अलमलमा परेका कामरेडहरूसित

डा. ऋषिराज बराल

विश्वका उत्पीडित जनता, भाइचारा पार्टीका नेता तथा कार्यकर्ताहरू यतिखेर बडो गम्भीरताका साथ नेपालको माओवादी आन्दोलनलाई हेरिहेका छन् । सन् २००६ पछि नेपालको माओवादी आन्दोलनले गलत बाटो लियो भन्ने कुरामा विश्वका माओवादी पार्टीहरूको एकै मत छ र यस किसिमको बाटो लिनुमा नेतृत्व पङ्क्तिको उच्च तहमा रहेका प्रचण्ड–बाबुरामको गद्दारी नै प्रमुख कारण हो भन्ने पनि उनीहरूको ठहर  छ । ठहरकर्ताहरूले कहाँकहाँ के के भने त्यसको सूची र सन्दर्भ यहाँ सम्भव छैन तापनि घटनाक्रमहरूले यो निष्कर्ष सही साबित भएको पुष्टि गरेका छन् । बाबुराम भट्टराई मार्क्सवाद नै त्यागेर पलायन भइसकेका छन्, प्रचण्डले दस्ताबेजमा मालेमा लेखे पनि उनको पार्टी मालेमाका आधारभूत मूल्यबाट धेरै पर पुगेको छ र यसले संसद्वादको रक्षाको जिम्मा लिएको छ । प्रचण्ड भारतीय विस्तारवादको सच्चा सेवक, राष्ट्रिय आत्मसमर्पणवादी दलालमा परिणत भएको यथार्थलाई भर्खरै भारत भ्रमणका क्रममा प्रचण्ड र नरेन्द्र मोदीबीच भएको २५ बुँदे सम्झौताले राम्रोसँग पुष्टि गरेको छ ।

प्रचण्ड–बाबुरामको गद्दारीका विरुद्ध विद्रोह गर्नु जायज थियो । तपसिलमा अन्य केही कुराहरू भए पनि विद्रोहको मूल आधार वैचारिक पक्ष नै थियो र विद्रोह सही थियो । कमरेड किरणको नेतृत्वमा विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी–माओवादी निर्माण गरेपछि विश्वका माओवादी पार्टी  तथा सङ्गठनहरूले यसलाई बडो उत्साह र आशाका साथ स्वागत गरेका थिए । इतिहासबाट शिक्षा लिएर र अनुभवको संश्लेषण गरेर कमरेड किरणको नेतृत्वमा पार्टी अघि बढोस् भनेर उनीहरूले कामना पनि गरे । भाकपा (माआवादी) ले चिठी नै लेखेर यसको स्वागत गर्यो  र  पार्टीको सातौँ महाधिवेशनमा केही भाइचारा पार्टीहरू  सहभागी पनि भए । तर महाधिवेशनमा  देखिएको परिदृश्य र वैचारिक प्रश्नहरूलाई लिएर विस्तारै प्रश्नहरू उठ्नथाले । पार्टीले लिएको कार्यदिशा र कतिपय निर्णयप्रति भाइचारा पार्टीहरू त्यति सन्तुष्ट हुन सकेनन् । कतिपयले यसलाई आलोचनात्मक किसिमले समर्थन गरे भने कतिपय अहिले नै यसलाई आलोचना गरिनहाल्ने र पर्खिने स्थितिमा पुगे । बभ अभाकियनको ‘न्यु सिन्थेसिस’ लाई स्वीकार नगरेकाले सबैभन्दा आलोचकका रूपमा आरसिपी, अमेरिका देखापर्यो ।

प्रचण्डसित विद्रोह गरेपछि कमरेड किरणको नेतृत्वमा नयाँ पार्टी गतिका साथ जाने कुरामा सबैको आशा थियो । कार्यदिशा र सङ्गठनात्मक संरचनालाई लिएर एकातिर पार्टी आन्तरिक कलहमा अलमलियो भने अर्कातिर अन्तर्राष्ट्रिय क्षेत्र, खास गरेर भाइचारा पार्टीहरूसित पनि यसले राम्रो सम्बन्ध बनाउन सकेन  । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सन्दर्भमा अनुभव र नेतृत्वका दृष्टिले कमरेड किरणले नेतृत्वमा रहेको पार्टी नै अघि थियो । योसित कोरिमकम्पोसासित सम्बद्ध नेताहरू थिए । तर अन्तर्राष्ट्रिय माओवादी आन्दोलनप्रति यसले भरपर्दो विश्वास जगाउन सकेन । युरो–अमेरिकी तथा चीन–कोरियाली राजदूतावाससितको कफी गफलाई नै यसले अन्तर्राष्ट्रिय सम्बन्ध विकास गरेको ठान्यो । भारत,टर्कीलगायत विश्वमा चलिरहेका जनयुद्धको समर्थनको त कुरै छाडौँ, त्यहाँ माओवादी पार्टी र जनतामाथि भएका दमन र राज्यआतङ्कको विरोध गर्नु पनि नेकपा–माओवादीले आवश्यक ठानेन । विश्वव्यापी स्तरमा यस किसिमका कार्यक्रमप्रति पनि यसले एकदमै उदासीनता देखायो । यसले भाइचारा पार्टीहरूलाई थप आशङ्कित तुल्याउनु स्वाभाविक थियो ।

त्यसपछि पार्टीभित्रको एउटा समूह ‘दुई लाइन सङ्घर्ष’ बिना नै बडो अप्रत्यासित र रहस्यमय ढङ्गले कमरेड  ‘विप्लव’ को नेतृत्वमा अलग्गियो । पेरिस कम्युनदेखि यताको कम्युनिस्ट आन्दोलन र विचारको इतिहास ‘मिति नाघेको’ भन्दै र नयाँ जनवादी क्रान्ति र यसका आधारभूत प्रस्थापनाहरूलाई खारेज गर्दै यसले ‘एकीकृत क्रान्ति’ नामको हावादारी कार्यदिशा र सत्ता साझेदारीको कार्यनीति अघि सार्यो । कमरेड किरणको नेतृत्वमा रहेको पार्टीका लागि सङ्गठनात्मक दृष्टिले विप्लव समूहको बहिर्गमन निकै ठूलो धक्का थियो र  यसबाट शिक्षा लिएर पार्टी अघि बढ्नुपर्ने थियो ।  परन्तु भाषिक तारतम्य मिलाएर र अनेक परिपञ्च रचेर पार्टीले प्रचण्डसित एकताका लागि वातावरण बनाउने काममा नै बढीभन्दा बढी समय खर्च गर्नथाल्यो । यो सारतः  विसर्जनतर्फको बाटो थियो । त्यहाँ विस्तारै दक्षिणपन्थी प्रवृत्ति हाबी हुँदैगयो  र बहुमत र अल्पमतको खेलो चल्न थाल्यो । प्रचण्डसित एकताको प्रक्रिया  चलिरहेको अवस्थामा दसबर्से जनयुद्ध विरुद्ध विगतमा नकारात्मक भूमिका खेलेका र संसदीय राजनीतिमा सुखसुविधा भोगेकाहरूलाई एकताका नाममा नेकपा–माओवादीले प्रवेश गरायो । फलस्वरूप नेकपा–माओवादी झन् वैचारिक गन्जागोल र सङ्गठनात्मक अस्तव्यस्ततामा फस्यो । अन्ततः रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा रहेको  बहुमत सदस्यको गुटले प्रचण्डसामु आत्मसमर्पण गर्यो ।

बादल गुटको बहिर्गमनपछि  नेकपा–माओवादीले राष्ट्रिय भेला गरेर नेकपा ( क्रान्तिकारी माओवादी)  नाम राखेर नयाँ किसिमले जाने भन्दै राष्ट्रिय सम्मेलनको मिति तोकेको छ । यसले नयाँ किसिमले जाने भनेको के हो प्रस्ट छैन ।  कमरेड किरणका अन्तवार्ता आदिले केही आशा जगाए पनि व्यवहारमा उत्साहित हुने स्थिति अझै प्रस्ट छैन । प्रचण्डको नेतृत्वमा दक्षिणपन्थीहरूको केन्द्र बनेपछि क्रान्तिकारीहरूको अर्को केन्द्र बन्नु आवश्यक थियो । तर कार्यदिशामा रहेको भिन्नता, मूलतः विप्लव समूहको अवैज्ञानिक  सोचाइ र बुझाइका कारण यो प्रयासले सार्थक रूप लिन सकेन । यथास्थितिमा यो सम्भव हुने अवस्था पनि देखिदैन  ।

 कतिबेर कुन पार्टी फुट्यो र कुन नयाँ पार्टी बन्यो, किन फुट्यो र किन अर्को बन्यो, कसको के हो स्थिति र कार्यदिशा भन्ने कुरामा भाइचारा पार्टीहरू एकदमै अन्योलमा छन् । अन्तर्राष्ट्रिय माओवादी क्षेत्रले रिमको विघटन र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखिएको समस्याको मूल जडका रूपमा प्रचण्डको नवसंशोधनवादी विचलन र ‘न्यु सिन्थेसिस’ मार्फत आरसिपी, अमेरिकाले अघि सारेको विसर्जनवादी चिन्तनलाई लिएको छ । अन्तर्राष्ट्रिय माओवादी पार्टीहरूले विप्लवको पार्टीलाई गम्भीरतापूर्वक नलिएको र त्यसलाई पत्याएको देखिँदैन । आरसिपी अमेरिकाकाले अघि सारेको  ‘न्यु सिन्थेसिस’ का बारेमा  किरण कमरेडको नेतृत्वमा रहेको माओवादी पार्टीको बुझाइ सही भए पनि यसका अन्य कतिपय बुझाइले भाइचारा पार्टीहरू आश्चर्यमा परेका  छन्  ।

तीन महिनाभित्र सशस्त्र क्रान्तिको सुरुवात गर्ने होहल्ला गरेर छुट्टिएको विप्लव समूह आत्मगत स्थितिको हवाला लिएर दुई वर्षसम्म गोलचक्करमा रमाइरहेको छ । ‘उत्तरसाम्राज्यवादी’ धारणा अघि सारेर यसले अर्को ‘रमाइलो’ गरेको छ । अब आएर यसले महाधिवेशनको मिति तोकेको छ । यो कुन दिशामा जान्छ, यसका लागि महाधिवेशन पर्खिनुपर्ने हुन्छ । खुट्टी हेरेर अडकल काट्न सकिए पनि अहिले नै  निष्कर्ष निकालिहाल्ने हतारो गर्नु चाहिँ त्यति उपयुक्त हुँदैन ।

अन्तर्राष्ट्रिय क्षेत्रमा कमरेड किरणको पार्टीलाई तीन किसिमले हेरिएको छ । अझै यो पार्टी प्रचण्डप्रभावबाट मुक्त हुन नसकेको, मध्यपन्थी अवसरवाद अँगालेको, जनयुद्धको कार्यदिशा छाडेको र वर्गभन्दा ‘पहिचानवाद’ को राजनीतिलाई जोड दिएको भन्ने भाइचारा पार्टीहरूको प्रतिक्रिया  छ । हिजो नारायणकाजीको पार्टीसित एकता गर्दा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र आरसिपी, अमेरिकाले ठूलो वैचारिक त्रुटी भनेर प्रश्न उठाएका थिए । समयले यो ठहर सही थियो भनेर पुष्टि गरेको छ  ।  आखिर यो एकता माओवादी पार्टीभित्रको क्रान्तिकारी धारलाई कमजोर बनाउने साधन साबित भयो । अहिले परि थापाहरूसित गरिएको पार्टीएकतालाई पनि भाइचारा पार्टीहरूले सही मानेका छैनन् र सहजरूपमा लिएका छैनन् । पछिल्ला दिनमा कमरेड किरणको  नेतृत्वमा रहेको माओवादी पार्टीप्रति भाइचारा पार्टीहरूले त्यति सारो चासो नदेखाउनुका पछाडि यस्तैयस्तै कारणहरू कारक तत्व बनेका छन् ।

भाइचारा पार्टीहरूले कमरेड गौरवका नेतृत्वमा बनेको चुनावी मोर्चाका बारेमा प्रस्टरूपमा थाहा पाएका छैनन् । यसले उनीहरूलाई  थप आश्चर्यमा पार्नेछ ।  अझ नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मुखपत्र माओवादीमा प्रकाशित कमरेड गौरवको लेख ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आनदोलन : वर्तमान सन्दर्भमा’  अङ्ग्रेजीमा पढ्न पाए भने यसले उनीहरूलाई चिढ्याउँने मात्र नभएर आक्रोसित नै तुल्याउँने छ । अन्तर्राष्ट्रिय वस्तुस्थितिबारे कमरेड गौरवको बुझाइ यथार्थपरक नभएको मात्र नभएर मे दिवसका सन्दर्भमा विश्वका ३० ओटा माओवादी सङ्गठनहरूद्वारा प्रकाशित संयुक्त वक्तव्यको पनि त्यस लेखमा न्यूनीकरण गरिएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) ले पनि फागुनमा राष्ट्रिय सम्मेलन गर्ने भनेको छ । कमरेड किरणको नेतृत्वमा रहेको यो पार्टी अब कसरी जाला ? यसले कस्तो कार्यदिशा पारित गर्ला ? डलरवादी–पहिचानवादीहरू, भारतीय राजदूतका सामु लम्पसार पर्नेहरूको सञ्जाललाई यसले कसरी तोड्ला ? प्रश्नहरू छन् । कमरेड किरणका लिखित–मौखिक अन्तर्वार्ताहरूले क्रान्तिकारी आशा जगाए पनि अहिले बनेको चुनावी मोर्चाले थप अन्योल उत्पन्न गरेको यथार्थलाई आत्मसात गर्नु जरुरी छ । क्रान्तिकारी कार्यदिशाको केन्द्रीयतामा क्रान्तिकारी अनुभव र क्रान्तिकारी उत्साहको मेल अहिलेको आवश्यकता हो । चुनावी मोर्चाले रहलपहल क्रान्तिकारीपनलाई पनि चुनाववादी धारमा विसर्जन गराउनुसिबाय केही गर्ने छैन । यसले पुर्याउने भनेको प्रचण्डपथीय टुकुचातिर हो, नयाँ जनवादी क्रान्तितर्फ होइन ।

टपर्टु्ययाँ अध्ययन भनेको आधा भाँडो पानी हो, उत्ताउलिन्छ मात्र । उत्साह, आवेग, आक्रोस र हावादारी कार्यदिशाबाट क्रान्ति हुने भए, मालेमा भनिरहनु आवश्यक थिएन । किरण कमरेडहरू पनि अनुभववादी गोलचक्करमै विसर्जित हुनुहुन्छ कि क्रमभङ्ग गर्नुहुन्छ, सम्मेलन नै पर्खिनुपर्ने हुन्छ  । अहिलेलाई  कमरेडहरू ! तपाईँहरू अलमलिनु भएको छ, सही दिशा लिनुहोस् भनेर कामना गर्न सकिन्छ ।  तर, आलोचनात्मक समर्थनको ‘लक्ष्मण रेखा’ पार गर्न सक्ने स्थिति चाहिँ छैन ।

०००

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

हिसिला यमिको जिब्रो नियन्त्रण गर्न मनोज गजुरेलको आधा दर्जन टिप्स, के के छन् ?

Friday, 7 April 2017

मनाेज गजुरेल जिब्रो चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ, हिसिला’दीकोजस्तै ...

‘नवराज सिलवालकै हतियार सप्लाई’मा प्रचण्डसहित नेतृत्वको यसरी हुँदै थियो सामुहिक हत्या !

Thursday, 23 March 2017

काठमाडौं, १० चैत्र। नेपाल प्रहरीका डिआइजी तथा सिआइबी प्रमुख नवराज सिलवाल प्रहरी प्रमुख बन्ने दौडमा छन् । सरकारले डिआइजी जय ...

दुई ‘महान्’ राजनीतिक ठग !

Wednesday, 15 March 2017

– देवप्रकाश त्रिपाठी कमल थापालाई खास अवस्थामा राष्ट्रपति या प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुने भएछ भने अर्को रहस्य पनि राम्रैसँग ...

विशेष सम्पादकीय : भारतीय ‘दादागिरी’ अन्त्य गर, सिमामा तुरुन्त ‘पर्खाल’ लगाउ

Friday, 10 March 2017

विहीबार काठमाडौं सहित देश भर एउटा खबरले सनसनी मच्चायो । ‘भारतीय सिमा सुरक्षा बल एसएसबीको गोली प्रहारबाट एक नेपालीको मृत्यु’ ...

स्वतन्त्र नारी

Wednesday, 8 March 2017

योगेश ढकाल चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुर  हरेक व्यक्ति आफैंभित्रै स्त्री र पुरुषको समायोजन हो । हाम्रो शरीर ...

नारी दिवस किन मनाउँने ?   

Wednesday, 8 March 2017

सुमन खनाल चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुर स्कुलमा रिजल्ट आउने तयारी हुदै थियो ।  कक्षा ५ मा जेहेन्दार ...

अन्तिम दिन बीबीसीबाट रवीन्द्र मिश्रको घोषणा :‘निलो पानीको डुङ्गाबाट फोहोर पानीमा हाम फालेँ’

Tuesday, 28 February 2017

काठमाडौं, १७ फागुन । पत्रकार रवीन्द्र मिश्रले बीबीसी नेपाल सेवाबाट राजिनामा दिँदै नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् । ...

आइजिपी प्रकरण : तेस्रो बरियताका कुलमान घिसिङले उज्यालो दिन हुने, प्रहरीमा किन नहुने ?

Tuesday, 21 February 2017

सुमन बराल सरकारले पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई पन्छाएर तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा ...

मिंयो बिनाको प्रहरी : जब वामदेवलाई सलामी टक्र्याउन आइजिपी साप होटलमा पुगे…

Monday, 20 February 2017

राजु भट्टराई २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि देशले शान्ति सुरक्षा र अमनचयन पाउला भनेर सोचेको सोझा नेपाली जनताको चाहानामाथि राजनीतिक ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top