राष्ट्रवादको क्याटवाक

उमेश चाैहान

दुई वर्षअघि २६ र २७ नोभेम्बरमा नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनले दक्षिण एसियाको शान्ति र समृद्धिका लागि के त्यस्तो उल्लेखनीय निर्णय गर्‍यो भनेर सोध्ने हो भने धुरन्धर कूटनीतिज्ञले पनि ठ्याक्कै याद भएन भनेर उत्तर दिनेछन् । तर, राष्ट्रिय सभागृहमा आयोजित भव्य उद्घाटन समारोहको अन्तमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी समकक्षी नवाज सरिफले हात मिलाएको दृश्य भने कुनै पनि नेपालीले बिर्सन सक्नेछैनन् । किनकि सधौ युद्धको मुडमा रहने दुई देशका कार्यकारी प्रमुखका हातहरू मिलाइदिने गौरवशाली अवसर हाम्रै देशका प्रधानमन्त्री सुशील कोइरालालाई प्राप्त भएको थियो । दुई परमाणुशक्ति सम्पन्न देशलाई जुटाउने शान्तिदूत बन्न पाएकोमा त्यो दिन नेपाली प्रधानमन्त्री पुलकित भएका थिए भने नेपाली स्वाभिमान सााच्चै सगरमाथाभन्दा पनि उाचो भएको थियो । नेपालको त्यो दुर्लभ र ऐतिहासिक उपलब्धिलाई नेपाली मात्र होइन, भारत र पाकिस्तानका मिडियाले समेत निकै महत्त्वका साथ प्रकाशन प्रसारण गरेका थिए । तर, शान्तिका अग्रदूतका रूपमा हाम्रा प्रधानमन्त्रीले बनाएको त्यो ओहोदा त्यतिवेला खोसियो, जब प्रभावशाली भारतीय पत्रकार बर्खा दत्तले आफ्नो किताब ‘दिस अनक्वाइट ल्यान्ड’मा मोदी र सरिफको भेटको रहस्य खोलिन् । उनले लेखिन्, ‘मोदी र सरिफले सार्वजनिक समारोहमा हात मिलाएर दुनियाँलाई छक्याए, खास भेट त काठमाडौंको होटलमा भएको थियो, जहाँ उनीहरूले एक घन्टा अन्तरंग संवाद गरेका थिए ।’

भारत र पाकिस्तानका नेताले राष्ट्रवादको यस्तो शपथ खाएका हुन्छन्, जसअनुसार एक–अर्को देशका नेतालाई भेटे जनताको शिर र राष्ट्रिय झन्डा झुक्न सक्छ, मातृभूमिले सराप्न सक्छ । त्यसैले मोदी र सरिफका हात मिलाइदिने औपचारिकताका लागि पनि सुशीलजस्ता शालीन मध्यस्थहरूको आवश्यकता पर्छ । तर, सुशील कोइरालाको कोरियोग्राफीमा मोडलिङ गरेर दुनियाँलाई तमासा देखाउने मोदी र सरिफहरू नै सुटक्क होटलमा भेट्छन् र सोझासीधा जनताको उद्वेलित राष्ट्रवादमाथि कठोर ठट्टा गर्छन् । मोदी र सरिफ होटलमा भेटे, त्यो पनि कहाँ ? बर्खा दत्ता लेख्छिन्, ‘भारतीय स्टिल तथा कोइला व्यापारी सज्जन जिन्दलको कोठामा ।’ सज्जन र उनका भाइ अर्थात कांग्रेसका पूर्वसांसद नवीन जिन्दल एक सय ८६ लाख करोडको भयानक भ्रष्टाचारका योजनाकार हुन् भनेर मोदीको पार्टी भाजपाका लाखौा समर्थकले उनीहरुलाई तिब्र घृणा गर्छन् । तर, जिन्दललाई भ्रष्टाचारको र पाकिस्तानलाई आतंकवादको ठेकेदार ठान्ने भारतीय जनताका गौरवशाली प्रधानमन्त्री मोदीले तिनै व्यापारीद्वारा काठमाडौंमा प्रायोजित रहस्यमयी भेटलाई सार्थक बनाए । अफगानिस्तानको खानीबाट कच्चा स्टिल बोकेर पाकिस्तानको बाटो आउने जिन्दल बन्धुका ट्रकलाई पाकिस्तानले रोकटोक नगरोस् र सुरक्षा प्रदान गरोस् भन्ने भारतीय प्रधानमन्त्रीको अनुरोध थियो । हो, काठमाडौंमा संवादको विषय देश, माटो वा झन्डा थिएन, बरु एउटा युद्धग्रस्त देशको प्राकृतिक खानी दोहन गरेर अर्बाैं नाफा खोज्ने व्यापारीको निजी स्वार्थको थियो । त्यसैले त्यो विषयमा संवाद गर्न भारत र पाकिस्तानका नेतालाई संकोच भएन । अहिले फेसनमा रहेको राष्ट्रवादको मोडल पनि यही हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्छन् कि गर्दैनन् ? हाम्रो राष्ट्रवादको यक्षप्रश्न अहिले यही बनेको छ । चिनियाँ राष्ट्रपतिले पाइला टेकिदिए यो भूमि पवित्र हुन्छ र उनी नआए प्रलय हुन्छ भन्ने हामीलाई सत्य नमीठो लाग्न सक्छ, त्यो सत्य के हो भने नेपाल चीनको छिमेकी हो, तर प्राथमिकता होइन । सी जिनपिङ राष्ट्रपति भएको चार वर्ष पुग्न लाग्दा पनि छिमेकी नेपाल उनलाई स्वागत गर्न व्याकुल देखिन्छ जबकि १५ मार्च २०१३ मा राष्ट्रपति भएको एक साताभित्रै उनी रसिया, दक्षिण अफ्रिका, तान्जेनिया र कङ्गोसम्म पुगेका थिए । उनले यसबीच अमेरिका मात्र होइन, अर्जेन्टिना, भ्यानेजुयला, क्युवा, मेक्सिको र कोस्टारिकासम्मको भ्रमण गरेका छन् । पूर्वको फिजीदेखि पश्चिमको ट्रिनिडाड एन्ड टोबागोसम्म भ्रमण गरेका राष्ट्रपतिले हाम्रो छिमेकी भारत मात्र होइन, पाकिस्तान, श्रीलंका र माल्दिप्ससम्मको भ्रमण गरेको दुई वर्ष भइसक्यो । उनी अहिले आउँछन् भने पनि चीनले नेपाललाई उत्पात महत्त्व दिन्छ भनेर विश्लेषण गर्नु आत्मरतिसिवाय केही होइन ।

हो, दक्षिणमा हाम्रो छिमेकी भारत हो र उत्तरमा चीन । दुवै देशको भीमकाय भूगोल र अर्थतन्त्रले मानसिक रूपमा हामीलाई यस्तो लिलिपुट बनाएको छ, जसले गर्दा हामी भैरहवाभन्दा भारतको र चरिकोटभन्दा चीनको धेरै चर्चा गर्छौ । नेपालको विषयमा बेइजिङमा पनि दिनरात छलफल भइरहेको होला, जनताले पनि नेपालप्रति निकै सहानुभूति राख्छन् होला भन्ने भ्रम हामीलाई छ । तर, दु:खको कुरा, चिनियाँ जनमानसमा नेपाल कुनै त्यस्तो खास विषय नै होइन । स्तम्भकारको दुईवर्षे चीन बसाइमा हजारौा मान्छेसँग भेट्दाको अनुभव के छ भने युनिभर्सिटीका विद्यार्थीलाई समेत नेपाल तिमीहरूको छिमेकी देश हो भनेर स्पष्ट पार्नुपथ्र्यो । त्यो किनभने उनीहरूलाई आफ्नो सपना र समृद्धिबाहेक अरूका बारेमा अतिरिक्त चासो छैन । दोस्रो कुरा, चीनको वरिपरि नेपालजस्ता १४ वटा देश छन् । हामीलाई टाढा लागे पनि किर्गिस्तान र ताजकिस्तानसम्मका देश चीनका छिमेकी हुन्, उत्तरकोरियाको आणविक उन्माद र भियतनामसँगको सामुद्रिक विवाद चीनका प्राथमिक विषय हुन् । ताइवानको चुनौती, हङकङको हडताल चीनका इस्यु हुन्, भारतसँगको व्यापार र रसियासँगको साझेदारी चीनका एजेन्डा हुन् । तर, यी सबैलाई थाती राखेर चीनले नेपालका बारेमा सोच्छ भनी हामी आफौ आशावादी भएर बस्छौा, हाम्रो दुर्भाग्य यही हो ।

नि:सन्देह त्यो चीनको आफ्नो रुचिको विषय हो, तर वास्तविकता के भने चीनका लागि नेपालभन्दा सुदूर अफ्रिका प्यारो छ । चीनले अफ्रिकी देशमा डेढ दशकयता मात्रै एक हजार सात सय परियोजनाका लागि ७२ अर्ब अमेरिकी डलर अर्थात् करिब ७६ खर्ब नेपाली रुपैयााबराबरको आर्थिक सहयोग गरेको छ । त्यो रकम आजका दिनमा पनि नेपालजस्ता आठवटा देशको सम्पूर्ण वार्षिक बजेटबराबर हो । विनाशकारी भूकम्पपछि काठमाडौंमा जम्मा भएका संसारभरका दाताले विशाल छातीका साथ घोषणा गरेको कुल रकम हो, चार खर्ब नेपाली रुपैयाा । त्यही रकम जुटाउन सफल भएकोमा हाम्रा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतलाई लन्डनको प्रतिष्ठित मिडिया ‘द बैंकर’ ले वर्षका उत्कृष्ट अर्थमन्त्रीको रूपमा पुरस्कृत पनि गर्‍यो । तर, आश्चर्य, यहीबीच चीन एक्लैले पाँच खर्ब नेपाली रुपैयााबराबरको रकम केन्यालाई सहयोग गरेको छ ।

केन्या मात्र होइन, युगान्डा, घाना, सेनेगल, इथियोपिया, जमैकाजस्ता देशको समृद्धिका लागि पैसा खन्याएर चीनले अमेरिकाजस्ता देशलाई अध्ययन–अनुसन्धानको नयाँ भारी थपिदिएको छ । चीनले अफ्रिकामा मात्र प्रभाव विस्तार गर्न खोजेको हो भन्नेहरूलाई जवाफ दिन राष्ट्रपति सी अप्रिल ०१५ मा उपहारको भारी बोकेर इस्लामाबाद ओर्लिएका थिए, जहाँ उनले पाकिस्तानको विकासका लागि पैसाको बाढी बगाउने घोषणा गरे । पाकिस्तानमा जलविद्युत्, सडक र ग्यास पाइपलाइन विस्तारका लागि ४६ अर्ब अमेरिकी डलर अर्थात् करिब ५० खर्ब नेपाली रुपैयााबराबरको रकम खर्च गर्ने चिनियाँ राष्ट्रपतिको घोषणाले भारतसमेत तर्सिएको छ । पाकिस्तानबाट पर्सियन खाडी हुादै युरोप जोड्न महत्त्वाकांक्षी परियोजना सुरु गर्ने चीनले हामीसँग भएको चल्तीको एउटा दु:खी नाका पनि डेढ वर्षदेखि बन्द राखेको छ । जनताबाट निर्वाचित हाम्रा प्रतिनिधिले संविधान आफौ लेखेको निहुँमा दक्षिण छिमेकी भारतले हैकम देखाएर नाकाबन्दी गरेपछि निसास्सिएका हामीले उत्तरतिर हेरेर याचना गरेकै हौँ । तर, त्यो मानवीय विपत्मा समेत तातोपानी नाका खोल्न तयार नभएको चीनले नेपालको राजधानी हुादै भारत र पूरै दक्षिण एसिया जोड्ने सडक अथवा रेल सञ्जाल विस्तार गरिदेला भनेर आशा गर्नु हाम्रो विवशता हुन सक्छ, तर विश्वासमा परिणत हुन धेरै कठिन छ । हुन त चिनियाँ राष्ट्रपतिको ‘वान बेल्ट वान रोड’ अवधारणामा भारत हुादै हिन्द महासागर पुग्ने ‘साउथ बेल्ट’ परियोजनामा नेपाल अवश्य जोडिन्छ भनेर केही कूटनीतिज्ञ आशावादी पनि छन् । तर, संवेदनशील क्षेत्र तिब्बतलाई सीधै संसारसँग जोड्ने यो परियोजनामा चीन आफौ उत्साही छैन भनेर उसले पर्याप्त सन्देश दिइसकेको छ । हो, एक सय २५ करोड उपभोक्ताको बजार भारतसँगको पारवहनलाई आधुनिक र तीव्र बनाउन चीन पक्कै पनि अग्रसर छ । तर, त्यसका लागि नेपाल एउटा गतिशील पुल हुन सक्छ भनेर हामीले नारा जपिरहेका वेला चीनले युनानको कुनमिङबाट म्यानमारको मन्डाले, बंगलादेशको ढाका हुादै भारतको कोलकातासम्मको सडक सञ्जाल विस्तार गर्ने काम सुरु गरिसकेको छ । कुनमिङबाट सुरु भएको सडक कोलकाता मात्र होइन, बिहार र उत्तरप्रदेशसम्म विस्तार गर्ने गृहकार्य सुरु भइसकेपछि पनि भारतीय बजार पुग्न चीनका लागि नेपाल अनिवार्य माध्यम हो भन्ने हाम्रा विकास विज्ञले नेपाली जनतालाई सान्त्वना मात्र होइन, बेइजिङ र दिल्लीलाई समेत स्वस्थ मनोरञ्जन दिइरहेका छन् भन्दा फरक पर्नेछैन ।

हामीले जति बुद्धिविलास गरे पनि चीनका लागि नेपाल रणनीतिक साझेदार होइन । त्यसैले नेपालको पूर्वाधार विकासमा लगानी गर्नु चिनियाँ समृद्धिका लागि कुनै सर्तको विषय होइन । फेरि पनि एक असल छिमेकीको रूपमा चीनले नेपालमा सहयोगी हात अघि बढाउन सक्छ, तर त्यसलाई स्विकार्न हाम्रो छाती पर्याप्त छैन । पूर्ववर्ती राष्ट्रपति हु जिन्ताओले १० वर्षमा सात देशको मात्र भ्रमण गरेका थिए, तर राष्ट्रपति सीले एकै वर्षमा १४ देशको भ्रमण गरेर चीनभित्र आफ्नै इतिहास बनाएका छन् । त्यसैले नेपाल आउनु वा केही घन्टा ‘ट्रान्जिट’ मा रोकिनु उनका लागि कठिन विषय अवश्य होइन । तर, चिनियाँ राष्ट्रपति कुनै पब्लिसिटी क्याम्पेनर पनि होइनन्, जो कुनै व्यक्ति वा दलको लोकप्रियता बढाउने अनुबन्ध पालन गर्न मित्र देशहरूको भ्रमण गर्छन् । भारतमा मोदीसँग चङ्गा उडाएर चुनावमा उनको पक्षमा माहोल बनाइदिने सलमान खान, श्रीलंकामा तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेको र्‍यालीमा भीड बढाइदिने ज्याकलिन फर्नान्डेज र नेपालमा कुनैवेला बाबुरामको पक्षमा दर्शकलाई मनोरञ्जन दिने मनोज गजुरेलजस्तै चुनावी क्याम्पेनरको रूपमा सी जिनपिङलाई उपयोग गर्न सकिन्छ भनेर आशावादी हुने र त्रसित हुनेहरू यही देशमा छन् र ती असली राष्ट्रवादी हुन् भन्ने दुवै पक्षको दाबी छ । जुन देशमा थरीथरीका राष्ट्रवादीले रंगीचंगी परिधान लगाएर अनेकानेक हाउभाउका साथ क्याटवाक गरिरहेका छन्, सी जिनपिङजस्ता दर्शकको आँखा पक्कै पनि तिरमिराउँछन् । आँखा तिरमिराएका वेला पनि ताली ठोकिहाल्ने र बाटो लागिहाल्ने स्वभाव भएको भए चीन आर्थिक र सामरिक रूपमा शक्तिशाली देश अवश्य पनि बन्न सक्ने थिएन । हामीले आफ्नै विषयमा जेजस्तो भ्रम पाले पनि चीनको विषयमा भने यति विश्वास गर्नै पर्छ ।

नयाँ पत्रिका दैनिकका कार्यकारी सम्पादक चाैहानले साेही पत्रिकामा लेखेकाे विचार

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

हिसिला यमिको जिब्रो नियन्त्रण गर्न मनोज गजुरेलको आधा दर्जन टिप्स, के के छन् ?

Friday, 7 April 2017

मनाेज गजुरेल जिब्रो चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ, हिसिला’दीकोजस्तै ...

‘नवराज सिलवालकै हतियार सप्लाई’मा प्रचण्डसहित नेतृत्वको यसरी हुँदै थियो सामुहिक हत्या !

Thursday, 23 March 2017

काठमाडौं, १० चैत्र। नेपाल प्रहरीका डिआइजी तथा सिआइबी प्रमुख नवराज सिलवाल प्रहरी प्रमुख बन्ने दौडमा छन् । सरकारले डिआइजी जय ...

दुई ‘महान्’ राजनीतिक ठग !

Wednesday, 15 March 2017

– देवप्रकाश त्रिपाठी कमल थापालाई खास अवस्थामा राष्ट्रपति या प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुने भएछ भने अर्को रहस्य पनि राम्रैसँग ...

विशेष सम्पादकीय : भारतीय ‘दादागिरी’ अन्त्य गर, सिमामा तुरुन्त ‘पर्खाल’ लगाउ

Friday, 10 March 2017

विहीबार काठमाडौं सहित देश भर एउटा खबरले सनसनी मच्चायो । ‘भारतीय सिमा सुरक्षा बल एसएसबीको गोली प्रहारबाट एक नेपालीको मृत्यु’ ...

स्वतन्त्र नारी

Wednesday, 8 March 2017

योगेश ढकाल चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुर  हरेक व्यक्ति आफैंभित्रै स्त्री र पुरुषको समायोजन हो । हाम्रो शरीर ...

नारी दिवस किन मनाउँने ?   

Wednesday, 8 March 2017

सुमन खनाल चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुर स्कुलमा रिजल्ट आउने तयारी हुदै थियो ।  कक्षा ५ मा जेहेन्दार ...

अन्तिम दिन बीबीसीबाट रवीन्द्र मिश्रको घोषणा :‘निलो पानीको डुङ्गाबाट फोहोर पानीमा हाम फालेँ’

Tuesday, 28 February 2017

काठमाडौं, १७ फागुन । पत्रकार रवीन्द्र मिश्रले बीबीसी नेपाल सेवाबाट राजिनामा दिँदै नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् । ...

आइजिपी प्रकरण : तेस्रो बरियताका कुलमान घिसिङले उज्यालो दिन हुने, प्रहरीमा किन नहुने ?

Tuesday, 21 February 2017

सुमन बराल सरकारले पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई पन्छाएर तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा ...

मिंयो बिनाको प्रहरी : जब वामदेवलाई सलामी टक्र्याउन आइजिपी साप होटलमा पुगे…

Monday, 20 February 2017

राजु भट्टराई २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि देशले शान्ति सुरक्षा र अमनचयन पाउला भनेर सोचेको सोझा नेपाली जनताको चाहानामाथि राजनीतिक ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top