कविता : सलाम छ ! तरकारीवाली

  • विमन किराती

 

सलाम छ !
तरकारीवाली।।
ब्लोअप विकिनीमा
झुन्डिएर बाँचिरहेको सौन्दर्य चेत लाई
एकाएक गाऊँ पुर्‍यायौ ।।।

सुम्पिएर जीन्दगीको सबै आयामहरू ,”नेतालाई ”
‘व्यवस्था’लाई नियति ठानिहिड्ने “जनताहरू,”
दिएर सबै जीन्दगीका लगामहरू
गरिबी बोकि हिड्ने हामीहरू ।

हेर्दा हेर्दा नेताका फुस्रो कुटिल छलि अनुहारको रमिता
पढ्दा पढ्दा तिम्रो विद्दोयस ,जनभडुवा खबरहरू र गाली
भविष्य पुस्ताले सहिछाप (“लाईक”) ठोकेको हो ‘तरकारिवाली’
त्यहाँ जीवनको निश्चछलता अलिकति हरीयो छ हेर त !

राष्ट्रिय खर्चले रिसोर्टमा घसिएर निस्के पछि
हिलो छ्याप्छौ एक अर्कोलाई र बन्छ ब्यानर न्युज।
रोप्छौ मान्छे मान्छे बिच निलकाडॉ,
र छापिन्छ ज्याकेट विज्ञापन।
अखबारहरू सुर्य किरणसँगै लिइआउँछ,
निरासा र घृणा घर घर सम्म ।
हर दिन एयरर्पोट बिदाई गरी रहेछ देशलाई…
र सट्टामा लिन्छ ‘अर्थि’को उपहार।
सिटामोलको अभावमा सिद्दिएको जीन्दगी कसैले देख्दैन,
हर दिन तुईन चूटिटिन्छ विद्यार्थीको कोहि लेख्दैन ,
प्रत्येक चोकमा पाईन्छ बेचिने चिठ्ठाहरू
रगत सुकाएर रेमिट्यान्स पठाई रहेछ पठाइ रहेछ युवा
यी सब खबर बेखबर बॉच्ने बूख्याचाहरू खिलाप,
भोलि को आव्हान हो तरकारीवाली।

विडम्बना निचोरेर बेरोजगार बाँच्छ शहर
अर्कालाई रूवाएर उत्सव मनाउछ बौद्धिकता
किसानहरू को असुविधा आइपुग्दैन राजधानि हिडेर
खिचिदैन कृषि सेल्फि!

कन्क्रिट आँखामा …
आकर्षक लाग्दैन हरियो तस्वीरहरू…
अलिकति हरीयो ,अलिकति आसा ,अलिकति दायित्व हो तरकारिवालि ।
अलिकति फोटो खिच्नू को अर्थ अलिकति गाऊँ ,अलिकति परीश्रम हो
तरकारीवालि।
अलिकति जीवन ,अलिकति यथार्थता ,अलिकति देश हो तरकारिवाली।।।

सलाम छ !
तरकारीवाली।।
ब्लोअप बिकिनी मा
झुन्डिए बाँचिरहेको सौन्दर्य चेत लाई
एकाएक गाऊँ पुर्‍यायौ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ ः प्रम

Saturday, 24 June 2017

भीमदत्तनगर, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल ...

धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान प्रदान

Sunday, 2 April 2017

बिर्तामोड, २० चैत । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने ...

जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा चुनाव हुन्छ : नेता

Thursday, 9 March 2017

पर्वत, २६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै ...

शहीदका बसन्तीहरू

Thursday, 19 January 2017

अब उठ ! कालजयी योद्धाहरू बिउँझेर दगुर हिमालयका धापहरूमा हँसिया हथौडा फरफराउँदै कःपवृक्ष मानव उमार नयाँ फूलझैँ प्रताप मल्लका करुणाले ...

यहाँ, ऐया ! भन्न नपाइ मरिरहेछ मानिस

Thursday, 15 December 2016

प्रकाश पाठक विवशता भनुँ या लाचारता ? मान्छे मान्छेकै भिडमा एक्लो छ । गुलाबको त्यो अन्तिम जीवन बाँचेको जस्तो छ, ...

गङ्गामायाले अनशन तोड्नुभयो

Wednesday, 14 September 2016

  काठमाडौँ, २९ भदौ । विगत केही दिनदेखि आमरण अनशनमा रहनुभएकी गङ्गामाया अधिकारीले अनशन तोड्नुभएको छ । एक महिनादेखि औषधि ...

“गजल”–जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो

Saturday, 27 August 2016

जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो ! उजाडिएको एउटा बस्ति बसाइ सरेर के भो !! थाहा छ औँशीले ...

गोरखाका हरि गुरुङले ल्याए लोकदोहारी गीत ‘पिरतीको काँडामा’ (भिडियोसहित)

Thursday, 11 August 2016

काठमाडौं,२७ साउन । गोरखामा जन्मिएर नेपाली संगीतिक क्षेत्रमा संघर्ष गरिरहेका हरि गुरुङले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । उनकै ...

छत्रमानको आत्मकथामा लाजमर्दो स्वीकृति ‘दाइजोबापत कार लिएँ’

Saturday, 23 July 2016

काठमाडौं, ८ साउन । ‘मिनबहादुरजीले आफ्ना सम्धीलाई यो कार प्रिजेन्ट गर्न लाग्नु भएको छ, सम्धीले मलाई कारको साँचोको बट्टा प्रदान ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top