अक्षरले सबैले देख्ने  र बुझ्ने गरी सूचीकृत भएको छ ।

नौ महिनाको कार्यकालपछि केपि ओली प्रधानमन्त्रीबाट बाहिरिएका छन् । उनले आफूलाई “छापामार शैलीमा हटाउन खोजियो” भनेका छन् । म यसलाई ‘कु’ को शैलीमा हटाइयो भन्न चाहन्छु । ९ महिनाको लामो अभ्यासपछि भारत  नेपालमा एकपल्ट फेरि लेन्डुप प्रवृत्तिको अन्वेषण गर्न सफल भएको छ, त्यो पनि माओवादी वृत्तबाट । ओलीको स्वभाव र सन्कीपन, उनको राजनीतिक विचार आदिप्रति सहमति नभए पनि उनी सम्मान र सहानुभूतिका साथ सरकारबाट बिदा भएर “हारे” भनिए पनि जितेका पात्रझैँ उभिएका छन्  ।  “प्रचण्ड प्रधानमन्त्री होलान्,  तर उनी राजदूत रे लगायतका भारतीय कर्मचारीभन्दा बढी हुने छैनन् र माओवाद र माओवादी नामसित थप कलङ्क र बदनामी जोडिने छ” भनेर यसअघि नै मैले मै लेखिसकेको हुँ । अहिले सामाजिक सञ्जालहरू कालो पोतिएको उनको अनुहारले भरिएका छन् ।

यतिखेर भारतीय पत्रपत्रिका तथा अनलाइनहरू पढ्दा बडो ‘रमाइलो’ अनुभूत हुन्छ । नालापानीमा पानीका मुहानसमेतको नाकाबन्दी गरेर हाम्रा विरुद्ध लडाइँ लड्ने अङ्ग्रेज साम्राज्यवाद विरुद्धको इतिहास जस्तै हामीले पनि नाकाबन्दीसहितका यी नौ महिना लडाइँ नै लड्यौँ । पहिले भूकम्पसित अनि भारतसित  । अहिले “प्रचण्ड हमारा आद्मी” भनेर ‘जस्न’ मनाइरहेका छन् भारतीयहरू । केही समयअघि ओली सरकारबाट हट्ने हल्लासँगै भारतमा भोजभतेर भयो भनेर सोही पार्टीका नेता अमिक सेरचनको भनाइ सार्वजनिक भएको थियो । ओलीको राजिनामासँगै नेपालका लागि पूर्व राजदूत राकेश सुदले प्रचण्डले गर्नुपर्ने कामको सूची नै अगाडि सारेका छन्  । प्रचण्ड ल्याउनुको उद्देश्य उनले सार्वजनिक गरे । सुद तिनैँ पात्र हुन् जसले कट्वाल प्रकरणताक प्रचण्डलाई बाघबाट बिरालो बनाउँछौँ भनेर घोषणा गरेका थिए ।

ओली गए प्रचण्ड आए भन्ने कुरा मात्र होइन यो । भारतीय टाउको दुखाइसित चीनसितको बढ्दो सम्बन्ध र समझदारी यातायात र व्यापार र वाणिज्यका सन्दर्भहरू पनि जोडिएका छन् । फास्ट ट्रयाकका सम्बन्धमा अन्तिम समयसम्म विमलेन्द्र निधीमार्फत भारतले प्रयास गरेको हो र  कोशी उच्च बाँध उसको हिजोदेखिकै योजना हो । प्रचण्ड आफैँ अघि सरेर अपर कर्णाली भारतलाई सुम्पिएका हुन्  ।  अहिले अर्को अचम्मको कुरा बाहिर आएको छ । ओलीको राजिनामासँगै भारतले “कोसी पुलमा आइयसआइ र नेपालका उग्र वामपन्थीहरूको आक्रमण” को मनगढन्ते कथा बुनेर सुरक्षाका नाममा भारतीय सेना नेपालमा तैनाथ गर्ने योजना बुनेको छ  । यो भनेको प्रचण्डबाहेकका माओवादीहरूमाथि दमनको योजना पनि हो—ज्योती बसुहरूलाई अघि सारेर नक्सलवाडी आन्दोलन र भारतीय माओवादी आन्दोलनमाथि दमन गरेझैँ  । भारत आफैँ नक्कली आइएसआई बनेर कोशी ब्यारेजलाई ध्वस्त नपार्ला भन्न सकिन्न । प्रचण्ड प्रधानमन्त्री भएकै बेला बाबुराममार्फत एयरपोर्टहरूमा भारतीय मार्सल राख्ने अन्तिम तयारी भएकै हो र अब फेरि एकएक बहाना गरेर यो काम गरिनेछ । एकपल्ट भारत नेपाल पसेपछि फर्किन र  फर्काउन गाह्रो छ भन्ने कुरा प्रचण्ड प्रधानमन्त्री भएका बेला कोशीमा आएको बाढीलाई बहाना बनाएर विराटनगरमा राखिएको जासुसी कार्यालय भारतले अहिलेसम्म हटाएको छैन र हट्ने स्थिति पनि छैन ।

अब प्रचण्ड कारिन्दा मात्र हुन्  ।  अब उनले मन्त्री पनि छान्न पाउने छैनन्, मन्त्री बन्न चाहनेहरूको भारतीय दूतावासमा लर्को लागेको कुरा आइसकेको छ ।  भारतले ‘हिरो र जिरो’ बनाइसकेको छ र माओवादी केन्द्रबाट समेत को को मन्त्री हुने कुरा भारतले सूची पठाएको चर्चा छ । माओवादको आवरणमा संसदीय राजनीतिमा लागेकाहरू मन्त्री बनाइदेउ भनेर विदेशी शक्तिकेन्द्रसित सम्बन्ध बनाउनु अच्चम्मको होइन । तर मोहन बैद्यले क्रान्ति गरेनन् र गर्न सक्तैनन् भनेर क्रान्ति गर्न गएका ‘बादल एन्ड कम्पनी’ पनि यतिबेर संसद्वादी घिनलाग्दो खेल र राष्ट्रघातको मतियारमा परिणत भएको छ ।  न त मन्त्री बन्नसक्ने स्थिति छ न त त्यहाँभित्र विद्रोह गर्ने स्थिति नै छ । उनीहरूका सामु प्रचण्डका कुकृत्यको साक्षी बस्नुबाहेक अरू उपाय छैन । “कथित एकता सिङ्गो माओवादी आन्दोलनलाई संसद्वादी आहालमा डुबाएर सिध्याउने परिपञ्च हो ” भनेर नेकपा (क्रान्तिकारी माओवादी) ले गरेको ठहर सही साबित भएको छ । बादल एन्ड कम्पनीको व्यवहार माओवादी आन्दोलनलाई राष्ट्रिय आत्मसमर्पणवादको स्थितिमा पुर्याउने भारतीय योजनाबद्धताकै उपज रहेछ ।

कथित मधेसवादी नेताहरूलाई अगाडि सारेर भारतले दीर्घकालीन रूपमा नेपालको पानी र चुरेउताको भूगोल हात पार्ने योजना ओली सरकारमा रहुन्जेल सफल हुने स्थिति रहेन । अहिले आएर एकपल्ट फेरि कथित मधेसवादीहरूको आन्दोलन भारतकै इसारामा नेपालको सार्वभौम सत्ताका विरुद्ध मात्र थियो भन्ने कुरा  प्रस्ट भएको छ । भारतले ओलीका विरुद्ध सुशील कोइरालालाई भोट दिन लगायो, उनीहरूले त्यसै गरे । अहिले ओलीको विरुद्ध भोट हाल्ने भनियो, त्यसै गरे  । कथित मधेसी मोर्चा र उपेन्द्र यादव–अशोक राईहरूको आन्दोलन उत्पीडित जनताको हकहित र पहिचानका  लागि होइन भनेर भन्दैआएको कुरा सही साबित भएको छ । यिनले फेरि एकपल्ट राष्ट्रिय स्वाभिमान र तराईका जनतालाई धोका दिएका छन् । आन्दोलनमा तराईका जनताले बगाएको रगतमा टेकेर यी सत्तासुख भोग्न चाहन्छन् । यही नै यिनीहरूको पहिचान हो ।

यसपल्टको भद्दा नाटकमा प्रचण्ड र देउबा मात्र परिदृश्यमा देखिएनन्,  एमालेभित्रै पनि विभीषण बनेर ‘लङ्का दाह’ गर्न को को लागेका रहेछन् भन्ने कुरा पनि  सतहमा आयो । कति गजबको हुने रहेछ संसदीय फोहरी राजनीति  ! हिजोका “विषवृक्ष” माधव नेपाल र प्रचण्ड यतिबेर एकअर्काको प्रशंसामा तल्लिन छन् र  बामदेवले एकपल्ट फेरि ‘पिँध नभएको लोटा’ का रूपमा आफूलाई साबित गरेका छन् । अविश्वासको प्रस्तावमा मतदान भएको भए, तिनले कता भोट हाल्थे भन्न सकिन्न, तर एमालेभित्रै भारतले खाँटी विभीषणहरू तयार पारिसकेको रहेछ भन्ने कुरा चाहिँ प्रस्ट भएको छ । यसका लागि भारतले राम्रै लगानी गरेको हुनुपर्छ ।

ओली गए प्रचण्ड आउलान्,  अथवा देउबा आउलान् यो खास कुरा होइन, संसदीय राजनीतिमा यस्तो चलिरहन्छ । एउटै पार्टीमा त हुन्छ भने यो अचम्मको कुरा होइन ।  परन्तु जसरी र  जुन सन्दर्भका साथ ओली गए, त्यो सामान्य छैन ।  ओलीको बहिर्गमनपछि जे-जस्तो भारतीय प्रतिक्रिया आयो, त्यो पनि समान्य छैन । संसदीय राजनीतिमा यस्तै हुन्छ भनेर चूपचाप बस्ने कुरा होइन यो । अब एकपछि अर्को गरेर राष्ट्रघातका शृङ्खला चल्नेछन् । अब चाँजोपाँजो र  रीतिस्थिति मिलाएर, माग पूरा गर्ने नाममा भारतीयहरूलाई निर्बाधरूपमा नागरिकता दिइनेछ । परिबन्द मिलाएर अब नेपालको नदीनाला सुम्पिने काम हुने छ । अब मधेसका समस्या समाधानका नाममा ‘एकमधेश एक प्रदेश’ लागू गर्ने प्रयास हुनेछ ।  सुरक्षाका नाममा मार्सलहरू एयरपोर्टमा तैनाथ हुनेछन् । निजगढ विमानास्थलको के कुरा फास्ट ट्रयाक पनि कहिल्यै बन्नेछैन ।

संसदीय व्यवस्थाले नेपाली राष्ट्रिय स्वाधीनताको रक्षा र उत्पीडित नेपाली जनताको आवश्यकता पूरा गर्न सक्तैन र नेपाली समाजको अन्तर्विरोध हल गर्न सक्तैन भन्ने कुरा प्रस्ट छ । भारतले अहिले जे गर्न खोजेको छ, त्यो केही होइन भन्न मिल्दैन । यस्तो अन्तर्राष्ट्रिय चर्चा र टिप्पणीको विषयमा क्रान्तिकारी भनिएकाहरू निस्पृह देखिनु सही र सान्दर्भिक छैन । हामी संसदीय व्यवस्था जिन्दावाद ! भन्न सक्तैनौँ, तर राष्ट्रिय स्वाधीनताको प्रश्नमा विस्पृह हुन सक्तैनौँ र हुनु पनि हुँदैन ।  हामी क्रान्तिकारी हौँ, तर हामी एकान्त टापुका बासिन्दा होइनौँ र हुन पनि  सक्तैनौँ । खरबारीमा चारैतिर आगो लागेको बेला म त सुरक्षित छु भनेर विचारलाई सिरान बनाएर मस्त निदाउने स्थिति हुँदैन । आत्मगत स्थितिका नाममा सधैँ पुर्पुरोमा हात राख्ने हो कि तयारीमा जुट्ने हो,  प्रश्न यहाँनेरी छ । विचारको अर्थ व्यवहार पनि हो ।

 भद्दा नाटकको रिहर्सल चलिरहेको छ र यसका पछिका दृश्यहरू अझ रोचक र विस्मयकारी  हुनेछन् ।  एउटा खतरनाक परिस्थिति नेपाल र नेपाली जनताले भोग्नु पर्ने त होइन भन्ने प्रश्नले हाम्रो वरिपरि चक्कर मारिहेको छ ।  दिल्लीले जितेको छ, खुसी भएको छ । तर नेपाली जनताले हारेका छैनन् । भारतप्रति  नेपाली जनताको अझ बढी घृणा जागेको छ । नेपाली जनता  हार्ने छैनन् ।

०००

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

तीन मिनेट भित्रै भारतले पाकिस्तानलाई यसरी टुक्र्याएर बंगलादेश बनाएको थियो

Saturday, 17 December 2016

रेहान फजल १४ डिसेम्बर सन् १९७१ । समय : लगभग १० : ३० बजे । स्थान : गुवाहाटीको एक एअरबस ...

राष्ट्रपतिलाई महाअभियोग लगाएपछि यस्तो छ दक्षिण कोरिया

Saturday, 10 December 2016

रमेश लम्साल काठमाडाैँ, २५ मङ्सिर । करिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ निलम्बनमा ...

किसानको छोरोले चप्पल लगाएर यो व्यवस्थामा प्रश्न गर्‍यो भने भनिन्छ, ‘राजनीति नगर्नुहोस्’

Sunday, 4 December 2016

भारतीय राजनीतिमा यतिबेला एक युवा उदाएका छन् । मञ्चमा भारतीय संस्थापन पक्ष र त्यहाँको व्यवस्था विरुद्ध चर्को स्वरमा चिच्याइरहने युवा ...

विशेष लेख : संगठनको समस्या र पद्धतिशास्त्रको दिशा

Friday, 2 December 2016

विश्वका प्रमुख मार्क्सवादी विचारकहरु मध्ये जर्ज लुकास एक मानिन्छन् । सन् १८७५ मा हंगेरीमा जन्मिएका लुकासको विचारधारात्मक क्षेत्रमा महत्वपूर्ण योगदान ...

दशैँ मान्न सबै सर्वसाधारण गाउँ हिँडेपछि काठमाडौंका सडक सुनसान

Monday, 10 October 2016

काठमाडौँ, २४ असोज । बडादसैँको नवमीका दिन आज काठमाडौँका मुख्य बजार र सडक प्राय  : सुनसान देखिएको छ । दसैँ ...

मैले यो पुस्तक किन अनुवाद गरेँ ?

Sunday, 2 October 2016

प्रचलित शिक्षा प्रणालीमा स्कूलको भूमिका ज्यादै महत्वपूर्ण छ । तर स्कूल जसका निम्ति बनाइएका हुन्, तिनका निम्ति आकर्षण होइन विकर्षणका ...

अलमलमा परेका कामरेडहरूसित

Thursday, 22 September 2016

डा. ऋषिराज बराल विश्वका उत्पीडित जनता, भाइचारा पार्टीका नेता तथा कार्यकर्ताहरू यतिखेर बडो गम्भीरताका साथ नेपालको माओवादी आन्दोलनलाई हेरिहेका छन् ...

सिपी गजुरेल क. गौरवको रकमी र काइते लेखको विश्वास नगरौँ’

Wednesday, 21 September 2016

डा. ऋषिराज बराल विषयप्रवेश नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मुखपत्र 'माओवादी' को पूर्णाङ्क १०, २०७३ मा सो पार्टीका वरिष्ठ ...

यस्ताे थियाे १० वर्षे सशस्त्र युद्धमा कर्णालीमा युद्ध पत्रकारीता

Sunday, 18 September 2016

नविन रिजाल नेकपा (माओवादी) ले वि.स. २०५२ फागुन १ गते जनयुद्धको घोषणा ग¥यो । जनयुद्धमा जनसेनाको जस्तै प्रचार कार्य महत्वपूर्ण ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top