sangrila bank

‘जब शरिरबाट रगत बग्यो, तब मिलाउँ र मिलौं भनिएकाे छ’

लालबाबु पण्डित पूर्व मन्त्री

सप्तरीको तिलाठीमा नेपाली नागरिक र भारतयि नगरीकबीच झडप हुनु दुखद घटना हो । यसको कुटनीतिक रुपमा पहल गरेर समाधान निकाल्नु पथ्र्यो । तर, सिमाना क्षेत्रका जनताले धेरै अन्यायका कारण पिडा भोग्नु परेको छ । यस्तो अवस्थामा आफ्नो ठाउँबाट अन्यायको विरोध गर्ने जुन हिम्मत गर्नुभयो त्यो निकै सराहनीय छ । अन्यायको विरुद्ध न्यायका लागि छिमेकीको सामु सानो मुलुक भएपनि नेपाल र नेपालीले अन्याय सहनुहुँदैन ।

अन्याय गर्नेमाथि जवाफ दिन पनि तयार हुनुपर्छ भन्ने मानसिकता छ । यो देशको रक्षाको निम्ती स्वाभिमानी नेपालीको निम्ती चाहे जुन सुकै ठाउँको लागि होस् गौरवशाली सोच आवश्यक छ । त्यसकै कारणले गर्दाखेरी हामी अन्यायमा परेकाहरुका लागि न्याय दिने सवालको कुरा गर्छौं । देशको सिमानामा अन्तरार्ष्ट्रिय कानुनहरुको पालना गरिनुपर्छ । अन्तर्राष्ट्रिय कानुनहरुको हाम्रा छिमेकीले पालना नगरेका कारण दुई देशबीचको सम्बन्धमा पनि प्रश्न उठेको छ । जनस्तरबाट पनि खासगरी सिमानाको क्षेत्रमा बारम्बार कसैले पनि कटुतापूर्ण व्यहार गर्नुहुँदैन ।

सप्तरीमा दुई पक्षिय झडपपछि प्रशासनले बसेर मिलाएको भन्ने सुनिएको छ । तर, जबरजस्ति पेलाई जसरी गरियो त्यो गलत थियो । पेलाईको कारण नै झडपको स्थिती श्रजना भयो । जब शरिरबाट रगत बग्यो त्यसपछि मिलौं र मिलाउँ भन्ने वातावरण बनेको छ ।

म सँधै राष्ट्रियताको पक्षमा छु । दशगजा क्षेत्रमा म जाने गरेको छु । तराई क्षेत्रमा म जाँदै आएको छु । म तिलाठी गएकै छु । हामीले प्रशासन र सरकारलाई घच्घच्याउनु पर्छ । म आफ्नो ठाउँबाट यसको विषयमा पहल गर्नेछु ।

सीमा विवादको दिर्घकालिन समाधानको बाटो भनेको अहिलेको हाम्रो दशगजा क्षेत्रलाई व्यवस्थीत गर्नु हो । दुई देशबीचको सिमानालाई लिएर अन्तर्राष्ट्रिय मुल्य मान्यता पनि पालना गर्नुपर्छ । खोला नाला लगायत अरु प्राकृतिक कारणबाट हुनसक्ने संभावित समस्यालाई पनि समाधान गर्न सकिने गरी अन्तर्राष्ट्रिय ऐन कानुनहरु छन् । त्यो ऐन कानुनलाई पनि पालना गर्नुपर्छ । नेपाल त्यो पालना गर्न तयार छ त्यसमा भारत पनि तयार हुनुपर्छ । त्यहाँ भित्र कमी आयो भने विरोध हुनु स्वभाविक हो ।

(सप्तरी घटनाका घाईतेहरुलाई भेटेपछि दियोपोस्टसँग कुराकानीमा पण्डितले व्यक्त गरेको धारणा)

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आइजिपी प्रकरण : तेस्रो बरियताका कुलमान घिसिङले उज्यालो दिन हुने, प्रहरीमा किन नहुने ?

Tuesday, 21 February 2017

सुमन बराल सरकारले पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई पन्छाएर तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा ...

मिंयो बिनाको प्रहरी : जब वामदेवलाई सलामी टक्र्याउन आइजिपी साप होटलमा पुगे…

Monday, 20 February 2017

राजु भट्टराई २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि देशले शान्ति सुरक्षा र अमनचयन पाउला भनेर सोचेको सोझा नेपाली जनताको चाहानामाथि राजनीतिक ...

डिआइजी नवराज सिलवाल यसरी बन्दैछन् अर्को ज्ञानेन्द्र शाह !

Wednesday, 8 February 2017

युवराज कार्की/टिप्पणी काठमाडौं, २५ माघ । एउटा समय थियो राजा ज्ञानेन्द्रको गलत कदम विरुद्ध कुनै ‘मिडिया’ जब बोल्थे तब ‘सेन्सरसिप’ ...

तीन मिनेट भित्रै भारतले पाकिस्तानलाई यसरी टुक्र्याएर बंगलादेश बनाएको थियो

Saturday, 17 December 2016

रेहान फजल १४ डिसेम्बर सन् १९७१ । समय : लगभग १० : ३० बजे । स्थान : गुवाहाटीको एक एअरबस ...

राष्ट्रपतिलाई महाअभियोग लगाएपछि यस्तो छ दक्षिण कोरिया

Saturday, 10 December 2016

रमेश लम्साल काठमाडाैँ, २५ मङ्सिर । करिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ निलम्बनमा ...

किसानको छोरोले चप्पल लगाएर यो व्यवस्थामा प्रश्न गर्‍यो भने भनिन्छ, ‘राजनीति नगर्नुहोस्’

Sunday, 4 December 2016

भारतीय राजनीतिमा यतिबेला एक युवा उदाएका छन् । मञ्चमा भारतीय संस्थापन पक्ष र त्यहाँको व्यवस्था विरुद्ध चर्को स्वरमा चिच्याइरहने युवा ...

विशेष लेख : संगठनको समस्या र पद्धतिशास्त्रको दिशा

Friday, 2 December 2016

विश्वका प्रमुख मार्क्सवादी विचारकहरु मध्ये जर्ज लुकास एक मानिन्छन् । सन् १८७५ मा हंगेरीमा जन्मिएका लुकासको विचारधारात्मक क्षेत्रमा महत्वपूर्ण योगदान ...

दशैँ मान्न सबै सर्वसाधारण गाउँ हिँडेपछि काठमाडौंका सडक सुनसान

Monday, 10 October 2016

काठमाडौँ, २४ असोज । बडादसैँको नवमीका दिन आज काठमाडौँका मुख्य बजार र सडक प्राय  : सुनसान देखिएको छ । दसैँ ...

मैले यो पुस्तक किन अनुवाद गरेँ ?

Sunday, 2 October 2016

प्रचलित शिक्षा प्रणालीमा स्कूलको भूमिका ज्यादै महत्वपूर्ण छ । तर स्कूल जसका निम्ति बनाइएका हुन्, तिनका निम्ति आकर्षण होइन विकर्षणका ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top