राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

दाङ, २७ कात्तिक । उपप्रधानमन्त्री कृष्णबहादुर महराले दलीय सहमतिका आधारमा संविधान संशोधन गरिने बताउनुभएको छ ।

प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधनका लागि सत्तापक्ष र प्रतिपक्षका नेताबीच छलफल चलिरहेको र यो अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अर्थमन्त्री महराले दलका नेतासँग छलफल गरेर पूरक बजेट ल्याइने जानकारी पनि दिनुभयो ।
उहाँले प्रदेश नं ५ को राजधानी दाङ हुने बताउँदै जिल्लाको विकासका लागि भालुबाङ, घोराही, तुलसीपुर हुँदै हापुरेसम्मको सडक, तलसीपुर–सुर्खेत सडकखण्ड, रोल्पा होलेरी, नारायणपुर हुँदै रिहारसम्मको सडक निर्माण तथा त्यहाँको हालको विमानस्थल सञ्चालन र अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण अगाडि बढाउनुपर्ने बताउनुभयो ।
राप्ती उपक्षेत्रीय अस्पताल प्रशासन कार्यालयले आयोजना गरेको अर्को कार्यक्रममा उपप्रधानमन्त्री महराले सो अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि सहयोग गरिने आश्वासन दिनुभयो ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

स्वाइन फ्लु बाट २ को मृत्यु

Wednesday, 2 August 2017

झापा, १८ साउन । स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ । दुई साताको अवधिमा बिर्तामोड ...

भाइरल ज्वरोबाट मोरङको फोकलेण्डमा २ जनाको मृत्यु, गाउँले आतंकित

Tuesday, 25 July 2017

इटहरी,१० साउन। सुनसरीको इटहरी उपमहानगरपालिका–३ बुढीखापको पूर्वपट्टि रहेको मोरङको सुन्दरहरैचा नगरपालिका–५ को फोकलेण्ड टापुमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट ...

स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट अभाव

Thursday, 22 June 2017

चितवन, ८ असार । गएको असोज, कात्तिक महिनामा महामारीका रुपमा देखिएको स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट चार महिनायता सरकारी ...

सुधारोन्मुखतर्फ बिपी कोइराला क्यान्सर अस्पताल

Wednesday, 31 May 2017

चितवन, १७ जेठ । केहि समययता अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अब देखि सुधारको बाटोमा अगाडी बढ्न थालेको ...

रोल्पा सदरमुकामै कुपोषित छन् बालबालिका

Monday, 22 May 2017

रोल्पा, ८ जेठ । रोल्पा सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवनमरणको दोसाँधमा छन् ती कुपोषित हुने बालक ...

फेरि देखियो स्वाइन फ्लु

Monday, 17 April 2017

काठमाडौँ, ४ वैशाख । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक ...

विश्व स्वास्थ्य दिवस – निःशुल्क उपचारबारे जनता अझै अनभिज्ञ

Thursday, 6 April 2017

काठमाडौं, २४ चैत । सरकारले विपन्न, पिछडिएका र दुर्गम क्षेत्रका जनतालाई लक्ष्य गरी विभिन्न रोगको निःशुल्क उपचार र १२ प्रकारका ...

किस्ट मेडिकल कलेजका यी ‘दलाल’, ३८ लाखको एमबिबिएस ६४ देखि ८० लाखसम्म बार्गेनिङ

Sunday, 26 March 2017

‘म एकदेखि डेढलाख लिएर काम गर्ने मान्छे हुँ । यहाँ ६४/६५ मा भर्ना भन्दा मान्छे रोएर फर्किएका छन्,’ उनले भने ...

छैटौँ तहका ‘पुल’ दरबन्दी सिर्जना गरिने : स्वास्थ्य मन्त्रालय

Friday, 3 March 2017

काठमाडौं, २० फागुन । स्वास्थ्य मन्त्रालयले छैटौँँ तहका ‘पुल’ दरबन्दी यथाशीघ्र सिर्जना गरी निजामती किताबखानामा दर्ता गराउने स्पष्ट पारेको छ ...

veanet
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top