sangrila bank

खेलकुद क्षेत्र ‘पकेटवाला’ ग्रुपहरुको कब्जामा छ: धुर्व विक्रम मल्ल

बहसमा खेलक्षेत्र

खेलकुद क्षेत्रमा धुर्व विक्रम मल्ल त्यस्तो नाम हो, जसले राज्यलाई बोलीले होईन कामहरुले चुनौति दिन्छ । राज्यले करोडौं लगानी गरेर खेलाडी विदेशपठाउँदा मल्लले आफ्नो मोटर साईकल धरौटी राखेर आफ्नो विदेश पठाए । ‘स्टेट फन्डेड खेलाडीले शुन्य पदक ल्याउँदा उनको प्रशिक्षणमा हुर्केका खेलाडीले राज्यको ईज्जत जोगाईदियो । उनै मल्लले खेल क्षेत्रमा माओवादी भित्र्याए । बालाजु कराँते–डोजोका अध्यक्ष रहेका मल्लले खेलमा राजनीति, माओवादी प्रवेश र खेलकुदका विकृतिबारे दियोपोस्टसँग यस्तो अनुभव सुनाए ।

खेलकुदमा माओवादी छिरेको समय

जतिबेला माओवादी जनयुद्धको तिब्र बेग थियो । त्यहि बेगमा हामीले खेलकुद संगठन बनाएका थियौं । खेलकुदमा माओवादी भित्र्याउने व्यक्ति म नै हुँ भन्दा अन्यथा नहोला । गणतान्त्रिक खेलकुद महासंघ हामीले बनाएका थियौं । खेलकुदका हस्तिहस्तिहरु, खेलकुदमै पिएचडी गर्ने प्रकाश प्रधान, खेलकुदमा अन्तर्राष्ट्रिय फस्ट पदक विजेता म्याराथुन दाहाल, जितबहादुर केसीलाई समेटेर हामीले गणतान्त्रीक खेलकुद महासंघ स्थापना गरेका थियौं । महासंघले राष्ट्रिय खेलकुद परिषदलाई नै छायाँमा पार्ने गरी कार्यक्रम गर्दै आएको थियो ।

माओवादीलाई खेलकुद क्षेत्रमा ल्याउने योजना मैले बनाएको थिएँ । किनभने १० वर्षसम्म युद्ध लडेको माओवादीले खुला राजनीतिमा आएपछि धेरै कुरा गर्ने सपना बाँढेको थियो । खेल क्षेत्रले पनि माओवादीबाट धेरै आसा गरेको थियो । परिवर्तनको आशाको केन्द्रविन्दु माओवादी थियो । त्यतिबेला ईन्चार्ज वर्षमान पुन अनन्त हुनुहुन्थ्यो । संस्थापक अध्यक्ष म हुँ । त्यसपछि मेरै योजना अनुसार पिएलए स्पोर्टस क्लब बनाउँने कुरा भयो । माओवादी सेनाको सात शिविरमा हामीले काम शुरु गर्‍यौं । ७ वटै डिभिजनमा गएर मैले प्रशिक्षण दिएँ । अन्य गुरुहरुलाई डिभिजनमा कोचको रुपमा पठाएँ ।


२०६४ सालमा महासंघले गरेको राष्ट्रिय खेलकुद महोत्सवमा ७५ वटै जिल्लाका खेलाडी सहभागी बनेका थिए । त्यतिबेलै माओवादीको खेलकुद भनेर चर्चा भएको थियो । त्यसपछि नै अन्य पार्टीले पनि खेलकुद संगठन बनाउन थालेका हुन् ।

माओवादीलाई खेलकुद क्षेत्रमा ल्याउने योजना मैले बनाएको थिएँ । किनभने १० वर्षसम्म युद्ध लडेको माओवादीले खुला राजनीतिमा आएपछि धेरै कुरा गर्ने सपना बाँढेको थियो । खेल क्षेत्रले पनि माओवादीबाट धेरै आसा गरेको थियो । परिवर्तनको आशाको केन्द्रविन्दु माओवादी थियो । त्यतिबेला ईन्चार्ज वर्षमान पुन अनन्त हुनुहुन्थ्यो । संस्थापक अध्यक्ष म हुँ । त्यसपछि मेरै योजना अनुसार पिएलए स्पोर्टस क्लब बनाउँने कुरा भयो । माओवादी सेनाको सात शिविरमा हामीले काम शुरु गर्‍यौं । ७ वटै डिभिजनमा गएर मैले प्रशिक्षण दिएँ । अन्य गुरुहरुलाई डिभिजनमा कोचको रुपमा पठाएँ ।

जनसेनाको शिविर रहेको चौथो डिभिजन शक्त्तीखोरमा खेलकुद महोत्सव भयो । एक महिनादेखिको प्रयासले त्यो महोत्सव निकै सफल भयो । त्यही महोत्सवबाट माओवादी सेनाबाट खेलाडी बाहिर निकाल्ने उपायको रुपमा पिएलए स्पोर्टस क्लवको अवधारणा ल्यायौं । संस्थागत रुपमा २०६५ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यलयमा दर्ता गर्‍यौं ।

dhruba bikram malla 4

धुर्व विक्रम मल्ल अाफ्नाे कला देखाउँदै


दर्ता गर्ने समयमा पनि हामीले दुख झेल्नु पर्‍यो । खेलकुद मन्त्रालयले स्विकृती दिनुपर्थ्यो । परिषदबाट सिफारिस लिनुपथ्र्यो । मध्यमाञ्चल खेलकुद विकास समयमा सिफरिस लिनुपथ्र्यो । अहिलेका प्रधानमन्त्री ज्यु, तत्कालीन पिएलए क्लबका अध्यक्ष त्यसको समन्वयमा जानु भयो । हाल नेपाली सेनाका कर्णेल यमबहादुर अधिकारी पनिसँगै हुनुहुन्थ्यो । दर्ता भएपछि राज्य पक्षबाट पाँचौ राष्ट्रिय खेलकुद भयो । पिएलए क्लबको सहभागीता निकै गाह्रो थियो । तत्कालीन प्रधानमन्त्री प्रचण्ड नै थिए । दर्ता भईसकेपछि आधिकारिक रुपमा हामीले भाग लिन पाउथ्यौं । एउटा विभागिय टिमको नाताले । त्योबेला ४ वटा खेलमा सहभागीता जनाउँदा हामीले पाँच पदक जित्यौँ । हामी सहभागी भएपछि सेनाले खेल बहिस्कार गर्‍यो । तर, नेपाली सेनाले बुझेनकी खेलमा जात, धर्म, धनि गरिब र राजनीति हुँदैन भनेर । खेल भनेको भाईचारा बढाउने र सम्बन्ध बढाउने हो । त्यतिबेला सेनाले खेलमा राजनीति भित्र्याएको हो । खेलकुद भनेको स्वच्छ प्रतिस्पर्धा र सम्बन्ध बढाउने माध्यम हो । त्यस्तोमा उहाँहरुले झन सहमती र खुसी व्यक्त गर्नुपर्ने थियो । युद्धमा चाहीँ आमनेसामने भएर लड्ने खेलमा चाहीँ भाग्ने ? सेनाले त्यतिबेला माओवादीसँग खेलमा भाग नलिएर हार स्विकार गरेको थियो ।
पछि छैटौ राष्ट्रिय खेलकुद भयो । हामीले भाग लियौं । ९ वटा टिममा चौथो नम्बरमा आयो पिएलए स्पोर्टस क्लब । १८ वटा गोल्डमेडल जित्यो । छैटौंमा सेनाले बहिस्कार गर्न सकेन । यसरी जनसेना भित्र भएका प्रतिभाहरु हामीले बाहिर ल्याउने काम ग¥यौं । र यस्ता खेलाडीहरु जन्मिए ।

पिएलए क्लबबाट उत्पादन भएका प्रतिभाहरु धेरै थिए । नाम लिने हो भने मिरा राई दोस्रो डिभिजनकी खेलाडी हुन् । जो अहिले विश्वको चर्चित खेलाडीमा पर्छिन् । ८० किलोमिटर अल टाईमर म्याराथुनमा विश्व च्याम्पियन भएर र ११० किलोमिटरको अल टाईमर म्याराथुुनमा ३ पटक सम्मको विश्व विजेतालाई पराजित गरेकी मिरा विश्वकै अल ओभरमा श्रेणी २ मा पर्छिन् । मिराको बारेमा बीबीसीले २८ दिनसम्म नेपालमा बसेर बृत चित्र तयार पारेको छ । २०१७ मा रिलीज हुँदैछ । त्यस्तै विश्वको चर्चित र शक्तिशाली देश चाईनाले पनि एक हप्ता उतै लगेर डकुमेन्ट्री तयार पारेको छ । त्यस्तै ईटालीले उसको बृतचित्र तयार गरिसकेको छ । भर्खरै बेलायतमा भएको ३७ किलोमिटर दौडमा खुट्टामा समस्या भएपछि उपचार भइरहेको छ ।

मिरा राई जनसेनामा अयोग्य ठहर्‍याइएको थियो । उनी १० हजार रुपैयाँ लिएर निस्केकी थिईन् । भोजपुर(मिराको घर)बाट उनी राजधानी आएकी थिईन् । म गुरु भएकाले मेरोमा एथ्लेटिक र कबर्डि खेल्र्थीन् । एक दिन उनी साथी मार्फत मलेसिया रोजगारीको लागिीजाने भनेर भिसा लाएर आईसकेको रहेछ । ‘म म मलेसिया रोजगारीको लागी जाँदैछु । मलाई खेल्ने रहर छ तर, घरमा स्थिती नाजुक छ ’ उनले यसो भनेपछि मेरो मन पोल्यो । यस्तो प्रतिभालाई पलायन हुन नदिनको लागि मैले प्रयत्न गरेँ ।


मिरा रार्इ जसले मलेसिया भिसा त्यागेर खेल जीवनमा फर्किइन् 

mira rai

मल्लकाे प्रशिक्षणमा हुर्केकी मिरा रार्इ


मिरा राई जनसेनामा अयोग्य ठहर्‍याइएको थियो । उनी १० हजार रुपैयाँ लिएर निस्केकी थिईन् । भोजपुर(मिराको घर)बाट उनी राजधानी आएकी थिईन् । उनी जनसेनामै हुँदा एथ्लेटिक, फूटबल र कराते खेल्थीन् । एक दिन उनी साथी मार्फत मलेसिया रोजगारीको लागि जाने भनेर भिसा लाएर आइसकेकी रहिछन् । ‘म मलेसिया रोजगारीको लागी जाँदैछु । मलाई खेल्ने रहर छ तर, घरमा स्थिती नाजुक छ ’ उनले यसो भनेपछि मेरो मन पोल्यो । यस्तो प्रतिभालाई पलायन हुन नदिनको लागि मैले प्रयत्न गरेँ । उसको बस्न, खान, तालीम गर्न समस्या थियो । त्यो सबै सुविधा मैले उपलब्ध गराईदिए । करातेको पनि उ ब्ल्याक बेल्ट हो । कराँतेमा स्पीड चाहिन्छ । त्यो स्पिड मिरासँग थिएन । तर थाक्दै नथाक्ने नेचर थियो । नथाक्ने मान्छेको लागि दौड ठीक हुन्छ भनेर मैले नै छानेको हुँ । राष्ट्रिय खेलकुद परिषद एथ्लेटिकको प्रमुख प्रशिक्षक सुशील नरसिंह राणालाई भेटाएर तालिन लिन लगाएँ । नेशनल टिमसंगै राखेर दुई तिन हप्ताको प्रशिक्षण पछि एउटा म्याराथुन प्रतियोगिता भयो । त्यसमा पाँचौ भइन् । त्यसपछि बालाजुको रानीवन स्थित फूलबारीबाट शुरु भएको अल्ट्रा म्याराथुनमा उनले स्वर्ण पदक जितिन् । पहिलो अल्टा सुरुमै म्याराथुनमै स्पर्ण पदक जितेपछि अब उसले केही गर्छ भन्ने विश्वासबढ्यो । अनी रिजल्ट पनि फटाफट आउन थाल्यो । मिरा राई जस्तो विश्वमा नेपाल भनेर चिनाउने र जनसेनाको खेलाडी भनेर चिनाउने व्यक्ति हुन् ।

विमला तामाङ पिएलए क्लबकी गर्व

bimala


छैठौँ राष्ट्रिय खेलकुदमा पिएलए स्पोर्टस क्लबबाट कराते विधाको एकल कातामा स्वर्ण पदक जितेकी बिमला तामाङ मेरै उत्पादन हो । कोरियामा सम्पन्न १७ अाैं एशियन गेममा २०५ जना खेलाडीहरु सहभागी थिए । त्यो भित्र राज्यको लगानी बिना सहभागी हुने विमला तामाङ थिईन् । जसलाई मैले नै खर्च गरेको थिएँ । तर, राज्यको लगानी बालुवामा पानी भयो । एउटै मात्र राज्यको लागी कास्य पदक विजेता विमला तामाङ बनिन् । सन् २०१४ को त्यो सबैभन्दा ठूलो रिजल्ट थियो । सन् २०१५ मा मिरा राईले नेपालको ईज्जत राखिन् । उनीहरुमा राज्यको १०० रुपैयाँ पनि लगानी थिएन । मसँग धेरै ठूला रिजल्ट दिने खेलाडीहरु छन् । राज्यले जति लगानी र हल्ला गरेपनि चाहिने भनेको पदक हो । सन् २०१६ मा हुने साउथ एशियन कराते गेम्समा १० वटा स्वर्ण ल्याउने तयारीमा छु ।

अनुपमा मगर दोस्रो डिभिजनको खेलाडी हो । बच्चादेखि नै जनसेनामा लागेर उसले स्वयच्छिक अवकास लिएकी थिइन् । उ साउथ एशियाको गोल्ड मेडलिस्ट हो । भने १७ औ एशियन गेम्स २०१४ कोरियामा पाच नम्बरको उपाधि पाएको थिइन् ।

यहाँ यस्तो ‘पकेटवाला’ ग्रुपहरु छन् । जसलाई खलको भित्रि नियम थाहा छैन तर, उ सबै खेलकुद मेरो हो भन्छ । राज्य आफैले पनि कोसँग के क्षमता छ भन्ने पत्ता लगाउन सकेन । आफ्ना मान्छेहरु खोज्न थाल्यो । सम्बन्धीत विषयमा विज्ञता हासिल गरेका प्रशिक्षकहरुले ढोका ढक्ढक्याउँन जाँदैन । जोसँग सिप र क्षमता छैन उ गुलामी गर्न जान्छ ।
खेलकुद भनेको खेलाडीको लागि हो । रियो ओलम्पीकमा सात जना खेलाडी गए । ४१ जना पदाधिकारीले घुमघाम गरे । ती भनेको पर्यटक हो । त्यसको सिस्टम बनाउँन जरुरी छ ।


कसरी आउँछ पदक ?

म कराते विधामा पनि आफै अन्र्तराष्ट्रिय लाईसेन्स प्राप्त रेफ्री हुँ । मलाई सबै नियमहरु थाहा छ । एसियामा कुन देशको खेलाडी कति शक्तिशाली छ भन्ने कुरा मलाई थाहा छ । त्यसकारण मेरा खेलाडीहरुलाई पदक ल्याउन कुनै समस्या छैन । खेल भनेको ट्रेनिङ मात्रै होईन । अवसर पनि हो । अवसर दिइयो भने नतिजा पनि आउँछ । सन् २०१६ मा म १० वटा स्वर्ण ल्याउँछु ।

राज्य किन सक्दैन ?
राज्यलाई टेक्निकल्ली धेरै कुरा थाहा छैन । बाहिर मिडियामा हल्ला गर्ने मात्रै हो । जबसम्म खेलाडीलाई वनवेय बनाउँन सकिँदैन तवसम्म मेडल आउँदैन । उसको काम नै खेल्ने र खेलसम्बन्धी पढ्ने हुनुपर्छ । लगानी जति बालुवामा पानी हाले जस्तो भएको छ । । जुडो,उसु,बक्सिङ्ग,कराँते, तेक्वान्दो लगाएत व्यक्तिगत जस्ता खेलहरुबाट अन्तर्राष्ट्रिय रुपमा पदक आउने संभावना छ ।

अब राज्यले यसो गरोस्

राज्यले हरेक खेलको एकेडेमि स्थापना गरोस् । सम्बन्धीत खेलको लाईसन्सवाला प्रशिक्षक उत्पादन गर्ने काम गर्नुपर्छ । रेफ्री उत्पादन गर्नुप¥यो । खेलाडीहरुलाई त्यही अनुसार कम्पिटिसन गराई राख्नु पर्छ । मन्त्री र सदस्य सचिव आउँनासाथ आफ्नो मान्छे नियुक्त गर्ने होडबाजी गर्छन् । कुन खेलमा मेरो मान्छे राख्ने भन्ने प्रतिस्पर्धा हुन्छ । अन्तर्राष्ट्रिय ‘बडी’काे रोबरमा चुनावको आधारमा बनेको संघलाई मात्रै अनुमति दिनुपर्छ ।

खेलकुदका विकृति

हरेक क्षेत्रमा विकृति छन् । खेलकुद पनि अछूतो छैन । यहाँ यस्तो ‘पकेटवाला’ ग्रुपहरु छन् । जसलाई खेलको भित्रि नियम थाहा छैन ।तर, उ सबै खेलकुद मेरो हो भन्छ । राज्य आफैले पनि कोसँग के क्षमता छ भन्ने पत्ता लगाउन सकेन । आफ्ना मान्छेहरु खोज्न थाल्यो । सम्बन्धीत विषयमा विज्ञता हासिल गरेका प्रशिक्षकहरुले ढोका ढक्ढक्याउँन जाँदैन । जोसँग सिप र क्षमता छैन उ गुलामी गर्न जान्छ ।
खेलकुद भनेको खेलाडीको लागि हो । रियो ओलम्पीकमा सात जना खेलाडी गए । ४१ जना पदाधिकारीले घुमघाम गरे । ती भनेको पर्यटक हो । त्यसको सिस्टम बनाउँन जरुरी छ ।

खेलकुदमा माओवादी अस्तित्व सकियो

माओवादीकै नेतृत्वले चार पाँच बर्ष खेलकुद चलाएको छ । तर, उसले पनि खेलकुद बुझ्न सकेन । चार वर्षमा नतिजा के आयो ? ओलम्पीक कमिटिमा को छ ? खेलकुद परिषदमा को छ ? चार वर्षको ईतिहासले खेलकुद क्षेत्रमा माओवादीको अस्तित्व संकटमा परेको देखियो । यहि चार वर्ष भित्र राज्यको लगानी विहिन खेलाडीले राज्यको लागि पदक जित्यो । राज्यले अयोग्य घोषणा गरेको व्यक्तिले विश्वमा चर्चा कमायो । अनुपमा मगर दोस्रो डिभिजनको खेलाडी हो । बच्चादेखि नै जनसेनामा लागेर उसले स्वयच्छिक अवकास लिएको लिएकी थिइन् । उ साउथ एशियाको गोल्ड मेडलिस्ट हो । मिरा राई, विमला तामाङहरुलाई माओवादी नेतृत्वले नै छायाँमा पार्ने काम गर्‍यो ।

खेलकुद मन्त्रीलाई सुझाव

खेलकुद मन्त्रालय अहिले माओवादीको हातमा छ । खेलाडीले पदक जितुन्जेल उसको वाह्…वाह.. हुन्छ तर, त्यसपछिको भविष्य के ? रोजिरोटीकै समस्याका कारण खेलाडीहरु पलायन भइरहेको डरलाग्दो परिस्थिति छ । साफ, एसियन गेम्समा मेडलिस्ट र ओलम्पिकमा राम्रो खेल प्रदशन गर्ने जेहेन्दार करेन्ट खेलाडीहरुलाई भत्ता उपलब्ध गराउँनु पर्छ । त्यो भत्ताले घर परिवार र उ स्वयमं पालियोस् । खेलेरै बाँच्न सक्ने वातावरण बनाउँनुपर्छ । पुरानो ओलम्पियन सहभागी जनाई सकेको एशियन गेमहरुमा पदक बिजेता र साफ गेम्समा स्वर्ण पदक जितेकाहरुलाई सम्मान स्वरुप उत्साहित राख्न सक्नु पर्छ । विश्व खेल विधाको नीति नियम अनुसार प्रशिक्षक गुरुहरुलाई सेमिनार, तालिममा अबसरको बाताबरण बनाई राखी अनुभवि प्रशिक्षकको भूमिकामा राख्नुपर्छ । राज्यले खेलाडी किन पलायन भयो भन्ने कुरा खोजी गर्नुपर्छ l सरकारले चाहने हो भने एउटा क्याबिनेट निर्णयको आधारमा खेलाडीको भविष्य बन्नेछ। त्यसाे भयाे भने आत्मबल बढ्नुका साथै राष्ट्रप्रतिको भावना बढेर जान्छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आइजिपी प्रकरण : तेस्रो बरियताका कुलमान घिसिङले उज्यालो दिन हुने, प्रहरीमा किन नहुने ?

Tuesday, 21 February 2017

सुमन बराल सरकारले पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई पन्छाएर तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा ...

मिंयो बिनाको प्रहरी : जब वामदेवलाई सलामी टक्र्याउन आइजिपी साप होटलमा पुगे…

Monday, 20 February 2017

राजु भट्टराई २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि देशले शान्ति सुरक्षा र अमनचयन पाउला भनेर सोचेको सोझा नेपाली जनताको चाहानामाथि राजनीतिक ...

डिआइजी नवराज सिलवाल यसरी बन्दैछन् अर्को ज्ञानेन्द्र शाह !

Wednesday, 8 February 2017

युवराज कार्की/टिप्पणी काठमाडौं, २५ माघ । एउटा समय थियो राजा ज्ञानेन्द्रको गलत कदम विरुद्ध कुनै ‘मिडिया’ जब बोल्थे तब ‘सेन्सरसिप’ ...

तीन मिनेट भित्रै भारतले पाकिस्तानलाई यसरी टुक्र्याएर बंगलादेश बनाएको थियो

Saturday, 17 December 2016

रेहान फजल १४ डिसेम्बर सन् १९७१ । समय : लगभग १० : ३० बजे । स्थान : गुवाहाटीको एक एअरबस ...

राष्ट्रपतिलाई महाअभियोग लगाएपछि यस्तो छ दक्षिण कोरिया

Saturday, 10 December 2016

रमेश लम्साल काठमाडाैँ, २५ मङ्सिर । करिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ निलम्बनमा ...

किसानको छोरोले चप्पल लगाएर यो व्यवस्थामा प्रश्न गर्‍यो भने भनिन्छ, ‘राजनीति नगर्नुहोस्’

Sunday, 4 December 2016

भारतीय राजनीतिमा यतिबेला एक युवा उदाएका छन् । मञ्चमा भारतीय संस्थापन पक्ष र त्यहाँको व्यवस्था विरुद्ध चर्को स्वरमा चिच्याइरहने युवा ...

विशेष लेख : संगठनको समस्या र पद्धतिशास्त्रको दिशा

Friday, 2 December 2016

विश्वका प्रमुख मार्क्सवादी विचारकहरु मध्ये जर्ज लुकास एक मानिन्छन् । सन् १८७५ मा हंगेरीमा जन्मिएका लुकासको विचारधारात्मक क्षेत्रमा महत्वपूर्ण योगदान ...

दशैँ मान्न सबै सर्वसाधारण गाउँ हिँडेपछि काठमाडौंका सडक सुनसान

Monday, 10 October 2016

काठमाडौँ, २४ असोज । बडादसैँको नवमीका दिन आज काठमाडौँका मुख्य बजार र सडक प्राय  : सुनसान देखिएको छ । दसैँ ...

मैले यो पुस्तक किन अनुवाद गरेँ ?

Sunday, 2 October 2016

प्रचलित शिक्षा प्रणालीमा स्कूलको भूमिका ज्यादै महत्वपूर्ण छ । तर स्कूल जसका निम्ति बनाइएका हुन्, तिनका निम्ति आकर्षण होइन विकर्षणका ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top