sangrila bank

स्वास्थ्य मन्त्रालयको नियुक्ति तथा मनोनयन सम्वन्धि मापदण्ड स्विकृत

काठमाडौं । स्वास्थ्य मन्त्रालय सम्वद्ध सार्वजनिक निकायहरुका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन संवन्धी मापदण्ड सरकारले स्विकृत गरेको छ ।

मन्त्रालय सम्बद्ध अस्पताल विकास समिति, प्रतिष्ठान, परिषद लगायतमा नियुक्ति तथा मनोनयनलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य मन्त्री गगनकुमार थापाले पेश गरेको मापदण्डलाई सरकारले स्विकृत गरेको हो ।

नियुक्ति तथा मनोनयन संवन्धी मापदण्ड स्विकृत भएपछि लामो समयदेखि खाली रहेका विकास समितिहरू, प्रतिष्ठान लगायतका पदाधिकारीहरुमा पदपुर्ति गर्ने बाटो खुलेको छ । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल विकास समितिहरु लगायतमा पदाधिकारी खाली रहेका छन् ।

यस मापदण्डले अस्पताल विकास समितिको अध्यक्षको योग्यता निर्धारण गरि कार्यसम्पादन करार गर्ने व्यवस्था गरेको स्वास्थ्य मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो ।

मापदण्डअनुसार अस्पताल विकास समितिको अध्यक्षको हकमा जिल्ला अस्पतालको लागि स्नातक, केन्द्रीय क्षेत्रीय र अंचल अस्पतालको लागि स्नातकोत्तर उत्तिर्ण हुनुपर्नेछ । समितिको अध्यक्ष बन्ने व्यक्तिले अस्पताल सुधारका निश्चित योजना र प्रतिवद्धता सहित कार्यसम्पादन करार सम्झौता गर्नु पर्नेछ । नियुक्त वा मनोनयन भएको मितिले ३० दिन भित्रमा सम्झौता गरिसक्नु पर्ने व्यवस्था गरिएको छ ।

करार सम्झौतामा अस्पताल फार्मेसी संचालन, भिड व्यबस्थापन, ५ बजे सम्म ओपीडी संचालन, अस्पताल कोषको प्रभावकारी संचालन लगायतका सुधारका बिषयहरू रहने पौडेलले वताउनुभयो । अन्य सार्वजनिक निकायमा नियुक्त हुने कार्यकारी प्रमुखले पनि कार्यसम्पादन करार सम्झौता गरि त्यसको प्रतिबेदन नियमित रुपमा पेस गर्नुपर्नेछ ।

त्यसैगरी मापदण्ड अनुसार स्वार्थको द्धन्द्ध देखिने व्यक्ति कुनै पनि सार्वजनिक निकायमा नियुक्त तथा मनोनयनका लागि योग्य हुन नसक्ने भएका छन् । साथै अब कोहि पनि व्यक्तिले दोहोरो नियुक्ति र दोहोरो सुविधा लिन पाउने व्यवस्था पनि मापदण्डमा गरिएको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् रोल्पाका जनता

Thursday, 12 January 2017

लिबाङ (रोल्पा), २८ पुस । यस जिल्लामा अझै पनि कतिपय दम्पती परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको ...

बाटो नभएपछि स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन सकेन

Thursday, 12 January 2017

बनियानी (झापा), २८ पुस । झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । ...

तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट करिब ७०० लाभाविन्त

Thursday, 12 January 2017

मुस्ताङ, २८ पुस । थकाली समुदायको १२ वर्षे कुम्भमेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपालले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ...

फागुनभित्र दर्ता तथा नवीकरण नभए स्वास्थ्य संस्था खारेज हुने

Thursday, 29 December 2016

काठमाडौँ, १३ पुस । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था ...

एकै परिवारमा चारजनाको मिर्गौला बिग्रेपछि परिवार बिचल्लीमा

Monday, 12 December 2016

फलेवास ९पर्वत०, २७ मङ्सिर । झट्ट सुन्दा पत्यार पनि नलाग्ने । एकै परिवारका चार चारजना सदस्य मिर्गौला रोगबाट पीडित छन् ...

वीरगन्ज कारागारमा चार जना एचआइभी सङ्क्रमित

Saturday, 10 December 2016

वीरगन्ज, २५ मङ्सिर । वीरगन्ज कारागारमा रहेका कैदीबन्दीमध्ये चार जनामा एचआइभी संक्रमण र एक जनामा हेपाटाइटिस सि देखिएका छन् । ...

स्तनक्यान्सरको सफल शल्याक्रिया

Friday, 9 December 2016

दाङ, २४ मङ्सिर । दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा दाङ ...

दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्याक्रिया

Friday, 9 December 2016

दाङ, २४ मङ्सिर । दाङ जिल्लामा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको ...

औलो रोगको सङ्क्रमण बढ्यो

Saturday, 3 December 2016

सिन्धुली, १८ मङ्सिर । सिन्धुलीमा यसवर्ष औलो रोगीको सङ्ख्यामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा औलोका ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top