sangrila bank

‘मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुँदैन’

काठमाडौँ, २४ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आधा जनसङ्ख्या बसोबास गर्ने मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुन नसक्ने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) को विधान अधिवेशन उद्घाटन समारोहलाई  सम्बोधन गर्दै उहाँले प्रमुख प्रतिपक्षी दल मधेस र पहाडका नाममा विभाजनको राजनीति गर्ने खेलमा लागेको आरोप लगाउनुभयो ।

“५ नम्बर प्रदेशको संशोधनका लागि संसद्मा दर्ता गरिएको प्रस्तावमा यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर छ तर अहिले राष्ट्रियताका नाममा विरोध गरी विभाजनको राजनीति गर्न खोजिएको छ”– पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो ।

कर्मचारीलाई स्वतन्त्र रुपमा जनताको काम गर्ने वातावरण सबै दलले बनाइदिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयन नभए मुलुक अन्योलतिर धकेलिने भएकाले कार्यान्वयनका लागि सबै दल एक जुट हुनुपर्ने विचार राख्नुभयो । “काँग्रेसले बोकेको विचार नेपालको भविष्य बनाउने मार्गचित्र भएकाले कसैले आक्रमण गर्दैमा दल कमजोर हुँदैन, दल बिपीको पदचिह्नमा हिँडेको छ”– उहाँले भन्नुभयो ।

नेपाल तरुण दलका नवनिर्वाचित अध्यक्ष जितजङ्ग बस्नेतले भ्रष्टाचार, गुन्डागर्दी र चन्दा आतङ्कका विरुद्ध सङ्गठनले देशव्यापी अभियान चलाउने जानकारी गराउनुभयो ।

कार्यक्रममा युनियनका अध्यक्ष सुबोधकुमार देवकोटा, महासचिव जितबहादुर मडै, पूर्वअध्यक्ष भानुभक्त ढकाल र नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले संविधानको प्रदेशस्तरीय संरचनाअनुरुप विधान पारित गरिनुपर्नेमा जोड दिनुभयो ।

युनियनका १२७ सदस्यीय कार्यसमिति एवम् केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी ४५० प्रतिनिधिले दुईदिने अधिवेशनमार्फत विधान पारित गर्ने कार्यक्रम छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

हजारौं प्रदर्शनकारीले भने–ट्रम्प मेरो राष्ट्रपति होइन

Tuesday, 21 February 2017

न्युयोर्क, १० माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गर्ने दशौं हजार प्रदर्शनकारीले ट्रम्प आफ्नो राष्ट्रपति नभएको भन्दै विरोध ...

लोकमानमाथि कालोमोसो दल्ने युवा छुटाउन विप्लव माओवादीद्वारा शैक्षिक हड्तालको घोषणा

Friday, 6 January 2017

काठमाडौं, २२ पुस । सर्वोच्च अदालत परिसर भित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने कार्यकर्ताको ...

भूकम्पपीडितको गुनासो सम्बोधन नगरेको भन्दै भूकम्पपीडितले गाउँ परिषद् रोके

Wednesday, 4 January 2017

गोरखा, २० पुस । निजी आवास निर्माणका लागि अनुदान माग्दै गुनासो फारम बुझाएको लामो समयसम्म पनि सरकारले कुनै सुनुवाइ नगरेको ...

छात्राको मृत्युको कारण छानबिनको माग गर्दै प्रदर्शन

Friday, 9 December 2016

काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागत गर्न लाइनमा बसेको बेला ज्यान गुमाइएकी छात्रा समीक्षा आचार्य घटनाबारे छानबिनको माग ...

अस्पताल सुधार गर्न स्वास्थ्यमन्त्री थापाको निर्देशन

Friday, 9 December 2016

भक्तपुर, २४ सङ्सिर । स्वास्थ्यमन्त्री गगन थापाले भक्तपुरको सरकारी अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ ...

जलविद्युत्् आयोजना निर्माणः ठूला ठप्प, साना तीव्रगतिमा

Saturday, 3 December 2016

बेनी ९म्याग्दी०, १८ मङ्सिर । म्याग्दी जिल्लामा निर्माणाधीन ठूला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प रहेको अवस्थामा साना आयोजनाको निर्माणकार्य भने तीव्र ...

सिरहामा विद्युत् चुहावट दश प्रतिशतले घट्यो

Saturday, 3 December 2016

लहान, १८ मङ्सिर । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि सिरहामा करिब १० प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ । ...

महिला क्रिकेट ः नेपाल बंगलादेशसँग पराजित

Tuesday, 29 November 2016

काठमाडौँ, १४ मङ्सिर । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top