sangrila bank

रोल्पामा डा केसीद्धारा ३ सयभन्दा बढीको उपचार

रोल्पा, ३१ भदौ । चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौँ सत्याग्रहको घोषणा गर्नुभएका डा गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा केसी झोलामा औषधि बोकेर बुधबार रोल्पा पुग्नभएको थियो । शिविर सम्पन्नपछि उनी आज बिहानै बसबाट काठमाडौँ फर्केको स्वास्थ्य केन्द्रले बताएको छ ।

अन्य समयमा दैनिक ३० देखि ४० जना बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरका दिन बिरामीको भिड नै लागेको डा बज्राचार्यले बताए ।
शिविरको पहिलो दिनमै उनले करिब सय बिरामीको उपचार गरेका थिए  भने दोस्रो दिन २३० भन्दा बढी बिरामीको उपचार भयो ।

डा केसीकै कारण एक सुत्केरी आमाको ज्यान जोगिएको स्वास्थ्य केन्द्रले जनाएको छ । अत्यधिक रक्तश्रावले सिकिस्त बनेकी ती महिलाको डा केसीले उपचार गरेपछि ज्यान जोगिएको थियो ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् रोल्पाका जनता

Thursday, 12 January 2017

लिबाङ (रोल्पा), २८ पुस । यस जिल्लामा अझै पनि कतिपय दम्पती परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको ...

बाटो नभएपछि स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन सकेन

Thursday, 12 January 2017

बनियानी (झापा), २८ पुस । झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । ...

तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट करिब ७०० लाभाविन्त

Thursday, 12 January 2017

मुस्ताङ, २८ पुस । थकाली समुदायको १२ वर्षे कुम्भमेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपालले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ...

फागुनभित्र दर्ता तथा नवीकरण नभए स्वास्थ्य संस्था खारेज हुने

Thursday, 29 December 2016

काठमाडौँ, १३ पुस । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था ...

एकै परिवारमा चारजनाको मिर्गौला बिग्रेपछि परिवार बिचल्लीमा

Monday, 12 December 2016

फलेवास ९पर्वत०, २७ मङ्सिर । झट्ट सुन्दा पत्यार पनि नलाग्ने । एकै परिवारका चार चारजना सदस्य मिर्गौला रोगबाट पीडित छन् ...

वीरगन्ज कारागारमा चार जना एचआइभी सङ्क्रमित

Saturday, 10 December 2016

वीरगन्ज, २५ मङ्सिर । वीरगन्ज कारागारमा रहेका कैदीबन्दीमध्ये चार जनामा एचआइभी संक्रमण र एक जनामा हेपाटाइटिस सि देखिएका छन् । ...

स्तनक्यान्सरको सफल शल्याक्रिया

Friday, 9 December 2016

दाङ, २४ मङ्सिर । दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा दाङ ...

दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्याक्रिया

Friday, 9 December 2016

दाङ, २४ मङ्सिर । दाङ जिल्लामा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको ...

औलो रोगको सङ्क्रमण बढ्यो

Saturday, 3 December 2016

सिन्धुली, १८ मङ्सिर । सिन्धुलीमा यसवर्ष औलो रोगीको सङ्ख्यामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा औलोका ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top