sangrila bank

दुबईमा सुरु भयो ड्राइभर बिनाको बस सेवा, ड्राइभर बिना कसरी गुड्छ सडकमा ?

दुबई, १७ भदौ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवाले बिहीबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ ।

करिब एक महिना लामो परीक्षणपछि दुबईमा यो सेवालाई औपचारिक रुपमा सुरु गरिएको हो ।

बढ्दो तापक्रम वृद्धिसँगै जलवायुमा आएको परिवर्तन र बढ्दो सहरीकरणले सहरी वातावरणलाई प्रभावित पारिरहेका बेला आएको यो सेवाले सहरको प्रदूषण नियन्त्रण गर्ने प्रयासमा समेत उल्लेख्य भूमिका खेल्ने विश्वास निर्माता कम्पनी र दुबई सहरको व्यवस्थापन समिति दुवैले बताएका छन् ।

सुरुमा १० सिटको गाडीबाट सहरको करिब ७०० मिटर सडकमा सुरु गरिएको यो बस सेवाले भविष्यमा थप ठाउँमा समेत सुविधा प्रदान गर्ने उद्देश्य रहेको दुबई प्रशासनले बताएको छ ।

dubai-driverless-bus


विश्वको बसैभन्दा अग्लो टावर बुर्ज खालिफा क्षेत्रमा सुरुका दिनमो उक्त सेवा प्रदान गरिनेछ ।

इजी माइल नामक फ्रान्सेली समूह तथा दुबईस्थित ओमनिक्स कम्पनीद्वारा संयुक्त रुपमा निर्माण गरिएको मिनीबसले ४० किलोमिटर प्रतिघण्टाको गतिमा सेवा प्रदान गर्नसक्ने बताइएको छ ।

निर्माण कम्पनीले जनाएअनुसार बसले आफ्नो गति अन्य गाडीको गतिअनुसार स्वतस्फूर्त रुपमा लिन वा नियन्त्रण गर्न सक्नेछ । यस बसको अचम्मको कुरा के छ भने जब सडकमा पैदलयात्रीले बाटो काट्न सुरु गर्छन् त्यतिबेला यसले रोकिएर उनीहरुलाई सडक पार गर्न दिने हैसियत राख्दछ ।
dubaihaslaun
यस किसिमको यातायात सेवा दुबईको सकड सञ्जालमा पहिलो र महत्वपूर्ण कदम भएको छ साथै यसले वातावरणलाई स्वच्छ राख्न पूर्णतया मद्दत गर्ने विश्वास लिइएको दुबई सडक यातायात अधिकारीले अहमद बहरोज्याएनले बताए ।

दुबई सडक यातायात विभागका महानिर्देशक म्याटर अल टाएरले उक्त सेवालाई आफूहरुलेसन् २०३० सम्म दुबईको एकचौथाई भागमा लागिपरेको बताए ।

दुबई खाडी मुलुकका केही पर्यटकीय सहरमध्ये एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो । दुबईमा सन् २०१५ मा एक करोड ४२ लाखभन्दा बढी पर्यटक भित्रिएका थिए ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कुकुरप्रेमि थाइल्याण्डका यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले

Friday, 14 October 2016

काठमाडौं । थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उनी सहभागी हुने कार्यक्रमहरुमा कुकुरपनि सँगै हुन्थे । ...

हेर्नुहोस् हिरा र सुन यस्तो खाल्डोमा पाईन्छ

Sunday, 18 September 2016

एजेन्सी । पृथ्वीको बनोट विभिन्न आकारको छ । र जहाँ विभिन्न किसिमका खाल्डोहरु छन् । चाहे तिनी मानव निर्मित हुन्, ...

काँधमा हुक राखेर १ हजार ५० किलोको कार तान्ने यी पातला युवक ! [भिडियो सहित ]

Sunday, 11 September 2016

भारत । 'सुकेको ज्युमा लुकेको बल' भनेझै कहिलेकाहि साच्चिकै कमजोर व्यक्तिले पनि बलीयो काम गरदिन्छन् । प्राय धेरैमा यस्तै भ्रम ...

संसारका यी १६ वटा दुर्लभ तस्विरहरु

Wednesday, 7 September 2016

एजेन्सी । भनिन्छ नि तस्विर आफै बोल्छ । एउटा तस्विरले हजारौ शव्द बाहिर ल्याउछ । प्रतिभाशाली कथावस्तु जे छ त्यहि ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य थाहा पाउनुहाेस् ? (फाेटाेफिचर)

Monday, 29 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य के हाे ? (फाेटाेफिचर)

Sunday, 28 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

यी हुन् नेपाली साहसीक ५ महिला

Thursday, 25 August 2016

काठमाडौ ९ भाद्र । २१ अाैं शताब्दि भनिएपनि नेपाली समाज अझै खुला र स्वतन्त्र बन्न सकेकाे छैन । महिलाकाे सन्दर्भमा ...

लौं हेर्नुस, जहाँ मान्छेको मासु बनाएर बेचिन्छ…

Thursday, 28 July 2016

एजेन्सी । सामाजिक सञ्जालमा भाईरल यी तस्विर सायद तपाइंहरुले देख्नुभएकै होला । तस्विरसंगै यस्तो पनि लेखिएको छ कि चीन र ...

दुर्घटना हुनबाट बचाउने ‘ग्राहम’

Saturday, 23 July 2016

एजेन्सी । मान्छेहरुसंग पनि विभीन्न किसिमका अनौठा कला हुने गर्दछन् । र, तीनै कलाहरुलाई विभिन्न क्षेत्रमा प्रयोग गर्दछन् । यस्तै ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top