sangrila bank

एआइभीको निःशुल्क परीक्षणका लागि राजधानीको विभिन्न ठाउंमा स्टल राखिने

काठमाडौँ, १४ मङ्सिर । नेपालमा असुरक्षित यौन सम्पर्कका करिब ८५ प्रतिशत एचआइभी सङ्क्रमण जोखिम रहेको छ ।

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको पत्रकारसम्मलेनमा बाँकी सङ्क्रमण सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, रोजगारीका लागि विदेसिने र जेलका कैदी सङ्क्रमणको उच्च जोखिममा रहेको केन्द्रका निर्देशक डा पौडेलले बताउनुभयो ।

यही मङ्सिर १६ गते अर्थात् डिसेम्बर १ मा विश्व एड्स दिवस पर्दछ । जनचेतनाको कमी र सुरक्षा अपनाउने साधनको सावधानीपूर्वक प्रयोग नगर्दा यस्तो जोखिम बढेको केन्द्रका निर्देशक डा पौडेल बताउनुभयो । उहाँले प्रत्येक वर्ष नेपालमा अनुमानित एक हजार तीन सय ३१ नयाँ सङ्क्रमित थपिने र दुई हजार दुई सय ६३ एड्स रोगीको मृत्यु हुने गरेको बताउनुभयो ।

सन् २०१५ को डिसेम्बर सम्मको तथ्याङ्कअनुसार नेपालमा करिब ३९ हजार तीन सय ९७ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान छ । तीमध्ये २४ हजार चार सय ४९ पुरुष र १४ हजार नौ सय ४८ महिला सङ्क्रमित छन् भने विश्वमा अहिले करिब तीन करोड ६७ लाख व्यक्ति एचआइभी सङ्क्रमित भएको अनुमान गरिएको छ ।

गत वर्ष नेपालमा एचआइभी एड्स सङ्क्रमित एक सय सात शिशुको जन्म भएको र उनीहरुको उपचार भइरहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । ‘हामी सबैको काम, एचआइभीको रोकथाम’ भन्ने नारासहित नेपालले पनि विश्व एड्स दिवस मनाउन लागेको छ ।

निर्देशक डा. पौडेलले एआइभीको सङ्क्रमण दर अझै घटाउँदै लैजाने र एड्सको महामारीलाई अन्त्य गर्ने दिगो विकास लक्ष्य तथा सङ्क्रमणको रोकथाम र उपचारसम्बन्धी कार्यक्रमलाई तीव्रता दिन यो दिवस मनाइने बताउनुभयो । उहाँ उक्त दिन राष्ट्रिय सभा गृहमा हुने कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुनेछ ।

एआइभीको निःशुल्क परीक्षणका लागि कोटेश्वर, एकान्तकुना, रत्नपार्क, कलङ्की, नयाँ बसपार्क र शिक्षण अस्पताल महाराजगन्जमा स्टल राखिने केन्द्रले जनाएको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

छैटौँ तहका ‘पुल’ दरबन्दी सिर्जना गरिने : स्वास्थ्य मन्त्रालय

Friday, 3 March 2017

काठमाडौं, २० फागुन । स्वास्थ्य मन्त्रालयले छैटौँँ तहका ‘पुल’ दरबन्दी यथाशीघ्र सिर्जना गरी निजामती किताबखानामा दर्ता गराउने स्पष्ट पारेको छ ...

रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी सङ्क्रमित

Thursday, 2 March 2017

कविता उपाध्याय/रोल्पा, १९ फागुन । रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी एड्स सङ्क्रमित भएका छन् । प्रवासी बाबु तथा घरमा रहेकी ...

वातावरणिय प्रभाव र धुम्रपानको नकारात्मक असरवारे एक दिवसीय बृहत्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

Sunday, 19 February 2017

काठमाडौं, फागुन ८। क्यान्सर काउन्सिल नेपलको आयोजनामा राजधानी स्थित सेन्ट जेभियर्स कलेज, मइतीघरमा एक दिवसीय “वातावरणिय प्रभाव, धुम्रपानको नकारात्मक असर, ...

परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् रोल्पाका जनता

Thursday, 12 January 2017

लिबाङ (रोल्पा), २८ पुस । यस जिल्लामा अझै पनि कतिपय दम्पती परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको ...

बाटो नभएपछि स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन सकेन

Thursday, 12 January 2017

बनियानी (झापा), २८ पुस । झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । ...

तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट करिब ७०० लाभाविन्त

Thursday, 12 January 2017

मुस्ताङ, २८ पुस । थकाली समुदायको १२ वर्षे कुम्भमेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपालले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ...

फागुनभित्र दर्ता तथा नवीकरण नभए स्वास्थ्य संस्था खारेज हुने

Thursday, 29 December 2016

काठमाडौँ, १३ पुस । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था ...

एकै परिवारमा चारजनाको मिर्गौला बिग्रेपछि परिवार बिचल्लीमा

Monday, 12 December 2016

फलेवास ९पर्वत०, २७ मङ्सिर । झट्ट सुन्दा पत्यार पनि नलाग्ने । एकै परिवारका चार चारजना सदस्य मिर्गौला रोगबाट पीडित छन् ...

वीरगन्ज कारागारमा चार जना एचआइभी सङ्क्रमित

Saturday, 10 December 2016

वीरगन्ज, २५ मङ्सिर । वीरगन्ज कारागारमा रहेका कैदीबन्दीमध्ये चार जनामा एचआइभी संक्रमण र एक जनामा हेपाटाइटिस सि देखिएका छन् । ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top