sangrila bank

आमाबाट बच्चामा एचआइभी सर्ने सङ्क्रमण शून्यमा झारिने

रोल्पा, ४ कात्तिक । रोल्पा जिल्लाका गर्भवती आमाबाट बच्चामा सर्ने एचआइभीलाई शून्यमा झार्ने जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

सोका लागि हरेक गर्भवती आमाले अनिवार्य रुपमा एचआइभी टेस्ट गर्ने कार्यको थालनी गरिएको छ । गत वैशाखदेखि सुरु गरिएको गर्भवती महिलाको एचआइभी परीक्षण ९पिएमटिसिसी० सेवा जिल्लाका सबै प्रसूतिगृहबाट दिइँदै आएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका एचआइभी एड्स फोकल पर्सन नोखराज पोख्रेलले जानकारी दिनुभयो ।

एकसय दुईजना गर्भवती आमामा गरिएको परीक्षणमा पोजिटिभ नभेटिएको पोख्रेलले बताउनुभयो । जिल्लामा गर्भवती आमाबाट एचआइभी सरेका बालबालिकाको सङ्ख्या पाँचजना रहेको छ । उनीहरुलाई हाल किड्स नामक गैरसरकारी संस्थाले पोषणका लागि मासिक रु एक हजारका दरले भत्तासमेत दिँइदै आएको छ ।

जिल्लामा २२ पुरुष, २० महिला र पाँच बालबालिकासहित ४७ जना सङ्क्रमित रहेका छन् । रोल्पाबाहिर घर भएका दुईजना समेत ४९ जना सङ्क्रमित रहेको बताइएको छ । हालसम्म सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भइसकेको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिनुभयो ।
एचआइभी सङ्क्रमितलाई आकस्मिक सहयोग गर्ने भन्दै जिल्लामा एड्स कल्याणकारी कोषको समेत स्थापना गरिएको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् रोल्पाका जनता

Thursday, 12 January 2017

लिबाङ (रोल्पा), २८ पुस । यस जिल्लामा अझै पनि कतिपय दम्पती परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको ...

बाटो नभएपछि स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन सकेन

Thursday, 12 January 2017

बनियानी (झापा), २८ पुस । झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । ...

तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट करिब ७०० लाभाविन्त

Thursday, 12 January 2017

मुस्ताङ, २८ पुस । थकाली समुदायको १२ वर्षे कुम्भमेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपालले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ...

फागुनभित्र दर्ता तथा नवीकरण नभए स्वास्थ्य संस्था खारेज हुने

Thursday, 29 December 2016

काठमाडौँ, १३ पुस । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था ...

एकै परिवारमा चारजनाको मिर्गौला बिग्रेपछि परिवार बिचल्लीमा

Monday, 12 December 2016

फलेवास ९पर्वत०, २७ मङ्सिर । झट्ट सुन्दा पत्यार पनि नलाग्ने । एकै परिवारका चार चारजना सदस्य मिर्गौला रोगबाट पीडित छन् ...

वीरगन्ज कारागारमा चार जना एचआइभी सङ्क्रमित

Saturday, 10 December 2016

वीरगन्ज, २५ मङ्सिर । वीरगन्ज कारागारमा रहेका कैदीबन्दीमध्ये चार जनामा एचआइभी संक्रमण र एक जनामा हेपाटाइटिस सि देखिएका छन् । ...

स्तनक्यान्सरको सफल शल्याक्रिया

Friday, 9 December 2016

दाङ, २४ मङ्सिर । दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा दाङ ...

दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्याक्रिया

Friday, 9 December 2016

दाङ, २४ मङ्सिर । दाङ जिल्लामा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको ...

औलो रोगको सङ्क्रमण बढ्यो

Saturday, 3 December 2016

सिन्धुली, १८ मङ्सिर । सिन्धुलीमा यसवर्ष औलो रोगीको सङ्ख्यामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा औलोका ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top