sangrila bank

राजेन्द्र पाण्डेलाई अर्को झड्का, वन अतिक्रमण गरेर बनाएकाे भवन भत्काउन निर्देशन

नारायण सिलवाल

धादिङ, २४ साउन । एमाले नेता राजेन्द्र पाण्डे पटक–पटक विवादमा आइरहन्छन् । पाण्डे अध्यक्ष रहेको मनमोहन मेडिकल कलेजलाई शिक्षण अस्पताल बनाउन गोविन्द केसीले तगारो हालिदिएपछि उनी तनावमा रहेको बेला पछिल्लो समय उनलाई अर्को तनाव आइलागेको छ ।

धादिङबेसी स्थित राजेन्द्र पाण्डेद्वारा सञ्चालीत रेडियो धादिङले वन अतिक्रमण गरेर बनाएको रेडियोको भवन भत्काउन जिल्ला वन कार्यालयले पत्र काटेको छ ।

radio dhading

बन अतिक्रमण गरेर बनाइएकाे घर


धादिङबेसी स्थित ग्रामिण संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो धादिङलाई वन अतिक्रमण गरि रडियोको भवन बनाएको भन्दै जिल्ला वन कार्यालय धादिङले पत्र काटेको छ ।

धादिङ जिल्लाबाट सञ्चालित रेडियो धादिङ ग्रामिण संचार सहकारी संस्था लिमिटेडको अधिनमा छ । सहकारी स्थापना देखि नै पाण्डे अध्यक्ष रहँदै आएका थिए । एकमहिना अघि मात्रै रेडियाे धादिङकाे अध्यक्ष परिवर्तन गरिएकाे भएपनि  निर्देशन भने उनै पाण्डेले गर्दै अाएका छन् ।  त्यसाे त उक्त भवन निर्माण कार्य उनै पाण्डेकाे कार्याकालमा शुरू भएकाे  थियाे । अहिलेसम्म ९० प्रतिशत काम सकिएकाे छ ।

जिल्ला वन कार्यालय धादिङले राजमार्ग क्षेत्रमा वन अतिक्रमण गरि वनाएका भवनहरु भत्तकाउन सुरु गरि सकेको छ ।
रेडियो धादिङलाई भने पत्रचार गर्दै अमरावती सामुदायीक वनमा भवन वनाउने स्वीकृत कहाँ कस्ले दियो ? वैधानिकता पेश गर्न भन्दै पत्रचार गरेको छ ।

radio bhawan

जिल्ला वन कार्यालयले पठाएकाे पत्र


पत्रमा वैधानिकता पेश गर्न नसके ७ दिन भित्र भवन खालि गर्न निर्देशन दिँदै अटेर गरे बलपूर्वक हटाउने चेतावनी दिएको छ ।
एकै भवनबाट दूईवटा सामुदायीक रेडियो संचालन गर्न नपाउने नियम हुँदा हुँदै पनि नेता पाण्डेले एकै भवनबाट रेडियो धादिङ र रेडियो त्रिशुली प्रशारण गर्दै आएका छन् ।

वन कार्यालयले उक्त वन क्षेत्रमा भवन बनाउने रेडियो धादिङ, गैर सरकारी संस्था सेफ हाउस, योगा सेन्टर लगाएतलाई छुट्टा छुट्टै पत्र लेखि भवन खालि गर्न चेतावनी दिएको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

अब शिक्षकलाई मासिक रुपमा तलबभत्ता, चौमासिक खारेज हुनेगरी यस्तो छ शिक्षा मन्त्रालयको तयारी !

Monday, 23 January 2017

काठमाडौं, १० माघ । शिक्षा मन्त्रालयले शिक्षकले पाउँदै आएको चौमासिक तलब भत्तालाई परिवर्तन गर्ने भएको छ । अब शिक्षकले मासिक ...

भृकुटीमण्डपमा हुँदैछ राप्रपाको महाधिबेशन, यस्तो छ तयारी

Monday, 23 January 2017

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशन भृकुटीमण्डपमा हुने भएको छ। आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने भनिएको ...

यस्तो सामग्रीले विद्युत मिटर विगारिन्थ्यो, यसरी पक्राउ परे सुपरभाइजर सहित १२ कर्मचारी

Sunday, 22 January 2017

काठमाडौं, माघ १ । विद्युत चोरी कार्यमा समलग्न व्यक्तिहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित ...

अझै पाएनन पिडित ले पहिलो किस्ता , टहराकै वास के हेर्दैछ सरकार

Sunday, 22 January 2017

काभ्रे संवाददाता, काभ्रे ,माग ९ । भुकम्प गएको २२ महिना पुगिसक्दा पनि काभ्रे पिडितहरुले अझै अनुदान स्वरुप पहिलो किस्ता बापत ...

सुनकाण्डबारे महासेठको खुलासा, को को हुन त आरोपि..?

Saturday, 21 January 2017

काठमाण्डौ, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सुन पछिल्लो समय तस्करीमा गृह ...

लोडसेडिङ हटाउन टेलिकमको सहयोग, मोबाइलमा आउन थाल्यो यस्तो सन्देश

Friday, 20 January 2017

काठमाडौं, ७ माघ । नेपाल विद्युत प्राधिकरणले थालेको लोडसेडिङ मुक्त पार्ने अभियानमा नेपाल टेलिकमले पनि सहयोग गरेको छ । टेलिकमले ...

सञ्चारमन्त्रीले ‘आफ्नो मान्छेलाई रेडियो नेपालको ‘हाकिम’ नियुक्त गरेपछि माओवादी पत्रकारमा हल्लिखल्लि !

Thursday, 19 January 2017

काठमाडौं, ६ माघ । सञ्चार मन्त्री सुरेश कुमार कार्र्कीले रेडियो नेपालको कार्यकारी निर्देशकमा ‘आफ्नो मान्छे’ नियुक्त गरेपछि माओवादी केन्द्र निकट ...

प्रधानमन्त्री प्रचण्डको चरित्र हत्या गर्ने को–को ? के होला कारबाही ?

Wednesday, 18 January 2017

काठमाडौं,५ पुस । दुइ वर्षअघिको जेठ महिनामा एउटा घटना निकै चर्चामा थियो–‘बामदेव–राजु साह प्रकरण । तत्कालिन गृहमन्त्री वामदेव गौतमले राजधानीको ...

यमबुद्धको पोस्टमार्टम रिपोर्ट : ‘श्रीमतीसँगै वाइन पिएका थिए,बंगरा भाँचिएको भेटियो ’

Wednesday, 18 January 2017

लन्डन, ५ माघ । चर्चित गायक स्वर्गिय अनिल अधिकारी यमबुद्धको पोस्टमार्टम रिपोर्ट आएको छ । शनिबार लन्डनको नर्थहोल्टस्थित आफू बस्दै ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top