दादुराका कारण दैनिक चार सय बालबालिकाको मृत्यु

संयुक्त राष्ट्रसङ्घ, २७ कात्तिक । विश्व स्वास्थ्य सङगठन र युनिसेफको एक प्रतिवेदनका अनुसार विश्वभरी अहिले पनि दादुराका कारण दैनिक झण्डै चार सय जना बालबालिकाको मृत्यु हुने गरेको छ ।
सन् २००० देखि २०१५ सम्मको अध्ययन गर्दा दादुराबाट मृत्यु हुनेहरुको संख्या घट्दै गएको देखिएपनि सन्तुलित सुधार भने हुन नसकेको राष्ट्रसङ्घका प्रवक्ताले शुक्रबार बताउनु भएको छ ।
“लोकतान्त्रीक गणतन्त्र कङगो, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया र पाकिस्तानले दिएका विवरणहरुमा दादुराका कारण मृत्यु हुने बालबालिकाहरुको संख्या आधा घटेको छ ।”, राष्ट्रसङ्घका सहप्रवक्ता फरहान हकले भन्नुभयो ।
“दादुरालाई इतिहास बनाउन असंभव छैन,” युनिसेफका खोप प्रमुख रोबिन नन्दीले भन्नुभयो, “संभव बनाउनका लागि हामीसँग ज्ञान र उपाय हामीसँग छ । जति टाढा भएपनि बालबालिकाहरु सम्म पुग्नका लागि हामीसँग राजनीतिक इच्छाशक्तिको खाँचो छ । राजनीतिक इच्छाशक्ति विना बालबालिका यसैगरी मरिनै रहने छन् ।”
दादुरा विरुद्धको विश्वव्यापी अभियानलाई अझै क्षेत्रविस्तार गर्न युनिसेफ, डब्लुएचओ, गाभी, खोप सञ्जाल र रोग नियन्त्रण तथा निवारण केन्द्र क्रियाशिल रहेका छन् । तर प्रयासहरु अझै पनि अपर्याप्त भएका छन् ।
सन् २०१५मा झण्डै १ लाख ३४ हजार बालबालिकाको दादुराका कारण मृत्यु भएको तथ्यांक छ ।
“यही रोगका कारण बर्षेनी लाखौ बालबालिकाको मृत्यु हुने कुरा स्विकार्नै नसकिने विषय हो । उनीहरुलाई बचाउने प्रभावकारी र सुरक्षित खोप हामीसँग छ र हामी उनीहरुलाई बचाऔं,” स्वास्थ्य सङ्गठनको खोप तथा जैविक विभागका निर्देशक जोन मरिक ओक्योबेलेले भन्नुभयो ।
उहाँले थप्नु भयो, “यही बर्ष अमेरिकी क्षेत्रमा दादुरामुक्त क्षेत्र घोषणा गरिएको छ, यस्ले यो सम्भव छ भन्ने पुष्टी गर्दछ । अव हामी वाँकी विश्वमा पनि दादुरामुक्त क्षेत्र बनाउनु पर्दछ । यो अभियान खोपबाट सुरु गर्नुपर्छ ।”

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

रोल्पा सदरमुकामै कुपोषित छन् बालबालिका

Monday, 22 May 2017

रोल्पा, ८ जेठ । रोल्पा सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवनमरणको दोसाँधमा छन् ती कुपोषित हुने बालक ...

फेरि देखियो स्वाइन फ्लु

Monday, 17 April 2017

काठमाडौँ, ४ वैशाख । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक ...

विश्व स्वास्थ्य दिवस – निःशुल्क उपचारबारे जनता अझै अनभिज्ञ

Thursday, 6 April 2017

काठमाडौं, २४ चैत । सरकारले विपन्न, पिछडिएका र दुर्गम क्षेत्रका जनतालाई लक्ष्य गरी विभिन्न रोगको निःशुल्क उपचार र १२ प्रकारका ...

किस्ट मेडिकल कलेजका यी ‘दलाल’, ३८ लाखको एमबिबिएस ६४ देखि ८० लाखसम्म बार्गेनिङ

Sunday, 26 March 2017

‘म एकदेखि डेढलाख लिएर काम गर्ने मान्छे हुँ । यहाँ ६४/६५ मा भर्ना भन्दा मान्छे रोएर फर्किएका छन्,’ उनले भने ...

छैटौँ तहका ‘पुल’ दरबन्दी सिर्जना गरिने : स्वास्थ्य मन्त्रालय

Friday, 3 March 2017

काठमाडौं, २० फागुन । स्वास्थ्य मन्त्रालयले छैटौँँ तहका ‘पुल’ दरबन्दी यथाशीघ्र सिर्जना गरी निजामती किताबखानामा दर्ता गराउने स्पष्ट पारेको छ ...

रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी सङ्क्रमित

Thursday, 2 March 2017

कविता उपाध्याय/रोल्पा, १९ फागुन । रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी एड्स सङ्क्रमित भएका छन् । प्रवासी बाबु तथा घरमा रहेकी ...

वातावरणिय प्रभाव र धुम्रपानको नकारात्मक असरवारे एक दिवसीय बृहत्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

Sunday, 19 February 2017

काठमाडौं, फागुन ८। क्यान्सर काउन्सिल नेपलको आयोजनामा राजधानी स्थित सेन्ट जेभियर्स कलेज, मइतीघरमा एक दिवसीय “वातावरणिय प्रभाव, धुम्रपानको नकारात्मक असर, ...

परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् रोल्पाका जनता

Thursday, 12 January 2017

लिबाङ (रोल्पा), २८ पुस । यस जिल्लामा अझै पनि कतिपय दम्पती परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको ...

बाटो नभएपछि स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन सकेन

Thursday, 12 January 2017

बनियानी (झापा), २८ पुस । झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top