sangrila bank

मिरा राई भन्छिन्,–‘मलाई जिताउँन अभियान चलाउँनेहरु देखेर खुसीको आँशु झर्छ’

विश्व चर्चित टेलिभिजन नेशनल जियोग्राफीले वर्षैपिच्छे प्रदान गर्दै आएको विश्वभरिका साहासिक उत्कृष्ट १० व्यक्तिको २०१६ सूचीमा परेकी मीरा राई नेपालीहरूकाे सान र गरिमा हुन् । १५ भन्दा धेरै राष्ट्रिय, अन्तर्राष्ट्रिय विभिन्न उपाधी जितिसकेकी  विश्व धाविका मिरा  भाेजपुरको दुर्गम डाँडाँ पाखामा हुर्किएर माओवादी लडाकु हुँदै खेल जीवनमा प्रवेश गरेकी थिइन् ।

हातमा पासपाेर्ट बाेकेर राेजगारीकाे लागि मलेसिया भासिन लागेकी मिरालार्इ प्रसिद्द कराते प्रशिक्षक ध्रुव विक्रम मल्लले राेके । उनकाे यात्रा मलेशिया तिर हाेइन खेल जीवन तिर साेझियाे ।  स्पेनमा सम्पन्न १ सय १० किमीको विश्व म्याराथन प्रतियोगितामा तीनपटकसम्म  च्याम्पियन फ्रेन्च धाविकालाई हराउँदै मिराले अन्तर्राष्ट्रिय उपाधी हात पारिन् । उनकाे याे उपाधिलार्इ विश्वका चर्चित सञ्चार माध्यमले प्रमुखताका साथ समाचार बनायाे । बीबीसीिले मिराकाे जीवनकथा समेटिएकाे एउटा वृतचित्र नै बनाएकाे छ । उक्त वृतचित्र पनि विश्व चलचित्रकाे टप टेनभित्र परिसकेकाे छ ।  मिरालार्इ उनका गुरू ध्रुव विक्रम मल्ल कहिल्यै नथाक्ने खेलाडीकाे रूपमा चितृत गर्छन् । उनै मिरासँग दियोपोस्टका लागिमुक्त खवासले अन्तरंग कुराकानी गरेका छन् ।

  • मिरालार्इ सबैले साहसी भन्छन् । तपार्इंकाे कामले पनि त्याे प्रमाणित गरेर देखाइसकेकाे छ । कतिपयले याे पनि भन्छन् की  तपार्इं भाेजपुरकाे एक चिहानघारीमा जन्मनुभयाे । चिहानघारीमा जन्मनेहरू साहसी हुन्छन् हाे ?

म भोजपुरको ९ सानोदुम्बा भन्ने विकट ठाउँमा जन्मिएको हुँ । जङ्गलै जङ्गलको बीचमा जम्मा तीन घर छ ।  पहिले चार घर थियो। एक घर सरेर अन्तै गए । हामी त्यहीँ बस्छाैँ । हाे नजिकै चियानघारी छ । म साहसी हुनुमा चिहानकाे भूमिका त म देख्दिन तर, हामीलार्इ मृत्यु सामान्य लाग्छ । किन भने याे नियमित प्रकृया हाे । समाजले हामीलार्इ मृत्युसँग डर देखायाे जिउँदाे मान्छेसँग हाेइन । तर, हामी चिहानघारीमा हुर्क्याैँ, र पढ्याैँ । यसलार्इ सबैले अाफ्नाे तरिकाले बुझ्न पाउँने छूट छ । तर, मलार्इ म जन्मेकाे ठाउँ प्रति गर्व छ ।

  • तपार्इकाे याे साहसीक जीवन यात्रा बारे परिवारले के भन्नुहुन्छ ?

मेराे परिवारमा आमा,बुवा,दाइ– भाइ दुइओटा बहिनी सहित  जम्मा ७ जना  छाैँ । हाम्राे कामकाे सबैले प्रसंशा गर्नु हुन्छ ।

  •  बाल्यकालमा कस्ताे मान्छे  या के बन्छु भन्ने सपना थियाे ?

म बिकट ठाउँमा जन्मिएँ ।  बिहान उठ्ने बित्तिकै टाढाबाट डोकोमा गाग्री बोकेर पानी लिन जानू पर्थ्यो । त्यसपछि खाना खाएर स्कुल जान्थ्याैँ ।  फेरि स्कुलबाट फर्कियो डोको बोक्यो घाँस काट्न जान्थेँ । छुट्टिमा घरको समान बोकेर बजार लान्थेँ । बजारबाटै त्यही पैसाले सामान ल्याउँथे । यस्तै भारी बोकेर पनि गुजारा चल्दै थियो । समयक्रमसँगै गाडिले सामान बोक्न थाल्यो । यी सबै दुख अभावहरूले मलार्इ मेराे भविष्य प्रति चिन्ता लाग्थ्याे । केही गर्छु भन्ने अात्मविश्वास जागेर अाएकाे थियाे । तर, पढेर यस्तो नै बन्छु भन्ने दिमागी खाका थिएन । केही बन्ने सपना भने पक्कै थियाे ।

  • जीवनमा सबैभन्दा दुख कतिबेला अनुभव भयाे ?

जतिबेला मलार्इ अयाेग्य लडाकु घाेषाणा गरियाे । त्यतिबेला म घरपरिवार, साथिभार्इ सम्झेर दुःखी  बनेकाे थिएँ ।  त्यो मेरो सबैभन्दा दुखको क्षण हो।

  • त्याे बेला अयाेग्य भएकाे तपार्इं एकाएक  विश्व धावक बन्नु भयाे । विश्वभरका याेग्यतावान मान्छेहरूकाे सुचीमा सुचित हुनुभयाे, कस्ताे थियाे त्यतिबेलाकाे खुसी ?

त्याे दिन मेराे लागि साँच्चै खुसीकाे दिन थियाे । मेराे याेग्यता के हाे भनेर विश्वले मलार्इ चिनेकाे थियाे । मलार्इ त्याे बेला जिज्ञासा लागेकाे थियाे, –दुनियाँमा याेग्यता र क्षमता मापन गर्नेहरू स्वयम कति याेग्यतावान हाेलान् ?

अहिले पनि म निकै खुसी छु । आफुले सफलता पाउदाँ खुशी लागिहाल्छ । अहिले  विश्व चर्चित टेलिभिजन नेसनल जियोग्राफीमाले  २०१६ काे वर्षकै साहासिक उत्कृष्ट १०  जनामा मलार्इ पनि राखेकाे छ । जसरी स्वतस्फूर्त मलाइ जिताउन अभियान चलाउनु भएको छ सघाउनु भएको छ उहाँलाई देखेर खुशीको आँसु नै झर्छ।

  तपार्इंलार्इ विजय गराउँने अभियानमा संचारमाध्यमकाे भूमिका कस्ताे पाउँनु भएकाे छ  ?

..(हासो) पटक्कै सहयोग नभएको होइन तर, पहिले याे भन्दा धेरै प्रचारहरू हुन्थे । कतिपय मिडियाकर्मीले निकै चासाे राख्नुभएकाे छ । जसले मलार्इ सहयाेग गरिरहनुभएकाे छ उहाँहरूलार्इ हृदयदेखि नै धन्यवाद भन्न चाहान्छु ।

  • केही महिनादेखि विरामी पनि हुनुहुन्छ । इटलिमा रहँदा खुट्टाकाे शल्यक्रिया गराउँनुभएकाे थियाे । कस्ताे छ स्वास्थ्य अवस्था ? 

 खुट्टाकाे शल्यक्रिया मैले इटलीका गराएकाे हुँ । त्याे बेला निकै ठूलाे अार्थिक संकट बेहाेर्नु परेकाे थियाे । इटली र युकेका साथीहरूकाे सहयाेगमा मैले खुट्टाकाे अपरेशन गराएकाे थिएँ । मंसिर ३ गते मात्र नेपाल सरकारले उपचार खर्च बापत भनेर एकमुस्ट ५ लाखको चेक हस्तान्तरण गरेकाे छ। यसले मलार्इ थाेरै राहत भएकाे छ । सरकार प्रति गुनासो छैन तर सरकारलार्इ एउटा अनुरोध छ–म जस्तै विकट दुर्गम गाउँगाउँबाट आउन चाहने  क्षमतावान भाइबहिनिहरुलार्इ सरकारले बाटाे बनाअाेस् ।

  • भाइबहिनीहरूकाे बाटाेकाे चिन्ता तपार्इंमा हुनु निकै खुसीकाे कुरा हाे । अब अाफ्नै लक्ष या बाटाे के हाे ?

म जहाँ छु यही मेराे बाटाे हाे । यसलार्इ एउटा गन्तव्यमा पुर्याउँने दायित्व त मसँग छनै तर, म नेपाललार्इ अन्तर्राष्ट्रिय क्षेत्रमा अझै चिनाउँन चाहान्छु । म मेराे बाटाेमा हजाराैं नेपालीहरूलार्इ हिँडाउँन चाहान्छु । त्यसैले म यतिबेला मनांग तिर केही बालबालिका खाेजिरहेछु ।

मिरा राइलाई भोट गर्न यहाँ क्लिक गर्नुहोस् ।


  • अर्काे प्रसंग तिर जाउ, फिल्म कत्तिको हेर्नू हुन्छ ?

खासै हेर्दिनँ । पहिलो पटक नारायणघाटमा शिलशिला हेरेकाे थिएँ ।

  • मेकअपमा मिराले ध्यानै दिँदैन भन्छन् नी ?

मैले मेकअप नै गर्दिन। जे छु यसै ठिक छु। मेकअप गरेर समय खेर फालेजस्तो लाग्छ। मेकअप समान किनेर बेकारमा पैसा फाले जस्तो लाग्छ।

  • ऎना कत्तिको हेर्नुहुन्छ ?

एेना पनि खासै हेर्दिन ।

महिलाहरु मेकअप, सपिङका सौखिन हुन्छन् । तपाईं आम महिला भन्दा किन फरक ?

मेकअपमा समय बिताएकी भए मिरा रार्इ अाज याे स्थानमा हुँदैन थियाे । म जाे हुँ त्याे हुनुमा मेराे मेकअपले हाेइन मेराे अाफ्नै चरित्रकाे भूमिका छ । मलार्इ मेकफ गर्ने रूची छैन । मलाइ मेकअप गरेर समय बिताउनु भन्दा केही राम्रो काम गरेर समय कटाउन मन पर्छ। अनावश्यक किनमेल गरेर पैसा खर्च गर्ने मसँग पैसा हुँदैन। मलार्इ थाहा छ गाउँकाे दुख के हाे । मेकअप गरेर सांसारिक सुख मात्रै हाे अात्मिक सु:ख हुँदैन ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

‘लोडसेडिङ देखाएर करोडौं कमाउने कर्मचारी को–को थिए ? Exlusive खुलासा… 

Thursday, 12 January 2017

काठमाडौं, २८ पुस । वर्षौंदेखि नेपाली जनता लोडसेडिङ झेल्दै आएका थिए । तर, यसवर्ष सरकार परिवर्तन भएसँगै काठमाडौं पोखरा सहितका ...

‘एमाले नामको ‘स्लो पोईजन’ दिएर कुठाराघात गरियो’

Saturday, 23 July 2016

योगेन्द्र घिसिङ माओवादी केन्द्रका सांसद हुन् । तत्कालीन डा. बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा रहँदा ...

केपी ओली र अर्थमन्त्रीले हामीसँग झूट बोल्नुभयो : वर्षमान पुन अनन्त

Monday, 11 July 2016

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार परिवर्तनको बहसले नेपाली राजनीति फेरी तरंगित छ । प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले ...

राजतन्त्र पुनरागमनको विषयमा सर्वसाधरणलाई सोध्नुपर्छ : ज्ञानेन्द्र शाहा

Saturday, 9 July 2016

पूर्वराजा ज्ञानेन्द्र शाहा त्यति साह्रै सञ्चार माध्यममा आउँदैनन् । तर, उनको ७० औं जन्मदिनको उपलक्षमा एक चर्चित आरजे सविना कार्कीले ...

‘दुई/तीन मिनेटमा राजा विरेन्द्रको परिवार सिद्धिसकेको थियो’

Wednesday, 1 June 2016

सत्य छानबिन भए ज्ञानेन्द्र चोखिने मौका पाउँथे । दीपेन्द्रको कोठामा ५ /७ वटा राईफलहरु हुन्थ्यो । उहाँको मोटरमा पनि हतियार ...

‘हामीसँग मात्रै होइन वर्षमान, जर्नादन र बलदेव जीहरुसँग समेत हतियार छ ’

Monday, 30 May 2016

विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य मोहन कार्की ‘जिवन्त’ सशस्त्र द्वन्दकालमा चर्चित नाम हो । वि.स. २०१६ सालमा धादिङको निलकण्ठ ...

‘प्रचण्डले समर्थन फिर्ता लिएपनि सरकार ढल्ने थिएन’

Saturday, 14 May 2016

एमाले नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कुनै समय निकै चर्चा थिए । सामान्य प्रशासन मन्त्री रहँदा डिभि ...

देउवाले दिल्लीसँग के–के मागेका थिए ? पढ्नुहोस् भारतीय टिभीलाई देउवाले दिएको अन्तर्वार्ता (भिडियोसहित)

Wednesday, 11 May 2016

काठमाडौं, २९ वैशाख । तराईसँग काठमाडौंलाई जोड्ने फास्टट्र्याक निर्माण कार्यको विरोधमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्ताबारे ...

नाका खुलेको तीन महिना भयो, ग्यास पाइएन भनेर मलाई गाली गर्ने कि सरकारलाई ?

Thursday, 21 April 2016

राजेन्द्र महतो अध्यक्ष, सद्भावना पार्टी मधेसी मोर्चासहितको संघीय गठबन्धन पुनः आन्दोलन गर्ने निष्कर्षमा पुगेको छ । नयाँ संविधानले विगतका आन्दोलनबाट ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top