sangrila bank

किसानको छोरोले चप्पल लगाएर यो व्यवस्थामा प्रश्न गर्‍यो भने भनिन्छ, ‘राजनीति नगर्नुहोस्’

कन्हैया कुमार

भारतीय राजनीतिमा यतिबेला एक युवा उदाएका छन् । मञ्चमा भारतीय संस्थापन पक्ष र त्यहाँको व्यवस्था विरुद्ध चर्को स्वरमा चिच्याइरहने युवा नेता हुन्–कन्हैया कुमार । भारतमा बढ्दै गएको फाँसिवाद विरुद्ध युवाहरुलाई जागरुक बनाइरहेका उनले केही दिन अघि विद्यार्थी र राजनीतिबारे आफ्नो गहन धारणा राखेका थिए । जेनयु विश्व विद्यालयमा आयोजित उक्त कार्यक्रममा उनको भनाइले ब्यापक समर्थन पाएको थियो । विद्यार्थी राजनीतिमा लाग्न हुन्छ या हुँदैन ? यो प्रश्नको उत्तर कन्हैया कुमारले यसरी दिए ।

  • सरकारको आलोचना गर्नु देशको आलोचना होइन ।

  • झूटले कहिलेकाँही साँचो भएको भ्रम दिनसक्छ ।

  • राजनीतिक, सामाजिक वा सांस्कृतिक सत्तामाथि प्रश्न गर्नु विद्यार्थीको प्राथामिक काम हो।

  • राजनीति चुनाव जित्नको लागि होइन समाज बदल्नको लागि गरिन्छ ।

     

कन्हैया कुमार

बिद्यार्थीले राजनीति गर्नुपर्छ । राजनीतिममा लाग्नुपर्छ । सवाल यो हो की, किन राजनीति गर्ने ? जवाफ हुन्छ, ‘हामी विद्यार्थी हौँ । १८ वर्ष भएपछि हामीलाई भोट दिने अधिकार छ । भोट दिनु पनि राजनीति हो । भोट नदिनु पनि राजनीति हो । जब तपाईंले आफूले बटम दबाउनु हुन्छ त्यो राजनीति हो । मलाई थाहा छ –यो देशमा लोकतन्त्र छ । सबैलाई भोट दिने अधिकार छ । जब तपाईं भोट दिन जानुहुन्छ तब राजनीतिमा जानुहुन्छ । त्यसैले चाहेर वा नचाहेर तपाईं राजनीतिको हिस्सा हुनैपर्छ । त्यसैले जीन्दगीको तमाम आवश्यकता, नमक, नोटबन्दी, जागिर, महंगी, लगायत तमाम सवालहरु हाम्रो जीवनमा जोडिएका हुन्छन् । त्यसका लागि राजनीतिक दल चुनावमा जान्छन् । संसदमा नीति निर्माण गर्छन् । उक्त नीतिको असर हाम्रो जीवनमा हुन्छ । यसको मत्लव यो हुन्छ की, जीवनसँग जोडिएको तमाम आवश्यकता राजनीतिले तय गर्छ । त्यसकारण मेरो यो विषयमा बलियो धारणा छ की – हरेक विद्यार्थीले राजनीतिमा सामेल हुनुुपर्छ ।

  • हामी चिया पकाएर पिएचडी गर्न सक्दैनौँ । यसरी हाम्रो शिक्षालाई एक कमोडिटि बनाइएको छ । जोसँग जति पैसा छ उत्ति शिक्षित हुनुहोस् । चार वर्षको लागि पैसा दिनुभयो भने चार वर्षमा डिग्री लिनुहोस् । यसरी शिक्षालाई बेचेर हामी कस्तो मुलुक बनाउँन गइरहेका छौँ । जसले शिक्षा खरिद गर्छ, उसले शिक्षालाई बेच्दछ । भोली उ जागिर गर्न जाँदा उसले भन्नेछ ,–जति हामीले लगानी गरेका छौँ त्यति हामीलाई फिर्ता चाहियो ।’

राजनीति भनेको के हो ?
हामीले भनिरहेको राजनीति के हो ? यसको पनि उत्तर आउँन जरुरी छ । चुनावमा खडा हुन, चुनाव जित्न, मन्त्री, विधायक या प्रधानमन्त्री बन्नु मात्रै राजनीति हो त ? या एक नागरिक, विद्यार्थी हुनुको नाताले हाम्रो भूमिका या दबाब हुनु आवश्यक हुने की नहुने ?
लोकतन्त्रमा जति महत्वपूर्ण पक्ष हुन्छ उती नै महत्वपूर्ण विपक्षि हुन्छन् । उनीहरु दुवैको बीचमा एउटा रोल हुन्छ त्यो हो–दबाब समुह । पोलिटकल साइन्समा हामी दबाब समुहको विषयमा पढ्छौँ । विद्यार्थीले यदि दबाब समुह बनाएर लागेनन् भने लोकतन्त्र सहि बाटोमा जान सक्दैन । नत्र लोकतान्त्रिक व्यवस्थाको अन्त्य गरेर तानाशाही व्यवस्थालाई नजरअन्दाज गर्न सकिँदैन । त्यसैले नागरिक हुनुको नाताले समाजमा आफ्नो ड्युटी निभाउनु पर्छ । हरेक विद्यार्थीले राजनीति गर्नु पर्छ ।
राजनीतिको विषयमा हामी कुरा गरिरहेका छौं तर एउटा कुरा हामी स्पष्ट हुनुपर्छ । कयौं समय योे सवालमा प्रश्न गरिन्छ । के देश तोड्नको लागि राजनीति गर्न चाहानुहुन्छ ? मलाई थाहा छ देश तोड्नको लागि होइन देश भित्र जो तोड्नेवाला विचारधारा भएका व्यक्तिहरु हुन्छन् त्यो विचारधारालाई परास्त गरेर देशलाई एकता र अखण्डतामा लानका लागि, सबैको लागि शिक्षा र सबैको लागि रोजगारी निश्चित गर्नका लागि सबैको आत्मसम्मानको लागि राजनीति हुनुपर्छ । सबैलाई शिक्षा सबैको काम तब बढ्नेछ आफ्नो राष्ट्र ।

  • ‘नेहरु जब प्रधानमन्त्री बने तब पटनामा गएर भने– विद्यार्थीले राजनीति गर्नु हुँदैन । तपाईं बताउँनु होस्, डक्टर चाहान्छन् उनका छोरा डाक्टर बनोस् । नेताजी चाहान्छन् उनको छोरा नेता बनोस् । तर, एउटा किसानको छोरो चप्पल लगाएर लेखपढ गरेर यो व्यवस्थालाई बुझेर यो व्यवस्थाप्रति प्रश्न गर्न खोज्दा तपाईं भन्नुहुन्छ की ‘राजनीति नगर्नुहोस् ।’


विद्यार्थीमाथि अराष्ट्रवादीको आरोप किन ?

सबैभन्दा पहिला त यो शब्दबारे बुझ्नु पर्छ । नत्र पतन्जलीको विस्कुट नखाँदा एन्टीनेश्नल बनाइन्छ । विद्यार्थी कुनै राजनीतिक दलको होइन स्वतन्त्र आन्दोलन हुनुपर्छ भन्ने कुरासँग म सहमत छु । तर, एउटा सवाल छ, मसँगै अखिल भारत विद्यार्थी परिषदका एक युवाले चुनाव जिते । उनले चुनाव जितेपछि सबैभन्दा पहिले जेएनयुको विद्यार्थीसँग भेटेनन् । माननीय प्रधानमन्त्रीसँग डिनर गरेर आए । हामी सबैलाई थाहा छ । जसले विद्यार्थीको चुनाव जित्छन् पहिला पार्टी अफिसको मन्दिरमा गएर घण्टा बजाउँछन् र महासचिवको अगाडी शरण पर्छन् । विद्यार्थी राजनीतिमा एउटा स्वतन्त्र आन्दोलन हुन जरुरी छ नकी क्याडर ‘जनरेशन मसिन’ हुने होइन । देशको लागि विद्यार्थी राजनीति हुनुपर्छ । म जुन विद्यार्थी संगठनमा जोडिएको छु–अल इन्डिया स्टुडेन्ट फेडेरेशन । सन् १९३२ मा जन्मिएको हो । अटल विहारी बाजपयी पनि सदस्य थिए । आइके गुजराल लगायत कयौँ मानिसहरु यो संगठनमा थिए । महत्वपूर्ण कुरा नेहरु र जिन्दाले यसको अध्यक्षता गरे । नेहरु जब प्रधानमन्त्री बने तब पटनामा गएर भने– विद्यार्थीले राजनीति गर्नु हुँदैन । तपाईं बताउँनु होस्, डक्टर चाहान्छन् उनका छोरा डाक्टर बनोस् । नेताजी चाहान्छन् उनको छोरा नेता बनोस् । तर, एउटा किसानको छोरो चप्पल लगाएर लेखपढ गरेर यो व्यवस्थालाई बुझेर यो व्यवस्थाप्रति प्रश्न गर्न खोज्दा तपाईं भन्नुहुन्छ की–‘राजनीति नगर्नुहोस् ।’
राजनीतिमा नैतिकता छैन । मानिसहरु प्रतिको समबेदना छैन । यो देशमा भएको शोषित जनताका पक्षमा बोल्ने आदत छैन भने त्यो राजनीति होइन । त्यो चाकडी हो । त्यो चाकडी हुनुहुँदैन राजनीतिमा ।

  • यो देशमा भएको शोषित जनताका पक्षमा बोल्ने आदत छैन भने त्यो राजनीति होइन । त्यो चाकडी हो । त्यो चाकडी हुनुहुँदैन, राजनीति हुनुपर्छ ।
    राष्ट्रवादी हुनुको परिभाषा कुनै पनि पार्टी कार्यालयले तय गर्ने होइन ।

मैले पटक पटक नेश्नल एन्टी नेश्नलबारे जवाफ दिँदैआएको छु । जो यो देशको संविधानलाई विश्वास गर्दैन त्यो ‘एन्टिनेश्नल हो । एन्टीनेश्नलको परिभाषा तयार गर्नुभन्दा अघि नेश्नलको परिभाषा तयार गरौं । राष्ट्रवादी हुनुको परिभाषा कुनै पनि पार्टी कार्यालयले तय गर्ने होइन । यो देशको संविधान र प्रस्तावनाले राष्ट्रियताको परिभाषा गर्दछ । जसको पहिलो लाइन छ– हामी भारतको मान्छेहरु जोसँग कर्तव्य पनि छ अधिकार पनि छ ।’
तपाईं कर्तव्य निर्वाह गर्ने कुरा गर्नुहुन्छ जब अधिकार माग्छौँ । तब भनिन्छ की–आफैसँग लिनुहोस् ।’ मेरो एउटा सवाल छ–स्वास्थ्यको कुरा जब हामी गर्छौं तब भनिन्छ,‘स्वास्थ्य भारत अभियान चलिरहेको छ, आफै स्वस्थ रहनुहोस् ।’

जब तपाईं पढाइ लेखाइपछि सबसिडी माग्नुहुन्छ तब बजेट कटौती गर्न जरुरी रहेको सुनाइन्छ किनकी हामीले न्युयो लिबरिजमलाई स्विकार गरेका छौँ । जब यातयात माग्छौँ तब भनिन्छ,‘कुनै समस्या छैन,‘एन्डी फ्लाई ओभर बनाइएको छ । पैसा दिनुहोस् सडक काट्नुहोस् । मेट्रो बनाउँने कम्पनीले पैसा असुलीसकेको छ । यो जो नीति आएको छ जसमा तपाईं यो देशको नागरिक हो तर सिर्फ भोट दिनको लागि । बाँकी सबै खुदले गर्नु पर्छ । तर, मेरो मन कयौँपटक भनिरहेको हुन्छ,–जब यो देशको नागरिक सबै खुद गर्छन् भने प्रधानमन्त्री किन खुद बन्दैनन् ? मुख्यमन्त्री किन खुद बन्नु हुँदैन ? यो सवाल हामीले बुझ्न पर्दछ ।

हाम्रो देश वेलफेयर स्टेटको कुरा गरिरहेको छ । जसमा एकएक राज्यको पेरिफेरिमा पैदा भएका छन् । उनीहरुको सुरक्षा गर्नु राज्यको दायीत्व हो । तपाईंसँग मोबाइल भए लेमिनेशन गर्नुहुनेछ कभर हाल्नुहुनेछ, जुत्ता भए पोलिस गर्नुहुनेछ । जोसँग कार छ उसले मेन्टेनेन्सको लागि वर्कसपमा लिएर जान्छन् । तपाईं व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्नसक्नुहुन्छ भने समाजका मान्छेहरुको सुरक्षा किन गर्नसक्नुहुन्न । तपाईं मानिसहरुका लागि शिक्षा र रोजगारको व्यवस्था किन गर्नसक्नुहुन्न ? मानिसहरुको लागि यातयातको व्यवस्था किन गर्न सक्नुहुन्न ? हामी सवा सय करोड मानिसहरुले यो देश बनिरहेको छ तर, हामी विरामी भएर मरिरहेका छौँ । हामी बेरोजगारीले मरिरहेका छौँ । चाहे हामी दलित हौँ, अल्पसंख्यक हौँ, गरिब ब्राम्हण किन नहोस् हामीलाई गरिबी र बेरोजगारीबाट मर्न बिबस बनाइँदैछ । मलाई थाहा छ, यो देशको नोक्सान हो । जब ७७ जना मानिसहरु नोटबन्दीले मरेका छन् उनीहरु देशको हितमा मरेका होइनन् । देशको लागि ठूलो नोक्सान भएको छ ।

जो सवाल मलाई बुझ्नु भएको छ, विद्यार्थीलाई एन्टीनेश्नल साबित गर्न सक्नुहुनेछ या छैन ? जरुर गर्नसक्छु । जब विद्यार्थीले खडा भएर भन्नेछ,– मलाई यो देशको संविधानमा भरोसा छैन’ जब हामी यो देशको संविधानको कुरा गरिरहेका छौँ तब एउटा कुरा स्पष्ट गर्न जरुरी छ । उही संविधान हामीले चुनेका प्रधानमन्त्रीलाई चाहे उनीसँग ५६ इन्चको छाती होस् या नहोस् फरक पर्दैन, उनको आलोचना गर्ने अधिकार रहन्छ । र संसदको आलोचना गर्नु देशको आलोचना होइन । सरकारको आलोचना गर्नु देशको आलोचना होइन । कुनै व्यक्तिमाथि सवाल खडा गर्नु देशमाथि सवाल खडा गर्नु होइन ।

कुनै विचारधाराको विरोध गर्नु देशलाई टुक्रा पार्नु होइन । जुन गलत कुराहरु जनताको बीचमा फैलाइएको छ त्यसको बारेमा मैले पटक पटक जवाफ दिइरहेको छु । यदि मैले यो देशको खिलाफ केही गरेको भए यो देशको कानुन छ उक्त कानुनले मलाई सजाय दिनेछ क्रिपया तपाईं अदालत बन्ने प्रयास नगर्नुहोस् । यदि हामीले कानुनको कुरा गर्ने हो भने एक वकिललाई कालोकोट लगाएर एक अभियुक्तमाथि कुट्पीट गर्ने अधिकार कसले दियो ? जब तपाईं कानुनको कुरा गर्नुहुन्छ, संविधानको कुरा गर्नुहुन्छ भने म पनि त्यही कुरा गर्छु । आज नौ महिना भइसकेको छ म यो मञ्चबाट प्रहरीसँग पनि अनुरोध गर्छु । किन तपाईंहरु हाम्रो विरुद्ध मुद्दा दर्ता गर्नुहुन्न । किनकी हामी यो देशको लागि लडिरहेका छौँ । यो कुरालाई तपाईंहरु गुमनाम बनाउँन चाहानुहुन्छ । तर, एउटा कुरा याद राख झूट झूट नै हुन्छ । कयौ पटक साँचो भएको भ्रम पर्न सक्छ तर झूट झूट नै हुनेछ साँचो रहनसक्दैन । हामीलाई यो देशको संविधान प्रति भरोसा छ । स्टालिनले रसियामा के गरे त्यसको जिम्मेवार म होइन । त्यस्तैगरी गायबल्सले जर्मनीमा के गरे त्यसको जिम्मेवार तपाईं होइन । तर, चुनाव जितेपछि तपाईं मोदी जीको चरनस्पर्ष गर्न जान्नुहुन्छ भने त्यसको जवाफ तपाईंले दिनुपर्छ । चरन स्पर्षबारे एउटा कुरा भन्नै पर्छ ।

यहाँ भातीय संस्कृतिको कुरा गर्छन् । मैले लालुजीको खुट्टा समातेँ । तपाईंहरुले भन्नुभयोकी ‘लालुजीको खुट्टा किन छोयौ’ मैले भने,–भाइसाहेब यो सवाल वामपन्थिहरुले उठाएको भए मान्य हुने थियो । तर, उनीहरु खुद उठाइरहेका छन् जो भारतीय संस्कृतिका ठेकेदार हुन् । कुनै बाबुसरह व्यक्तिको खुट्टा समातेँ त के गलत भयो ? तर, चुनाव जितेपछि खुट्टा समात्न म कतै गएको छैन । म हार जीत सबैसँग आफ्नो विद्यार्थी साथीहरुसँग छु र भनिरहेको छु,‘ तपाईंको फेलोसिप जसरी सरकारले बन्द गरेको छ । यो सरकारलाई एक दिन सडकमा ल्याउनेछु । र माननीय मनु स्मृति इरानीलाई सडकमा ल्याएर उभ्याएको छु ।’ फेलोसिप बन्द गर्ने फैसला फिर्ता भएको छ ।

१८ वर्षको नागरिकले आफ्नो श्रीमती छान्न सक्छन भने यो देशको प्रधानमन्त्री छान्न किन सक्दैनन् ? यो देशको नागरिकले के खाने, कहाँ उपचार गर्ने, कसलाई हुन्छ हुँदैन भन्ने तय तपाईंहरुले होइन यो देशको संविधानले गर्नेछ ।

जुन यो आत्मसम्मानको लडाई हो । समानताको लडाईं हो । समानता र बराबर ल्याउनको लागि राजनीति गर्नुपर्छ । हामी विद्यालय पढ्दै गर्दा बाहिर लेखिएको हुन्थ्यो,– शिक्षाको लािग आउनुहोस्, सेवा गर्नको लागि बाहिर जानुहोस् । मत्लव तपाईं पढ्नको लागि लड्नुहोस् । पढ्नुहोस् समाज बदल्नका लागि । मेरो मान्यता छ विद्यार्थीले पेसागत राजनीति गर्नु जरुरी छ । विवेकानन्दले पनि भनेका थिए,–युवा त्यही हो जो धाराको विपरित उभिएर उमाथि प्रश्न गर्न सकोस् । युवा हुनुको अस्तिव त्यही हो ।’

समाजमा जुन एउटा सत्ता छ । चाहे त्यो राजनीतिक, सामाजिक वा सांस्कृतिक सत्तामाथि प्रश्न गर्नु विद्यार्थीको प्राथामिक काम हो । विद्यार्थीले धाराको पक्षमा होइन त्यसको विपरित गएर राजनीति गर्नुपर्छ । समाज भित्र जुन गडबढी छ । समाज भित्र जोड्नको लागि, समाजलाई अगाडी बढाउँनको लागि जो अन्तिम व्यक्ति खडा छ आजपनि उसलाई स्वतन्त्रता दिएको छैन । नागरिक हुनाको बाबजुत पनि उसलाई नागरिकको अधिकार दिएको छैन । तपाईं देख्नुहुन्छ कस्तो कस्तो सवालमा मानिसहरु मारिएका छन् । दलित हुनाको कारण, महिला हुनाको कारण, अल्पसंख्यक हुनको कारण मान्छे मरिरहेका छन् । किसान हुनको कारण आत्महत्या गरेर मरिरहेका छन् ।

यो देशको करको पैसाबाट म कुनै विद्यालयमा पढ्न पाउँनुपर्छ, जो हाम्रो आधारभूत जिम्मेवारी पनि हो । जो हामीले पढेका छौँ, जो हामीले सिकेका छौँ जो हामीले लिएका छौँ त्यसलाई फिर्ता गर्न पाउँनुपर्छ । संविधानको जुन प्रस्तावना छ । त्यो प्रस्तावनालाई स्थापित गर्न हामी राजनीति गर्छौँ । राजनीति चुनाव जित्नको लागि होइन समाज बदल्नको लागि गरिन्छ । समाज बदल्ने राजनीतिमा विद्यार्थीले जरुर आफ्नो हिस्सा लिनुपर्छ ।

नोट बन्दीको सवाल

नोटबन्दीले किसानलाई फाइदा भएको छ की छैन भन्ने सवाल हो । एउटा कुरा छ जसलाई हामीले बुझ्नु पर्छ । किसानले बैंकमा पैसा राख्छन् । उनीहरुसँग यो देशको पहिचान छैन । उनीहरुलाई बैंकले ऋण दिँदैन । बैंकले कसलाई दिन्छ ऋण ? माल्या (भारतीय धनाड्य) जीलाई । माल्याजी कहाँ जान्छन् ? लन्डन । त्यसपछि सरकार उनको कर्जा माफ गरिदिन्छ । मत्लब यो हो की जनताबाट बैंकमा पैसा जम्मा गराएर कर्पोरेट घरानालाई रिफाइनान्स गर्न चाहान्छन् उनीहरु ।

यहाँ प्रश्न उठ्यो कुनै मोडल छैन ? मोडल छ । धिरु भाइ अम्बानीका छोरा र म एक किसानको छोरो । दुवैको अधिकार बराबर छ । हामी दुवैको भोटको मुल्य बराबर छ । उनका छोरा हाम्रो स्कुलमा आएर किन पढ्दैनन् ? सिसाको स्कुल र काठको स्कुल किन ? पैसा छ भने सबैलाई सबैलाई सिसावाला स्कुलमा पठाउ छैन भने सबैलाई काठको विद्यालयमा किन ल्याउँदैन सरकार ?

हामी खुद भन्छौँ । हामीलाई आरक्षण चाहिएको छैन । यो देशको सारा स्रोत साधन कसको कब्जामा छ ? कुल बजेटको ०.५ प्रतिशत हिस्सा जनताको लागि खर्च हुन्छ । जुन बजेट ९५ प्रतिशत जनताको करबाट उठेको हुन्छ । यो सत्य हो । यो देश भित्र २ सय घरानाहरु छन् जसले तमाम स्रोतमाथि कब्जा जमाएर राखेका छन् । यो आरक्षण होकी होइन यो सवाल म बुझ्न चाहान्छु । नेताजीका छोरा नेता बन्छन् यो आरक्षण हो की होइन ? डाक्टर साहेवका छोरा डाक्टर बन्न चाहान्छन् यो रिजर्भेसन हो की होइन ? हामी प्रजातन्त्रको कुरा गरिरहेका छौँ । डा. बाबा साहेब भिमराव अम्बेडकरले भनेका छन्, ‘शिक्षित बन, संगठीत बन र संघर्ष गर ।’ संघर्ष गर्न माक्र्स बन्नु पर्दैन । अम्बेडकर जसको १२५ औं जयन्ती सरकार मनाइरहेको छ । उनले पनि संघर्ष गर्ने कुरा गरेका छन् । जो पटकपटक हामीलाई देश तोड्न लागेको आरोप लागिरहेको छ । मैले पटकपटक भनेको छु– साहेब, हामी देश टुक्र्याउन होइन जोड्न लागिरहेका छौँ । जो हेलिकोप्टरमा उडेर जातिको नाममा भोट मागेर, धर्मको नाममा भोट मागेर देशलाई तोडिरहेका छन् ।

जसरी मैले के कर्तव्य निभाएँ भन्ने प्रश्न आएको छ । यो प्रश्नको उत्तर जेएनयुको विद्यार्थीलाई सोध्नु उपयुक्त हुन्छ । त्यस्तै प्रधानमन्त्रीले के ड्युटी निभाए यसको जवाफ उनले संसदमा बसेर दिनुपर्छ । रुवाबासी गरेर काम चल्नेवाला छैन । उनलाई रुनको लागि प्रधानमन्त्री बनाइएको होइन । तपाईंहरु भन्दै हुनुहुन्छ की,–देशमा दंगा होला । किन हुन्छ दंगा ? देश कसैको बाबुजीको पेवा होइन । यहाँ जनताले शान्तिपूर्ण तरिकाले उक्त पोलिसीलाई स्विकार गरेका छन् । शान्तिपूर्ण तरिकाले उक्त पोलिसीको विरोध पनि गरिरहेका छन् । कुनै दंगा गर्नुपर्ने जरुरी छैन ।

दलितहरुको हत्या किन भयो भन्ने सवालमा प्रधानमन्त्रीको जवाफ आउँछ,‘दलितलाई नमार्नुहोस् बरु मलाई मार्नुहोस् ।’ किन तपाईंलाई मार्ने ? यो देशमा लोकतन्त्र छ । प्रधानमन्त्रीजी तपाईंलाई कसैले मार्नेवाला छैन । तपाईंले पालिसी फिर्ता लिनुपर्छ । देशको हितमा थोरै कदम चाल्नुुहोस् । भाइसाहेब, कर्पोरेटको हित देशको हित होइन । देशको हित भनेको यो देशको सवा सय करोडको हित हो । यो जुन कुरा मैले गरिरहेको छु । यो सिरफ भाषण होइन । म जस्तो युवा कति गालि सहेर दिल्लीमा बाँचीरहेको छ की हामी राजनीति शोकले गरिरहेका होइनौँ । हामी विबस छौँ साहेब । हामी यो काम गर्न चाहान्नौँ । मैले किताब लेखेको छु । आफ्नो दुखको कथा । विकल्पको रुपमा म शिक्षाको बारेमा पनि लेख्छु । तर, लेखेर रोयल्टी कमाउँदैनौँ । बरु त्यो मुद्दा लिएर सडकमा लड्छौँ ।

यो सवालमा हामी केही पनि बोल्दैनौँ । प्रधानमन्त्री ज्युले चुनाव प्रचार दौरानमा भन्दै थिए, त्यसलाई याद गर्ने तिर जान्छु । उनी भन्दै थिए–‘कालो धन विदेशमा छ, स्वीस बैंकमा छ ।’ तर लाईन एसबिआइको बाहिर लागिरहेको छ । ठूला ठूला पुँजीपतिले कालोधन राखेका छन् । तर, लाइनमा को बसेका छन् ? जसको छोरीको विहे भएको छैन । जो रोप्नको लागि विउ पाएका छैनन् ।

यो सरकार एन्टी स्टुडेन्ट हो ?
यो सवालमा पहिले ‘डिस्लेमर’ भन्नु पर्छ । नत्र मलाई अरोप लाग्ने छ,‘ कांग्रेससँग सेटिंग गरेर आएको छ ।’ यो अजिब कुरा हो । तपाईं कांग्रेसको विरोध गर्नुहुन्छ– विजेपी हो भनेर सोधिन्छ । विजेपीको विरोध गर्दा कांग्रेस हो भनेर सोधिन्छ । दुवैको विरोध गर्दा केजरिवालको नेता भनिन्छ । अरे भाइसाप, यहाँ सबा सय करोड जनता बसेका छन् । उनीहरुका नयाँ राजनीतिक धारणा छ । सरकारका आकंडा भन्छ साक्षरता बढिरहेको छ । बढिरहेका छन् भने राजनीति पनि बुझेका छन् । यहाँ धेरै ठूलो हिस्सा अहिलेको राजनीतिक व्यवस्थाबाट खुसी छैन । उनीहरु कसैको लागि बैकल्पिक होइनन् । उनीहरु आफै एक वैकल्पिक राजनीतिको कुरा गरिरहोक छन् । हामी उनीहरुलाई नजरअन्दाज गर्न सक्दैनौँ । म विद्यार्थीहरुसँग बुझ्न चाहान्छु । यो देशमा अहिले जुन शैक्षिक प्रणाली छ । के यो व्यवस्था प्रति तपाईंहरु खुसी हुनुहुन्छ ? यो देशमा सरकारले दुइ करोडलाई रोजगारी पैदा गर्ने अठोट गरेको थियो । सरकारी आकंडा अनुसार एक लाख ३५ हजार रोजगारी पैदा भएको छ । तर, भरखरै मैले एउटा लेख पढेको थिएँ–चार लाख रोजगारी गुम्यो रे । १ लाख ३५ हजार रोजगारी पैदा गरेर चार लाख रोजगारी गुम्यो । के यो देश विद्यार्थीको पक्षमा छ ? उच्च शिक्षामा १७ प्रतिशत बजेट कटौती गरिएको छ । मानिसहरुको लागि छात्रवृत्ति बन्द गरिएको छ । के हामी विद्यार्थीको पक्षमा मान्न सक्छौँ ? यदि तपाईंले पिएचडी गर्नुछ भने तपाईंसँग १५ लाख रुपैयाँ हुनुपर्छ । सरकार तपाईंलाई दिँदैन । हामी चिया पकाएर पिएचडी गर्न सक्दैनौँ । यसरी हाम्रो शिक्षालाई एक कमोडिटि बनाइएको छ । जोसँग जति पैसा छ उत्ति शिक्षित हुनुहोस् । चार वर्षको लागि पैसा दिनुभयो भने चार वर्षमा डिग्री लिनुहोस् । यसरी शिक्षालाई बेचेर हामी कस्तो मुलुक बनाउँन गइरहेका छौँ । जसले शिक्षा खरिद गर्छ, उसले शिक्षालाई बेच्दछ । भोली उ जागिर गर्न जाँदा उसले भन्नेछ ,–जति हामीले लगानी गरेका छौँ त्यति हामीलाई फिर्ता चाहियो ।’

यदि हामीले यो देशलाई साँच्चै समृद्ध बनाउँने हो भने– शिक्षा सबैको मौलिक अधिकार हुनुपर्छ । हामीले तिरेको करको एउटा हिस्सा शिक्षामा खर्च गरियोस् । त्यसैले हामीले भनिरहेका छौँ । बजेटका १० प्रतिशत रकम शिक्षामा लगानी गरौँ । तर, सरकार यो तर्फ सोचिरहेको छैन । यो सरकार पहिलेको सरकार जस्तो विद्यार्थीको पक्षमा छैन । यहाँ लोकतन्त्रको नाममा लोकतन्त्रलाई धुमिल गर्न चाहिरेका छन् । जेएनयुमा भर्ना हुँने वित्तिकै करियर सेट । यो मत्लब की यहाँबाट निस्केपछि जागिर पक्का हो । तर मानिसहरु अमेरिकन एम्बेसीमा लाइन लागेका छन् । अमेरिकाले इमिग्रेशन पोलिसिमा स्ट्रोंग गरिदिएको छ । ट्रम्प चुनिएका छन् र भनिरहेका छन् – ननअमेरिकनलाई अमेरिका आउँन दिन्न । साहेव मानिसहरुले रोजगार पाएका छैनन् । यदि मैले १० पढेको छु भने मलाई त्यहि हिसाबमा जागिर दिनुहोस् ।

हामीले पिएचडी पास गरेको छु भने पिएचडीको हिसाबले नागरिकता दिनुहोस् । तर, यहाँको हालत निकै गम्भिर छ । जति पढेको छ त्यस्तै उसले जागिर पाएको छैन । यो हालत पहिले मानबीकीमा थियो । अहिले यो स्थिति आइआइटिजमा पैदा भएको छ । टेक्निकल क्षेत्रमा पनि यस्तो स्थीति पैदा भएको छ । पहिले इतिहासलाई दोष देखाएर जीन्दगी चलाउँदै आएकाहरुले गर्थे । अब यो स्थीति आउँदैछ की नोटबन्दीपछि आइटी पढ्नेहरुमा पनि आत्महत्याको श्रृङखला सुरु हुनेछ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

तीन मिनेट भित्रै भारतले पाकिस्तानलाई यसरी टुक्र्याएर बंगलादेश बनाएको थियो

Saturday, 17 December 2016

रेहान फजल १४ डिसेम्बर सन् १९७१ । समय : लगभग १० : ३० बजे । स्थान : गुवाहाटीको एक एअरबस ...

राष्ट्रपतिलाई महाअभियोग लगाएपछि यस्तो छ दक्षिण कोरिया

Saturday, 10 December 2016

रमेश लम्साल काठमाडाैँ, २५ मङ्सिर । करिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ निलम्बनमा ...

विशेष लेख : संगठनको समस्या र पद्धतिशास्त्रको दिशा

Friday, 2 December 2016

विश्वका प्रमुख मार्क्सवादी विचारकहरु मध्ये जर्ज लुकास एक मानिन्छन् । सन् १८७५ मा हंगेरीमा जन्मिएका लुकासको विचारधारात्मक क्षेत्रमा महत्वपूर्ण योगदान ...

दशैँ मान्न सबै सर्वसाधारण गाउँ हिँडेपछि काठमाडौंका सडक सुनसान

Monday, 10 October 2016

काठमाडौँ, २४ असोज । बडादसैँको नवमीका दिन आज काठमाडौँका मुख्य बजार र सडक प्राय  : सुनसान देखिएको छ । दसैँ ...

मैले यो पुस्तक किन अनुवाद गरेँ ?

Sunday, 2 October 2016

प्रचलित शिक्षा प्रणालीमा स्कूलको भूमिका ज्यादै महत्वपूर्ण छ । तर स्कूल जसका निम्ति बनाइएका हुन्, तिनका निम्ति आकर्षण होइन विकर्षणका ...

अलमलमा परेका कामरेडहरूसित

Thursday, 22 September 2016

डा. ऋषिराज बराल विश्वका उत्पीडित जनता, भाइचारा पार्टीका नेता तथा कार्यकर्ताहरू यतिखेर बडो गम्भीरताका साथ नेपालको माओवादी आन्दोलनलाई हेरिहेका छन् ...

सिपी गजुरेल क. गौरवको रकमी र काइते लेखको विश्वास नगरौँ’

Wednesday, 21 September 2016

डा. ऋषिराज बराल विषयप्रवेश नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मुखपत्र 'माओवादी' को पूर्णाङ्क १०, २०७३ मा सो पार्टीका वरिष्ठ ...

यस्ताे थियाे १० वर्षे सशस्त्र युद्धमा कर्णालीमा युद्ध पत्रकारीता

Sunday, 18 September 2016

नविन रिजाल नेकपा (माओवादी) ले वि.स. २०५२ फागुन १ गते जनयुद्धको घोषणा ग¥यो । जनयुद्धमा जनसेनाको जस्तै प्रचार कार्य महत्वपूर्ण ...

राष्ट्रवादको क्याटवाक

Monday, 12 September 2016

दुई वर्षअघि २६ र २७ नोभेम्बरमा नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनले दक्षिण एसियाको शान्ति र समृद्धिका लागि के त्यस्तो ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top