sangrila bank

स्वास्थ्य शिविर सञ्चालनमा

बैतडी, ११ कात्तिक । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले बुधबारदेखि जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर सुरु गरेको छ ।

गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्ने, गर्भवती महिलाका लागि पिएमटिसिटी रगत जाँच गर्ने, पाठेघर खसेका महिलाका लागि जाँच तथा रिङ्गपेसरी राख्ने, खकार परीक्षण, परिवार नियोजनका इम्पलान्ट र आइयुसिडी सेवा सञ्चालन गर्ने उद्देश्यसहित स्वास्थ्य शिविर सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका क्षयकुष्ठ सुपरभाइजर देव जोशीले जानकारी दिनुभयो । बुधबार भूमेश्वरमा सम्पन्न भएको शिविर आज रौलेश्वरमा सञ्चालन हुनेछ भने कार्तिक १२ गते शङ्करपुरमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

यस्तै कात्तिक १३ गते गुजरमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेपछि कात्तिक २१ गते चौखाममा शिविर सञ्चालन हुने क्षयकुष्ठ सुपरभाइजर जोशीले जानकारी दिनुभयो । यस्तै कात्तिक २३ गते शिवलिङ्गमा, कात्तिक २५ गते थालाकाँडामा, कात्तिक २५ देखि २७ गतेसम्म थालाकाँडाको मौरीबगरमा शिविर सञ्चालन हुने बताइएको छ ।

यस्तै कात्तिक २९ गते ढुङ्गाडमा शिविर सञ्चालन हुनेछ भने कात्तिक २९ र ३० गते गाँजरीमा शिविर सञ्चालन हुनेछ ।

यस्तै गाँजरीमै कात्तिक २७ र २८ महिलाका लागि स्थायी बन्ध्याकरण सेवा पनि सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मङ्सिर १ गते सिगासमा शिविर सम्पन्न भएपछि मङ्सिर ३ गते सिद्धपुरमा शिविर सञ्चालन हुने जनाइएको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् रोल्पाका जनता

Thursday, 12 January 2017

लिबाङ (रोल्पा), २८ पुस । यस जिल्लामा अझै पनि कतिपय दम्पती परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको ...

बाटो नभएपछि स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन सकेन

Thursday, 12 January 2017

बनियानी (झापा), २८ पुस । झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । ...

तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट करिब ७०० लाभाविन्त

Thursday, 12 January 2017

मुस्ताङ, २८ पुस । थकाली समुदायको १२ वर्षे कुम्भमेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपालले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ...

फागुनभित्र दर्ता तथा नवीकरण नभए स्वास्थ्य संस्था खारेज हुने

Thursday, 29 December 2016

काठमाडौँ, १३ पुस । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था ...

एकै परिवारमा चारजनाको मिर्गौला बिग्रेपछि परिवार बिचल्लीमा

Monday, 12 December 2016

फलेवास ९पर्वत०, २७ मङ्सिर । झट्ट सुन्दा पत्यार पनि नलाग्ने । एकै परिवारका चार चारजना सदस्य मिर्गौला रोगबाट पीडित छन् ...

वीरगन्ज कारागारमा चार जना एचआइभी सङ्क्रमित

Saturday, 10 December 2016

वीरगन्ज, २५ मङ्सिर । वीरगन्ज कारागारमा रहेका कैदीबन्दीमध्ये चार जनामा एचआइभी संक्रमण र एक जनामा हेपाटाइटिस सि देखिएका छन् । ...

स्तनक्यान्सरको सफल शल्याक्रिया

Friday, 9 December 2016

दाङ, २४ मङ्सिर । दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा दाङ ...

दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्याक्रिया

Friday, 9 December 2016

दाङ, २४ मङ्सिर । दाङ जिल्लामा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको ...

औलो रोगको सङ्क्रमण बढ्यो

Saturday, 3 December 2016

सिन्धुली, १८ मङ्सिर । सिन्धुलीमा यसवर्ष औलो रोगीको सङ्ख्यामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा औलोका ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top