sangrila bank

विशेष लेख : संगठनको समस्या र पद्धतिशास्त्रको दिशा

जर्ज लुकास

विश्वका प्रमुख मार्क्सवादी विचारकहरु मध्ये जर्ज लुकास एक मानिन्छन् । सन् १८७५ मा हंगेरीमा जन्मिएका लुकासको विचारधारात्मक क्षेत्रमा महत्वपूर्ण योगदान छ ।
प्लेखानोव, लेनिन र रोजा लक्जेम्बर्गपछि विचारधाराको विकासमा उनले महत्वपूर्ण भूमिका निभाए । ‘थ्योरी अफ द नोबेल, द डिस्टक्सन अफ रिजन, द मिनिङ अफ कन्टेम्पोररी रियलिजम, हिस्टी एण्ड क्लास कन्सिअसनेस्, द हिस्टरिकल नोबेल, द योंग हेगेल, लगायत दर्जनौं पुस्तकहरु उनले लेखेका छन् । उनीद्वारा लिखित ‘हिस्टी एण्ड क्लास कन्सिअसनेस्’ अर्थात इतिहास र वर्गचेतना’ पुस्तकबाट ‘संगठनको समस्या र पद्धतिशास्त्रको दिशामा’ लेख  पत्रकार नरेश ज्ञवालीले अनुवाद गरेका छन् । ज्ञवालीद्वारा अनुदित उक्त लेख हामीले यहाँ प्रस्तुत गरेका छौँ : सम्पादक


संगठनबाट राजनीतिलाई यान्त्रिक ढंगबाट छुट्याउन मिल्दैन ।
लेनिन : रुसी कम्युनिष्ट पार्टीको ११औँ काँग्रेसको समापन भाषण

यस्तो बेला पनि आउने गरेको छ, जति बेला संगठनका समस्याहरु बहसको केन्द्रमा रहे । (त्यतिबेला जब विलयको सर्तमा बहसहरु चली रहेका थिए) फेरी पनि के कुरा साँचो हो भने, सिद्धान्तकारहरुले अन्य प्रश्नहरुको तुलनामा यस प्रश्नमा कमै ध्यान दिए । कम्युनिष्ट पार्टीको विचारलाई, जसको ती सबै अवसरवादीहरुले विरोध गरेका छन् र जसको खिलाफ कुत्साको साहारा लिए तथा उत्कृष्ठ क्रान्तिकारी कार्यकर्ताहरु जसले यसलाई ग्रहण गरेर आफ्नो बनाए । यसलाई सधैजसो क्रान्तिको सबैभन्दा महत्वपूर्ण बौद्धिक प्रश्नहरुमध्ये होइनकी शुद्ध प्राविधिक दृष्टिकोणले मात्र हरे । संगठनका समस्याहरुको सैद्धान्तिक समृद्धिका लागि सामाग्रीहरुको कमी भएर यसो गरिएको होइन । अर्को तर्फ तेस्रो कांग्रेसको प्रस्थापनाहरु, रुसी पार्टी भित्रका नीति सम्बन्धी बहसहरु र हालका बर्षहरुको व्यवहारिक चेतनाले यस्ता कयौँ सामाग्री प्रदान गरेका छन्, जसले संगठन सम्बन्धी हाम्रो बुझाईलाई स्पष्ट पार्दछन् तर पनि हामीले यसलाई गमिभरतापूर्वक हेर्न सकेनौ । के लाग्छ भने (सधैजसो रुसी कम्युनिष्ट पार्टीलाई छोडेर)कम्युनिष्ट पार्टीको सैद्धान्तिक रुची धेरैहदसम्म आर्थिक र राजनीतिक स्थितिबाट पैदा हुने समस्याहरु, उनका कार्यनीतिक निहितार्थहरु र उनका सैद्धान्तिक आधारमा अल्झीएका छन् ।

फलस्वरुप परिणाम कस्तो देखियो भने कम्युनिष्ट पार्टीहरुको संगठनको समस्यालाई सिद्धान्ततः उठाउनका लागि वास्तवमा त्यहाँ उर्जा नै बाँकी रहेन कि जस्तो लाग्न थाल्यो । यदि यस क्षेत्रका क्रियाकलाप धेरै अर्थमा सहि रहे भने यसको कारण स्पष्ट सैद्धान्तिक अन्तःदृष्टि भन्दा धेरै वास्तविक क्रान्तिकारी सहजवृत्तिहरु रहे । अर्को तर्फ यस्ता अनेकौँ गलत कार्यनीतिक सोच पनि अपनाईएका छन्, जहाँसम्म एउटा संयुक्त मोर्चा सम्बन्धी बहसहरुमा, जो संगठनको समस्याहरुको गलत बुझाईका कारण पैदा भएको हो ।

यी विषयहरुमा यस्तो अचेनता निश्चित रुपमा आन्दोलनको अपरिपक्वताको छाप हो । त्यसैले परिपक्वता र अपरिपक्वताको प्रश्न के सोधेर हल गर्न सकिन्छ भने, के वर्गको र त्यसलाई कारवाही तर्फ लैजाने पार्टीको शैली अमूर्त र तात्कालिक हुन् अथवा ठोस रुपले ‘व्यवहित’ । तात्पर्य के भने उद्देश्य जबसम्म पहुँचभन्दा बाहिर हुन्छ, खास गरेर तीक्ष्ण अन्तःदृष्टि भएका प्रेक्षकहरुले केही हदसम्म स्वयं लक्ष्य, त्यसको प्रकृति र त्यसको सामाजिक आवश्यकताको परिकल्पना गर्न समर्थ हुन्छन् । तर, तिनले कि त त्यो लक्ष्यसम्म लैजाने ठोस पाईलाहरुलाई या त तिनको आफ्नो निःसन्देह सही अन्तःदृष्टिबाट बुझ्न सकिने ठोस साधनहरुको स्पष्ट थाहा लगाउन सक्ने छैनन् ।

के कुरा साँचो हो भने कल्पनावादीहरुले त्यस स्थितिलाई स्पष्ट रुपमा हेर्न सक्छन जुन प्रस्थानको विन्दु हुनुपर्छ, जुन कुराले उनीहरुलाई कल्पनावादी बनाउँछ । उनीहरुले यसलाई एउटा तथ्य अथवा धेरै भन्दा धेरै एउटा त्यस्तो समस्याका रुपमा हेर्छन जसले समाधानको माग गर्छ । तर समाधान र त्यसतर्फ लैजाने मार्ग, दुईटै स्वयं यसै समस्यामा निहित छन् भन्ने तथ्यलाई बुझ्न उनीहरु असमर्थ छन् । मात्र के हो भने उनीहरुले ‘निर्धनतामा निर्धनता भन्दा केही पनि देख्दैनन् । र त्यसको क्रान्तिकारी, विध्वंस पक्षलाई चिन्न सक्दैनन्, जसले पुरानो समाजलाई उखलेर पाल्छ ।’ (दि पोवर्टी अफ फिलोसोफी) यहाँ कठमुल्ला र क्रान्तिकारी विज्ञानको जुन विरोधमा जोड दिईएको छ त्यो माक्र्सद्धारा विश्ेलेषित दृष्टान्त भन्दा परे छ । तथा थप ब्यापक बनेर क्रान्तिकारी वर्गको चेतनाको विकासमा एउटा उदाहरिणय विरोधको मिसिल बन्छ । सर्वहारा जतिबेला क्रान्तिको दिशामा अघि बढ्यो त्यतिबेला निर्धनता मात्र एउटा विद्यमान बस्तु थिएन् । यो कारवाहीको द्वन्द्ववादको जिउँदो अंग बन्यो । तर– यस वर्गको विकासको चरणका अनुसार–उसको स्थान अरुनै सम्बृत्तिहरुले लिए । जसलाई सर्वहाराको सिद्धान्तले यस प्रकार विवेचना ग¥यो जुन माक्र्सद्धारा विश्लेषित ढाँचासँग निकै समान हुन आउँछ । यहाँ माक्र्सले कल्पनावादको पहिलो र आदिम अभिव्यक्तिको खण्डन गरेका थिए भन्ठान्नु कल्पनावादी भ्रान्ती नै हो । यसै कारणले मात्र क्रान्तिकारी मजदूर आन्दोलनले कल्पनावादमाथि विजय प्राप्त गरी सकेको छ ।

विश्लेषणको चुरोमा यो प्रश्न अन्तिम लक्ष्य र आन्दोलनको अर्थात सिद्धान्त र व्यवहारको, द्वन्द्वात्मक सम्बन्धकै प्रश्न हो । क्रान्तिको हरेक कलिलो चरणमा यो प्रश्न सबै भन्दा अगाडी आउने गर्छ । सधै धेरै उन्नत रुपमा र विभिन्न सम्वृत्तिहरुको हवालाबाट । यसै कारण एउटा समस्या, पहिला एउटा अमूर्त सम्भावना बनेर अगाडी आउँछ र त्यसको ठोस साकार रुप अगाडी बढेपछि नै सम्भव हुन्छ । त्यसैले प्रश्नहरुलाई सही ढंगले प्रस्तुत गरिएको छ अथवा गलत ढंगले ? यसको विवेचना त्यतिबेलामात्र सार्थक हुन्छ जब यो दोस्रो चरण आई सकेको होस । जब त्यो ठोस समग्रतालाई चिन्नु सम्भव होस, जसले सम्बन्धित लक्ष्यको सिद्धिका लागि वातावरण तैयार गरोस र बाटो बनाओस । दोस्रो अन्तर्राष्ट्रियको आरम्भिक बहसहरुमा आमहडताल एउटा शुद्ध अमूर्त कल्पना थियो । जसले पहिले रुसी क्रान्ति र पछि बेल्जियमको आमहडतालसँगै ठोस रुप ग्रहण गर्न पुग्यो । यसै प्रकार पेचिलो क्रान्तिकारी टकरावका बर्षहरु बितेसँगै के सम्भव भयो भने– मजदूर परिषद्ले आफ्नो कल्पनावादी÷मिथकीय चरित्र त्याग गरिदेओस र उसलाई नै क्रान्तिका सबै समस्याहरुको रामवाण उपचार नठानियोस । यो परिषद् को महत्व वास्तवमा जे थियो, त्यस रुपमा उसलाई बुझ्न अथवा गैर–रुसी सर्वहाराको रुपमा मानिसहरुलाई बुझाउन कयाँै बर्ष लागे । (मेरो आशय यो संकेत दिनु होइन कि स्पष्टताको प्रक्रिया पुरा भैसकेको छ । वास्तवमा मलाई यसमा निकै आशंका छ । तर म यहाँ यसमा विस्तृत बहस गर्दिन । किनभने यसको उल्लेख उदाहरणका लागि मात्र गरिएको हो ।)

कल्पनावादको धुँधुलो प्रकाशमा संगठनको मुल समस्या नै सबै भन्दा लामो समयसम्म उडी रहन्छ । यो कुनै संयोग होइन । जतिबेला क्रान्तिको समस्याका बारेमा यो दैनन्दिन सबै घटनाहरुमा व्याप्त विषयबस्तु होईन भन्ठानिन्थ्यो, त्यसैबेलामा नै अधिकांश मजदुर पार्टीहरुको विकास भएको हुँदा त्यसबेला सैद्धान्तिक दृष्टिले मात्र कार्यक्रमहरुलाई प्रभावित गरी रहन्छ भनिन्थ्यो । त्यसैले क्रान्तिको प्रवृति र उसको सम्भावित मार्गलाई ठोस सैद्धान्तिक ढंगले स्पष्ट गर्नु जरुरी ठानिएन् । जसबाट यो बुझ्न सकियोस कि सर्वहाराको चेतना सम्पन्न भागलाई कसरी सचेतन कारवाही गर्नुपर्छ । तर एउटा क्रान्तिकारी पार्टीको संगठन कसरी बनाउने, यो प्रश्नको जीवन्त विकास स्वयं क्रान्तिको एउटा सिद्धान्तबाट नै सम्भव छ । क्रान्ति जब दैनन्दिनका यथार्थको अंग बन्छ, तब बल्ल क्रान्तिकारी संगठनको प्रश्न जनता र उसका सिद्धान्तकारहरुको चेतनाको अंग बन्न बलियो बल प्रदान गर्नेछ ।

र त्यतिबेला पनि क्रमिक ढंगले मात्रै । क्रान्ति एउटा तथ्य बन्दा पनि त्यसका प्रति घीनलाग्दा शैली अपनाउने आवश्यकताको अपरिहार्यता रही रह्यो । (जस्तै रुसी क्रान्तिको चरणमा पहिले र पछि भयो) त्यतिबेला पनि कुनै यथार्थ अन्तःदृष्टि पैदा भएन । सर्वहारा पार्टीहरुमा अवसरवादले त्यतिवेलासम्म यति गहिरो गरी जरा गाडी सकेको थियो कि क्रान्तिको एउटा सहि सैद्धान्तिक बुझाई असम्भव भैसकेको थियो । तर जहाँ यस्तो अवस्था थिएन र क्रान्तिका चालकशक्तिलाई ठिक–ठिक बुझियो त्यहाँ पनि क्रान्तिकारी संगठनको एउटा सिद्धान्तमा यस अन्तःदृष्टिको विकास हुन सकेन । जुन कुरा आंशिक भएपनि बाटोको बाधक थियो त्यो हो– मौजूदा संगठनहरुको अचेतन, सैद्धान्तिक कमजोर स्तर र मात्र ‘जीवन्त’ प्रकृति ।

रुसी क्रान्तिले पश्चिमी यूरोपका संगठनहरुको सिमाहरुलाई स्पष्ट रुपमा उजागर गरिदियो । जनताको स्वतःस्फूर्त आन्दोलनहरुका अगाडी तिनिहरुको नाकारापन, जन–कारवाहीहरु र आमहडतालका प्रश्नहरु पुरै बेनकाब भए । यस्ता कार्यवाहीहरुका लागि ‘सांगठनिक तैयारी’को धारणामा निहित अवसरवादी भ्रान्तीलाई जोडदार झट्का लाग्यो । यसपछि के स्पष्ट भयो भने यस्ता संगठनहरु सधै जनताको वास्तविक कार्यवाहीका पछि खच्याउँदै हिड्छन् । र तीनीहरुले त्यसको नेतृत्व गर्नु त परको कुरा, त्यसलाई अगाडी पनि बढाउँदैनन् । बरु त्यसमा बाधा उत्पन्न गर्छन ।

जनकारवाहीको महत्वलाई रोजा लक्जेम्बरले अरुको तुलनामा राम्रो गरी बुझिन् । उनले संगठनको पारम्परिक धारणाका दोषहरुलाई जनताबाट उसको मिथ्या सम्बन्धमा खोज्ने गर्छिन ः ‘सर्वहाराको वर्ग संघर्षमा संगठनको भूमिकासँग अत्याकलनका साथ अथवा त्यसका प्रति गलतधारणाका साथ धेरैजसो असंगठित सर्वहाराजन र उनको राजनीतिक अपरिपक्वताका प्रति अपमानको भाव पनि जोडिएको हुन्छ ।’ (द मास स्ट्राईक) उनका आफ्ना निष्कर्ष एकातर्फ उनलाई संगठनमा यति धेरै जोड दिनुको खिलाफ बहसमा र अर्को तर्फ पार्टीको भूमिकाको विश्लेषणमा होम्ने गर्छन । उनको बुझाईमा यो कुरा ‘आम हडतालको तयारीहरुसँग सम्बन्धीत र त्यलाई नेतृत्व प्रदान गर्नसँग सम्बन्धीत प्राविधिक पक्षहरुमा होइन कि सबैभन्दा बढेर आन्दोलनको राजनीतिक नेतृत्वमा निहित छ ।’ (यसका लागि कम्युनिज्मुस, बर्ष दुई, अंक–१५–१६ मा जे रेवईको ‘कम्युनिष्टिशे सेल्बस्टक्रिटीक उड डेर फाल लेवी’ हेर्नुस ।)

संगठनको मुल समस्याको बुझाईको दिशामा यो एउटा माहान कदम थियो । त्यसको एउटा अलग–थलग अमूर्त वस्तुवाली हैसियतलाई नष्ट गरेर (अर्थात संगठनको ‘अत्याकलन’को प्रवृतिलाई सुधारेर) रोजा लग्जेम्बर्गले क्रान्तिकारी प्रक्रिया भित्र त्यसको वास्तविक प्रकार्यको निरुपण सम्भव बनाईन । तर, यसभन्दा एक पाईला अझै अगाडी बढेर संगठनको सन्दर्भमा राजनीतिक नेतृत्वको प्रश्नमा विचार गर्नु आवश्यक थियो । तात्पर्य के हो भने ती सांगठनीक कारकहरुलाई विस्तारसँग भन्नु पर्ने थियो, जसले सर्वहारा पार्टीलाई राजनीतिक नेतृत्व लिन सार्थक तुल्याउँछन् । जुन कुराले उनलाई यो पाईला चाल्नबाट रोके, हामीले ती कुराहरुमा अन्यत्रै छलफल गरी सकेका छौ । यहाँ के मात्रै भन्नु आवश्यक हो भने केही बर्ष पहिले, अर्थात रुसी सामाजिक जनवादी पार्टीमा संगठन सम्बन्धी बहसमा यो पाईला वास्तवमा उठाई सकिएको छ ।

रोजा लक्जेम्बर्गले यस मुद्दालाई स्पष्ट ढंगले बुझेकी थिईन । तर यस प्रश्नमा उहाँ (मेन्शेविकहरुको) प्रतिगामी पार्टीसँग उभिएकी थिईन । यो कुनै संयोग होइन कि रुसी सामाजिक जनवादको विभाजनका लागि जिम्मेवार कारणहरुमध्ये एउटा भावि क्रान्तिको प्रकृति र त्यसबाट पैदा हुने कार्यभारहरु (‘प्रगतिशील’ पूँजीपति वर्गकासाथ गठजोड अथवा फेरी किसान क्रान्तिको पक्षमा संघर्ष) सम्बन्धी मतभेद मौजुद त थिए भने अर्को तर्फ संगठनका समस्या पनि थिए । रुस भन्दा बाहिर जुन कुरा आन्दोलनका लागि घातक बन्यो त्यो भनेकै यी दुबै मुद्दा वास्तवमै सँग–सँगै आउछन् भन्ने कसैले महसुस नै गरेनन् (यहाँसम्म की रोजा लक्जेम्बर्गले पनि) । उनीहरुले के पनि बुझेनन् भने यी दुबै कुरा अविभाज्य द्वन्द्वात्मक एकतामा बाधिएका छन् । फलस्वरुप आउने घटनाहरुका लागि सर्वहाराको बौद्धिक स्तरमा तैयार हुने दृष्टिले उनका बीच क्रान्तिकारी संगठनको समस्याहरुमाथि जानकारी दिने अवसर हातबाट फुत्क्यो । (त्यस समय धेरै भन्दा धेरै यसै कामको आशा गर्न सकिन्थ्यो ।) यसका अलावा रोजा लक्जेम्बर्ग, पन्निकीक र अरु मान्छेहरुको राजनीतिक अन्तःदृष्टिहरुसम्म पर्याप्त ठोस रुप लिन सकेन । राजनीतिक प्रवृतिसम्मको रुपमा समेत । रोजा लक्जेम्बर्गका शब्दमा उनीहरु प्रच्छन्न, मात्र सैद्धान्तिक रहे र ठोस आन्दोलनसँग उनको सम्बन्ध अहिले पनि कल्पनावादबाट ग्रस्त छ । (यसको परिणाम जान्न– जूनियस पैंफलेटमाथि लेनिको आलोचना तथा गेगन डेन स्ट्रामको तुलना गर्नुहोला ।)

संगठन सिद्धान्त र व्यवहारका बीच मध्यस्थताको रुप हुन्छ । र हरेक द्वन्द्वात्मक सम्बन्धमाझै यस सम्बन्धका पक्ष पनि यस्तै मध्यस्थतामा र यसैका कारण ठोस र यथार्थ बन्छन । सिद्धान्त र व्यवहारका बीच संगठनको मध्यस्थताको क्षमता सबैभन्दा स्पष्ट ढंगले राजनीतिक चिन्तन र कर्मको कुनै अन्य क्षेत्रको अपेक्षा यसका विविध प्रवृत्तिहरुका प्रति निकै सुन्दर र अधिक विश्वस्त संवेदनशीलता देखिन्छ । शुद्ध सिद्धान्तको स्तरमा अत्यन्त असम्बद्ध विचारहरु र प्रवृत्तिहरुका बीच पनि शान्तिपूर्ण सह–अस्थित्व सम्भव छ । विरोधहरुको अभिव्यक्ति केवल विवादका रुपहरुमा हुनेगर्छ । जसलाई एउटै संगठनको ढाँचा भित्र, उसलाई न निमठीकन समेट्न सकिन्छ । तर, यीनै प्रश्नहरुलाई सांगठनिक स्वरुप प्रदान गर्ने वित्तिकै उनीहरु घोर विरोधी, यहाँसम्म कि समन्वय भन्दा पनि परे देखिन्छन् ।

हरेक सैद्धान्तिक प्रवृत्ति अथवा विचारहरुको टकरावका लागि तत्कालै एउटा सांगठनिक विङ तयार गर्नु आवश्यक छ । मात्रै के हो भने त्यो शुद्ध सिद्धान्त अथवा अमूर्त सुझावहरुको स्तरबाट माथि उठ्न चाहोस । अर्थात यदि त्यसले साच्चै व्यवहारमा स्वयं मूर्तिमान हुने बाटो देखाउन चाहोस । तर यो ठान्नु गलत हुनेछ कि संगठित कारवाहीको हरेक उदाहरण परस्पर विरोधी विचारहरुको वैधताको, बरु त्यसको समन्वयको सम्भावना या असम्भावनासम्म एउटा यथार्थ र विश्वसनीय सूचक हुन सक्छ । हरेक संगठित कारवाही–निज–रुप र निज–हेतु–व्यक्तिहरु र समूहहरुको आफ्नो–आफ्नो कृत्यहरुको तानाबाना हुने गर्छ । सामाजिक र ऐतिहासिक दृष्टिले एक पर्याप्त प्रेरणासम्पन्न ‘अपरिहार्य’ घटनाका रुपमा या व्यक्तिहरु द्धारा लिइएको ‘गलत’ या ‘सही’ निर्णयको परिणामको रुपमा यसको व्याख्या गरिनु पनि त्यति नै गलत हो । आफैमा नराम्रो गरी अल्झिएको यो तानाबाना त्यतिबेला मात्र एउटा अर्थ पाउन सक्छ जब उसको बोध एउटा ऐतिहासिक समग्रता भित्र गर्न सकियोस । यसको के अर्थ भने ऐतिहासिक प्रक्रियाको भित्र उसको एउटा प्रकार्य हुनुपर्छ तथा अतीत र भविष्यको बीच उसको मध्यस्थताको भूमिका बुझिनु पर्छ । तर संगठित कारवाहीलाई जुन विश्लेषण भविष्यका लागि उसको सबकको आधारमा मुल्यांकन गर्ने गर्छ, जसले उसलाई यो प्रश्नको जबाफ ठान्ने गर्छ कि ‘त्यतिबेला हामीले के गर्नेछौँ ?’ त्यसले समस्यालाई संगठनको दृष्टिबाट हेर्ने गर्दछ । स्थितिलाई जाँचेर कारवाहीको तयारी गरेर र उसको नेतृत्व गरेर यस्तो कुनै विश्लेषण ती तत्वहरुको पहिचानको प्रयास गर्छ । जो अपरिहार्यतासँग सिद्धान्तको सबै भन्दा उपयुक्त सम्भव कारवाही तीर लिएर जान्छ । उसले ती अनिवार्य निर्धारकहरुको पत्ता लगाउँछ जसले सिद्धान्त र व्यवहारलाई जोड्ने गर्छ ।

थाहा भएकै कुरा हो प्रतिभापूर्ण आत्मालोचना र पछिल्लो ‘गल्तीहरु’को साच्चिकै प्रतिभावान विश्लेषण यसै प्रकारको छानबिनपछि मात्र सम्भव छ । घटनाहरु ‘अपरिहार्यता’बाट जन्मिन्छन भन्ने विश्वासले भाग्यवाद तर्फ लैजान्छ । यसै प्रकार यी रित्ता मान्यता भाबी कारवाहीका लागि कुनै निर्णायक र रचनात्मक मानकलाई जन्म दिदैँनन् कि व्यक्तिहरुको ‘गलतिहरु’ या बठ्याईँ, असफलता अथवा सफलताका कारण थिए । यस्तो कुनै दृष्टिकोणले सधै यो कुरालाई तुलनात्मक रुपमा ‘साम्योगिक’ तिर लैजान्छन् कि यस वा त्यस व्यक्तिलाई यस वा त्यस स्थितिमा राख्नु पर्ने थियो र उसले यो वा त्यो गल्ती ग¥यो । यस्तो कुनै गलतीको खोजले के मात्रै देखाउँछ भने सम्बन्धित व्यक्ति त्यस स्थितिमा योग्य थिएन । सही हो भने यो अन्तःदृष्टि महत्व भन्दा रित्तो हुँदैन । तर जहाँसम्म आवश्यक आत्मालोचनाको सवाल हो, यसको महत्व गौण नै हुन सक्छ । यस्तो दृष्टिकोणले मानिसहरुको महत्वलाई यस स्तर अतिशयोक्ति गरिदिन्छ, तथ्यले यहि देखाउँछ कि यह दृष्टिकोणमा यी व्यक्तिहरुको भूमिकाहरुलाई र निर्णायक अथवा एउटा विशेष ढंगले एउटा संगठित कारवाहीको निर्धारणको बारेमा उनको योग्यताको वस्तुनिष्ठ रुप दिनमा असमर्थ छ । यस दृष्टिकोणमा व्यक्तिहरुलाई त्यति नै भाग्यवादी ढंगले हेर्न सकिन्छ जस्तो बस्तुनिष्ठ भाग्यवादले पुरै प्रक्रियालाई हेर्ने गर्छ । तर यदि यस प्रश्नलाई मात्र अलग–थलग र सांयोगितक घटनाहरु भन्दा केही धेरै मान्ने हो भने, यदि यो स्विकार गरियोस कि व्यक्तिहरुको सहि अथवा गलत कारवाहीहरु घटनाहरुको पुरै तानाबानालाई प्रभावित नगरिकन रहन सक्दैन, बरु यसको अगाडी बढेर र विशेष स्थितिहरुमा यस विशेष व्यक्तिहरुको उपस्थितिको तथ्य आदि स्विकार गर्दै, यदि यो कुरा वैद्य हो कि उसको अगाडी कारवाहीका लािग मौजुद सम्भावनाहरुको वस्तुनिष्ठ दायराको छानविन गरियोस भने त्यस अवस्थामा समस्या फेरी संगठनको क्षेत्रमा पुग्छ । (संगठनका प्रश्न र पद्धतिशास्त्रीय दृष्टिबाट सहि समालोचनाका लागि रुसी कम्युनिष्ट पार्टीको ११ औँ कांग्रेसमा लेनिनले दिएको भाषण हेर्नुस ।) त्यसकारण कि त्यस हालतमा कर्ताहरुलाई सँगै लिएर आउने एकतामा ध्यान दिन र कुनै विशेष कारवाहीका लागि उसको उपयुक्ततालाई जाँच्न पर्छ । त्यतिबेला हामीले सोध्नु पर्ने हुन्छ कि सिद्धान्तलाई व्यवहारमा ल्याउनका लागि के वास्तविक सांगठनिक विधिहरु अपनाईएको थियो ।

निश्चित रुपमा ‘त्रुटी’को स्रोत सिद्धान्तमा, उद्देश्यको चयनमा अथवा स्थितिको मुल्यांकनमा निहिन हुन सक्छ । तर व्यवहारका दृष्टिकोणले सिद्धान्तको एउटा साँचो आलोचना एउटा संगठनमुखी विश्लेषणले नै गर्न सक्छ । यदि सिद्धान्तलाई एउटा संगठित कारवाहीसँग सिधा–सिधा जोडि दिने हो भने यो स्पष्ट नगरिकन कि त्यसमा सिद्धान्तको के प्रभाव पर्छ, अर्थात संगठनको दृष्टिले उनको सम्बद्धतालाई साफ–साफ व्यक्त गरे बगैर, भने सिद्धान्तको आलोचना केवल त्यसको आफ्नो आन्तरिक अन्तर्विरोधहरुको आधारमा गर्न सकिन्छ । संगठनको समस्याहरुको यो पाटोले हामीलाई के बुझ्न सहयोग गर्छ भने सैद्धान्तिक मतभेदहरुबाट सांगठनिक परिणामहरुको निष्कर्ष निकालनमा अवसरवाद किन सबै भन्दा धेरै अकमकाउने गर्छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

तीन मिनेट भित्रै भारतले पाकिस्तानलाई यसरी टुक्र्याएर बंगलादेश बनाएको थियो

Saturday, 17 December 2016

रेहान फजल १४ डिसेम्बर सन् १९७१ । समय : लगभग १० : ३० बजे । स्थान : गुवाहाटीको एक एअरबस ...

राष्ट्रपतिलाई महाअभियोग लगाएपछि यस्तो छ दक्षिण कोरिया

Saturday, 10 December 2016

रमेश लम्साल काठमाडाैँ, २५ मङ्सिर । करिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ निलम्बनमा ...

किसानको छोरोले चप्पल लगाएर यो व्यवस्थामा प्रश्न गर्‍यो भने भनिन्छ, ‘राजनीति नगर्नुहोस्’

Sunday, 4 December 2016

भारतीय राजनीतिमा यतिबेला एक युवा उदाएका छन् । मञ्चमा भारतीय संस्थापन पक्ष र त्यहाँको व्यवस्था विरुद्ध चर्को स्वरमा चिच्याइरहने युवा ...

दशैँ मान्न सबै सर्वसाधारण गाउँ हिँडेपछि काठमाडौंका सडक सुनसान

Monday, 10 October 2016

काठमाडौँ, २४ असोज । बडादसैँको नवमीका दिन आज काठमाडौँका मुख्य बजार र सडक प्राय  : सुनसान देखिएको छ । दसैँ ...

मैले यो पुस्तक किन अनुवाद गरेँ ?

Sunday, 2 October 2016

प्रचलित शिक्षा प्रणालीमा स्कूलको भूमिका ज्यादै महत्वपूर्ण छ । तर स्कूल जसका निम्ति बनाइएका हुन्, तिनका निम्ति आकर्षण होइन विकर्षणका ...

अलमलमा परेका कामरेडहरूसित

Thursday, 22 September 2016

डा. ऋषिराज बराल विश्वका उत्पीडित जनता, भाइचारा पार्टीका नेता तथा कार्यकर्ताहरू यतिखेर बडो गम्भीरताका साथ नेपालको माओवादी आन्दोलनलाई हेरिहेका छन् ...

सिपी गजुरेल क. गौरवको रकमी र काइते लेखको विश्वास नगरौँ’

Wednesday, 21 September 2016

डा. ऋषिराज बराल विषयप्रवेश नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मुखपत्र 'माओवादी' को पूर्णाङ्क १०, २०७३ मा सो पार्टीका वरिष्ठ ...

यस्ताे थियाे १० वर्षे सशस्त्र युद्धमा कर्णालीमा युद्ध पत्रकारीता

Sunday, 18 September 2016

नविन रिजाल नेकपा (माओवादी) ले वि.स. २०५२ फागुन १ गते जनयुद्धको घोषणा ग¥यो । जनयुद्धमा जनसेनाको जस्तै प्रचार कार्य महत्वपूर्ण ...

राष्ट्रवादको क्याटवाक

Monday, 12 September 2016

दुई वर्षअघि २६ र २७ नोभेम्बरमा नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनले दक्षिण एसियाको शान्ति र समृद्धिका लागि के त्यस्तो ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top