sangrila bank

यस्ताे थियाे १० वर्षे सशस्त्र युद्धमा कर्णालीमा युद्ध पत्रकारीता

नविन रिजाल

नेकपा (माओवादी) ले वि.स. २०५२ फागुन १ गते जनयुद्धको घोषणा ग¥यो । जनयुद्धमा जनसेनाको जस्तै प्रचार कार्य महत्वपूर्ण थियो । त्यस कार्यमा कर्णाली क्षेत्रमा आँउदा मैले अवसर पाएँ । मेरो रोजाईको विषयबस्तु मिसन पत्रकारिता भएकाले पार्टीले दिएको जिम्मा मैले गम्भीरताका साथ लिए । युद्धलाई वस्तुवादी ढंगवाट विश्लेषण गरी समयसापेक्ष बनाउन आवश्यक थियो । तत्कालिन सरकारले दमन अभियान अगाडि बढायो । तर गरिब, निमुखा वर्गको मुक्ति चाहनेहरु झनै संगठित हुन थाले । मैले यही कुरा सम्प्रेषण गरेँ ।

राज्यले हाम्रो कामलाई समेत आतंककारीको बिल्ला भिरायो । हामीले आफ्ना कलमलाई झन् तिखो बनाउदै जनतालाई क्रान्तिको पक्षमा लाग्न र स्वतन्त्रताको गीत गाउन आव्हान गर्दै कलम चलायौं । साहित्यिक पत्रिका कलम, जनादेश र जनदिशा दैनिकका प्रधानसम्पादक कृष्णसेन इच्छुकसहित कञ्चन प्रियदर्शी, देवकुमार आचार्य, कमल एसी, विनोद चौधरी, डि. कौडिण्य, ज्ञानेन्द्र खड्का लगायतलाई कब्जामा लिएर हत्या ग¥यो । राज्यले त्यतिखेर नेपालमा पत्रकारहरुको लागि विश्वकै ठुलो जेल बनायो । प्रायः क्रान्तिकारी पत्रकारहरु जेलमा बन्दी बनायो ।

दैलेखको सन्दर्भमा पनि क्रान्तिकारी पत्रकार देउरुपा सलामी, सुकुल सिंह, राजेश शाही, प्रकाश न्यौपाने जस्ता योद्धाहरुको विभत्स हत्या गरियो । मिलन नेपाली, दण्डपाणी शर्मा जस्ता दर्जनौं पत्रकार राज्यपक्षबाट बेपत्ता पारियो । युद्धको मोर्चामा जीवनको प्रवाह नगरी समाचार संकलन गर्ने पत्रकार नै साहसिक पत्रकार हुन् । फौजी आक्रमणमा माओवादी विद्रोहले पुराना सत्ताका क्याम्पहरु जतिजति हमला गरे, ती सबै मोर्चामा क्रान्तिकारी पत्रकारहरु सहभागी भएका थिए । युद्ध मोर्चाहरुमा संगसंगै दुश्मनसंग पौठेजोरी खेलीरहेका जनसेना र शाहीसेनाका गोलीका पर्राको विचमा कलम रेकर्डर क्यामेरा चलाउनु कम चुनौती थिएन । बाजुराको पाण्डुसेन, रुकुमको रुकुमकोट, अछामको मंगलसेन, अर्घाखाचीको सन्धिखर्क, जुम्लाको खलंगा, डोल्पाको दुनै, रोल्पाको होलेरी, म्याग्दीको बेनी, रोल्पाको सिस्नेगाम, पाल्पाको तानसेन, दैलेखको नौमूलेमा दुनियामा साहसिक पत्रकार सहभागी भएका थिए ।

नेपालमा सरकारभन्दा बाहिर रहेर रेडियो प्रशारण गर्नु कल्पनाको विषय थियो । तर असम्भव भन्ने कुरा केहि हुदो रहेनछ । काठमाडौ महानगरपालिकाले सञ्चालन गरेको रेडियो मेट्रो सँगै अरु पाँच टान्समिटर आएका थिए । त्यसलाई पार्टीले प्रयोग गर्न सफल भएकैले देशभर जनताको पक्षमा रेडियो गणतन्त्र घन्कन पाएको थियो । मैले यिनै रेडियोमा कालिकोट पिली आक्रमणलाई प्रशारण गर्ने मौका पाएँ । त्यतिबेला भेक आवाजका चंख रोकाया पनि हुनुहुन्थ्यो । योजनाबद्ध आक्रमण भएकाले माओवादीले पिली आक्रमण सफल पार्यो । २५० तत्कालिन नेपाली सेनामध्ये एक सय ६९ जनाको मृत्यु भयो ।

६० जना कब्जामा परे । विद्रोही सेनाका उच्च तहका कमाण्डरसहित २२ जनाको मृत्यु भयो । यो अभियानमा ज्यानको बाजी थापेर भेरी कर्णाली प्रदेशका सञ्चारमाध्यमका रुपमा जनसन्देश पत्रिका, रेडियो भेक आवाज थियो । रेडियो भेक आवाजमा रामलाल विकको नेतृत्व थियो । अछाममा सेतीमहाकाली रेडियो र पत्रपत्रिका थिए । यस्ता सबै क्षेत्रमा विभिन्न नामका मिडियाहरु माओवादीले सञ्चालनमा ल्याएको थियो । रेडियोमा दुई पक्षहरु लडेको आवाजसमेत सुनाउनका लागि दोहोरो बन्दुकको बिचमा रुखको आड लिएर आवाज रेर्कड गराउनुपर्ने पीडा पत्रकारलाई छदैं थियो । त्यही अभियानमा मैले मेरो दायित्व बढेको बोध गरेँ ।
खासगरी समाचार संकलनका साधनहरु क्यामरा, रेकर्डर संरक्षण गर्नु अझै बढी जोखिमपूर्ण थियो । क्यामरा रिल, क्यासेट, ब्याटी, डायरीको संरक्षण पनि उत्तिकै जोखिमपूर्ण थियो । युद्धको भीषणतासंगै विष्फोटन आगोपानी, चिसो गर्मी र रसायन आदिले गर्दा यस्ता सहयोगी साधनहरु कहिलेकाही विग्रने, नष्ट हुने चिन्तासंगै ज्यानको जोखिम राखेर गरिएको यो पत्रकारितालाई आजभोलि कहिकतैबाट हल्का रुपमा विश्लेषण गरेको देख्दा उदेक पनि लाग्ने गर्दछ । तत्कालिन समयमा उच्च हिमाली भेगमा युद्ध मोर्चाहरुमा जाडोले ब्याटीका शक्ति नष्ट हुन्थे । बजारको अभावले आवश्यक सामाग्री हुदैन्थ्यो ।

युद्ध यात्रामा नदी तर्नुपर्ने, वर्षामा हिलोमा हिड्नुपर्दा समाचारका सामग्री भिजेर बिग्रन्थे । यसरी बाच्ने र मर्ने ठेगान नभएको जोखिमपूर्ण काम गरेका कारण युद्ध पत्रकारिताको परिभाषा भएको हो । तत्कालिन समयमा माओवादीले सञ्चालन गरेका विभिन्न सञ्चारमाध्यममध्ये केन्द्र भागमा जनादेश र जनदिशा लगायतका पत्रपत्रिका थिए । लिथो मसीबाट जंगलका ओडारमा राखेर प्रकाशित हुन्थे । रेडियो बजाउनका लागि अग्लो रुखका टुप्पामा टावर राखेर बजाउनुपर्ने बाध्यता थियो । असुरक्षा हुनासाथ एक ठाउबाट अर्को ठाउमा रेडियोका सामग्रीहरु डोकोमा बोकेर हिडिन्थ्यो । डोके रेडियो भन्ने चलन पनि थियो । यी मिडियामा युद्ध पत्रकारहरुले जोखिम मोलेर ल्याएका समाचारहरु बज्ने गर्दथे ।

भेरी कर्णाली प्रदेशको जाजरकोटको खुरु गर्खाकोट जंगलमा रहेको अग्लो डाडामा रेडियो टावर थियो । उता, रुकुमको तीन बहिनी हिमालमा जनगणतन्त्र रेडियो नेपाल थियो । त्यसको सम्पूर्ण जिम्मा सचिन रोकाको थियो । उहा रेडियो प्रबन्ध निर्देशकसमेत हुनुहुन्थ्यो । उहाको टिममा लक्ष्मी पुन, मौसम रोका पनि हुनुहुन्थ्यो । अहिले उहाको सक्रियतामा सुर्खेतमा प्रदेश एफएमको परीक्षण प्रसारण भैरहेको छ । उहाले युद्धको समयमा साहसिक पत्रकारको भूमिका पाएपछि प्रचारप्रसारका गतिविधिहरु पनि आफ्नो उद्देश्य अनुसारको श्रमजीवि सर्वहारा वर्गकै पक्षमा बढी हुने गर्दथे । युद्ध पत्रकारिताको इतिहास हामीसितै छ । हरिमाया शर्मा (आशा) युद्ध पत्रकारितमा छदा उनका परिवारका चार जना सदस्य राज्य पक्षबाट मारिएका छन् । बाबु, दाजु, बहिनी र आफ्नो नजिकको नातेदार गुमाउदा उनले जीवनको ठूलो पीडा भोग्नुपरेको थियो । अहिले उनी सुर्खेत जिल्लाको नेकपा माओवादी केन्द्र निकटको महिला संयोजक छिन् । यसले युद्धको समय कस्तो थियो भन्ने समेत प्रतिनिधित्व गर्दछ ।

दश वर्षको अवधिमा १७ हजारबढीको ज्यान गएको छ । अब त्यो कथा भैसक्यो भन्नेहरु पनि छन् । किनकी, त्यसलाई लिपीबद्ध गर्न सकिएन । तर, जिउदा योद्धाहरु अहिले पनि प्रमाणका रुपमा रहेका छन् । युद्धको काम सजिलो हुने भएको भए जोकोहीले पनि मोर्चा कस्न तम्सने थिए । तर, त्यस्तो सम्भव छैन् । जनयुद्ध आफैमा अभियान हो । त्यो गरिब, निमुखा, अभावमा जेलिएका, भ्रष्टाचारबाट आक्रान्त भएको मुलुकमा हुन्छ । यो अभियान सफल गराउनमा युद्ध पत्रकारको पनि ठूलो बलिदानी छ । सबै युद्ध मोर्चामा सहभागी भै अहिलेसम्म बाचेका ती बहादुर कलमजीविहरु मेरो स्मरणमा आएसम्म उहाको नाम उच्चारण गर्न चाहन्छु । गोविन्द आर्चाय, ओम शर्मा, हिरामणी दुःखी, दीपेन्द्र रोकाया, मनऋषि धिताल, सचिन रोका, नरेन्द्रजंग पिटर, रक्तिम दैलेखी (अंजीर सिह विक), उजिर मगर, खिलबहादुर भण्डारी, प्रभात चलाउने, अजयदिप शर्मा, संगीता खड्का, रामलाल विक, प्रतिक इच्छुक शर्मा, प्रकाश पौडेल, काशी बराल, देवीराम देवकोटा, अर्जुन बोहरा, कृष्णा रेग्मी, लक्ष्मी पुन, मौसम रोका, मनोघ घर्तीमगर, धु्रव बुढाथोकी, शिशिर जिसी, हेमन्त केसी, क्षेत्रप्रताप सुवेदी, रुपेन्द्र ऐडी, अंगराज बुढा, आशा शर्मा, कुमार शाह, जेबी सुनार, गणेशकञ्चन भारती, निलम आरसी, सुशिल शर्मा, प्रदीप वाग्ले, चंख रोकाया आदि छन् । युद्ध पत्रकारीताको अग्रीम मोर्चा गोविन्द आचार्य, ओम शर्मा, दीपेन्द्र रोकाया, मनऋषि धिताल, सचिन रोका, विष्णु सापकोटा लगायतले समालेका थिए ।

मानव समाजका शोषणका सबै जालोबाट मुक्त गराउन महान विचार दिनुहुने माक्र्स, लेलिन माओले आफ्नो जीवनकाल पत्रकारिताबाटै सुरु गर्नुभएको थियो । दुनियाका महान व्यक्तिको जीवन पत्रकारिताबाटै सुरु भएको पाइन्छ । युद्ध विरासतबाट आएका क्रान्तिकारी पत्रकारहरुले नेपाल पत्रकार महासंघको नेतृत्व पाएसम्म उदाहरणीय काम गर्न सफल भएका छन् । सुर्खेत महासंघ गणेश कञ्चन भारतीका कारण उत्कृष्ट महासंघ भएको छ । उनले नया नेपाल दैनिक पत्रिका पनि चलाएका छन् । युद्धमा घाइते पत्रकारहरु पनि छन् । यिनीहरु जीवन निर्वाहमा जटिलता पैदा भएको छ । औषधि खाइरहनुपर्ने, उपचार गरिरहनुपर्दछ । घाइते पत्रकारहरुमा दिपेन्द्र रावल, भवानी ऐर, मौसम रोकालगायत छन् । म पनि जनयुद्धको घाइते र पछि पनि योजनाबद्ध आक्रमणबाट घाइते छु । मैंले अहिले पनि समयसमयमा निरन्तर औषधि खाइरहेको छु । दुईपटकसम्मको घाइते युद्धकालिन पत्रकारको सूचीमा म पनि पर्दछु । म सारीरीक असक्त छु ।

जुनसुकै मुल्य र मान्यतामा पनि चाहे युद्ध होस् वा शान्ति होस् पत्रकारहरुको आफ्नो नियम र अनुशासन हुन्छ । तर आजभोलि अव्यवस्थित बन्दै गएको पत्रकारितालाई संवेदनशिल बनाउन सबैको ध्यान जानुपर्ने देखिन्छ । मनपरी बढेको छ । गल्ती नगर्नेहरु कमै मात्रामा भेटिन्छन् । यस्ता सबै कुरालाई निर्मूल गर्न एकजुट हुनुको साटो एकले अर्कालाई अस्तित्व स्विकार गर्न नसक्ने असहज परिस्थिति अहिले पनि विद्यमान छ । मालिक पत्रकारले मजदुर पत्रकारको पीडा जहिलेसम्म बुझ्दैनन्, तबसम्म यो समस्याको निराकरण हुन सक्दैन् । फरक बिचार राख्नेहरुले यसलाई गलत भनेर ब्याख्या गर्न सक्छन्, तर हामी मिशन पत्रकारिता गर्नेहरु कहिलै बिचलित भएका छैनौ ।

शान्ति प्रकृया शुरु भएपछि मेरो ११ वर्ष पत्रकारितामै बितीसकेका छन् । हिजोका दिन र आजका दिनमा सोचाई बुझाई र काम गराईमा धेरै भिन्नता छ । हिजोका दिनहरु अतितको सम्झनामा सिमित भैसकेका छन् । यूद्ध पत्रकार अहिले ब्यवसाय पत्रकारको छाता संगठन नेपाल पत्रकार महासघको बिभिन्न नेतृत्वमा छन् । २०६४ सालमा नेपाल पत्रकार महासघ दैलेखको उपाध्यक्ष हुदै अहिले पार्षद छु । हामीलाई नेपाल पत्रकार महासघको नेतृत्व लिने कुरा चुनौतिपुर्ण बन्दै आएको छ । परम्परागत सोच र क्रान्तिकारी पत्रकारहरुलाई देख्न नचाहने केही तत्वका कारण अहिले पनि क्रान्तिकारी पत्रकारहरु दरिलो संगठन बनाउन समस्यामा छन् । अहिले पनि धेरै ठाउमा आस्थाका आधारमा धेरै अपमान सहनु परेको छ ।

अहिले राज्य व्यवस्थाको नाम फेरिएको छ । तत्कालिन शाही नेपाली सेनाको नाम पनि फेरिएको छ । व्यवस्था फेरीए पनि जनताको अवस्था फेरीन बांकी नै छ । व्यवस्था परिवर्तनका लागि युद्ध लड्ने माओवादीहरु एक दर्जन समुहमा विभाजित भएपनि फेरी जुट्ने क्रम चलिसकेको छ । यसबाट समाजमा पारेको असर कयौ सताब्दीसम्म मेटिने छैन । नराम्रो पक्षलाई मात्र नहेरी राम्रो पक्षलाई हेर्दा धेरै सकारात्मक परीवर्तनहरु भएका छन् । नेपाली जनताले अपेक्षा गरे जती नतीजा नआएपनी राजनैतीक क्षेत्रमा ऐतीहासीक उपलब्धीहरु हासील भएका छन् ।

यो परिवर्तनलाई माओवादीहरुले बिगत, वर्तमान र भविष्यलाई समिक्षा गरेर अगाडी बड्न आवश्यक छ । अब धेरै कुरामा आफु पनि सुधार्नु आवश्यक छ । अहिले प्रदेश नम्बर ६ को इञ्चार्ज जनार्दश शर्मा प्रभाकर हुनुहुन्छ । उहाँको डिजाइन र प्रत्यक्ष कमाण्डमा थुप्रै योद्धा मोर्चाहरु सफल भएका थिए । अब ६ नम्बर प्रदेश स्रोत साधनले नेपालकै धनी प्रदेश बनाउन पर्नेछ । यसका लागि हामीले मिशन बनाएर प्रचार गर्न तत्लीन हुन परेको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

तीन मिनेट भित्रै भारतले पाकिस्तानलाई यसरी टुक्र्याएर बंगलादेश बनाएको थियो

Saturday, 17 December 2016

रेहान फजल १४ डिसेम्बर सन् १९७१ । समय : लगभग १० : ३० बजे । स्थान : गुवाहाटीको एक एअरबस ...

राष्ट्रपतिलाई महाअभियोग लगाएपछि यस्तो छ दक्षिण कोरिया

Saturday, 10 December 2016

रमेश लम्साल काठमाडाैँ, २५ मङ्सिर । करिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ निलम्बनमा ...

किसानको छोरोले चप्पल लगाएर यो व्यवस्थामा प्रश्न गर्‍यो भने भनिन्छ, ‘राजनीति नगर्नुहोस्’

Sunday, 4 December 2016

भारतीय राजनीतिमा यतिबेला एक युवा उदाएका छन् । मञ्चमा भारतीय संस्थापन पक्ष र त्यहाँको व्यवस्था विरुद्ध चर्को स्वरमा चिच्याइरहने युवा ...

विशेष लेख : संगठनको समस्या र पद्धतिशास्त्रको दिशा

Friday, 2 December 2016

विश्वका प्रमुख मार्क्सवादी विचारकहरु मध्ये जर्ज लुकास एक मानिन्छन् । सन् १८७५ मा हंगेरीमा जन्मिएका लुकासको विचारधारात्मक क्षेत्रमा महत्वपूर्ण योगदान ...

दशैँ मान्न सबै सर्वसाधारण गाउँ हिँडेपछि काठमाडौंका सडक सुनसान

Monday, 10 October 2016

काठमाडौँ, २४ असोज । बडादसैँको नवमीका दिन आज काठमाडौँका मुख्य बजार र सडक प्राय  : सुनसान देखिएको छ । दसैँ ...

मैले यो पुस्तक किन अनुवाद गरेँ ?

Sunday, 2 October 2016

प्रचलित शिक्षा प्रणालीमा स्कूलको भूमिका ज्यादै महत्वपूर्ण छ । तर स्कूल जसका निम्ति बनाइएका हुन्, तिनका निम्ति आकर्षण होइन विकर्षणका ...

अलमलमा परेका कामरेडहरूसित

Thursday, 22 September 2016

डा. ऋषिराज बराल विश्वका उत्पीडित जनता, भाइचारा पार्टीका नेता तथा कार्यकर्ताहरू यतिखेर बडो गम्भीरताका साथ नेपालको माओवादी आन्दोलनलाई हेरिहेका छन् ...

सिपी गजुरेल क. गौरवको रकमी र काइते लेखको विश्वास नगरौँ’

Wednesday, 21 September 2016

डा. ऋषिराज बराल विषयप्रवेश नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मुखपत्र 'माओवादी' को पूर्णाङ्क १०, २०७३ मा सो पार्टीका वरिष्ठ ...

राष्ट्रवादको क्याटवाक

Monday, 12 September 2016

दुई वर्षअघि २६ र २७ नोभेम्बरमा नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनले दक्षिण एसियाको शान्ति र समृद्धिका लागि के त्यस्तो ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top