कुलमान घिसिङलाई कार्यालय जान रोक्ने कर्मचारी नेता को–को हुन् चिन्नुहोस्

रामकुमार थेवे र प्रमिला ढुंगाना

काठमाडौं, २६ कात्तिक । नेकपा एमाले र नेपाली कांग्रेस निकट कर्मचारी युनियनले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई कार्यालय छिर्न नदिने चेतावनी दिएसँगै सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । ट्रेड युनियन संगठनहरु, प्राधिकरण कर्मचारी संगठन र कर्मचारी युनियनले शुक्रबार विज्ञप्ति निकाल्दै यस्तो चेतावनी दिएका हुन् ।

विद्युत प्राधिकरणका क्रियाकलापहरु विधिवत तवरमा अगाडि बढाउन बारम्बार व्यवस्थापनलाई ध्यानाकर्षण गराउँदा पनि त्यसको उल्लंघन गरिएकाले यस्तो चेतावनी दिन बाध्य भएको विज्ञप्तीमा उनीहरुले उल्लेख गरेका छन् ।

एकपक्षीय समाचार प्रेषित गर्ने, कार्यालयमा अनावश्यक मानिसको जमघट गराई काममा बाधा पुर्याउने र विभागीय कारबाही गर्ने धम्की दिँदै कर्मचारीहरुको मनोबल गिराउने कार्यमा लागेको घिसिङमाथि आरोप लगाइएको छ ।

विज्ञप्तीमा संघका तर्फबाट सहअध्यक्ष प्रमिला ढुङ्गाना र युनियनका तर्फबाट बरिष्ट उपाध्यक्ष रामकुमार थेबेले हस्ताक्षर गरेका छन् ।

को–को हुन् विज्ञप्तिमा हस्ताक्षर गर्ने दुई अनुहार ?

काठमाडौंलाई उज्यालो बनाउँने योजनाकार घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउँन विज्ञप्तिमा हस्ताक्षर गर्ने यी दुवै कर्मचारी विद्युत प्राधिकरणमा कार्यरत छन् । जनकपुर घर भएकी प्रमिला ढुङ्गाना लम्साल काम भन्दा धेरै राजनीतिक गतिविधिमा समलग्न छिन् । नेपाली कांग्रेसको कार्यकर्ता भएपनि उनी यतिबेला एमाले योजनामा काम गर्दै आएकी छिन् ।

भक्तपुरमा बस्दै आएकी उनी कर्मचारी विद्युत प्राधिकरणलाई धरासायी बनाउँने कार्यमा सक्रिय रहेको कर्मचारीकै आरोप छ । उनका श्रीमान तारानाथ ढुङ्गाना लम्साल नेकपा एमालेका सक्रिय कार्यकर्ता हुन् । नेकपा एमालेका अध्यक्ष ओली समुहका सक्रिय कार्यकर्ता रहेका लम्सालले आफ्नो श्रीमतिलाई कुलमान विरुद्ध लाग्न उचाल्दै आएको कर्मचारी स्रोतको दाबी छ ।

ramkumar-thebe

राताे घेरामा रामकुमार थेबे


अर्का हस्ताक्षेर कर्ता हुन् नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष रामकुमार थेवे । विद्युत प्राधिकरण कर्मचारी स्रोतका अनुसार उनी पनि कामभन्दा धेरै राजनीतिमा सक्रिय छन् । ‘उहाँ त कार्यालय समयमा पार्टी बनाउने र एमाले योजनामा सक्रिय हुनुहुन्छ ।’

कार्यालय समयमा मोबाइलमा फोटो खिचाउँन उनी निकै सौखिन छन् । ‘कामभन्दा धेरै राजनीति गर्नेहरुले प्राधिकरणका प्रमुखलाई प्रवेशमा रोक लगाउनु हास्यास्पद छ,’ एक कर्मचारीले भने ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चर्को शुल्क असुलेको भन्दै विप्लव नेतृत्वको बिद्यार्थी संगठनद्वारा दर्जनौ विद्यालयमा तालावन्दी

Thursday, 22 June 2017

काठमाडौं,८ असार।विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौं उपत्यकाका दर्जनौ विद्यालयमा तालावन्दी गरेको छ। विद्यालयले अविभावकहरुसंग चर्को शुल्क असुलेको ...

सुडान घोटलाको फैसला:दुइ पर्वआइजीपी सहित चार जनालाइ जेल चलान

Wednesday, 21 June 2017

काठमाडौं,७ असार । सर्वोच्च अदालतले सुडान घोटालामा दोषी ठहरिएका दुइ पुर्व आइजीपी सहित ४ जनालाई जेल चलान गरेको छ । ...

नुवाकोटको बुढीसेरामा भिटोफको आयोजनामा रोपाइँ मेला हुने

Wednesday, 21 June 2017

काठमाडौं ७ असार । गत वर्ष जस्तै यसवर्ष पनि गाँउ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले असार १५ को अवसरमा रोपाईं ...

म्यानपावरको ठगी:एक लाख तिरेर हिडेका १७ युवा साउदी अरबमा अलपत्र

Wednesday, 21 June 2017

गाईघाट (उदयपुर), ७ असार । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यान पावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी ...

तरबार प्रहार गर्ने विरुद्धको मुद्दा धादिङ प्रहरीद्वारा अस्विकार, एसपीको भूमिका शंकास्पद

Tuesday, 20 June 2017

दियोपोस्ट संवाददाता धादिङ । सोमबार धादिङ बेसी स्थित शान्तबजारको एक होटलमा खाजा खाइरहेका आयुप तामाङमाथि ‘राधे’ भण्डारी र उनका समुहका ...

हिमालको खोँचमा रहेको सञ्जय पण्डीतको शव हेलिकोप्टरद्वारा उद्दार

Monday, 19 June 2017

काठमाडौं । अमेरिकाको डेनाली हिमाल अरोहण गर्ने क्रममा निधन भएका चर्चित अल्ट्रा धावक सञ्जय पण्डितको शवको उद्दार गरिएको छ । ...

सञ्जय पण्डितको मृत्युबारे अमेरीकी पत्रिका भन्छ ,– ‘हेलिकोप्टरले उद्दार गर्न नसकेपछि निधन, अन्य २ जना अचेत’

Sunday, 18 June 2017

काठमाडौं । विश्व अल्ट्रा धावकको रुपमा परिचित सञ्जय पण्डितको अमेरिकामा निधन भएको छ । पण्डितको हिमाल अरोहणक क्रममा अमेरिकामा मृत्यु ...

अमेरिकामा अल्ट्रा धावक सञ्जय पण्डितको मृत्यु, शव ल्याउन अझै दुई दिन लाग्ने

Sunday, 18 June 2017

काठमाडौं । चर्चित अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितको हिमाल अरोहणक क्रममा अमेरिकामा मृत्यु भएको छ । अमेरिकाको अलास्काको ...

तत्काल मुआब्जा वितरण पछी मात्र बुढीगण्डकी आयोजनाको बाँकी काम अगाडी वढाउन सुझाव

Sunday, 18 June 2017

काठमाडौं, ४ असार । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित जनताहरूलाई असारभित्र मुआब्जा ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top