तस्विरमा हेर्नुहोस् विश्वका सबैभन्दा सुन्दर १२ गाउँहरु

एजेन्सी । कस्ले भन्छ ठुल्ठुला शहरहरु मात्र सुन्दर र आकर्षक हुन्छन् भनेर ? संसारमा यस्ता गाउँहरु प्नि छन्, जसले सबैका नजर तानिदिन्छ । तस्विरमा हेर्नुहोस् त्यस्ता सुन्दर गाउँ वा साना शहर कुन कुन हुन् र कहाँ रहेका छन् ?

Alberobello

१. अलवेरोबेल्लो :
दक्षिणपुर्वी ईटालीमा रहेको सबैभन्दा सुन्दर यस गाउँको मुख्य विशेषता हो सुख्खा ढुङ्गाले कोणीक घरहरु । र यिनै सुख्खा ढुङ्गाबाट बनेका आकर्षक घरहरु नै सबैभन्दा उत्तकृष्ट उदाहरण हुन् । आधुनिक जमानामा बनेका यस शैलीका घरहरु पुराना भवनको आकारमा निर्माण गरिएका छन् । जुन विश्वका विरलै देशहरुमा मात्र देख्न सकिन्छ । यहाँ भने पुरै गाउ नै सोही शैलीमा निर्माण भएको छ ।

Goreme

२. गौरेमे : करिब २००० वर्ष अघि पहिलो पटक निर्माण गरिएको यस ठाउका घरहरु सिधै चट्टानसंगै जोडिएर बनाईएका छन् । यो टर्कीको एनाटोलीय क्षेत्रको एउटा सानो शहर हो । जहाँ घरसंगै चर्चहरु आकर्षक रुपले सजाएर निर्माण गरिएका छन् ।

reinie

३. जुकार : दक्षिणी स्पेनमा अवस्थित जुकार विश्वमै सबैभन्दा सानो र सुन्दर गाउँ भित्र पर्दछ । स्पेनको सबैभन्दा प्रसिद्ध यो गाउँका सबै घरहरु एउटै आकार र रङले सजिएका छन् ।

sidi bou said

४. रेईनी : रेईनी उत्तरी नर्वेको एउटा अति सुन्दर ठाउँ हो । साथै यहाँको मनमोहक दृश्यलाई यसका धुव्रीय विन्दुले स्वागत गर्दछ । र यहाँका बासिन्दाकोे मुख्य काम भनेको माछा मार्ने, हाईकिङ, स्कीङ र डुङ्गा चलाउने हुन्छ ।

Sidi-Bou-Said

५. सिडी वो सेड : उत्तरी ट्युनिसियाको राजधानी ट्युनीसमा अवस्थित यो गाउँ अति नै सुन्दर छ । यहाँका सुन्दर घरहरु, निलो पानी र वरिपरिको आकर्षक वातावरणले गाउँको दृश्य झनै सुन्दर बनाएको छ ।

Mount Fuji and Oshino village

६. ओसिनो हक्काई, जापान : यो गाउँ जापानमा रहेको छ । छाना आकारले बनेको यो गाउँबाट सुन्दर ज्वालामुखी पहाडबाट बनेको फुजी हिमालको अवलोकन समेत गर्न सकिन्छ । यो गाँउ ठुलो जङगलको विचमा रहेको छ ।

getty-hobbiton-e1446828763514

७. होविन्टन, न्युजिल्याण्ड : दन्त्य कथामा जस्तै देखिने यी सुन्दर जादुमयी घरहरु पनि वास्तविक नै हुन् । यो सुन्दर गाउँ न्युजिल्याण्डमा रहेको छ ।

Overview of Palangan at dusk

८. पालङगान कुर्दिस्तान :एकदमै जोखिमपुर्ण रुपमा बनाईएको यो घर चटनले बनेको पहाडको विचमा छ । पश्चिमी ईरानस्थित कुर्दिस्तानमा रहेका यहाँका यी घरहरु एकदमै सुन्दर छन् ।

Oia
९. ओईया : ग्रीक शहरको सुन्दर यस गाउँको मुख्य आकर्षण भनेको विषेश रुपले मिलाईएका घरहरु । यी दृश्यहरु उकालो ठाउमा तेस्रो पारेर निर्माण गरिएका छन् । जुन पर्यटकहरु र स्थानियहरु रमाउन भनेर त्यस्तो शैलीमा निर्माण गरिएका हुन् । यस गाउको तस्विरलाई सेता कोण्ीक घरहरुको सौन्दर्यले पछि पारिदिएको छ ।

Aerial view of star fort
१०. बुरट्याङ्ग ग्रोनिन्जेन, नेदरल्याण्ड : १६ औँ शताव्दीमा शैनिक गढ रहेको यो गाउँ तारा आकारबाट सुरु भएको हो । तारा शैलीको यस किल्लाले आजसम्म पनि गाउँको आफ्ना्े सिमाना भन्दा बाहिर पुर्याएको छ । 

Hallstatt

११. हलस्टेट, अष्टे«लीया : ऋष्ट्रियाको मुटुमा साल्जवर्ग शहरस्थित तालको क्षेउमा अवस्थित छ । पर्वतीय श्रृङखलाको फेदमा रहेको गाउँ एकदमै शानदार यस गाउँलाई चिनले पुनसंरचना गरिदिएको हो । फलामे युगमा चर्चित युरोपियन संस्कृती हालस्टेटबाट सो नामाकरण गरिएको हो । ऐतिहासिक घरहरु र चर्चहरु यस गाउको मुख्य विषेशता हो ।

Eze

१२ ईजे :विश्वको एकदमै सुन्दर गाउँ मध्येको ईजे दक्षिण फ्रान्सको रिभेरिया क्षेत्रमा पर्दछ । समुद्रि सतहदेखि १,४०० मिटर उचाईमा रहेको यो ठाउँबाट मेडिटेरियन नदिको अद्भुत दृश्य देखिन्छ । शताब्दीऔ देखिका ऐतिहासिक घरहरु, समुद्रीक किनार र त्यसको विचमा रहेका घरहरु यसका मुख्य विशेषता हुन् ।

विकीपिडियाको सहयोगमा

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

‘मिस हेरिटेज क्विन’को सम्पूर्ण अडिसन सम्पन्न,फाइनल भाद्र ७ मा हुने

Wednesday, 2 August 2017

काठमाडौं । संस्कृति र परम्पराको जगेर्ना गर्ने हेतुले आयोजना गरिएको मिस हेरिटेज क्विन को अन्तिम अडिसन सम्पन्न भएको छ । ...

मिस हेरिटेज क्विनको दोश्रो अडिसन सम्पन्न,अन्तिम अडिसन साउन ७ मा हुने

Thursday, 20 July 2017

काठमाडौं,५ असार। नेपाल मै पहिलो चोटी कला,सस्कृति र सम्पदाको संरक्षण एवम प्रवर्धन  गर्ने उदेश्यले आयोजित मिस हेरिटेज  क़ुईन्  सफलतापुर्वक अघि ...

भोलिदेखि सुरु हुने अष्ट्रेलियन शैक्षिक मेला (२०७४) को तयारी पूरा

Thursday, 13 July 2017

काठमाडौं, २९ असार । राजधानीको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा भोलि (असार ३०) गतेदेखि अष्टे«लियन शैक्षिक मेला (२०७४) सुरु हुने भएको छ ...

‘भर्जिन गन्तव्य’ लोमान्थाङमा आन्तरिक पर्यटकको भीड

Thursday, 20 October 2016

मुस्ताङ, ४ कात्तिक । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । ...

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

Saturday, 17 September 2016

  बैतडी, १ असोज । बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो ...

पहिले र अहिले : छोटो समयमा विकास भएका यी १० वटा शहरहरु

Wednesday, 24 August 2016

एजेन्सी । २१ वर्ष अगाडि दुवई एउटा सुख्खा मरुभुमी थियो । र, अहिले जस्तो विकसित देश होला भनेर कसैले विश्वास ...

इतिहास- १५ वटा तस्विरमा हेर्नुहोस् उहिलेको काठमाडौं

Wednesday, 17 August 2016

काठमाडौ ५, भदौ । पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ ...

विश्वको सबैभन्दा मोटो बालक

Thursday, 30 June 2016

एजेन्सी । विश्वको सबैभन्दा मोटो युवक जसको तौल १९२ किलोग्राम रहेको छ । अस्वस्थ १० बर्षीय ती बालक विश्वकै सबैभन्दा ...

कफी सेवनबाट हुने फाइदाहरु

Thursday, 23 June 2016

कफी हाम्रो जिन्दगीको भाग बनिसकेको हुन्छ । बिहान निन्द्रालाई टाढा भगाउनु छ वा दिन भरिको थकानपछि आरामको जरुरी हास् कफिको ...

veanet
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top