sangrila bank

टेबल टेनिसका ‘क्रेजी’ राजेन्द्र दुलालको खेलसँग प्रेम : ‘मेरो रगतमा खेलकुद छ’

कुनै समय युवा पर्यटन व्यावसायी राजेन्द्र दुलाललाई टेबल टेनिस खेल्न पाए संसार जितेको जस्तो लाग्यो । तर, पारिवारीक बाध्यताले उनले आजभन्दा १५ वर्ष अघि खेल जीवन त्याग्त बाध्य भए । त्यतिबेला उनलाई खेलकुद प्रति विश्वासघात गरेको जस्तो लागेको थियो । तर, अहिले उनी फेरी खेल जीवनमा फर्किएका छन् । करिब चार वर्षअघि देखि टेवल टेनिस खेलमा पुन सक्रिय रहेका उनी अखिल नेपाल टेबल टेनिस संघको सचिव पदमा कार्यरत पनि छन् । ठमेलमा पर्यटन व्यावसायसँगै टेबल टेनिसमा सक्रिय रहेका उनले आफ्नो खेल जीवनबारे यसरी सुनाए ।

बाल्यकाल देखि नै म खेल प्रेमी हुँ । बुढानिलकण्ठ स्कुलमा पढ्दा देखि नै मैले ईन्टर–स्कुल च्यापीएन, जिल्ला स्तरीय च्याम्पीयन हुँदै राष्ट्रिय च्याम्पीयनसम्म खेलेँ । मलाई टेबल टेनिसमा निकै रुची छ ।  हाम्रो घर नजिकै सिमेन्टको बोर्ड थियो । त्यतिबेला सबैले ‘ट्रेनिङ गर’ राम्रो हुन्छ भनेर उत्प्रेरणा दिनुभयो । त्यतिबेला फूटबल भन्दा बढी क्रेज टेबल टेनिसमा थियो । ईन्टरकलेज च्याम्पीयनसिपमा हेर्न आउने दर्शकहरु पनि टनाटन हुन्थ्यो । राजेन्द्र कपाली भन्ने टेबल टेनिसको राम्रो खेलाडी हुनुहुन्छ । उहाँकै प्रेरणाले पनि मलाई टेबल टेनिस खेल्न उत्प्रेरणा दियो । ‘तिमी राम्रो खेल्छौ’ तिम्रो खेलमा भविष्य छ,’ उहाँले भन्नुहुन्थ्याे । खेल्दै गर्दा कलेजसम्म राम्रो खेलाडी थिएँ ।

ठमेलमा हाम्रो रेष्टुरेन्ट नै ९ वटा थियो । ‘डान्सबार सात वटा’ थियो । दुई वटा दोहोरी थियो । यो व्यवहार पनि सम्हाल्नु पर्ने अवस्था आयो । मेरो खेल जीवनको उर्वर समय २३ वर्षको उमेरमा व्यावसायले च्याप्न थाल्यो । अनि मैले नचाहाँदा नचाहाँदै खेल जीवन छाड्नुपर्ने अवस्था आयो । व्यावसायकै कारण १५ वर्ष मैले खेल्न सकिन ।

ब्यावसायमा लाग्नाले खेल जीवन छाड्नु प¥यो । ठमेल राजधानी भित्रको पनि राजधानी हो । यहाँ हुने पर्यटन बजार निकै लोभलाग्दो छ । त्यो लोभले मलाई पनि छोडेन ।

ग्यापको बीचमा मैले खेलकुदलाई अगाडि बढाउन सक्ने अवस्था थिएन । दिनमा ट्राभलको काम रातमा रेस्टुरेन्टको काममा जानुपर्ने हुन्थ्यो । मध्येरातसम्म काम गर्नुपर्दा विहान उठ्नै नसकीने अवस्था हुन्थ्यो ।

त्यतिबेला मैले खेलप्रति विश्वास घात गरेको जस्तो अनुभूति भयो । अहिले लाग्छ ‘खेलमा लाग्नु पर्ने थियो । सबैकुरा पैसा होईन रहेछ । त्यतिबेला व्यापार र पारिवारीक वाध्यता आइलागेपनि यतिबेला मेरो रगतमा खेलकुद छ । म विजनेशमा आएपनि कसरी समय निकालौं ? कसरी खेलौं भन्ने उकुमुकस हुन्छ । आफ्नो शरिरलाई कसरी फूर्तिलो बनाउँ भन्ने सोँच आइरहन्छ । व्यापारमा लागेपछि आफ्नो अन हेल्दी भाको जस्तो लाग्यो । अब म खेलमै लाग्छु र स्वास्थ्य बन्छु भन्ने लागिरहन्छ । १५ वर्षपछि फेरी म खेल जीवनमा फर्र्किएँ । खेल जीवनमा फर्किदा मलाई आफैलाई खुसी लाग्यो ।

tt


करिब चार वर्षदेखि फेरी म  टेवल टेनिस खेल्न थालेकाे छु। ‘ब्याक’ भएपछि सिनिएर गेम खेलेँ । अहिलेसम्म तीनवटा राष्ट्रिय गेम खेलको छु । चार वर्ष भयो निरन्तर खेल्न थालेको तर, अब मैले राष्ट्रिय गेम खेल्न पाउँदिन किनकी म खेलकुद संघमा पनि छु । अखिल नेपाल टेबल टेनिस संघको सचिवमा छु । संघमा अावद्द भएकाे खेलाडीले खेल्न पाउँदैन ।

व्यावसाय छोट्याउँदै छु

अहिले रेस्टुरेन्ट बेचेँ । आजकाल साँढे ६ बजेदेखि ९ बजेसम्म लैनचौरमा गएर खेल्छु । लैनचौरमा गएर खेल्छु । प्रतियोगिताहरुमा भाग लिने क्रम अहिले रोकिएको छ । म भन्दा राम्रो खेलाडीहरु छन् । म अहिले हेल्थ बनाउन खेलिरहेको छु । मेडलको लागि होईन । म संघमा आवद्ध भएको हुनाले पनि यो टेबल टेनिसलाई कसरी माथि उठाउन सकिन्छ भन्ने कुरामा ध्यान दिइरहेको छु । यो खेललाई उचाइमा लानु छ । बितेका दिनहरुमा कुनै क्यालेन्डर थिएन । वर्षमा दुईवटा गेम हुन्थ्यो । खेलाडीहरुले गेम खेलेपछि प्रतियोगिताको वा कम्पिटिशनको अपेक्षा गर्छन् । अहिले त्यसलाई अघि बढाउँदै छौँ । चाँडैभन्दा चाँडै क्यालेन्डर पनि बनाउँदै छौं । वर्षमा ८ देखि ९ वटा गेम गर्ने योजना छ । दशै तिहारको उपलक्षमा केटाको लागि एउटा पल्सर बाइक र केटीको लागि स्कुटीको उपहार राखेर टुर्नामेन्ट गर्दैछौं ।

टेवल टेनिस हेर्दा एउटा सानो बल हो । तर, त्यो आँखाले र हातले खेल्ने गेम हो । विश्वको सबैभन्दा फास्टेस्ट गेममा पर्छकी जस्तो लाग्छ । यो खेलबारे नेपालका संघमा बस्ने मान्छेहरुले पनि राम्रोसँग डिस्प्ले गर्न नसकेको हो । गेम धेरै गराएर केही क्रिकेट, फूटबल लगायत खेलहरु चर्चामा छन् । टेवल टेनिसको गेमै नभएपछि मान्छेले विर्सीहाल्छ । नेपालमा पहिले टेवल टेनिसको गेम त्यति हुँदैन थियो । अहिले बढ्न थालेको छ । अहिले वर्षमा न्युनतम ६ सात वटा गेम हुन थालेको छ । अझै यसलाई धेरै गर्नुपर्छ ।

जतिपनि नेपालका राष्ट्रिय खेलाडी छन् उनीहरुमध्ये चयन गरेर विदेशमा प्रशिक्षणको लागि पठाउनुपर्छ । नेपालको मात्रै ट्रेनिङले पुग्दैन । अन्य खेललाई जस्तै टेवल टेनिसलाई पनि प्रथामिकता दिनुपर्छ । खेलकुद परिषदले यो खेललाई गम्भिरता पूर्वक लियो भने टेवल टेनिस माथि जाने संभावना छ । अहिले सम्म केही भएको छैन । सानो बलले के हुन्छ ? भन्ने सोच छ । जब मेडल आउँछ अनि थाहा हुन्छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आइजिपी प्रकरण : तेस्रो बरियताका कुलमान घिसिङले उज्यालो दिन हुने, प्रहरीमा किन नहुने ?

Tuesday, 21 February 2017

सुमन बराल सरकारले पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई पन्छाएर तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा ...

मिंयो बिनाको प्रहरी : जब वामदेवलाई सलामी टक्र्याउन आइजिपी साप होटलमा पुगे…

Monday, 20 February 2017

राजु भट्टराई २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि देशले शान्ति सुरक्षा र अमनचयन पाउला भनेर सोचेको सोझा नेपाली जनताको चाहानामाथि राजनीतिक ...

डिआइजी नवराज सिलवाल यसरी बन्दैछन् अर्को ज्ञानेन्द्र शाह !

Wednesday, 8 February 2017

युवराज कार्की/टिप्पणी काठमाडौं, २५ माघ । एउटा समय थियो राजा ज्ञानेन्द्रको गलत कदम विरुद्ध कुनै ‘मिडिया’ जब बोल्थे तब ‘सेन्सरसिप’ ...

तीन मिनेट भित्रै भारतले पाकिस्तानलाई यसरी टुक्र्याएर बंगलादेश बनाएको थियो

Saturday, 17 December 2016

रेहान फजल १४ डिसेम्बर सन् १९७१ । समय : लगभग १० : ३० बजे । स्थान : गुवाहाटीको एक एअरबस ...

राष्ट्रपतिलाई महाअभियोग लगाएपछि यस्तो छ दक्षिण कोरिया

Saturday, 10 December 2016

रमेश लम्साल काठमाडाैँ, २५ मङ्सिर । करिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ निलम्बनमा ...

किसानको छोरोले चप्पल लगाएर यो व्यवस्थामा प्रश्न गर्‍यो भने भनिन्छ, ‘राजनीति नगर्नुहोस्’

Sunday, 4 December 2016

भारतीय राजनीतिमा यतिबेला एक युवा उदाएका छन् । मञ्चमा भारतीय संस्थापन पक्ष र त्यहाँको व्यवस्था विरुद्ध चर्को स्वरमा चिच्याइरहने युवा ...

विशेष लेख : संगठनको समस्या र पद्धतिशास्त्रको दिशा

Friday, 2 December 2016

विश्वका प्रमुख मार्क्सवादी विचारकहरु मध्ये जर्ज लुकास एक मानिन्छन् । सन् १८७५ मा हंगेरीमा जन्मिएका लुकासको विचारधारात्मक क्षेत्रमा महत्वपूर्ण योगदान ...

दशैँ मान्न सबै सर्वसाधारण गाउँ हिँडेपछि काठमाडौंका सडक सुनसान

Monday, 10 October 2016

काठमाडौँ, २४ असोज । बडादसैँको नवमीका दिन आज काठमाडौँका मुख्य बजार र सडक प्राय  : सुनसान देखिएको छ । दसैँ ...

मैले यो पुस्तक किन अनुवाद गरेँ ?

Sunday, 2 October 2016

प्रचलित शिक्षा प्रणालीमा स्कूलको भूमिका ज्यादै महत्वपूर्ण छ । तर स्कूल जसका निम्ति बनाइएका हुन्, तिनका निम्ति आकर्षण होइन विकर्षणका ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top