सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

 
बैतडी, १ असोज । बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ ।

विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । परम्परागत किंबदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला ९गोठाला० हरुले पुतनाको शव दहन गरेको कथन रहेको पण्डित दयाकृष्ण पन्तले राससलाई बताउनुभयो ।

द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्ण दुध चुसी मारेको तथा विशाक्त दुध चुस्दा पनि भगवान श्री कृष्ण बाँचेको खुशियालीमा असोज संक्रान्तीका दिन यो पर्व मनाईने गरिएको पण्डित पन्तको भनाई छ ।

सुदूरपश्चिममा भाद्र संक्रान्तीका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङगोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ ।

ओल्के संक्रान्तिका दिन गोठालाहरुले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन् । दैनिक थप्दा केही स्थानमा निकै ठूलो बुढी बन्ने गर्छन् ।

गाई गोठालाहरुले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखहरुबाट निर्मित बुढीको पुतनालाई साँझपख जलाउने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि रहेको छ । यसो गरेमा पशु चौपायमा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ ।

ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलि अग्लो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानिय भाषामा “बुढी हालेको’’ भन्ने गरिन्छ । यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ’बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ ।

पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले थुई बुढी थुई भन्ने गर्छन् ।

त्यस्तै बुढी पोलेर घर फकिर्ने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ । यस पर्वमा रातभरी डेउडा, भुवा जस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन पनि छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

मिस हेरिटेज क्विनको दोश्रो अडिसन सम्पन्न,अन्तिम अडिसन साउन ७ मा हुने

Thursday, 20 July 2017

काठमाडौं,५ असार। नेपाल मै पहिलो चोटी कला,सस्कृति र सम्पदाको संरक्षण एवम प्रवर्धन  गर्ने उदेश्यले आयोजित मिस हेरिटेज  क़ुईन्  सफलतापुर्वक अघि ...

भोलिदेखि सुरु हुने अष्ट्रेलियन शैक्षिक मेला (२०७४) को तयारी पूरा

Thursday, 13 July 2017

काठमाडौं, २९ असार । राजधानीको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा भोलि (असार ३०) गतेदेखि अष्टे«लियन शैक्षिक मेला (२०७४) सुरु हुने भएको छ ...

‘भर्जिन गन्तव्य’ लोमान्थाङमा आन्तरिक पर्यटकको भीड

Thursday, 20 October 2016

मुस्ताङ, ४ कात्तिक । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । ...

पहिले र अहिले : छोटो समयमा विकास भएका यी १० वटा शहरहरु

Wednesday, 24 August 2016

एजेन्सी । २१ वर्ष अगाडि दुवई एउटा सुख्खा मरुभुमी थियो । र, अहिले जस्तो विकसित देश होला भनेर कसैले विश्वास ...

इतिहास- १५ वटा तस्विरमा हेर्नुहोस् उहिलेको काठमाडौं

Wednesday, 17 August 2016

काठमाडौ ५, भदौ । पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ ...

तस्विरमा हेर्नुहोस् विश्वका सबैभन्दा सुन्दर १२ गाउँहरु

Thursday, 11 August 2016

एजेन्सी । कस्ले भन्छ ठुल्ठुला शहरहरु मात्र सुन्दर र आकर्षक हुन्छन् भनेर ? संसारमा यस्ता गाउँहरु प्नि छन्, जसले सबैका ...

विश्वको सबैभन्दा मोटो बालक

Thursday, 30 June 2016

एजेन्सी । विश्वको सबैभन्दा मोटो युवक जसको तौल १९२ किलोग्राम रहेको छ । अस्वस्थ १० बर्षीय ती बालक विश्वकै सबैभन्दा ...

कफी सेवनबाट हुने फाइदाहरु

Thursday, 23 June 2016

कफी हाम्रो जिन्दगीको भाग बनिसकेको हुन्छ । बिहान निन्द्रालाई टाढा भगाउनु छ वा दिन भरिको थकानपछि आरामको जरुरी हास् कफिको ...

जीवनमा खुशी हुनलाई यी उपायहरु अपनाऔँ

Wednesday, 15 June 2016

  मानिसको जीवनको सबै भन्दा ठूलो उपलब्धिनेै खुशी हो ।सबै मानिसहरु आफनो जिन्दगी खुशीयाली रुपले जिउन चाहन्छन् । जहाँ तिनीहरु ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top