sangrila bank

यिनै हुन् सुमनकी आमा लक्ष्मीलाई पोलमा बाँधेर दिसा खुवाउने शिक्षक

राताे घेरामा शिक्षक हिरा लामा

काठमाडौं, २७ मंसिर । बोक्सी आरोपमा काभ्रेको सानोथवाङ—७ की ३३ वर्षीया लक्ष्मी परियारको हत्या भएपछि सामाजमा फेरी यतिबेला विभदको कुरुपता देखिन थालेको छ । समाजको भविष्य फूलाउने सामाजिक शिक्षाकै शिक्षकको नेतृत्वमा लक्ष्मिको हत्या गरिएपछि कथित शिक्षित जमातमाथि समेत प्रश्न उठ्न थालेको छ ।

स्थानिय सुर्योदय माध्यमिक विद्यालयमा सामाजिक शिक्षा अध्यापन गराउँने शिक्षक हिरा लामाको नेतृत्वको समुहले लक्ष्मिमाथि पोलमा बाँधेर कुटपीट गरेपछि हत्या गरेको रहस्य पत्ता लागेको थियो ।

लक्ष्मिको छोरा तथा प्रत्यक्षदर्शी सुमन नेपालीका अनुसार उनकी आमालाई विद्यालयको खेल मैदानमा रहेको भलिबलको पोलमा बाँधेर कुटपीट गरि मलमुत्र खुवाइएको थियो ।

‘स्कुलको मैदानमा भलिबलको पोल छ । त्यही पोलमा हिरा सर र उहाँको आमाले मेरो ममीलाई बाँध्न लाग्नुभयो । तर, पोलमा काँटी रहेछ, ठेलमठेल हुँदा काँटीले सरकी आमालाई घोच्यो । त्यसैले उहाँ एकैछिन रोकिनुभयो । त्यतिन्जेलसम्म गाउँलेहरु जम्मा भइसकेका थिए । छिमेकी साइला तामाङकी श्रीमती निरमाया तामाङले नाम्लो दिइन् । नाम्लो लिएर हिरा सर आफैँले ममीलाई गेटमा बाँध्नुभयो । सुरुमा घाँटी र कुममा बाँधेर हिरा सरले ममीलाई कुट्न थाल्नुभयो । त्यतिन्जेलसम्म हिरा सरको आमा अन्त कता जानुभयो थाहा भएन । पछि त दिसा लिएर आउनुभयो । सरको आमा आइसकेपछि दिसा खुवाउन खोजे, ममीले मान्नुभएन। त्यसैले मेरो ममीको खुट्टा पनि बाधेँ र दिसा खुवाइदिए ।’ आइतबारको नयाँ पत्रिकामा सुमनले दिएको बयानमा भनिएको छ,‘त्यसपछि पनि गाउँलेहरु त्यहीँ बसिरहे । केहीबेरमा उनीहरुले छोडिदिएपछि म र भाइलाई लिएर ममी घरतिर हिँड्नुभयो । हामी मेलडाँडा भन्ने ठाउँमा आइपुगेका थियौँ । पछाडिबाट हिरा सर दाउराको चिरपट बोकेर आउनुभएको रैछ । अनि ममीको कपाल समाएर लडाउनुभयो र खुट्टाले थिच्नु भयो । चिरपटले ममीको टाउकोमा हान्नु भयो । ममीको टाउकोमा गहिरो घाउ लाग्यो । ममीको टाउकोबाट रगत बगिरहेको थियो । त्यसपछि पनि सरले ममीको छातीमा चार लात्ती हान्नुभयो ।’


यस्तो कुटपीटबाट गम्भिर घाइते भएकी लक्ष्मिको परिवारले चौवास प्रहरी चौकीमा निवेदन दिएकी थिइन् । तर, जिल्ला प्रहरी कार्यालय काभ्रेकै सहयोगमा चौवास प्रहरीले मिलापत्र गराएको थियो । समाचारमा जनाइए अनुसार शिक्षक हिरा लामाको आर्थिक प्रभावमा परेर चौकीका असई प्रेम चौधरीले जबरजस्ति मिलापत्र गराएका थिए ।
यता प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिंखडाले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । ‘हामीले चार जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेका छौँ,’ उनले भने, ‘अनुसन्धानबाट सत्य पत्ता लाग्छ ।’
काभ्रे प्रहरीले अनुसन्धानको लागि शिक्षक हिरा लामा, लक्ष्मिका श्रीमान मिलन परियार, साइला तामाङ लगायत चार जनालाई पक्राउ गरेको जनाएको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

अब शिक्षकलाई मासिक रुपमा तलबभत्ता, चौमासिक खारेज हुनेगरी यस्तो छ शिक्षा मन्त्रालयको तयारी !

Monday, 23 January 2017

काठमाडौं, १० माघ । शिक्षा मन्त्रालयले शिक्षकले पाउँदै आएको चौमासिक तलब भत्तालाई परिवर्तन गर्ने भएको छ । अब शिक्षकले मासिक ...

भृकुटीमण्डपमा हुँदैछ राप्रपाको महाधिबेशन, यस्तो छ तयारी

Monday, 23 January 2017

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशन भृकुटीमण्डपमा हुने भएको छ। आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने भनिएको ...

यस्तो सामग्रीले विद्युत मिटर विगारिन्थ्यो, यसरी पक्राउ परे सुपरभाइजर सहित १२ कर्मचारी

Sunday, 22 January 2017

काठमाडौं, माघ १ । विद्युत चोरी कार्यमा समलग्न व्यक्तिहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित ...

अझै पाएनन पिडित ले पहिलो किस्ता , टहराकै वास के हेर्दैछ सरकार

Sunday, 22 January 2017

काभ्रे संवाददाता, काभ्रे ,माग ९ । भुकम्प गएको २२ महिना पुगिसक्दा पनि काभ्रे पिडितहरुले अझै अनुदान स्वरुप पहिलो किस्ता बापत ...

सुनकाण्डबारे महासेठको खुलासा, को को हुन त आरोपि..?

Saturday, 21 January 2017

काठमाण्डौ, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सुन पछिल्लो समय तस्करीमा गृह ...

लोडसेडिङ हटाउन टेलिकमको सहयोग, मोबाइलमा आउन थाल्यो यस्तो सन्देश

Friday, 20 January 2017

काठमाडौं, ७ माघ । नेपाल विद्युत प्राधिकरणले थालेको लोडसेडिङ मुक्त पार्ने अभियानमा नेपाल टेलिकमले पनि सहयोग गरेको छ । टेलिकमले ...

सञ्चारमन्त्रीले ‘आफ्नो मान्छेलाई रेडियो नेपालको ‘हाकिम’ नियुक्त गरेपछि माओवादी पत्रकारमा हल्लिखल्लि !

Thursday, 19 January 2017

काठमाडौं, ६ माघ । सञ्चार मन्त्री सुरेश कुमार कार्र्कीले रेडियो नेपालको कार्यकारी निर्देशकमा ‘आफ्नो मान्छे’ नियुक्त गरेपछि माओवादी केन्द्र निकट ...

प्रधानमन्त्री प्रचण्डको चरित्र हत्या गर्ने को–को ? के होला कारबाही ?

Wednesday, 18 January 2017

काठमाडौं,५ पुस । दुइ वर्षअघिको जेठ महिनामा एउटा घटना निकै चर्चामा थियो–‘बामदेव–राजु साह प्रकरण । तत्कालिन गृहमन्त्री वामदेव गौतमले राजधानीको ...

यमबुद्धको पोस्टमार्टम रिपोर्ट : ‘श्रीमतीसँगै वाइन पिएका थिए,बंगरा भाँचिएको भेटियो ’

Wednesday, 18 January 2017

लन्डन, ५ माघ । चर्चित गायक स्वर्गिय अनिल अधिकारी यमबुद्धको पोस्टमार्टम रिपोर्ट आएको छ । शनिबार लन्डनको नर्थहोल्टस्थित आफू बस्दै ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top