sangrila bank

स्वस्थ खानपान र जीवनशैलीले मुटुरोगबाट बच्न सकिन्छ

काठमाडौँ, ८ असोज । मानिसले स्वस्थ खानपिन गर्ने, व्यायाम गर्ने र आफ्नो जीवनशैलीमा ध्यान दिएमा सम्भावित मुटुरोगबाट बच्न सकिने मुटुरोग विशेषज्ञले बताएका छन् ।

आज नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विश्व मुटु दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा अस्पतालका मुटुरोग विभाग प्रमुख तथा मुटुरोग विशेषज्ञ प्रा डा यादव भट्टले मद्यपान नगर्ने र दैनिक आचरणमा ध्यान दिने हो भने मुटुसम्बन्धी समस्याबाट बच्न सकिने बताउनुभयो । उपयुक्त उपचार, नियमित औषधि सेवन र स्वस्थ जीवनशैलीले मुटु रोगबाट बच्न सकिने उहाँको भनाइ छ ।

मुटुरोग शल्यचिकित्सक डा ज्योतिन्द्र शर्माले धेरै जनमानसमा मुटुको शल्यक्रिया गरेपछि केही गर्न सकिँदैन भन्ने आशङ्का रहेको बताउँदै शल्यक्रिया गरेका मानिसले पनि अरु सामान्य मानिसजस्तै सजिलै आफ्ना दैनिक क्रियाकलाप गर्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो –“मुटुरोगको शल्यक्रिया गरेपछि नियमित व्यायाम गरिरहनुपर्ने, औषधि नियमित खाइरहनुपर्ने हुन्छ । तर अन्य जीवनयापनका हरेक काम गर्न सकिने भएकाले म रोगी हुँ भन्ने भाव राख्नुपर्दैन ।”

उहाँले सबैखाले मुटुको रोगमा शल्यक्रिया नै गर्नु नपर्ने बताउँदै उहाँले औषधिको प्रयोगबाट निको नहुने रोगलाई मात्र शल्यक्रिया गर्नुपर्ने बताउनुभयो ।

छाती रोग विशेषज्ञ डा जेपी जैसवालले सबैखाले छातीको दुखाइ मुटु रोगको लक्षण नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – “मुटुको दुखाइ भए २० मिनेटसम्म दुख्छ । हिड्ँदा दुखाइ बढ्ने बस्दा कम हुने, दुखाइ चिउँडो, पेटसम्म सरेर दुख्ने भएमा मुटुको समस्या हुनसक्छ । उच्च रक्तचाप भएका, मधुमेहका बिरामी, आमाबुबालाई हृदयाघात भएका बिरामीलाई यस्तोखालको दुखाइ हुने ८० प्रतिशत सम्भावना रहन्छ ।”

पोषण विज्ञ प्रनिति सिंहले मुटुका रोगीले मात्र होइन अरुले पनि खानपानमा निकै ध्यान दिनुपर्ने बताउनुभयो । खासगरी मुटुरोगीले फलफूल, मौसमी हरियो तरकारीजस्ता रेसादार खानेकुरा खानुपर्ने, जौका खानेकुरा, भटमासजस्ता खानेकुरा खानुपर्ने उहाँको भनाइ छ । खानेकुरा एकैपटक टन्न हुने गरी नखाई थोरैथोरै गर्दै समय समयमा खानुपर्ने पनि उहाँले बताउनुभयो ।

अस्पतालका अध्यक्ष वसन्त चौधरीले अस्पतालले आफ्नो सेवाको विस्तार गर्ने क्रममा शल्यक्रिया तथा उपचारलाई अन्तर्राष्ट्रियस्तरको बनाएको बताउनुभयो ।

उहाँले विदेशमा उपलब्ध साधनस्रोत नेपालमै उपलब्ध गराउने उद्देश्यले आफ्नै देशमा ल्याउन सकेको बताउनुभयो ।

नर्भिकको सेवा अब पोखरा र विराटनगरमा पनि विस्तार गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो ।

विश्व मुटु महासङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारिख (असोज १३) गतेलाई विश्व मुटु दिवसका रुपमा विश्वभर मनाउने गरिन्छ । यस वर्षको नारा ‘आफ्नो मुटुलाई शक्ति दिऊँ’ भन्ने रहेको छ ।

कार्यक्रममा कान्तिपुर दैनिकका अतुल मिश्र, समाचारपत्रका भगवती तिमिल्सना, जनसरोकारका पुरुषोतम घिमिरे र अस्पतालका सञ्चार अधिकृत आरपी मैनाली, अस्पतालका कर्मचारी र मुटु रोगको उपचार गराएका बिरामीलाई सम्मान गरिएको थियो । ्

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

किस्ट मेडिकल कलेजका यी ‘दलाल’, हेर्नुहोस् ‘बार्गेनिङ’ गर्दै गरेको ‘एक्सक्लुसिभ’ भिडियो

Sunday, 26 March 2017

‘म एकदेखि डेढलाख लिएर काम गर्ने मान्छे हुँ । यहाँ ६४/६५ मा भर्ना भन्दा मान्छे रोएर फर्किएका छन्,’ उनले भने ...

छैटौँ तहका ‘पुल’ दरबन्दी सिर्जना गरिने : स्वास्थ्य मन्त्रालय

Friday, 3 March 2017

काठमाडौं, २० फागुन । स्वास्थ्य मन्त्रालयले छैटौँँ तहका ‘पुल’ दरबन्दी यथाशीघ्र सिर्जना गरी निजामती किताबखानामा दर्ता गराउने स्पष्ट पारेको छ ...

रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी सङ्क्रमित

Thursday, 2 March 2017

कविता उपाध्याय/रोल्पा, १९ फागुन । रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी एड्स सङ्क्रमित भएका छन् । प्रवासी बाबु तथा घरमा रहेकी ...

वातावरणिय प्रभाव र धुम्रपानको नकारात्मक असरवारे एक दिवसीय बृहत्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

Sunday, 19 February 2017

काठमाडौं, फागुन ८। क्यान्सर काउन्सिल नेपलको आयोजनामा राजधानी स्थित सेन्ट जेभियर्स कलेज, मइतीघरमा एक दिवसीय “वातावरणिय प्रभाव, धुम्रपानको नकारात्मक असर, ...

परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् रोल्पाका जनता

Thursday, 12 January 2017

लिबाङ (रोल्पा), २८ पुस । यस जिल्लामा अझै पनि कतिपय दम्पती परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको ...

बाटो नभएपछि स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन सकेन

Thursday, 12 January 2017

बनियानी (झापा), २८ पुस । झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । ...

तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट करिब ७०० लाभाविन्त

Thursday, 12 January 2017

मुस्ताङ, २८ पुस । थकाली समुदायको १२ वर्षे कुम्भमेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपालले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ...

फागुनभित्र दर्ता तथा नवीकरण नभए स्वास्थ्य संस्था खारेज हुने

Thursday, 29 December 2016

काठमाडौँ, १३ पुस । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था ...

एकै परिवारमा चारजनाको मिर्गौला बिग्रेपछि परिवार बिचल्लीमा

Monday, 12 December 2016

फलेवास ९पर्वत०, २७ मङ्सिर । झट्ट सुन्दा पत्यार पनि नलाग्ने । एकै परिवारका चार चारजना सदस्य मिर्गौला रोगबाट पीडित छन् ...

vianet
model

लोकप्रिय

मनोरञ्जन

Top