sangrila bank

चिकित्सक,स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गु

सुरुङ्गा (झापा), ८ कात्तिक । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी बनेका छन् ।

डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार लाइफलाइन अस्पताल दमकका मेडिकल सुपरिटेन्डेन्ड डा तीलकचन्द्र शाह र दमकस्थित एड्भान्स हेल्थ केयरका दुई जना स्वास्थ्यकर्मीमा डेङ्गु फेला परेको हो ।

त्यस्तै नेपाल पत्रकार महासङ्घ झापाका सहसचिव गोपाल झापालीलाई पनि डेङ्गु पोजेटिभ प्रमाणित भइसकेको बताइएको छ । मेसु शाहलाई उपचारका लागि भारतको सिलगुढी लगिएको छ ।

त्यस्तै नेकपा ९एमाले०का दमक नगर सचिव इन्द्र गुरुङ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत हुनुहुन्छ ।

डेङ्गु रोगले महामारीको रुप लिएपछि साँझको समयमा दमकमा चहलपहल समेत कम हुँदै गएको छ । खासगरी डेङ्गु सार्ने लामखुट्टे साँझमा सक्रिय हुने भएकाले चहलपहल हुन छाडेको पत्रकार विष्णु पोखरेलले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाले निःशुल्क रुपमा डेङ्गु परीक्षणका लागि दमक अस्पताललाई केन्द्र तोकेको छ । यहाँ सरकारले तोकेको कीटमा डेङ्गु परीक्षण हुने गरेको छ । बिहीबारदेखि निजी अस्पतालले समेत निःशुल्क रुपमा डेङ्गु रोगको परीक्षण गर्ने बताएका छन् ।

दमकमा सबैभन्दा बढी दमकको एडभान्स हेल्थ केयरमा डेङ्गुका बिरामी फेला परेको बताइएको छ । एडभान्स हेल्थ केयरमा ३० जना, लाइफलाइन अस्पतालमा १५ जना, दमक अस्पतालमा १० जना डेङ्गुका बिरामी फेला परेका छन् । त्यस्तै अन्य अस्पतालमा पनि डेङ्गु रोगी भेटिएको बताइएको छ ।

यसैबीच डेङ्गुरोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले झापामा डा यदुचन्द्र घिमिरे र ल्याब टेक्निसियन डवलबहादुर विसीको टोली पठाएको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

छैटौँ तहका ‘पुल’ दरबन्दी सिर्जना गरिने : स्वास्थ्य मन्त्रालय

Friday, 3 March 2017

काठमाडौं, २० फागुन । स्वास्थ्य मन्त्रालयले छैटौँँ तहका ‘पुल’ दरबन्दी यथाशीघ्र सिर्जना गरी निजामती किताबखानामा दर्ता गराउने स्पष्ट पारेको छ ...

रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी सङ्क्रमित

Thursday, 2 March 2017

कविता उपाध्याय/रोल्पा, १९ फागुन । रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी एड्स सङ्क्रमित भएका छन् । प्रवासी बाबु तथा घरमा रहेकी ...

वातावरणिय प्रभाव र धुम्रपानको नकारात्मक असरवारे एक दिवसीय बृहत्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

Sunday, 19 February 2017

काठमाडौं, फागुन ८। क्यान्सर काउन्सिल नेपलको आयोजनामा राजधानी स्थित सेन्ट जेभियर्स कलेज, मइतीघरमा एक दिवसीय “वातावरणिय प्रभाव, धुम्रपानको नकारात्मक असर, ...

परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् रोल्पाका जनता

Thursday, 12 January 2017

लिबाङ (रोल्पा), २८ पुस । यस जिल्लामा अझै पनि कतिपय दम्पती परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको ...

बाटो नभएपछि स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन सकेन

Thursday, 12 January 2017

बनियानी (झापा), २८ पुस । झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । ...

तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट करिब ७०० लाभाविन्त

Thursday, 12 January 2017

मुस्ताङ, २८ पुस । थकाली समुदायको १२ वर्षे कुम्भमेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपालले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ...

फागुनभित्र दर्ता तथा नवीकरण नभए स्वास्थ्य संस्था खारेज हुने

Thursday, 29 December 2016

काठमाडौँ, १३ पुस । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था ...

एकै परिवारमा चारजनाको मिर्गौला बिग्रेपछि परिवार बिचल्लीमा

Monday, 12 December 2016

फलेवास ९पर्वत०, २७ मङ्सिर । झट्ट सुन्दा पत्यार पनि नलाग्ने । एकै परिवारका चार चारजना सदस्य मिर्गौला रोगबाट पीडित छन् ...

वीरगन्ज कारागारमा चार जना एचआइभी सङ्क्रमित

Saturday, 10 December 2016

वीरगन्ज, २५ मङ्सिर । वीरगन्ज कारागारमा रहेका कैदीबन्दीमध्ये चार जनामा एचआइभी संक्रमण र एक जनामा हेपाटाइटिस सि देखिएका छन् । ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top