sangrila bank

स्तनक्यान्सरको सफल शल्याक्रिया

दाङ, २४ मङ्सिर । दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ ।

दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा दाङ सैघा गाविस– ५ की ४२ वर्षीया चन्द्रकला थापामगरको स्तनको सफल शल्यक्रिया भएको अस्पतालका डा। रमेश बस्नेतले जानकारी दिनुभयो ।

दुई महिनादेखि स्तनक्यान्सरबाट ग्रसित थापामगरको सफल शल्यक्रिया गरिएको उहाँको उपचारमा संलग्न डा। बस्नेतले बताउनुभयो ।

जिल्लामै क्यान्सर रोगको सफल उपचार हुन थालेपछि जिल्ला तथा राप्तीमा रहेका क्यान्सररोगी चितवन, काठमाडौँ र भारत जानु पर्ने अवस्थाको अन्त्य भएको राप्ती उपक्षेत्रीय अस्पताल प्रशासनले जनाएको छ ।

क्यान्सर रोगको उपचारमा आवश्यक पर्ने प्रयोगशाला र किमो थेरापीको व्यवस्था यहाँ नहुँदा क्यान्सर रोगीलाई समस्या पर्ने गरेको चिकित्सकको भनाई छ ।

अस्पतालका शल्यचिकित्सक रमेश बस्नेत, रामपुकार शाह र स्टाफ नर्ससहित चार जनाको टोलीले थापामगरको क्यान्सरको सफल शल्यक्रिया गरेको जनाएको छ । शल्यक्रियापछि उहाँलाई अहिले घर पठाइएको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् रोल्पाका जनता

Thursday, 12 January 2017

लिबाङ (रोल्पा), २८ पुस । यस जिल्लामा अझै पनि कतिपय दम्पती परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको ...

बाटो नभएपछि स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन सकेन

Thursday, 12 January 2017

बनियानी (झापा), २८ पुस । झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । ...

तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट करिब ७०० लाभाविन्त

Thursday, 12 January 2017

मुस्ताङ, २८ पुस । थकाली समुदायको १२ वर्षे कुम्भमेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपालले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ...

फागुनभित्र दर्ता तथा नवीकरण नभए स्वास्थ्य संस्था खारेज हुने

Thursday, 29 December 2016

काठमाडौँ, १३ पुस । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था ...

एकै परिवारमा चारजनाको मिर्गौला बिग्रेपछि परिवार बिचल्लीमा

Monday, 12 December 2016

फलेवास ९पर्वत०, २७ मङ्सिर । झट्ट सुन्दा पत्यार पनि नलाग्ने । एकै परिवारका चार चारजना सदस्य मिर्गौला रोगबाट पीडित छन् ...

वीरगन्ज कारागारमा चार जना एचआइभी सङ्क्रमित

Saturday, 10 December 2016

वीरगन्ज, २५ मङ्सिर । वीरगन्ज कारागारमा रहेका कैदीबन्दीमध्ये चार जनामा एचआइभी संक्रमण र एक जनामा हेपाटाइटिस सि देखिएका छन् । ...

दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्याक्रिया

Friday, 9 December 2016

दाङ, २४ मङ्सिर । दाङ जिल्लामा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको ...

औलो रोगको सङ्क्रमण बढ्यो

Saturday, 3 December 2016

सिन्धुली, १८ मङ्सिर । सिन्धुलीमा यसवर्ष औलो रोगीको सङ्ख्यामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा औलोका ...

स्वास्थ्य मन्त्रालयको नियुक्ति तथा मनोनयन सम्वन्धि मापदण्ड स्विकृत

Thursday, 1 December 2016

काठमाडौं । स्वास्थ्य मन्त्रालय सम्वद्ध सार्वजनिक निकायहरुका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन संवन्धी मापदण्ड सरकारले स्विकृत गरेको छ । ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top