sangrila bank

अजितहरु मारिँदा हामी चुप कहिलेसम्म ? आउनुहोस् बोलौं

सुरज विश्वकर्मा

नेपाली समाजमा अझै पनि जातीय विभेदले जरा गाडेको छ । राजधानी सहितका जिल्लाहरुमा समेत अहिले विभेद कायम छ । परिस्थीति फरक भएपनि विभेद उही छ ।

धेरै जस्तो विभेद त त्यति बेला देखिन्छ जतिबेला कुनै जोडीले अन्तर्जातिय विवाह गर्छन् । सायद यही कारणले होला अहिलेका युवाहरु जति सुकै पढेलेखेको भएपनि अन्तर्जातिय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्दैन वा चाहाँदैनन् ।

suraj bk

सुरज विश्वकर्मा


किनकि यस्तो प्रेम सम्बन्धलाइ समाज तथा परिवारले स्विकार गर्दैन । वा भनौं अहिलेको युवाहरु समाज वा परिवार र जात व्यवस्थाको दास भएका छन् ।
कसैले अन्तर्जातीय विवाह गरिहाले पनि त्यस्ता जोडीहरुलाई कुटपिट ,गाउँ निकाला, मानसिक यातना दिईन्छ ।

काभ्रेको एक घटनाले अहिले नेपाली समाजलाई गिज्याईरहेको छ ।

गत महिना असार २५ गते काभ्रे जिल्लाको होक्से घर भएका अजित मिजारले गाउँकै उपल्लो जातकी एक महिलासँग प्रम गरे । प्रेम विवाहमा परिणत भयो । केटी पक्षले अजितको विहेलाई अस्विकार ग¥यो । जिल्लामा मुद्दा मामिला पनि भए । प्रशासनकै रोहबरमा उनको विहेलाई विच्छेद गराईयो । घरबाट ५० रुपैयाँ रिचार्ज लिएर हिँडेका अजित बेपत्ता भए । दुई दिनपछि धादिङको मलेखु स्थित फुर्केखोला किनारमा उनको झुन्ड्याइएको शरिर सामाजिक सञ्जालमा भाइरल भयो । परिवारले पछ्याउँदै जाँदा प्रहरीले नक्कली पाेस्टमार्टम गरेर गाडेको थाहा भयो । आफन्तले गाडिएको लास खोतले र बाहिर ल्याए । काठमाडौं ल्याएर शिक्षण अस्पतालमा पोस्टमार्टम गराउन पनि अस्पताल राजी भएन । गृहमन्त्रालयको अनुमति पछि पोष्टमार्टम भयो । तर, दुई महिना वित्दासमेत पोस्टमार्टमको रिपोर्ट बाहिर आएको छैन ।

घटना घटेको दुई महिना वित्न लाग्दा समेत राज्य पक्षले अहिलेसम्म आरोपहरुलाई पक्राउ गर्ने कुरा कहाँ हो कहाँ मुद्दा दर्ता समेत गरेको छैन ।

हामीले बाँचेको पुस्ताको लागि अजितहरु मारिनु ठूलो उपहास हो । उ फरक जात भएकैले कसैसँग प्रेम गर्न नपाउने यो कस्तो परम्परा हो । के यो समाजमा जन्मनु नै उसको गल्ति हो ? अजितहरुको हत्या गरेर खुसी मनाउँने समाज उदेक लाग्दो छ ।

भर्खरै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधामन्त्री पुष्प कमल दाहाल प्रचण्डले घटनाको छानबीन गर्न निर्देशन दिएका छन् । त्यसैको आधारमा छानवीन आयोग पनि बनेको छ । मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अगाडी बढाउनु पर्ने आवश्यकता छ । यतिबेला निर्देशन मात्रै होईन हत्यारा पक्राउ भएको देख्न चाहान्छौं हामी । तर, केही नहुनुभन्दा केही हुने संकेत देखिएका छन् ।

कुनै पनि घटना घटेपछि शंकास्पद व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याईन्छ । र, ती व्यक्तिहरुमाथिको अनुसन्धानबाट घटनाको रहस्य पत्ता लगाउने कार्य नेपाल प्रहरीले गर्दै आएको छ । प्रसिद्ध फूटबलर विमल घर्ति मगरकी बहिनी मनिषा घर्तिको हत्याको विषयमा प्रहरीले तत्काल एक्सन लिएको थियो । तर, अचम्म यहाँ न्यायमा पनि विभेद छ । अजितको हत्या भएको किटानी दिँदा पनि प्रहरी र प्रशासन मौन छ ।

यो राज्य सार त मानवता विरोधी छ । यहाँ जातका आधारमा न्याय छुट्याईन्छ । दलित या गरिबहरु राज्यबाटै अन्यायमा परेको यो गतिलो उदाहरण पनि हो ।

केही वर्ष अघि राजधानीको बसन्तपुरमा जीवन विकले उनकै प्रेमिका संगीता मगरमाथि एसिड प्रहार गरे । जातीय विभेदको शिकार बनेका जिवनले प्रतिशोधमा आएर एसिड हानेको प्रहरीलाई बताएका थिए ।

त्यतिबेला उनलाई पक्राउ गर्न माग गर्दै सडकमा उफ्रनेहरुको भिड थियो । त्यो भिडकै आक्रोशका कारण दबावमा आएको प्रहरीले ‘क्विक रेस्पोन्स’ भारतसम्म पुगेर जीवनको खोजी गरेको थियो । तर, नेपालमा भिडहरु ठूला जातका पछाडी लाग्छन् । ठूला जातहरुमाथि केही छिस्स भयो भने त्यो भिड न्यायको लागि आवाज उठाउँछ । तर, जीवनले जातिय विभेद झेलेको आवाज न त्यो भिडले बोल्यो न त न्यायलयलै बुझ्न सक्यो ।

अजित मिजारले तल्लो जात भएकै कारण मृत्युको शिकार हुँदा न्यायको आवाज उठाउनेहरु चुप छन् । सायद नेपालमा आवाज पनि जातीवादी बन्दैछ ।
हामी युवाहरु पनि त्यही मानसिकताबाट ‘गाईडेड’ हुने होकी आवाज उठाउने हो । भारतमा रोहीत बेमुलाको हत्या हुँदा हजारौं युवाहरु सडकमा उत्रिए । राज्य झुक्न बाध्य भयो । सोही आन्दोलनबाट कन्हैयाँ कुमार जस्ता प्रखर युवा नेताहरु जन्मिए । हामीहरु नेपालमा रमिता हेरेर बसिरहेका छौं । हामी बाँचेको समाजमा एउटा युवा दलित भएकै कारण मारिँदा पनि हामी चुप छौं । यदि यो समाचार भोलीको पुस्ताले सन्नु प¥यो भने हामीलाई धिक्कार्नेछ । हामी बोल्नु पर्छ ।

बोलीहरुमा लगाम लगाउँन सक्ने तागत दुनियाँमा कसैसँग छैन । आउनुहोस् नेपाल हाम्रै हो । हामीले पनि यो देशमा स्वतन्त्र भएर उड्न पाउँनुपर्छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आइजिपी प्रकरण : तेस्रो बरियताका कुलमान घिसिङले उज्यालो दिन हुने, प्रहरीमा किन नहुने ?

Tuesday, 21 February 2017

सुमन बराल सरकारले पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई पन्छाएर तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा ...

मिंयो बिनाको प्रहरी : जब वामदेवलाई सलामी टक्र्याउन आइजिपी साप होटलमा पुगे…

Monday, 20 February 2017

राजु भट्टराई २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि देशले शान्ति सुरक्षा र अमनचयन पाउला भनेर सोचेको सोझा नेपाली जनताको चाहानामाथि राजनीतिक ...

डिआइजी नवराज सिलवाल यसरी बन्दैछन् अर्को ज्ञानेन्द्र शाह !

Wednesday, 8 February 2017

युवराज कार्की/टिप्पणी काठमाडौं, २५ माघ । एउटा समय थियो राजा ज्ञानेन्द्रको गलत कदम विरुद्ध कुनै ‘मिडिया’ जब बोल्थे तब ‘सेन्सरसिप’ ...

तीन मिनेट भित्रै भारतले पाकिस्तानलाई यसरी टुक्र्याएर बंगलादेश बनाएको थियो

Saturday, 17 December 2016

रेहान फजल १४ डिसेम्बर सन् १९७१ । समय : लगभग १० : ३० बजे । स्थान : गुवाहाटीको एक एअरबस ...

राष्ट्रपतिलाई महाअभियोग लगाएपछि यस्तो छ दक्षिण कोरिया

Saturday, 10 December 2016

रमेश लम्साल काठमाडाैँ, २५ मङ्सिर । करिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ निलम्बनमा ...

किसानको छोरोले चप्पल लगाएर यो व्यवस्थामा प्रश्न गर्‍यो भने भनिन्छ, ‘राजनीति नगर्नुहोस्’

Sunday, 4 December 2016

भारतीय राजनीतिमा यतिबेला एक युवा उदाएका छन् । मञ्चमा भारतीय संस्थापन पक्ष र त्यहाँको व्यवस्था विरुद्ध चर्को स्वरमा चिच्याइरहने युवा ...

विशेष लेख : संगठनको समस्या र पद्धतिशास्त्रको दिशा

Friday, 2 December 2016

विश्वका प्रमुख मार्क्सवादी विचारकहरु मध्ये जर्ज लुकास एक मानिन्छन् । सन् १८७५ मा हंगेरीमा जन्मिएका लुकासको विचारधारात्मक क्षेत्रमा महत्वपूर्ण योगदान ...

दशैँ मान्न सबै सर्वसाधारण गाउँ हिँडेपछि काठमाडौंका सडक सुनसान

Monday, 10 October 2016

काठमाडौँ, २४ असोज । बडादसैँको नवमीका दिन आज काठमाडौँका मुख्य बजार र सडक प्राय  : सुनसान देखिएको छ । दसैँ ...

मैले यो पुस्तक किन अनुवाद गरेँ ?

Sunday, 2 October 2016

प्रचलित शिक्षा प्रणालीमा स्कूलको भूमिका ज्यादै महत्वपूर्ण छ । तर स्कूल जसका निम्ति बनाइएका हुन्, तिनका निम्ति आकर्षण होइन विकर्षणका ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top