sangrila bank

एकै परिवारमा चारजनाको मिर्गौला बिग्रेपछि परिवार बिचल्लीमा

फलेवास ९पर्वत०, २७ मङ्सिर । झट्ट सुन्दा पत्यार पनि नलाग्ने । एकै परिवारका चार चारजना सदस्य मिर्गौला रोगबाट पीडित छन् भनेर । तर यस्तै बज्रपात परेको छ पर्वतको कुर्घा गाविसका त्रिलोचन शर्माको परिवारमा ।
कुर्घा गाविस–२ का त्रिलोचन शर्माको घरमा चारजना मिर्गौला रोगले आक्रमण गरेको हो । शर्माकी माइली छोरी, कान्छा छोरा र श्रीमती मिर्गौला रोगबाट ग्रसित छन् भने जेठा छोराको ज्यान गइसकेको छ । शर्माले आफ्नो मिर्गौला माइली छोरीलाई, जेठी छोरीको मिर्गौला कान्छो छोरामा प्रत्यारोपण गरिसकेका छन् । अहिले माइली र कान्छो दुवैलाई पुनः समस्या बल्झिएको छ–त्रिलोचन शर्माले भन्नुभयो ।

एकपछि अर्को गरी परिवारका चार सदस्यको मिर्गौलाले काम गर्न छाडेपछि अहिले परिवार बिचल्लीमा परेको छ । उपचारकै क्रममा एक छोरा गुमाएँ । अहिले उहाँकी श्रीमती प्रेमकुमारीको डायलासिस गरेर समय काटिरहेकी छन् । माइली छोरी र कान्छो छोराको मिर्गौला प्रत्यारोपण गरे पनि समस्या फेरि बल्झिएको छ । अहिले उनी सहयोग जुटाएर थप उपचार गर्ने आशमा सहयोगको याचना गर्दै भौँतारिनुभएको छ ।

भारत मुम्बईमा काम गरी परिवारको खर्च टार्दै आउनुभएका उहाँले एकाएक परिवारमा मिर्गौला रोगको पीडा थपिएपछि निकै मर्माहत भएको गुनासो गर्नुभएको छ । छोराछोरी र श्रीमतीको उपचारकै क्रममा घरघडेरी, खेतबारी सबै बिक्री भइसकेको छ । अहिले त्रिलोचन सहयोगको याचना गर्दै सदरमुकाम कुश्माबजार आइपुग्नुभएको छ ।

“उपचार गर्दागर्दै घरघडेरी, खेतबारी सबै सकियो”, त्रिलोचनले भन्नुभयो, “संसारमा कसैलाई पनि यस्तो दुःख नपरोस् ।” अहिलेसम्म डेढ करोड रुपैयाँभन्दा बढी उपचारकै क्रममा सकिएको उहाँको भनाइ छ ।

जेठो छोरा प्रकाश मिर्गौला खराबीकै कारण भारतको मुम्बईमा १० वर्षअघि बितेका थिए । कान्छो छोरा र माइली छोरीको मिर्गौला प्रत्यारोपण गरे पनि अझै ठीक भएको छैन । उनीहरू नियमित चिकित्सककै निगरानीमा छन् । गत फागुनदेखि श्रीमती प्रेमकुमारीको समेत दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवारमा पीडामाथि पीडा थपिएको उहाँले गुनासो गर्नुभएको छ ।

जेठो छोरो बितेपछि माइली छोरीलाई त्रिलोचनले एउटा मिर्गौला दिनुभएको थियो । बाबुको एउटा मिर्गौला प्रत्यारोपण गरे पनि छोरीको समस्या बल्झिएको छ । त्यही समयमा कान्छो छोरो दीपकमा समेत मिर्गौलाकै समस्या देखियो । जचाउँदा मिर्गौलाले काम नगरेको पाएपछि जेठी छोरी शारदाले भाइ दीपकलाई मिर्गौला दान गरेको त्रिलोचनले जानकारी दिनुभयो ।

“ऋणधन र खेतबारी बेचेर तत्कालीन खर्च टारे पनि अहिले आर्थिक सङ्कटमा परेको छु” – उहाँले रुँदै रासससँग भन्नुभयो – “मासिक रु ४० हजार उपचारमै खर्चनु परेको छ ।” कान्छा छोरा प्रकाशको मिर्गौला प्रत्यारोपण गरे पनि समस्या देखिएपछि भारतबाट चर्को मूल्यमा औषधि मगाएर नियमित सेवन गरिरहनुपर्ने अवस्था रहेको छ ।
कान्छी छोरी कमलाबाहेक एकपछि अर्को गरी सबैको मिर्गौलाले काम गर्न छाडेको त्रिलोचनले बताउनुभयो । त्रिलोचनकी श्रीमती प्रेमकुमारीको हप्तामा दुईपटक नियमित डायलासिस गर्नुपर्छ । सरकारले डायलासिस निःशुल्क गरिदिन्छ तर एकपटक डायलासिस गर्दा रु दुई हजारको औषधि र सुई किन्नुपर्ने उहाँको भनाइ छ ।

“रोग निको हुने कुनै ग्यारेन्टी छैन, खर्च बढिरहेको छ”, त्रिलोचनले भन्नुभयो – “अब कतै जाने ठाउँ छैन, कसैले सहयोग दिए मात्रै हो ।”

उनले सांसद अर्जुनप्रसाद जोशीलाई भेटेर सहयोगका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ । सांसद जोशीले परिवारका चारैजनाको मिर्गौला खराब भएको जानकारी अहिले मात्रै पाएको भन्दै सरकारी निकायमा पुगेर झक्झकाउने प्रतिबद्धता जनाउनुभयो ।

परिवारका सबै सदस्यमा मिर्गौला रोगको समस्या देखिएर आर्थिक समस्या परेपछि स्वास्थ्यमन्त्री गगनकुमार थापाले त्रिलोचनका कान्छा छोरा दीपकलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा जागिरको व्यवस्था मिलाइदिनुभएको छ । उहाँले आफूलाई जागिर लगाइदिए पनि आफूले त्यो रकमबाट औषधि मात्रै खान पुग्ने भन्दै अन्य सहयोगी निकायसमक्ष थप सहयोगका लागि अपिल गर्नुभएको छ ।

उपचारकै लागि गाउँमा रहेको घरघडेरी सबै साहुले लिएपछि अहिले उनीहरु पोखरामा बस्दै आएका छन् । पूर्णरुपमा निको नभए पनि कुनै निकायबाट सहयोग पाए दुःखसुख जीवन बिताउन सहज हुने थियो – त्रिलोचनले गुनासो गर्नुभयो ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् रोल्पाका जनता

Thursday, 12 January 2017

लिबाङ (रोल्पा), २८ पुस । यस जिल्लामा अझै पनि कतिपय दम्पती परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको ...

बाटो नभएपछि स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन सकेन

Thursday, 12 January 2017

बनियानी (झापा), २८ पुस । झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । ...

तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट करिब ७०० लाभाविन्त

Thursday, 12 January 2017

मुस्ताङ, २८ पुस । थकाली समुदायको १२ वर्षे कुम्भमेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपालले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ...

फागुनभित्र दर्ता तथा नवीकरण नभए स्वास्थ्य संस्था खारेज हुने

Thursday, 29 December 2016

काठमाडौँ, १३ पुस । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था ...

वीरगन्ज कारागारमा चार जना एचआइभी सङ्क्रमित

Saturday, 10 December 2016

वीरगन्ज, २५ मङ्सिर । वीरगन्ज कारागारमा रहेका कैदीबन्दीमध्ये चार जनामा एचआइभी संक्रमण र एक जनामा हेपाटाइटिस सि देखिएका छन् । ...

स्तनक्यान्सरको सफल शल्याक्रिया

Friday, 9 December 2016

दाङ, २४ मङ्सिर । दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा दाङ ...

दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्याक्रिया

Friday, 9 December 2016

दाङ, २४ मङ्सिर । दाङ जिल्लामा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको ...

औलो रोगको सङ्क्रमण बढ्यो

Saturday, 3 December 2016

सिन्धुली, १८ मङ्सिर । सिन्धुलीमा यसवर्ष औलो रोगीको सङ्ख्यामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा औलोका ...

स्वास्थ्य मन्त्रालयको नियुक्ति तथा मनोनयन सम्वन्धि मापदण्ड स्विकृत

Thursday, 1 December 2016

काठमाडौं । स्वास्थ्य मन्त्रालय सम्वद्ध सार्वजनिक निकायहरुका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन संवन्धी मापदण्ड सरकारले स्विकृत गरेको छ । ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top