sangrila bank

वीरगन्ज कारागारमा चार जना एचआइभी सङ्क्रमित

वीरगन्ज, २५ मङ्सिर । वीरगन्ज कारागारमा रहेका कैदीबन्दीमध्ये चार जनामा एचआइभी संक्रमण र एक जनामा हेपाटाइटिस सि देखिएका छन् ।

त्यस्ता रोगीलाई छुट्टै कोठामा राखी उपचार गराई रहेको वीरगन्ज कारागार प्रमुख चक्रपाणि गौतमले बताउनुभयो ।

लामखुट्टेको बढ्दो प्रकोप, खानेपानी तथा ढलको उपयुक्त निकास नहुनु र अव्यवस्थित फोहर व्यवस्थापन जस्ता कारणले वीरगन्ज कारागारका बन्दीकैदी विभिन्न रोगका सङ्क्रमणबाट ग्रसित हुँदै आएका छन् ।

एक सय वर्षभन्दा लामो इतिहास बोकेका सो कारागार मर्मत सम्भारका अभावमा जीर्ण बन्दै गएको छ । एक हजार बन्दीकैदी अटाउने क्षमता भएका सो कारागारभित्र हाल महिला पुरुष तथा आश्रित बालबालिकासमेत गरी एकहजार १८६ बन्दीकैदी रहेका छन् ।

पर्याप्त बजेट र कर्मचारी आभाव जस्ता समस्या खेप्दै आइरहेका यो कारागारभित्र सबै भन्दा बढी पाँचसय ७ जना लागु औषधका कैदीबन्दी तथा थुनुवा रहेका छन् ।

त्यस्तै कर्तव्य ज्यान मुद्दामा बन्दीकैदी तथा थुनुवा गरी दुईसय ३१ जना रहेका छन् । अपहरण मुद्दामा चारजना महिलासहित ६४ जना र जबर्जस्तीकरणी मुद्दामा एक सय १५ जना बन्दीकैदी कारागारभित्र रहेका छन् ।

यसैगरी विभिन्न मुद्दामा कारागारभित्र रहेका दुईसय विदेशी नागरिकमध्ये १९९ भारतीय तथा एकजना बङ्गलादेशी नागरिक रहेको कारागार प्रशासनले जनाएको छ । कारागारभित्र विभिन्न मुद्दामा सजाय काटिरहेका आठजना आश्रित बालबालिकमध्ये ६ जना भारतीय र दुईजना नेपाली रहेका छन् ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् रोल्पाका जनता

Thursday, 12 January 2017

लिबाङ (रोल्पा), २८ पुस । यस जिल्लामा अझै पनि कतिपय दम्पती परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको ...

बाटो नभएपछि स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन सकेन

Thursday, 12 January 2017

बनियानी (झापा), २८ पुस । झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । ...

तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट करिब ७०० लाभाविन्त

Thursday, 12 January 2017

मुस्ताङ, २८ पुस । थकाली समुदायको १२ वर्षे कुम्भमेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपालले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ...

फागुनभित्र दर्ता तथा नवीकरण नभए स्वास्थ्य संस्था खारेज हुने

Thursday, 29 December 2016

काठमाडौँ, १३ पुस । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था ...

एकै परिवारमा चारजनाको मिर्गौला बिग्रेपछि परिवार बिचल्लीमा

Monday, 12 December 2016

फलेवास ९पर्वत०, २७ मङ्सिर । झट्ट सुन्दा पत्यार पनि नलाग्ने । एकै परिवारका चार चारजना सदस्य मिर्गौला रोगबाट पीडित छन् ...

स्तनक्यान्सरको सफल शल्याक्रिया

Friday, 9 December 2016

दाङ, २४ मङ्सिर । दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा दाङ ...

दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्याक्रिया

Friday, 9 December 2016

दाङ, २४ मङ्सिर । दाङ जिल्लामा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको ...

औलो रोगको सङ्क्रमण बढ्यो

Saturday, 3 December 2016

सिन्धुली, १८ मङ्सिर । सिन्धुलीमा यसवर्ष औलो रोगीको सङ्ख्यामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा औलोका ...

स्वास्थ्य मन्त्रालयको नियुक्ति तथा मनोनयन सम्वन्धि मापदण्ड स्विकृत

Thursday, 1 December 2016

काठमाडौं । स्वास्थ्य मन्त्रालय सम्वद्ध सार्वजनिक निकायहरुका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन संवन्धी मापदण्ड सरकारले स्विकृत गरेको छ । ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top